Wednesday, August 19, 2020

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कि नारी दिवश ? - विजुला रायमाझी


अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश (८ मार्च) आजभोलि विश्वभरका श्रमिक महिलाहरुले विभिन्न कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् । नेपालमा पनि यो महत्वपूर्ण दिनलाई सरकारी,गैरसरकारी,महिला अधिकारकर्मी,दलका भातृ संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरेर मनाउने गर्दछन् तर खोलो तर्ने लौरो बिसिर्ने भनेझै लोकतन्त्र आए पछि सरकारले आफ्नो कार्यतालिकामा यो दिवश समावेस गर्न सुरु गरेको छ ।े  यो ऐतिहासिक दिनको महत्व  बढेको भए पनि समाजको आधारभूत वर्ग समुदायमा  पुर्याउन जति पहिले पहिले यसको सन्देश लिएर अभियान  चल्थे त्यति अहिले जान सकेको छैन  ।किन की पहिले यो दिनलाई अधिकारका माग  र आवाज बुलन्द गर्ने दिनको रुपमा लिइन्थ्यो । ऐले अधिकार प्रयोग गर्ने दिनको रुपमा लिन थालिएको छ ।अझै  वास्तविक मर्मस्थलमा पुग्न सकेको छैन ।  

नेपाली शब्दकोशले महिला र नारी शब्दलाई पर्यायवाची मानेको छ । व्यबहारमा पनि दुबै शब्दले स्त्रीलिङ्गी मानव प्राणी जनाउछन् । झट्ट हेर्दा र सुन्दा उस्तैउस्तै लागे पनि अ.श्र.म.दि.को ऐतिहासिक पृष्ठभूमि नियालेर बुझ्दा  थुप्रै संघर्षका जंघारहरु तर्दै, पहाडहरु सम्माउदै र काँडाहरु पन्छाउदै महिला मुक्ति आन्दोलन अहिलेको अवस्थामा आई पुगेको हो । शताब्दियौ लामो यस यात्राको क्रममा हाम्रा थुप्रै अग्रजहरुले अङ्गभङ्ग हुनु पर्या ेहोला,जेलनेलको यातना भोग्न र कतिपय अवस्थामा ज्यानै पनि गुमाउनु परेहोला । उहाँहरुले आफ्नो वर्गीय अधिकारका निम्ति आवाज उठाउन भूमिगत कार्यक्म गर्दैजनमत सिर्जना गरेर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत आवाज बुलन्द गर्नु भयो । यो वर्ष मनाइदै गरेको १०७ औं अन्तर्रष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा ती अग्रज अभियन्ताहरुको योगदानको उच्च मूल्याङकन गर्दै उहाँहरुलाई ससम्मान संझना गरिनु  असल अभियान्ताको कर्तव्य भित्र पर्दछ । हामी आजभोलि अधिकारका धेरै कुरा गर्छाँै तर त्यो अधिकार कसरी प्राप्त गरियो।अधिकार प्रयोग गर्दा कतवर््यको पाटो पनि साथै हुन्छ भन्ने कुरा चाँही भुसुक्कै भुलेका हुन्छौँ ।त्यसैले  अ.श्रमिक .महिला .दिवश .कि नारी दिवश भन्ने विषयमा अलमल रहेको देखिन्छ । यो दिवश अन्तरराष्ट्रिय भएकोले संसारभरि मनाइन्छ । नेपालमा पनि वामपन्थीहरुले अ.श्र.म.दि.र दक्षिणपन्थीपक्षधर र सरकारी तहमा नारी दिवश मात्र भन्ने लेख्ने गरेको देखिन्छ । नेपाल सरकारले पञ्चायती कालमै संयुक्त राष्ट्रसंघमा अ.श्रमिक .महिला .दिवश.मै हस्ताक्षर गरेर आएको भएता पनि कर्मचारीहरु यसको नाम उच्चारण  गर्न अफ्ठ्यारो मान्दछन् । श्रमिकको गन्ध आउछ भनेर हो कि जस्तो लाग्छ । 

अ.श्र म.दि.को सन्दर्भ विश्व समाजवादी आन्दोलनसँग गासिएको छ । समाजवादी आन्दोलनका प्रतिपादकहरुले महिलाहरुलाई उत्पीडित वर्ग समुदायमा राखेका छन् । आदिम साम्यवादी युग पनि भनिने मात्रृसत्तात्मक युग पछिको दास युगदेखि पूँजिवादी युगसम्म महिलामाथि शोषण र दमन हुदै आएको सामज विकासको इतिहासले पुष्टि गरेको छ । कार्लमाक्र्सले महिलाहरुलाई उत्पीडित वर्ग भित्र पनि विशिष्ठ समुदाय बताउनु भएको छ । उहाँले पहिलो अन्तरराष्ट्रिय  सम्मेलनमा यस्तो प्रस्ताव राख्नु भएको थियो ” जुन कारखाना,कम्पनि,कार्यालय र बस्तीहरुमा ठूलो संख्यामा महिलाहरु कार्यरत छन्,त्यस्ता ठाउँहरुमा महिलाहरु मात्र रहेको सांगठनिक संरचना बनाई उनीहरुलाई संगठित गरिनु पर्दछ । साथै संगठनको मुल संरचनामा पनि उनीहरुका लागि उचित स्थानको सुनिश्चितता गरिनु पर्दछ । “ पहिलो कुरा महिलाहरु जैविक रुपमा पुरुष भन्दा भिन्न भएकोले उनीहरुका विशिष्ठ खालका समस्या र आवश्यकताहरुलाई आत्मसात गरिएको छ । अर्को कुरा महिलाहरुले आफ्ना समस्याहरु अलग संरचनाको बैठकमा छलफल गरेर समाधानका उपायहरु म्ुाल संस्थामा प्रस्तुत गर्न सकून् । तेस्रो कुरा महिलाहरु बीच नेतृत्व क्षमता र सीप विकासको लागि आपसमा स्वस्थ्य प्रतिस्प्रधा पनि हुन सकोस् । करिब डेढ सय वर्ष अघि प्रस्तुत गरिएका यी विचारहरुको सान्दर्भिकता अहिले पनि यथावत रहेको छ । 

विश्व इतिहासमा ८ मार्चको दिन महिला मुक्तिको निम्ति ठूला आन्दोलनहरु भएको पाइन्छ । महिला मुक्ति याने महिला सशक्तिकरण समाजवादी आन्दोलनसँगै अघि बढेको देखिन्छ । माक्र्सवादको उदयसँगै वर्गीय मुक्तिको एउटा महत्वपूर्ण आयामको रुपमा श्रमिक महिला आन्दोलन सुरु भएको थियो । सन् १८५७ मार्च ८ का दिन अमेरिकामा महिलाहरुले कामको समय कम गराउन माग गर्दै आन्दोलन गरेका थिए । माक्र्स ऐंगेल्सको पहलमा प्रथम अन्तरराष्ट्रिय स्थापना भए पछि श्रमिक महिला आन्दोलनले थप गति प्राप्त गरेको थियो । जर्मन समाजवादी नेतृ क्लारा जेटकिनले यूरोपका श्रमिक महिलाहरु बीच संगठन निर्माण अभियान संचालन गरिन् । सन् १८८३ मा अगस्त बेबेलले महिला र समाजवाद नामक पुस्तक मार्फत महिला मुक्ति सम्बन्धी आफ्ना विचारहरु सार्वजनिक गरेका थिए । अर्को वर्ष कार्ल माक्र्सका अनन्य सहयोद्वा फे्रडिक एेंगेल्सले परिवार,निजी सम्पत्ति र राज्यको उत्पत्ति शीर्षक पुस्तकमा शताक्दियौदेखि महिलाहरु शोषण,दमन र उत्पीडनमा पर्नुका कारणहरु खोतल्दै वर्गीय मुक्ति र महिला मुक्ति अन्तरसम्बन्धित रहेको प्रमाणित गर्नु भयो । 

मार्च ८, सन् १८९७ का दिन उचित पारिश्रमिक र ८ घटा कार्य दिनको माग गर्दै न्युर्योक शहरका श्रमिक महिलाहरु आन्दोलनमा उत्रिए । महिलाहरुको न्यायपूर्ण आन्दोला यूरोपतिर पनि फैलियो । मार्च ८, १९०७ मा जर्मनीको स्टुगार्टमा सम्पन्न समाजवादी महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले महिला आन्दोलनमा उर्जा थप्ने काम गर्यो । महिला मताधिकारको विषय समेत थपेर आन्दोलनको दायरा फराकिलो पारियो । ८ मार्च १९०८ मा न्युयोर्कका महिलाहरुले ऐतिहासिक जुलुश प्रदर्शन गरे । अर्को वर्ष शिकागो शहरका महिला मजदुरहरुले व्यापक हडताल र विशाल जन प्रदर्शनकोे आयोजना गरे । सन् १९१० मा डेनमार्कको राजधानी शहर कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरुको दोश्र्रो सम्मेलनमा क्लारा जेट्किनले श्रमिक महिलाहरुको अन्तरराष्ट्रिय दिवश मनाउनु पर्ने प्रस्ताव राख्नु भयो र्। सो प्रस्ताव आम सहमतीमा पारित भएकोले सन् १९११ देखि अन्तरराष्ट्रिय श्रमिक महिला दिवश मनाउने परम्परा सुरु भएको हो । यो महत्वपूर्ण अभियानमा माक्र्स,ऐंगेल्स र अन्य समाजवादी चिन्तकहरुले सैद्वान्तिक प्रेरणा र प्रोत्शाहन प्रदान गरेको इतिहास पाइन्छ । दोश्रो विश्व युद्वको समयमा साम्राज्यवादी युद्वको विरुद्व र शान्ति,समाजवाद र न्यायको निम्ति यूरोप अमेरिकाका श्रमिक महिलाहरुले बलिदानीपूर्ण आन्दोलन गरेका थिए । महान लेनिले महिलाहरुको व्यापक सहभागिता बिना समाजवादको स्थापना असंभव हुन्छ भनेका थिए । समाजवादी ध्येयको निम्ति लड्ने अरु महिलाहरु नभएर श्रमिक महिलाहरु नै थिए । यसरी सर्वहारा क्रान्ति र महिला मुक्ति बीच अन्योन्याश्रित सम्बन्ध रहेको प्रमाणित हुन्छ ।   

महिलाहरुको अवस्थाका बारेमा माओत्सेतुङको निष्कर्श यस्तो रहेको छ,“ श्रमजीवी जनता राजनीतिक,आर्थिक र समाजिक गरी तीनवटा पहाडबाट थिचिएका छन् भने महिलाहरु थप पुरुषबाट हुने शोषण सहित चार (पितृसत्तात्मक सहित )पहाडले थिचिएका छन् । यीनै पहाडहरु पन्छाउन महिलाहरु जुर्मुराएर आन्दोलित भएको इतिहासको लामो कालखण्डमा मार्च ८ को गौरवपूणर््ा दिन विकसित हुन पुगेको हो । 
विश्व भरका महिलाहरुले यो दिनलाई आफ्नो मुक्ति दिवशको रुपमा मनाउन थालेको करिव सात दशक पश्चात संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तरराष्ट्रिय महिला वर्षको रुपमा मनाउने घोषणा गर्यो । त्यतिबेलादेखि संसारका सबै मुलुकहरुमा सरकारी स्तरमा समेत मार्च ८ मनाउन सुरु गरिएको हो । नेपालमा पनि  यो दिवश अ.रा. श्र. म.दि.को नामले विभिन्न कालखण्डमा राजनीतिक अधिकार , महिला अधिकार ,श्रमजीविका अधिकारका  लागि आवाज बुलन्द गर्ने दिन को रुपमा पञ्चायति कालदेखि नै मनाउँदै आएका छन् 

तर पनि बुर्जवा शिक्षा तथा पितृसत्तात्मक संस्कार र सामाजिक वातावरणमा हुक्र्केको वर्गले यो दिवशको पुरा नाम उच्चारण गर्न गाह्रो मानेको देखिन्छ ।  श्रमिक भनेको अरुको काम  गर्ने वा कडा परिश्रम गर्ने, पसिना बगाउने ,फोहोरा लुगा लगाउने रुखो खस्रो खाने भन्ने  अर्थाएर होला धेरै पढेलेखेका हुनेखाने कुर्सीमा बस्ने मानिसहरु श्रमिक भन्दा नाक खुम्चाएको पाइन्छ । आइएलओको परिभाषा अनुसार श्रमजीवि भनेको त्यो व्यक्ति हो जसले शारीरिक या मानसिक श्रम बेचेर जीवन निर्वाह गर्दछ । शिक्षक,कर्मचारी,डाक्टर,इञ्जिनियर,कानून व्यबसायी, पत्रकारहरु जसले दिमाग खियाएर समाज सेवा तथा व्यक्तिगत जीवन निर्वाह गर्दछन् ,ती सबै मानसिक श्रमिकमा पर्दछन् । कृषि,उद्योग कलकार्खाना,निर्माण,यातायात , घरेलु श्रमिकहरु र अन्य सेवामुलक संस्थामा काम गर्नेहरु शारीरिक श्रमिक अन्तर्गत पर्दछन् ।  अन्तराष्ट्रिय श्रमिक  महिला  दिवश भन्नाले सम्पूर्ण श्रमजीविमहिलाहरुको दिवश भन्ने   बुझिन्छ । यो दिवशसँग धेरै लामो ऐतिहाँसिक सन्दर्भ गाँसिएकोले महिला मुक्ति आन्दोलन र अन्तराष्ट्रिय श्रमिक आन्दोलन को इतिहास अध्ययन नगर्ने ,आन्दोलनका सम्बाहकहरुको सम्पर्कमा आउन नचाहने महिला पुरुष सबैलाई  नारी दिवश भन्नु र अ.रा.म.दिवश भन्नु एउटै लाग्छ । सबैलाई एउटै डालोमा राख्नु न्यायपूर्ण पनि हुदैन र्। 

पितृसत्ता या पुरुषवादी सोंचमा सबै पुरुषहरु पर्दैनन् । महिलाहरुप्रति सामन्ती या पूजिवादी दृष्टिकोण र व्यबहार यथावत् राख्न चाहने प्रतिकृयावादी पुरुषहरु मात्र पर्दछन् ।  विश्वमा महिला मुक्ति आन्दोलनको पथप्रदर्शन गर्ने र  महिला मुक्ति आन्दोनलाई सघाउ पुरयाउने पुरुषहरुको विशाल जमात रहेको छ । पुरुषको उन्नतिमा पनि पर्दा पछाडिबाट महिलाहरुको ठुलो हात रहेको हुन्छ । त्यसै गरी महिला मुक्ति आन्दोलन पुरुषको सहयोगी भूमिका बिना संभव नहुने स्पस्ट छ ।   बरु कतिपय महिलाहरुले कुरो नबुझेर सबै पुरुषहरुलाई दोष दिने गरेको देखिन्छ । बढी स्वतन्त्र हुन खोज्दा परिवारिक मर्यादा र शान्ति खलबलिएको र कतिपय पुरुषहरु पत्नी पीडित हुन थालेको पनि देखिएको छ ।  पूजि लगानी गरेको नाउँमा श्रमिकको श्रम शोषण गरेर मोज गर्ने, काम आफूले गर्दा सानो  भएको ठान्ने, मनोरञ्जनको निम्ति अथाह धन खर्चने ,समय बिताउन र सम्पन्नताको सो गर्न दिवश मनाउने वर्गले नारी दिवश भन्दै पञ्चायत कालमा पनि मनाउने गर्दथे र्।  महिलाहरु पुरुषबाट पीडित रहेको सत्य भए पनि सबै महिलाहरुमा उत्पीडित वर्गीय चेतनाको विकास समान रुपमा हुन सकेको हुदैन  । महिला मुक्ति आन्दोलनका सम्बाहकहरुको काम  गाउँ देहात र कुना कन्धरामा रहेका शोेसित पीडित श्रमिक र दिदी बहिनीहरुलाई सही मार्ग देखाउनु हो । आन्दोलनको पृष्ठभूमि ज्ञान गराउँदे वर्गीय मुक्तिका लागि आधार  तयार गर्दै जाने हो ।  रमाइलोको निम्ति शरीरमा अत्तर छर्कीएर कार्यक्रममा सहभागी हुन जानेहरुको पनि आफ्नै महत्व त हुन्छ नै । जुन उदेश्यले भएपनि सहभागी हुदै जाँदा विस्तारै परिवर्तन ल्याउन सकिन्छ । इतिहासले सिकाएको पाठ पनि यही हो । आवश्यकता यो दिवशको सन्देशलाई साच्चै नै पसिना बगाएर ज्यान पाल्नेहरुको माझमा पुर्याएर अ.श्रमिक .महिला .दिवशको सार्थकता सिद्व गर्नु पर्ने हो तर समाजमा पछि परेका वास्तविक श्रमिक वर्गमा यो दिनको महत्व बोध गराउन सकिएको छैन  । श्रमिकको भर्याङ्ग  चडेर सत्तामा पुगेपछि श्रमिक शब्दबाट तर्सिने गरेको पाइयो । त्यसैले खोलो तरिसकेपछि लौरो फाल्ने प्रवृतिलाई कम गरौँ । 
                                                                  २०७३ फागुन २२

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

आफ्नै आमाको मुहार हँसाऊ - विजुला रायमाझी, अर्घाखाँची

आफ्नै आमाको मुहार हँसाऊ

                                                                           - ले.विजुला रायमाझी, अर्घाखाँची



        पखेटा लागेका सुनौला बचेराहरु
        फराकिलो चरिचरन खोज्न प्रदेश पुगेकाहरु
        जीन्दगीमा केही गर्नेे अठोट र उत्साह बोकेकाहरु ।

 स्वदेशमा अवसर नपाएर
पसिना र विवेक बेच्ने थलो नभएर
सात समुद्र पारी पुगेका युवाहरु ।

        परिश्रमी  र अनुशाशित मौरी बनेर
        अमृतसरी मह जम्मा गरेर
        आफ्नै मात्रृभूमि फर्कि आऊ ।

सिकेको सीप र प्राप्त अनुभवहरु
तिम्रो अनुपस्थितिले उजाड  हुन आँटेको े   
त्रिैम्रो आफ्नै गाँउघरमा उपयोग गर  ।

       च्याउरी परेको निन्याउरो अनुहार लिएर
       तिम्रै प्रतिक्षामा आसुँ बगाउँदै पर्खिएकी
       आमालाई सम्झी  आऊ ।

तिमीलाई जन्म दिने आमाको दुधको भारा तिर्ने गरी
 तिमीलाई बास दिने   मातृभूमिको  सेवा गर्ने  गरी
 सेवा भावको विशाल  छाती लिएर फर्की आऊ।
                      २०७१ मंशिर २९




थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

महिला नेतृत्व विकासको आवश्यकता,अवसर र चुनौतीहरु : विजुला रायमाझी

नेपालमा लामो समयसम्म पितृसत्तात्मक सामन्ती शासकहरुको हालीमुहाली चल्यो,राज्यसत्ता उनीहरुकै हितमा चल्ने र समाजमा उनकै समर्थक,प्रशंसक र पूजकहरुको आदर्शमा महिला, दलित,विपन्न र निमुखा जनताले आफ्नो अधिकारको निम्ति बोल्न नपाउने अवस्था थियो । महिलाहरुलाई पुरुषकै इसारामा चल्नु पर्ने प्राणी अथवा दोश्रो दर्जाको प्राणीको रुपमा व्यबहार गरियो । जहाँ दमन त्यहाँ विद्रोह भने जस्तै नेपाली जनताले आप्mनो सार्वभौमसत्ताको खोजी गर्दै जाँदा २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन,२०४६ को पञ्चायत विरोधी आन्दोलन र २०६२। ०६३   को लोकतन्त्र प्राप्तिका आन्दोलनहरु भए ।  लामो समयसम्मको अथक सँघर्षपछि नेपाली जनताले संविधान सभाबाट जननिर्मित संविधान पाएका  छन् ।    

२०७२ को संविधानमा समाजमा पछि पारिएका महिला,दलित,जनजाति,अल्पसंख्यक सिमान्तकृत समुदायका हकअधिकारहरु किटान गरिएकाछन् । राज्यका हरेक निकायमा समावेशी समानुपातिक सहभागिताको ग्यारेण्टी गर्न संविधानका धाराहरुमा विशेष व्यवस्था गरिएको छ । लामो समयसम्म नेपाल श्रमजीवि जनताको श्रम शोषण गरेर खान पल्केका सामन्ती शोषकहरुको हातमा परेकोले प्राकृतिक सौन्दर्यको धनी ,विश्वको उच्च शिखर सगरमाथाको देश,भौगोलिक तथा जैविक विविधतायुक्त अथाह जलश्रोतको धनी देश भएर पनि सधै विदेश आश्रित  बनाएर राखे । त्यसकारण लामो समयसम्म नेपाली जनताले अधिकारको लडाई लडनु पर्यो । आफनो संविधान आफै निर्माण गर्न पाउने अधिकारको निम्ति दीर्घ कालिन संघर्ष गर्नु परयो ।  



२०६२।०६३ को शान्तिपूर्ण जनक्रान्ति पछि अब जनताको अधिकारको लडाई अर्थात अधिकारको आन्दोलन एक हदसम्म सफल भएको मानिएको छ । जनताका प्रतिनिधिहरु राष्ट्रप्रमुख,सरकार प्रमुख ,न्याय प्रमुख हुन पाउने अवसर पाएका छन् तर त्यो हैसियत निमार्ण एकैचोटी हुदैन तल्लो तहदेखि आधार खडा हुनु जरुरी पर्दछ । हरेक व्यक्तिले आफूले पाएको हरेक साना ठूला जिम्मेवारी आफ्नो कर्तब्य ठानी कार्यकुशलतासाथ बहन गर्दै जाँदा सामाजिक विश्वास  बड्दै जान्छ र थप जिम्मेवारीहरु थपिँदै उन्नत शिखरमा पुग्न सोपान तयार हुन्छ । जसको ज्वलन्त उदाहरण संसारमा अघि बढेका महिला र हाम्रौ देशका राष्ट्रपति ,सभामुख र प्रधान न्यायधिश  हुनुभएको छ ।उहाँहरुले   कुनै दया मायाले पाएको जिम्मेवारी होइन । कर्तव्य र अधिकार  एक सिक्काका दुई पाटा हुन् त्यसैले अब नेपाललाई नेपाली भूमिमा भएको श्रोतसाधन,जल जमिन र जंगलको भरपुर उपयोग गरेर संरक्षण गर्दै दक्ष जनशक्तिको सहयोगले दीगो विकास र समृद्वितर्फ डोरयाउने बेला आएको छ । दीगो विकास र समृद्विको निम्ति जनताहरुले शान्ति र सुरक्षाको अनुभूति गर्न पाउनु पर्दछ ।





हरेक व्यक्तिले शान्ति र सुरक्षा महसुस गर्न घर परिवार,समाज र राष्ट्रमा विभेदको अन्त्य भएको हुनु पर्दछ । जुन परिवार,समाज र राष्ट्रमा समानता एकताको आधार बन्छ  त्यहाँ संघर्षको जरुरी पर्दैन ।भनिन्छ , समानता नै एकताको आधार हो । एकताको आधार खडा गर्न अवश्य पनि समाजमा पछि पारिएका वर्गको विकास हुनु पर्दछ । त्यसैले संविधानमा व्यवस्था भएका विशेष अधिकारहरुको उपभोग गर्दै थप उपलब्धिको निम्ति अग्रसर रहन,आम जनसमुदायलाई आफ्ना अधिकार र कर्तव्यको बोध गराउदै सिङगो समाजलाई अग्रगतिमा लैजान महिला नेतृत्व विकासको जरुरी छ । आधा भन्दा बढी संख्यामा रहेको वर्गलाई सामाजिक,आर्थिक,राजनीतिक,शैक्षिक र प्रशासनिक क्षेत्रमा पुरुष सरह समविकास गर्न,परिवार,समाज र राष्ट्रमा महिलाहरुको प्रतिष्ठा र पहुँच बढाउन, राष्ट्रको साधनश्रोतको उपयोग,वितरण र संरक्षण कार्यमा प्रत्यक्ष सहभागिता जनाउन अथवा नीति निर्माण तहमा आफ्नो पहुँच पुर्याउन ,प्राप्त उपलब्धीको संरक्षण र उपयोग गर्दै थप उपलब्धीको लागि आधार खडा गर्न, भ्रष्टाचार अन्त्य गरी सभ्य,सम्रद्व,अनुशासित र समतामुलक समाज निर्माण गर्न महिला नेतृत्व विकास अपरिहार्य ठानिएको  छ ।   

आधा आकाश र आधा धर्ती मानिने महिलाको संख्या नेपालमा पुरुषको भन्दा बढी रहेको छ । एक रथका दुई पाङग्रा मानिने महिला पुरुष मध्ये एउटा कमजोर असक्षम हँुदा स्वभावैले रथको गति रोकिन पुग्छ । त्यसैले समाजलाई अग्र गतिमा लैजान महिलामा पनि नेतृत्व क्षमता ,कार्यकुशलता र आत्मविश्वासको आश्यकता पर्दछ । गर,हेर र सिक भन्ने सूत्र प्रयोग गरी हरेक काममा सकृयतासाथ अग्रसर हुदै जाने,अध्ययनलाई निरन्तरता दिने बानीले हरेक व्यक्तिलाई श्रेष्ठता हासिल गर्न सहयोग नै पुग्दछ ।

 समयको मागसँगै महिलाहरुको जिम्मेवारी  पनि बदलिएको छ । कामको नयाँ क्षितिज उघ्रिएको छ । उहिले उनीहरुको्र संसार घरपरिवार र नातागोताको संजाल भित्र मात्र हुन्थ्यौ भने युगको परिवर्तन संगै क्षेत्र फराकिलो हुदै गएको छ र जिम्मेवारी पनि थपिएको छ । पुरुष धन आर्जन गर्ने महिला घर समाल्ने भन्ने ठाउँमा महिला पनि जागिर,व्यवशाय गरेर धन आर्जनमा लाग्न थालेकाछन् । परिवारमा पुरुष मात्र ब्रेड विनर मानिने जमाना पुरानो भैसकेको छ ।   हरेक कुरामा महिलाहरु आत्मनिर्भर हुन थालेकोले सामाजिक काममा सामवेशी सहभागिताको प्रश्न उठेको छ । लामो समयको संघर्षले प्राप्त गरेको संविधान २०७२ को कार्यान्वयनसम्म केही महत्वपूर्ण अवसरहरु पनि प्राप्त भएकाछन् । त्यसैले अधिकारसंगै कर्तव्य पनि बढेको छ । परिवार छोराछोरीको भविश्यसंगै समाज र राष्ट्रको प्रगती र विकासको निम्ति पनि सोंच्ने बेला भएको छ । विगतमा जनजीविका,लोकतन्त्र र राष्ट्रियताको संरक्षणमा पनि महिला आन्दोलन निर्णायक भएका उदाहरणहरु छन् । सामाजिक रुपान्तरणमा महिलाहरुको सकृय सहभागिताको महत्वबोध गर्दै लेनिनले महिला सहभागिता बिना समाजवाद निर्माण संभव नभएको बताउनु भएको थियो ।

२०७४ साल वैसाख ३१ गते हुन गैरहेको स्थानिय निर्वाचन नेपाली महिलाहरुको निम्ति एउटा अवसर पनि हो । आन्दोलनको क्रममा देखिएको अग्रसरता र सकृयतालाई जनप्रतिनिधिको गहन जिम्मेवारी बहन गरेर महिलाहरुले आफ्नो क्षमता प्रदर्शन गर्ने उपयुक्त अवसरलाई गुमाउनु हुँदैन   । समानुपातिक सहभागिता र सकारात्मक विभेदको सिद्वान्त संविधानमा आत्मसात गरि सकिएकोले स्थानीय तहमा कम्तिमा ४० प्रतिशत हुदै प्रादेशिक र केन्द्रिय  स्तरसम्म महिलाको प्रतिनिधित्व  अनिवार्य गरिएको छ । यो निर्वाचन महिलाहरुको निम्ति गुमाउन नहुने अवसर भऐकोले प्रतिनिधि चुन्दा र चुनिदा विशेष ध्यान दिनु पर्ने हुन्छ ।  

महिलाहरुलाई सामाजिक क्षेत्रमा अघि बढन सबभन्दा ठूलो बाधा आर्थिक अभाव नै रहेको देखिन्छ । पुरुषले जस्तै आँटेर महिलाहरु जोखिम मोल्न अझै पनि हिच्किचाउछन ।   सुवर्ण अवसर भएकोमा शंका गर्ने ठाँउ त छैन तर उनीहरुमाथि  चुनौती पनि थपिएको छ ।     

अझै पनि महिलाहरुको  हातमा आर्थिक अधिकार आइनसकेको र अधिकांश महिलाहरु आपूmखूसी   खर्च गर्न सक्ने स्थिति बनिसकेको छैन । आर्केातर्फ महिलाहरु गहनाकपडामा खर्च गर्न जसरी तयार हुन्छन् अरु कुरामा त्यसरी मन फुकाउन अभ्यस्त भैसकेका छैनन् । पुरुषको आँखो श्रीमती गहनाकपडामा  चिटिक्क सजिएको देख्न चाहान्छ ।  परापूर्व कालदेखि नै चलिआएको भनी श्रीमती पनि यसमा सन्तोश रहन अभ्यस्त भएका हुन्छन् ।  

हरेक काममा श्रीमानको अनुमती आवश्यक ठान्ने महिला मनस्थिति हटिसकेको छैन । श्रीमानले लगाएको रिण श्रीमतीले जसरी सहज तरिकाले भुक्तानी गरिदिन्छन् श्रीमतीले लगाएको रिण त्यसरी भुक्तान गर्न समाज मनोविज्ञानले मान्दैन ।

पारिवारिक दायित्व पूरा गरेर मात्र महिलाहरुलाई सामाजिक क्षेत्रमा पाइला टेक्नु पर्ने हुन्छ । पत्नी,आमा र बुहारीको भूमिकामा अरुलाई प्रतिस्थापन गर्न नमिल्ने भएकोले पनि महिलाहरुको निम्ति सामाजिक दायित्व बहन गर्ने भनेको आफ्नो ड्युटी सकेर ओभरटाइम गरे जस्तो हो । कतिपय श्रीमान महोदयहरुले श्रीमतीले सामजिक प्रतिष्ठा आर्जन गर्दा आफू हेपिएको अनुभव गर्ने अवस्था पनि यदाकदा देखिन्छ । यस्ता लोग्नेहरु पनि छन् जसले श्रीमतीलाई असल गृहिणीको भूमिकामा मात्र देख्न चाहान्छन् । सामाजिक क्षेत्रमा कृयाशील श्रीमतीबाट भन्दा विशुद्व गृहिणीबाट लोग्नेका भरपुर सेवा हुन सक्दछ । यहाँनेर श्रीमान् र श्रीमती बीच अन्तरविरोधपूर्ण सम्बन्ध विकसित हुन सक्ने हुँदा महिलाहरुले चाहेर वा क्षमता भएर पनि सामाजिक काममा पछि पर्नु परेकोछ । यस्तो स्थितिको कुशलतापूर्वक व्यवस्थापन गरेर अघि बढ्नु  पनि  चुनौतीको सामना गर्नु  हो । आर्थिक ,सामाजिक अवरोधको साथै   राजनीतिमा नातावाद कृपावादको हालिमुहाली हुदै जानु ,महिलाका दोहोरो तेहोरो जिम्मेवारीले कार्यबोझ हँुदा उनीहरुको स्वास्थ्य बिग्रनु  आदि नितान्त महिलाले सामना गर्नुृपर्ने चुनौतीहरु हुन ।

लामो समय अनिर्णयको बन्दी भएको नेपाललाई निकट भविश्यमा तीनै तहको निर्वाचन मार्फत् जनप्रतिनिधिहरुद्वारा राज्य संचालन गरी देशमा दीगो शान्ति स्थापना गर्दै समृद्व र समतामुलक नेपाल निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्यमा महिलाहरु पनि जिम्मेवार भएर लाग्नु पर्ने उपयुक्त समय आएको छ । समय आउछ पर्खिदैन त्यसैले समयको गतिसगै आफूलाई बदल्दै समाज बदल्ने अभियानमा अग्रसर हुनु हरेक सचेत नागरिकको अहम् कर्तव्य हो । तसर्थ अरुले गरेको प्रगतिप्रति इष्र्या होइन आफूलाई बदलेर अगाडि बढ्न सक्नु पर्दछ । समाज बदल्ने चाहना राख्नेहरुले सुरुमा आफैलाई बदलेर देखाउनु पर्दछ । आफैलाई बदल्न नसक्नेहरु परिवर्तनका बाहक बन्न पनि कदापि सक्दैनन् ।  







थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Saturday, March 30, 2019

सहमतिप्रति असहमतिका स्वरहरु - –बुद्धि रायमाझी

                 नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक चन्द्र कान्त राउत वीच गत शुक्रबार सम्पन्न ११ बुँदे सहमतीको अन्तरबस्तुलाई लिएर संचारमाध्यमहरुमा विभिन्न अभिमतहरु सार्वजनिक भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसले बिखण्डनको राजनीति बोकेर हिडेका सि.के राउतको गठबन्धनलाई शान्तिपूर्ण राजनीतिक धारमा अवतरण हुनुलाई स्वागत गरेको छ । साथै गोप्य रुपमा थप सहमति भएको भए सदनलाई जानकारुी दिनु पर्ने माग पनि गरेको छ ।   राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले फेसबुकमा राउतलाई संसदीय राजनीतिमा स्वागत भनेर लेखेकाछन् । तर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्रै यो विषयलाई लिएर असन्तुष्टीका केही स्वरहरु गुंजिएको प्रति भने धेरैको ध्यानाकर्णष भएको छ । सम्पन्न सहमतिको समर्थन गर्दै राउतलाई पनि सहमति पालन गर्न दवाव दिनु पर्नेमा बाँदरलाई लिस्नु लगाइदिए जस्तो गरि सार्वजनिक टिप्पणी गरेको देख्दा अलमलको स्थिति उत्पन्न भएको छ । 

वास्तवमा सरकारले नेपालको सार्वभौमिकता विखण्डन गराउँने  पृथकतावादी सन्देश प्रवाह गराउँदै हिडेको सि.के राउतको जत्थालाई शान्तिपूर्ण राजनीतिक धारमा समावेस गराएर एउटा महत्वपूर्ण दायित्व पुरा गरेको छ । दुईतिहाई बहुमतको सरकारले सम्पादन गरेका कुनै काम पनि नदेख्नेहरुलाई समेत झस्काउँने गरि यो अर्को दुरगामी महत्वको कार्य सम्पन्न भएको छ । हतियार बोकेर हिड्नेहरुलाई शान्ति र अमन चैनको मार्गमा ल्याएर मुलुकको नियम कानून वमोजिम राजनीति गर्न र देश विकासको काममा सरिक हुन प्रतिवध्द  लगाएर सरकारले प्रशंसनीय काम गरेको छ ।  

आधुनिक लोकतान्त्रिक राज्यमा सरकारको भूमिका अभिभावकीय र व्यवस्थापकीय रहेको हुन्छ । यही दायित्व वोध गरेर बर्तमान सरकारले गत साउन महिनामा विभिन्न भूमिगत समुहहरुसँग वार्ता गर्न माननीय सोम पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेर सवै समुहहरुलाई वार्तामा सहभागी हुन पत्राचार गरेको थियो । अन्य समुहहरुले वार्तामा सहभागी भएर हतियार समेत सरकारलाई बुझाउँने काम गरेका थिए । सि.के राउतको समुह भने वार्तामा सहभागी हुन वस्तुगत परिस्थिति परिपक्क नभैसकेकोले वार्तामा आउँन छुटेको थियो । जुनसुकै कुराको निम्ति पनि समय आउँनु पर्ने हुन्छ ।ै

नेकपा भित्रकै जिम्मेवार नेताहरुले विरोध गरे जस्तो देखिनुको पनि खास कारण रहेको छ । तराईको बिकास र शान्तिसुरक्षालाई लिएर बढी चिन्तित प्रधानमन्त्री खडग प्रसाद ओलीले यो विषयलाई गंभिर रुपमा लिएर उच्च महत्वकासाथ राउतसँग आफनै नेतृत्वमा वार्ता प्रकृया अघि बढाउँनु भयो । आफनै नेतृत्व र निरीषणमा  गोप्य रुपमा संचालित वार्ता प्रकृया अघि बढाउँन उहाँले नेकपाका महासचिव विष्णु पौडेल,प्रमुख राजनिितक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई जिम्मेवारी दिनु भयो । यी नेता त्रयीले जेलमा रहेका राउतसँग वार्ता प्रकृया अगाडि बढाएको सार्वजनिक जानकारी आएको छ । 

 प्रकारान्तरले  यहींनेर साथीहरुको गुनाशो रहेको बुझिन्छ ।   उहाँहरुको मनसाय   वार्ताप्रकृयामा दख्खल राख्ने अरु साथीहरुलाई पनि  समेटेको भए राम्रो हुने थियो भन्ने बुझिन्छ । विद्रोही समुहलाई शान्तिवार्तामा सरिक गराउने काम सरकारको मात्र नभएर पुरै पार्टीको भएकोले फराकिलो गरि सोंच्नु पर्नै थियो भन्ने उहाँहरुको सोचाइ हुनु पर्दछ ।  स्थायी समितिले निर्णय गरेर वार्ता टुंगाउँनु पर्नेमा वार्ता तथा सहमति सम्पन्न भई सके पछि मात्र आफूहरुलाई जानकारी भएकोमा चित्त दुखाई रहेको जस्तो लाग्दछ । 

युवा नेता भिम रावलको अर्को तर्क सहमतीको भाषा सम्पादनमा ध्यान दिइएन भन्ने रहेको छ । यो भनाइमा केही दम रहेको पङ्त्तिकारलाई पनि महसुस भएको विषय हो । जनअभिमत शब्द निश्चयनै  सोंचविचार गरेर नै प्रयुक्त गरिएको हुनु पर्दछ । सहमतिको मस्यौदा तयार गर्दा यो शब्दावलीको निहितार्थ बारे राम्रै छलफल भएहोला । प्रस्तुतकर्ताले सुरुमै आफनो अवधारणा स्पस्ट पार्नु भएहोला । जेहोस्,जसरी अहिले यो शब्दको  अर्थ कतिपय व्यक्ति विशेष या दलहरुले जनमत संग्रह भनेर लगाउँने गरेका छन्  । त्यो हुनै नसक्ने कुरा हो । सार्वभौमिकता र प्रादेशिक अखण्डता जस्ता संवेदनशील चिजहरु  सहजै जनमत संग्रैहमा जाने विषय ेहुन सक्दैनन् । अन्तर्राष्टिय राजनीतिमा यस्ता उदाहरणहरु पनि पाइदैनन् र नेपाल यसको अपवाद बन्न पनि सक्दैन ।

जनअभिमत भनेको जनताको राय हो । विषय वा प्रसंगले सहमतिको बँुदा नं २ मा प्रयुक्त जनअभिमत शब्दले यो वा त्यो रोज्नका लागि मतदान गराउँने भन्ने अर्थ लाग्दैन । झन्  अलग राष्ट्र हुन पाउँने भन्ने अर्थ त  कदापि लाग्दैन । सि.के राउतले माग गर्दैमा यस्तो संवेदनशील विषय जनमत संग्रहमा लैजान मञ्जुरी दिने सहमति गर्ने जनअभिमत यो सरकारलाई प्राप्त पनि छैन । कस्तो शासन व्यवस्था अपनाउँने निर्वाचनमा कुन दललाई विजयी बनाएर सरकार गठन गर्न पठाउने भन्ने जस्ता विषयहरुमा  जनअभिमत व्यक्त हुने हो । सायद “ अभि” उपसर्ग नगाँसेको भए यस्तो रडाको मच्चिने पनि थिएन होला । 

   अर्को कुरा कारागारबाट मुक्त भएर सहमतिमा दस्तखत गरेर जनकपुर झरे पछिको आम सभामा जहाँसम्म  सि.के राउतले जनमत संग्रह नै भने भन्ने सवाल छ ,जनमत संग्रह समेत पुरानै अडान दोहोराएका रहेछन् भने पनि आकाशै खसिहाल्ने केही छैन । यदि त्यस्तो हो भने अहिलेको सरकारले ऐनकानून कार्यान्वयन गर्ने क्षमता राख्छ कि राख्दैन भन्ने परिक्षण पनि हुन पुग्छ । मुलुकलाई आवश्यक पर्ने ऐनकानून निर्माण मात्र प्रयाप्त हुदैन तीनको कार्यान्वयन झन् ठूलो महत्वको हुन्छ र सरकारको दायित्वको विषय पनि हो ।     

सि.के. राउत को हुन् ? सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मेका चन्द्रकान्त राउत केही वर्ष पहिले विद्यार्थी भिसामा अमेरिका पुगेका थिए । अध्ययन पश्चात उनले अमेरिकामा वैज्ञानिकको जागिर गरे । सन् २०११ मा नेपाल फर्के पछि  उनर्मा   स्वतन्त्र राष्ट्र मधेस स्थापना गर्ने भुत सवार भयो । संभवतः प्रदेश नं २ का देहाती इलाकामा दरिद्रता,अशिक्षा,विभेद र चरम शोषण देख्दा राउतको मनमा राजनीतिको माध्यमबाट जनसेवा गर्ने सोंच उत्पन्न भएहोला । आफना जन्मभूमिका जनताहरुलाई वर्गीय शोषण दमनबाट मुक्त गर्न विचार उत्पन्न भयो । 
विगत ६ वर्षदेखि पृथकतावादी आन्दोलन थालेका राउतले प्रधानमन्त्रीको सकारात्मक पहलका कारण आफू राजनीतिको मूलधारमा समाहित हुन पाएको बताएका छन् । उनकै शब्दमा “  यो आन्दोलन नियन्त्रण बाहिर गएर भयावह स्थिति आउला कि भन्नेमा राज्य र हामीलाई नै चिन्तित बनाएको थियो,Òतर आज वडो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुदै छ । यो सवै जनताका लागि खुसीको कुरा हो,ऐहिासिक घटना हो । ” यो भनाइबाट दुईवटा निष्कर्श निस्कन्छन् । एउटा त फिल्म हेरेर प्रेरणा पाएका युवाहरुको क्रान्तिप्रतिको रोमाण्टिक बुझाइ र अर्को यस्ता आलाकाँचाहरुले सुरु गरेको हिंसात्मक संघर्ष वीच बाटो मै अलपत्र पर्ने प्रवल संभावना । पाँच महिनाको जेल बसाइले स्वतन्त्रताको महत्ववोध गराएको बताउने सि.क. राउतलाई स्वतन्त्र मधेस आन्दोलन कसरी सुरक्षित अवतरण गराउँने भन्ने पनि चिन्ता लाग्न थालेको रहेछ । जहाज उडाउनु मात्र पर्याप्त होइन,सुरक्षित अवतरणको झन् ठूलो महत्व रहेको हुन्छ । यदि राउतजीमा इमान्दारिता छ भने उनको जेट सुरक्षित अवतरण गरेकोमा उनको टाउको हलुङ्गो भएको हुनु पर्छ । 

   राउतको निम्ति सहमतिको नाटक कार्यनीतिक चाल मात्र  हो भने गृहमन्त्रीले भनेझै उनी सिध्दिनु नै पर्दछ । मधेसको मुद्दामा सरकारले जनमतसंग्रह स्विकार गरेको भन्दै हिडे भने उनको खैरियत रहदैन ।   निश्चय पनि राउतजीले आत्मघाती बाटो अनुशरण गर्दैनन् होला । बढी शंका गर्नु पनि राम्रो होईन । कहिलेकाँही शंकाले लंका पनि डोल्छ । 

सि.के राउत सहमतिप्रति इमान्दार रहेर तराईमा एउटा इमान्दार युवा नेताको छवी बनाएर शान्तिपूर्ण राजनीतिमा क्रियाशील रहने मार्गप्रशस्त भएको छ । अवसरबाट फाइदा लिन सक्छन् सक्दैनन् हेर्न बाँकि छ । यो उनको लागि परिक्षाको घडी पनि हो । शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा खरो उत्रन  अभ्यस्त  हुनको निम्ति समय पनि लाग्छ । तसर्थ उनको बारेमा पर्ख र हेरौं नै भन्नु पर्ने हुन्छ । 

प्रकाशित ः नयाँ पत्रिका दैनिक

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Wednesday, December 21, 2016

चिन भ्रमणका अनुभव र अनुभुतिहरु -बुद्वि रायमाझी Part -1

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग अन्तर्गत दक्षिण एशिया ब्यूरोले दक्षिण एशियामा समाजवाद र कम्युनिष्ट आन्दोलनको वर्तमान स्थिति र भविश्य विषयक बेजिङमा आयोजना गरेको सेमिनारमा सहभागी हुन हाम्रो पार्टी नेकपा एमालेलाई पठाएको निमन्त्रणामा पार्टीले मलाई समेत समावेश गरेको सूचना पाउँदा मनमा विभिन्न कौतुहलता र जिज्ञाशाहरु उत्पन्न भए । कम्युनिष्ट पार्टीको शासन रहेको मित्र राष्ट चिनको अर्थ राजनीतिक अवस्था,संस्कार संस्कृति र जीवन स्तर,शिक्षा स्वास्थ्य स्थिति बारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर जुट्दै गरेकोमा मलाई अत्यन्तै खुसी लाग्नु स्वभाविकै थियो । मनमा यस्तै जिज्ञाशाहरु बोकेर भिसा लगाउने,विदेशी मुन्द्रा सटही गर्ने र पार्टी अध्यक्ष कंरेडसँग भेट गर्ने  न्याना कपडाहरु किन्ने काम सम्पन्न गरेँ ।





भ्रमणको उद्वेश्य चिनियाँ कम्युनिष्ट पार्टीको नीति निर्माणमा थिङ्कटयाङ्कको रुपमा रहेका प्रवुद्व व्यक्तित्वहरुसँग आनदोलनका अनुभवहरु र भावी रणनीतिहरु बारे विचार आदानप्रदान गर्नु रहेको थियो । चिनियाँ विशेषता सहितको समाजवाद निर्माणमा जुटेका चिनियाँहरु आफूले प्राप्त गरेका उपलब्धि र अनुभवहरु अन्य मुलुकका कम्युनिष्टहरुलाई जानकारी गराउँन र अरुहरुबाट यस्तै जानकारी लिन चाहँदा रहेछन् । आर्थिक रुपले सम्पन्न र आधुनिक समाजवादी सिद्वान्तको वाहके मुलुकले त्यसो गर्नु स्वभाविक पनि हुन्छ । संसारकै पहिलो आर्थिक शक्ति बन्न भगिरथ प्रयासमा रहेका चिनियाँहरुले आफनो  अभियानलाई चिनियाँ सपना भन्ने गर्दछन् ।  
 मङसिर ५ गते चिनियाँ समय अनुसार साँझ ५ बजेको उडानद्वारौ हामीहरु ५ जना त्रिभुवन विमानस्थलबाट पश्चिम चिनको यूनान स्थित कुनमिङ विमानस्थलतर्फ उड्यौँ । अर्को दिन अर्थात् ६ गतेदेखि सुरु हुने १० दिनको भ्रमणमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा सांसद वैजनाथ चौधरी र केन्द्रिय पार्टी स्कुल विभाग सदस्य बुद्वि बहादुर रायामाझी, नेकपा माओवादी केन्द्रबाट केन्द्रिय सदस्य तथा पूर्व सभासद ्सुरेश कुमार आले मगर र बेजिङमै रहेका चिनका लागि नेपालका पूर्व राजदूत महेश कुमार मास्के,नेकपा क्रान्तिकारीका रामसिंह बुढाथोकी श्रीस र सचिवालय सदस्य दिनेश सर्मा चौलागाँई हुनुहुन्थ्यौ। भारत,बङ्गलादेश र श्रीलंकाबाट क्रमश ६,४ र ४ गरी जम्मा १४ जना र हामी नेपाली ५ जना गरी १९जना साथीहरु कुनमिङ विमानस्थलमा जम्मा भयौँ । चिनियाँ कम्युनिष्ट पार्टीका दक्षिण एशिया ब्यूरो हेर्ने वाङ झेन र जिन यान नामका साथीहरुले सुनी होटलमा हामीहरुको लागि बासको व्यवसथा गर्नु भएको रहेछ । आजदेखि हामीहरु चिनिया कम्युनिष्ट पार्टीका पाहुना भयौ ।  हामीहरुको पूरै भ्रमण अवधिभर उहाँहरुले नै हाम्रो निम्ति पथप्रदर्शक र दोभाषेको काम गर्ने पार्टीले खटाएको रहेछ ।  े 
्र६ गते विहान ५ः ३० वजे नास्ता खुवाएर उहाँहरुले क्विजो पा्रन्तको सुनी शहरर्तर्फ इस्टर्न चाइनाको जहाजबाट ेउडान गराउनु भयो । पार्टी स्कूलको क्याम्पस र नगर कमिटीको भव्य पार्टी स्कूल भवन तथा पुस्तकालय अवलोकन गरयौँ । उच्चारण भेदले गर्दा चिनियाँहरुले सुनी हामी नेपालीहरुले भने झुनी भन्न पनि मिल्ने यो शहरमा सन् १९३५ मा चिनियाँ कम्युनिष्ट पार्टीले प्रसिद्व सुनी सम्मेलन आयोजना गरेको थियो ,जसको एनिमेटेड भिडियो फिल्म अहिले पनि देखाउने गरिदोरहेछ । माओत्सेतुङले जोडदार भाषण गर्दै रहेको आकर्षक दृश्य देखिन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको महा यात्रा लामो अभियान यहीबाट सुरु भएको थियो । आधुनिक चिनको क्रान्तिकारी इतिहासमा सुनीको अद्वितीय स्थान रहेको छ । क्रान्ति कालका धेरै दृश्यहरु र सामग्रीहरु यहाँ सुरक्षितसाथ सार्वजनिक प्रदर्शनीमा राखिएको रहेछ । चिनियाँहरुले खासगरी विदेशी कम्युनिष्ट पाहुनाहरुलाई गर्वसाथ यो स्थानको भ्रमण गराउँदा रहेछन् ।   
 त्यसै दिन झेनगान आर्थिक क्षेत्रको अवलोकनको क्रममा निजी उद्योगहरुको स्थिति बारे जानकारी लियांै । चिनले पूर्णरुपले समाजवादी मार्ग परित्याग गरेर पुँजीवादी व्यवस्था पुनस्र्थापना गरेको भन्ने चर्चाको यथार्थता बुभ्mने मौका मिल्यौ । चिनियाँ कम्युनिष्ट पार्टीले अपनाएको खुला अर्थनीति अन्तर्गत एक हदसम्म े निजी उद्योगधन्दालाई छुट दिइएको रहेछ । समाजवाद भनेको विपन्नता वितरण नभएर आर्थिक समृद्वि मार्फत जनतामा खुसियाली र सम्पन्नता ल्याएर उनीहरुले चिनियाँ विशेषता सहितको समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्त गर्न खोजेका रहेछन् । उद्योगीहरु उत्सािहत रहेको र उनीहरुलाई कम्युनिष्ट पार्र्र्र्टीको सदस्य बन्न्ौ पर्ने बाद्यता रहेनछ ।
मजदुरहरुसँग पनि कुरा गरयौँ । उनीहरुलाई टेड युनियन अधिकार प्राप्त छ तर हडतालै गर्नु पर्ने अवस्था आउदो रहेनछ । उनीहरुलाई ८ घंटा काम,८ घंटा आराम र ८ घंटा मनोरन्जनको अधिकार प्राप्त रहेछ । उनीहरुका मागहरु कमिटीगतरुपमा छलफल भएर श्रम मन्त्रालयमा पेश हुने र सम्वोधन पनि गरिदा रहेछन् । उनीहरुले स्वच्छाले श्रमिक संघको सदस्यता लिदारहेछन् ।  दक्ष मजदुरहरुको पारिश्रमिक दैनिक १५० युवान हुदो रहेछ ।   साँझ प्रशासनिक केन्द्रको भोजन कक्षमा खाना खाएर होटल र्फिर्कयौँ । नेपालमा जस्तो प्रत्येक व्यबशाय र पेशा गर्नेहरुले अलगअलग संगठन निर्माण गर्ने प्रचलन देखिएन । बस यात्रामा पथप्रदर्शक र दोभाषेले समयको सदुपयोग गर्दै सेरोफेरोका ऐतिहासिक ,आर्थिक,पर्यटकीय,धार्मिक र दर्शनीय स्थलहरुको बारेमा सूचना मूलक जानकारी प्रस्तुत गर्दा रहेछन् । बसयात्रा गर्दा गफिने या निदाउँने बानी परेका हामी नेपालीहरुले उनीहरुबाट सिक्दा राम्रो हुने जस्तो लाग्यौ । जिनहङ होटेलमा बास बसेर  अर्को दिन ८ गते हामीहरु उचुवान काउन्टीको भ्रमणमा निस्कियांै । यहाँका पर्यावरणीय फार्म र ताओफु कृषि तथा पर्यटन स्थल हेर्यांै । जातीय अल्पसंख्य  संग्रालयमा हाम्रा पुराना ढिकी ,जाँता र तेल पेल्ने कोल जस्ता पुराना घरेलु साधारण यन्त्रहरु संग्रह गरिएको रहेछ । ढिकी कुटेका फोटाहरु खिचाएर उचान होटेल फर्कियांै ।
९ गते बिहान तोनग्रिन शहरको सिनान काउन्टीमा पुग्यौ । नेपालका निर्वाचन क्षेत्र सरहका तर ठूलोे भूगोलमा फैलिएका  प्रशासनिक निकायहरुलाई चिनमा काउन्टी भनिदो रहेछ ।  केवुलकार चढेर २५ सय मिटर अग्लो चुचुरोमा पुग्यांै ।  ४ सय मिटर जति काठका भर्याङ जस्ता खुड्किलाहरु चढ्न पर्दो रहेछ । पालकीमा बोकेर माथि लैजान  भरियाहरु सेवामा हाजिर थिए । शैक्षिक योग्यता प्राप्त नगरेका  वा विशेष तालिम नलिएकाहरुलाई समितिले अदक्ष कामदारकोरुपमा यस्ता काममा लगाउदो रहेछ ।  तर हामीहरु हिडेरै सिढीहरु चढयौ ।   अवशिष्ठ पहाड झन् खिइएर अनौठा आकृति बनेका विशाल चट्टानहरु रहेछन् । पैसा कमाउन सिपालु चिनियाँहरुले यस्तो दुर्गम स्थललाई पर्यटकीय स्थलको रुपमा विकसित गराएका रहेछन् ।
् १० गते बिहान तोङग्रिन नगर कमिटीका पदाधिकारीहरसँग बोटानिकल गार्डेन होटलमा ब्रेकफास्ट गरेपछि तोङ आदिवासीहरुको गाँउ झाइसा हुँदै युन्सी गाँउमा पुग्यौ । तोङ ५६ राष्टियताका जातीहरुमध्ये एउटा जाती रहेछ । उनीहरुको जीवन स्तर उन्नत बनाउन र भाषा संस्कृतिको विकास र संरक्षणको निम्ति चिन सरकारले अपनाएका नीतिहरु विदेशी कम्युनिष्टहरुलाई प्रत्यक्ष देखाउँदा रहेछन् । ताङग्रिन शहर फर्केर हामीहरुलाई ग्राण्ड मेटोपार्क होटेलमा राखियो । ेनगरपालिकाका नेताहरुसँग लञ्च खाएर जनसभा कक्षमा उनीह्रुसंग अनौपचारिक छलफलमा सहभागी भयांै । चिनियाा कम्युनिष्ट पार्टीको छैठौ विस्तारित बैठकद्वारा पारित प्रस्ताव तथा तर्जुृमा गरिएका नीतिहरुबारे छलफल भयो । नयाँ नितीमा कंरेड सि जिन पिङलाई गुदि नेतृत्वको रुपमा स्विकार गर्दै पार्टी केन्द्रिय कमिटीको ओरिपरी गोलवन्द हुन आव्हान गरिएको रहेछ । उनीहरुले कम्युनिष्ट पार्र्र्टी स्थापनाको शतवार्षिकी वर्ष सन् २०२१ सम्ममा चौतर्फी रुपले मध्यम स्तरको सम्पन्न समाज निर्माण गर्न आर्थिक सुधार प्रक्रियालाई गहिरो वनाउने,विधिको शासनलाई अघि वढाउने र कम्युनिष्ट पार्टीको व्यवस्थित सुशासन स्थापति गर्ने निर्णय गरेका रहेछन् ।
साँझ ५ः३० वजे नगर कमिटीका नेताहरुस्ाँग औपचारिक पोशाकमा भेटवार्ता र नगरकमिटीद्वारा आयोजित रात्रीभोजमा सहभागी भयांै । भोजमा धेरै किसिमका चिनिया परिकारहरु टकारिएका भए पनि नेपाली स्वादका खानेकुराको अभाव थियो । सी फुडस र कसम खाँदा खाइने परिकारहरु मलाई मन परेन । बुढी औला जत्रा गिलासमा माओताई पनि चियस भयो । चिपस्टिक प्रयोग गरेर खान पनि सिकिसकेको थिएँ । .गंगटा,भ्यगुता,विफ् र पोर्क ग्रहण गर्न मनले मानेन । फलफूल,बोन ,केक ओखर र साग खाएर निर्वाह गरेँ ।   गीत गाउँने पालो आउँदा जेलमा छँदा सिकेको पुरानो गीत ,गाउँगाउँबाट उठ,बस्तीबस्तीबाट उठ ” गाँएर अङग्रेजी अनुवाद पनि सुनाएँ । ताली पनि खाएँ ।
नभेम्वर २५ तारिखे अर्थात मङसिर १० गते ५ दिनमा आज दोशे्रा पटक घर फोन गरे ।  पथप्रदर्शकहरुले हामीहरुलाई तोङ जातीको वस्ती अवलोकन भ्रमण गराए । कफी रङ् लगाएका काठले वनेका चिटिक्कका पुतली जस्ता घरहरु थिए । वास्तवमा ती घरहरु होमस्टे रहेछन् । लम्जुङको घले गाउँ भने पनि फरक नपर्ने जस्तो लाग्योै । त्यहाँको ग्राण्ड मेट्रोपार्क होटलमा तोन्ग्रिन काउण्टि प्रमुखसँग  खाना खाएर ेअन्तरक्रियामा सहभागी भयौँ । एक घंटा पछि चिनिया कम्यसनिष्ट पार्टीले यो प्रान्तमा धनी र गरिव तथा गाउँ र शहर वीचको अन्तर उन्मुलन गर्न तर्जुृमा गरेका नीति र अभ्यासहरुवारे प्रान्तिय सरकार प्रमुखबाट संक्षिप्त जानकारी प्रस्तुत भयो । हामीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिए पछि पार्टी प्रमुखद्वारा आयोजित भोजमा सामेल भयौ ।
११गते शनिबार बिहान जिउफेङ कृषि फार्ममा आधुनिक कृिषकार्य हेर्यांै । सरकारसँग व्यक्तिले जमिन लिजमा लिएर आधुनिक तरिकाले तरकारी खेती गरेको रहेछ । धेरै किसिमका तरकारीहरु फलाएको थियो । दुई मिटर भन्दा लामा चिचिन्डा र लौकाहरु फलेका थिए । दिउँसो तोन्ग्रिन प्राविधिक महाविद्यालयको भ्रमणमा जादै गर्र्दा पथप्रदर्शक वाङ झेनबाट फिडेल क्यास्टोको निधन भएको दुःखद् समाचार सुन्यौ र गुडदै गरेको बसमा उभिएर उनीप्रति भावपूर्ण श्रद्वान्जली व्यक्त गर्यौे ।  ४६ वटा विषयको पढाइ हुने यो महाविद्यालयमा नेपाली विद्यार्थीहरु पनि रहेछन् तर उनीहरुसँग भेट हुन सकेन ।
अपरान्ह ४ः३० बजे तोन्ग्रिनको फोनिक्स विमानस्थलबाट वेइजिङतर्फ प्रस्थान गरयौ । एयरपोर्टबाट बाहिरीदा बेइजिङको चिसोले हान्यो । तापक्रम माइनस पाँच रहेकोले काठमाडौमा किनेको ओभरकोट र  उनीको टोपी काम आयो ।  अध्यारोमा लुकेको बेइजिङ शहरको सडक पनि काठमाडौमा जस्तै जाम हुदो रहेछ । माओकालिन चिनको साइकल यात्रा गर्ने चलन हराएछ । विगतको तुलनामा मानिसहरु सम्पन्न पनि भएकोले निजि यातायातका साधन र  टयाक्सीहरुको सख्या पनि हवात्तै बढेको रहेछ । तर काठमाडौमा जस्तै बाक्लो गरि बाँइकहरु भने देखिएनन् ।
सिपिसी (कम्युनिष्ट पार्टी अफ चाइना)लेखेको बसद्धारा कम्युनिष्ट पार्टीले सन्चालन गरेको वानसाउ होटेलमा गयौ । त्यो भव्य होटेलमा संसारभरिबाट आएका कम्युनिष्ट पार्टीका पाहुनाहरुलाई राख्ने गरिदो रहेछ । वेटरदेखि बारमेनसम्मका सवै कर्मचारीहरु विभिन्न तहका पार्टी कार्यकताहरु रहेछन । ५०० जतिले प्रत्यक्ष रोजगारी पाएको पथप्रर्दशकले जानकारी गराए । भ्रमणको दोस्रो खण्डको पाँच दिन हामीहरु यही होटलमा बसेर वेइजिङको कार्यक्रममा सरिक हुने भयौ । यी पछिल्ला पाँच दिन अवलोकन भन्दा पनि सैदान्तिक बैचारिक र चिनियाँ कम्युनिष्ट पार्टीका पछिल्ला निर्णय तथा नितिहरुबारे अन्तरक्रिया र छलफलहरुमा बढी केन्द्रित रहने जानकारी पायौ । चिनियाँहरुले पार्टीको १८ औ केन्द्रिय समितिको छैठौ विस्तारित बैठकले गरेका महत्वपूर्ण निर्णयहरु समावेश गरेको पुस्तिका सन्र्दभ सामाग्रीको रुपमा हामीहरुलाई उपलव्ध गराएका थिए । दक्षिण एशियाली वामपन्थी नेताहरुको सैदान्तिक कार्यशालामा स्वागत छ लेखिएको तालिका पुस्तिकाबाट हाम्रो बेजिङ केन्द्रित पाँच दिने  कार्यक्रम निर्देशित रहने भयो
क्रमश ः

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Thursday, September 8, 2016

तीज पर्वका विभिन्न आयाम :: विजुला रायमाझी



तीज शब्द मराठी भाषाबाट नेपालीमा आएको  शब्द हो ।  यसर्थ यो आगन्तुक (पाहुना) शब्द हो । नेपाली भाषा र जनताले तीजलाई स्वागत गरेका हुन् । राष्ट्रको पहिचान नेपाली संस्कृति निर्माणको क्रममा तीज शब्द नेपाली जनमानसमा घुलमिल भएर बसेको छ । विशेष अर्थ ग्रहण गरेको छ । प्रारम्भमा तीजका गीतहरुमा नारी उत्पीडन र दमन विरोधी भावना नरम शब्दशैलीमा अभिव्यक्त हुने गर्दथे । कालान्तरमा नारी पर्वको रुप धारण गर्न पुगेको तीजका विभिन्न आयामहरु छन् ।  ती मध्ये नेपाली समाज र प्रवासमा बसोबास गर्ने नेपाली भाषी समुदाय  माझ तीजको मनोवैज्ञानिक पारिवारिक तथा सामाजिक पक्ष महत्वपूर्ण रहेको छ ।
नेपाल राष्ट्र निर्माणको क्रममा यहीँको माटोमा उत्पन्न भएका र विदेश तिरबाट पनि पाहुनाको रुपमा प्रवेश गरेका विभिन्न भेषभूषा चाडपर्व र साँस्कृतिक विषेशताहरु वर्तमान नेपालमा राष्ट्रका प्रतिक बनेर स्थापित भएका छन् । त्यस मध्ये तीज पर्वलाई नेपाली सस्कृतिको एउटा विषेशताको रुपमा बुझ््न सकिन्छ ।
    मनोवैज्ञानिक पक्ष ः नेपालको सामान्ती समाजमा महिलाहरुले प्रगति गरेको राम्रो मानिदैनथ्यो । पोथी बासेको राम्रो हुँदैन भन्ने धेरै कुराले जनाउ दिन्छ । महिलाहरुलाई हास्न र बोल्न पनि प्रतिवन्ध थियो । रोगको लक्ष्यण काँसो ....को लक्ष्यण हाँसो भन्ने गरिन्थ्यो । महिलाहरु निजि सम्पत्ति सरह मानिन्थे ।  श्रीमती फकाएर लगिदिने जारको ज्यान पनि लिन सकिने कानूनी व्यवस्था थियो । हुन त धर्मशास्त्रमा जहाँ नारीहरुको मर्यादा हुन्छ , त्यहाँ देवताहरु भ्रमणमा आउँछन् पनि भनिएको छ तर व्यबहारमा चरणकी दासी मानिने गर्दथ्यो । हिन्दु धर्मको आर्दश ग्रन्थ मनुष्मृतिमा त महिलाहरुलाई  धेरै अपमान गरिएको छ । तुल्सीदासले भनेका छन्, ‘ढोल ,गवाँर र नारी ताडनके अधिकारी’ गरुढ पुराणमा मासिक श्राव भएकी महिलालाई ्ब्रह्म घातिनी ,चण्डाल्नी र धोबेनी  भनिएको छ ।आधुनिक ठेकेदारहरुले कुनै पनि धर्मग्रन्थमा महिलाहरुप्रति विभेद गरिएको छैन भनेर प्रवचन दिने पनि गर्छन् ा उनीहरुले हिन्दुहरुको प्राचिनतम ग्रन्थ ऋगवेद भन्दा यताका धार्मिक पुस्तकहरुमा महिलाहरुलाई अपमानित गरिएको तथ्य लुकाएर अलांकारिक शब्द शैलीमा दुनियाँलाई मूर्ख बनाउने प्रयास गरिरहेका छन्। ।
    त्यस्तो अन्धकारपूर्ण युगमा महिलाहरु कुनै सार्वजनिक स्थानमा भेला भएर मनमा गुम्सिएका भावनाहरु गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा बसेको हो  । गीतको विषयबस्तु सासु, श्रीमान् र नन्द आमाजुहरुबाट आफूप्रति हुने गरेका थिचो मिचोको विवरण हुने गर्दथ्यो । मनका भावनाहरु अभिव्यक्त हुदाँ उनीहरुको मनले शान्ति र सन्तोष अनुभव गर्दथ्यो । गीत र नृत्यले महिलाहरुलाई वर्षदिनमा एकपटक भए पनि सन्तृष्टी प्रदान गर्दथ्यो । तीजको बेलामा मात्र महिलाहरुले स्वतन्त्रताको उपभोग गर्दथे । धकफुकाएर मन खोलेर नाच्न र गाउँन पाउँथे ।
    पारिवारिक पक्ष ः पित्रृसत्तात्मक समाजले कन्यादान महादान भन्ने भ्रम फैलाएर बाल विवाहलाई प्रश्रय दिएको  थियो । सत्तरीवर्षका बुढाले बहत्तर मैना पार गरेकी कन्यासँग विवाह गर्न पाउँथ्यो ।  विवाह भएको केही वर्षपछि सानै उमेरमा श्रीमान्को घर गएका छोरी चेलीहरु माइत आउन तीज पर्व नै पर्खनुपथ्र्याे । माइत आएर आमाले पकाएको मिठो मसिनो दाजुभाइ दिदीबहिनीहरुसँग मिलेर खान पाउँदा उनीहरुमा खुशीको सिमा रहदैनथ्यो । माइतमा बाबाआमाले एकदुई छाक भएपनि राम्रो खाना खुवाउन पाउँदा सन्तोष अनुभव गर्दथे । अहिले पनि   यो परम्परा कायमै छ । यस अर्थमा तीज पर्व महिलाहरुको निम्ति पारिवारिक पुर्नर्मिलनको अवसर पनि हो । जीवनका अनुभव र अनुभूति आदान प्रदान गर्ने अवसर पनि हो । यसर्थ तीज पर्वको पारिवारिक पक्ष आफैमा अनुपम रहेको छ । तीजमा माइत आएका चेलीको मनको खुशीसँग अन्य अवसरको कुनै तुलना हुँदैन ।
सामाजिक पक्ष ः मानिस सामाजिक प्राणी हो । ऊ समाजमा घुलमिल भएर बाँच्न चाहन्छ । समाजभन्दा बाहिर मानिसको अस्तित्व रहन सक्दैन । तीज पर्व सामाजिक भेटघाट र जमघटको अवसर पनि हो । माइत आएका छोरीचेलीहरु आफ्ना हैसियत अनुसारका गहना कपडा लगाएर समाजमा देखिनको लागि सार्वजनिक चौतारी, मठ मन्दिर र पार्टी पौवाहरुमा भेला भएर नाँचगान गर्दछन् । आप्mना बालसखाहरुसँगको पूर्व परिचय नविकरण गर्दछन् । बाल्यकालसगै बिताएकाहरु वर्तमानमा विभिन्न स्थानमा छरिएर बसेकाहरुले आफ्ना अनुभव एकअर्कालाई सुनाउँछन् । छोरीचेलीको विवाहले उनीहरुको आर्थिक सामाजिक हैयितमा पनि फेरवदल ल्याउले भएकोले जीवनको अनुभव र अनुभुति पनि फरक हुने गर्दछ ।  यसरी सामाजिक अन्र्तक्रिया सम्पन्न हुने भएकोले समाजमा सद्भाव र शान्ति विस्तार गर्न तीज पर्वको  अहम भूमिका रहेको छ ।
    तर आज भोलि तीज पर्व परम्परागत गोरेटो भन्दा अलि फरक बाटोतर्फ मोडिएको देखिन्छ । विशुद्ध नेपाली परम्परा भावना र मर्म बोकेको तीज पर्व दामी गहना र कपडाहरुको प्रर्दशनीमा परिणत भएजस्तो लाग्दछ । गीतहरु पनि नेपाली सांस्कृतिक मूल्य मान्यताहरुबाट बिमुख हुन थालेको सुनिन्छ । पश्चिमी छाडा संस्कृतिहरुबाट प्रभावित देखिन्छ । भाव र मूल्यहिन गीत संगित सुन्नु समयको बर्बादी मात्र हो । जीउको कसरत मात्र हो । तसर्थ हरेक चाडपर्वलाई यिनीहरुको मौलिकतामा नै मनाउनु कल्याण हुन्छ । युगको प्रभावले हरेक कुरामा सामान्य परिमार्जन त हुन्छ नै आधुनिकीकरणको नाममा तीजको मर्म र परम्परासँग साइनो सम्बन्ध नभएका गीत गाउनुको अर्थ रहदैन । तसर्थ यो वर्षदेखि तीजलाई तीजकै रुपमा मनाउने परम्परा बसालाँै ।नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समय सान्दर्भिक विषयवस्तुको माध्यमबाट मनोरञ्जन र चेतना दिन सक्नु राम्रो हो । तीजको मौलिकता नै बिगारेर तीज आउनुभन्दा १।२ महिना पहिलेदेखि पार्टीप्यालेसहरुमा दर खाने र हिन्दी गीत बजाएर डान्स गर्ने प्रवृतिले दिनभरि अरुको काम गरेर जेनतेन ज्यान पाल्ने श्रमजीवीहरुको मनस्थितिमा हिनताबोध हुने गरेको पाइन्छ । हुनेखाने छिमेकीहरु महङ्गा पोशाक र गहना लगाएर दिनहुँ भोजमा गएको देखासिकी गरी  आजकल महिलाहरुले समूह सहकारीबाट रिण लिएर भएपनि,घरमा छोराछोरीलाई पौष्टिक आहाराको ध्यान भन्दा फेसनमा बढी खर्चन थालेको पाइन्छ ।
बाउबाजेले भन्ने गर्दथे घाँटी हेरी हाड निल्नु पर्दछ  । व्यवहारिक जीवन त्यति सजिलो हुदैन तर समाजमा आफ्नो हैसियत र आर्थिक क्षमता विचार नगरी लहलहैमा जाँदा अन्त्यमा समस्यामा परेका थुपै्र घटनाहरु सुन्न र देख्न परेको छ । कतिपय व्यक्तिले आफ्ना श्रीमतीलाई अरुका भन्दा राम्रा गहना र कपडा किनिदिनकालागि विदेशिनु परेको छ । संस्था,समूह र सहकारीबाट ल्याएका रिणको ब्याज जोड्दै जाँदा तिर्न नसकिने देखी समस्याबाट भाग्न आपm्नै ज्यान समेत गुमाएको घटना पनि नभएका होइनन् ।्मानिसका आवश्यकता र चाहना असिमित साधनश्रोत सििमत हुनेहुँदा पारिवारिक असन्तुष्टी बढ्दछन् र एकअर्काको मनमुटावले विवाद व्यवस्थापन गर्न नसकी अपृय घटनाहरु घट्ने गर्दछन् । हाम्रो नेपालमा पनि विश्वमा आएको सूचना प्रविधि र संचारको प्रभाव ह्वात्तै बढेर आएकोछ । अन्य विकसित मुलुकको देखासिकी गर्नै क्रम पोशाकमा देखिएकोछ । हाम्रो नेपाली संस्कृतिलाई चटक्कै भुलेर विदेशी जसो गर्छन्, त्यसै गर्न खोज्नु,समाजले पचावस् वा नपचावस् पश्चिमा संस्कृतिको सिको गर्न खोज्नु,कसैले सुझाव दिन खोज्दा उहिलेका कुरा खुइलिए भन्दै आफ्ना अभिभावकहरुका सामु बढी आधुनिक देखिन खोज्ने जस्ता समस्याले गर्दा परिवारमा पनि बेमेल पैदा हुन्छ । अभिभावकले पनि समयले ल्याएको परिवर्तन हो विस्तारै हामीहरुले पचाउनु पर्दछ भन्ने नसाँेच्दा पनि गाउँघर समाजमा केही समस्याहरु देखिएकाछन् ।
जवानहरुले यी बुढाबुढीहरुलाई के थाहा छ र हामी आधुनिक मान्छे नेट,इन्टर्नेट संसारको ज्ञान भएका मान्छे भन्ने अभिभावकमा रहेको उपयोगी ज्ञान, सिप,अनुभव लिन नखोज्ने अभिभावकहरुले पनि हाम्रो यति उमेर भयो अव हामीलाई के चाहियो   हिजोको बतिलो हामीलाई सिकाउन खोज्छ  भन्ने जस्ता समस्याले आजभोलि पुस्तान्तरको समस्या देखिएकोछ ।

लामो जीन्दगीको यात्रा पार गरेका समाजका अगुवाहरुबाट धेरै महत्वपूर्ण अनुभव र जीवनोपयोगी सिपहरु  लिनु आवश्यक हुन्छ । आफ्नो समाजको मौलिकता अध्ययन गर्न सकिन्छ  ।त्यसैले अग्रजहरुको सम्मान र अर्ति लिने काम सबैका लागि लाभदायक हुनजान्छ ।
त्यस्तै आजको युवा जमात या बच्चा उमेरले सानो भएपनि राम्रो अध्ययन गरेको देशविदेशका बारेमा अपटुडेट रहन,े अनुशासित छोराछोरी,भाइबहिनीहरुबाट पनि हामी अघिल्लो पुस्ताले सिक्नु पर्ने धेरै उपयोगी कुराहरु हुन सक्छन् । सिक्ने कुरा कहिल्यै सकिंदैन ा  संसारमा अहिले दिनानुदिन नयाँनयाँ प्रविधि र सिपको विकासले धेरै देखेभोगका मानिसहरुलाई पनि अनविज्ञ जस्तै बनाउने हुँदा सानोबाट पनि सिक्न सकिन्छ ।
त्यसैले हामी यहाँ तीजको सन्दर्भमा विचार विमर्श गर्दा हरेक नेपाली सस्कृतिहरुको जगेर्ना गर्ने क्रममा समाजमा आउन सक्ने विकृतिहरुलाई न्यूनिकरण गर्नु हामी  सचेत नागरिकको कर्तब्य हुन आउँछ । तीजलाई तीजकै रुपमा मनाउनु सान्दर्भिक हुन्छ तर कतिपय  नेपालीहरुमा एकदमै विकशित देशका जनताभन्दा पनि भड्किलो जीवनशैली देखिनु र कतिपय नेपालीले साँझबिहान हातमुख जोर्न र आफ्ना सन्तानको आभारभूत आवश्यकता र सामान्य रहर पूरा गर्न नसकेर हिनताबोधले ग्रसित भएर आत्महत्या  गर्ने परिस्थिति पैदा हुनु देश र जनताको लागि काम गर्छु भन्नेहरुका लागि नसुहाउने कुरा हो । नेपालमा जनमूखी संविधान घोषणा भइ कार्यान्वयन गर्ने क्रममा रहेको र ऐन नियमहरु निर्माण र परिमार्जनको क्रममा आम नेपालीको जीवनस्तर उकास्ने योजना बनाउनु र समाजका अगुवाहरुबाट पनि हरेक चाडपर्वमा बडी भड्क्याई,बिबाह व्रतबन्धहरुमा हुने फजुल खर्च,दाइजो तिलक जस्ता कुराहरु रोकी आफू बसेको समाज हिंसामूक्त, सभ्य,मर्यादित र समृद्ध बनाउने विषयमा अग्रसर हुँदै चलिआएका संस्कृतिहरुको मौलिकतामा विकृति आउनबाट रोक्न तीजका बसाईहरुमा अभिभावक, नयाँ पुस्ता, सम्पन्न विपन्न सबैका भावना सुन्ने र ग्रहण गर्ने वाातावरण ल्याउँदै मनोरञ्जन र चेतना दुबै दिन प्रयास गर्नु समाजका अगुवाहरुको अहम् भूमिका हुन आउँछ । 

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Tuesday, August 30, 2016

जेष्ठ नागरिक दिवा सेवा केन्द्र - बुद्धि रायमाझी

जेष्ठ नागरिकहरु समाज रुपान्तरण प्रक्रियाका अभिन्न अंगहरु हुन् । उनीहरुको योगदाले नै मानव समाज पूर्णतातर्फ अग्रसर रहेकोछ । जेष्ठ नागरिकहरु मुलुकको आर्थिक राजनैतिक सामाजिक परिवर्तनका साक्षी र सहभागिहरु हुन् । अहिलेका बरिष्ठ व्यक्तित्वहरुले आफनो जवानीमा समाज विकासका विभिन्न क्षेत्रमा क्रियाशील रहेर सामजसेवा गरेका छन । हजुरबा हजुरआमाका रुपमा स्थापित यी बृद्धबृद्धाहरु परम्परागत ज्ञान सिपका श्रोत व्यक्ति मानिएका छन् । उनीहरुसँग रहेका उपयोगी ज्ञानसिपहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । नयाँ पुस्तामा हस्तान्तरण हुने परिवेश मिलाउन नसक्ने हो भने पुर्खाहरुले हजारौ बर्षको खोज तथा प्रयोगबाट खारिएको ज्ञान सिप उनीहरुको मृत्युसगै लोप भएर जाने संभावना छ ।
नेपालको जेष्ठ नागरिक ऐन र नियमावलीले ६० बर्ष उमेर पार गरेका महिलापुरुषहरुलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । यो परिभाषा संयुक्त राष्टसघंले गरेको व्याख्यासँग मेल खान्छ । २०५१ सालदेखि तत्कालिन श्री ५ को सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको र बृद्धबृद्धाहरुको योगदानको कदर गर्दै राज्यको लोककल्याणकारी प्रकृृति देखाएको छ । जेष्ठ नागरिकहरुलाई लक्षित समुहमा समावेश गरेर भत्ता रकम क्रमशः बृद्धि गर्दै ल्याएको छ । बृद्धभत्ता समास्याको एउटा पाटो मात्र हो । ऐनमा जेष्ठ नागरिकहरुले सार्वजनिक यातायातहरुमा ५० प्रतिशत छुट सुविधा पाउनेछन् भनी लेखिएको धेरै बर्ष वितिसक्दा पनि व्यवहारमा लागु हुन सकेको छैन । त्यसैगरि सरकारी स्वास्थ्य संस्थामा उपचार गराउदा छुट हुने भनिएको छ तर व्यवहारमा लागु भएको पाइदैन् । यी छुट सुविधाहरुबारे सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीहरु र सेवाग्राहीहरुलाई समेत राम्रो जानकारी रहेको पाइदैन् ।
२०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्यामा करिव २३ लाख जेष्ठ नागरिकहरु रहेका छन । यो संख्या कुल जनसंख्याको करिव ९ प्रतिशत हुन आउँछ । नयाँ पुस्तामा जन्मदर नियन्त्रण, स्वास्थ्य सुविधाहरुको उपलव्धता र जीवनस्तरमा सुधारले गर्दा जेष्ठ नागरिकहरुको संख्या बृद्धि हुँदै गएको छ । औसत आयु बृद्धि हुँदा जेष्ठ नागरिकहरुको संख्या पनि बढदै जान्छ ।
बर्तमान समाजमा जेष्ठ नागरिकहरुको अवस्था भने सन्तोषजनक देखिदैन । समाजमा परम्परागत मुल्यमान्यताहरु हराउदै गएका छन् । नयाँ पुस्तामा उहिलेका कुरा खुइलिए भन्ने मान्यता विकास हुँदैछ । “आगो ताप्नु मुढाको अर्ति सुन्नु बुढाका”े भन्ने उखानले सान्र्दभिकता गुमाउदैछ । युवाहरु बैदेशिक रोजगारीमा जानुुुपर्ने बाध्यताले पनि जेष्ठ नागरिकहरुलाई राहत भन्दा पनि कतिपय अवस्थामा आहात पारेको छ । परिवारिक विखण्डन र एकल परिवारको लोकप्रियताले पनि बृद्धबृद्धाहरु उपेक्षित भएका छन् । परिवारभित्र उनीहरुको गन्थन सुन्न आवश्यक ठानिदैन । छोराबुहारीहरुलाई बुद्धबृद्धाहरुको गुनासो सुन्ने फुर्सत पनि रहदैन । यसरी परिवारभित्र जेष्ठ नागरिकमैत्रि वातावरण हराउदै गएको छ । उनीहरुको मनमा धेरै किसिमका उकुसमुकुस रहेको हुन्छ र उनीहरुलाई मानसिक सन्तुष्टी प्राप्त भएको हुदैन ।
    खासगरि घना आवादी भएका क्षेत्रहरुमा जेष्ठ नागरिकहरुलाई समय विताउन, जिवनका अनुभव र अनुभुतिहरु साट्न एउटा औपचारिक एवं व्यवस्थीत मञ्चको आवश्यकता वोध हुदै आएकोछ । विकसित मुलुकहरुमा जेष्ठ नागरिक क्लव स्थापित हुने गर्छन । उनीहरुको कल्याणको निम्ति राजकीय बजेटको ठूलो अंश छुटटयाइएको हुन्छ ।
नेपालको जेष्ठ नागरिक ऐन र नियमावलीले निश्चित सर्त पुरा गरेर जेष्ठ नागरिकहरुको निम्ति दिवा सेवा केन्द्र स्थापना गर्न सकिने व्यवस्था गरेकोछ । यस्ता केन्द्रहरुमा जेष्ठ नागरिकहरु भेला भएर भजन किर्तन गर्ने, पत्रपत्रिका पढन्े, आफुमा रहेको ज्ञानसिपको चर्चा गर्ने, धार्मिक प्रवचनहरु श्रवण गर्ने र  जिवनका अनुभवहरु आपसमा साटासाट गर्ने कार्य गर्न सक्दछन । अनुभव आदान प्रदानले उनीहरुलाई रमाइलो बनाउछ मन हल्का हुन पुग्छ । जिन्दगीको उत्तराद्र्धमा पुगेका यी डाँडाका जुनहरुले जीवन सार्थक भएको महसुस गर्न सक्दछन् । बाँकि जीवन रमाइलो गरि विताउन सक्दछन् ।
नेपालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्र्तगत सामाजिक सुरक्षा शाखा रहेको छ । स्थानिय निकाय जिविस, नगरपालिका र गाविसहरुमा जेष्ठ नागरिकहरुको हितको निम्ति बजेट विनियोजन हुने नितिगत व्यवस्था भएकोछ मन्त्रालयले स्थानिय महिला तथा बालबालिका कार्यलय मार्फत जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दैछ । परिचय पत्र प्राप्त गर्न जेष्ठ नागरिकहरु महिला तथा बालबालिका कार्यालयमा आफै उपस्थित हुनु पर्ने व्यवस्था जेष्ठ नागरिकमैत्री नरहेकोले धेरै जिल्लाहरुबाट स्थानिय नगरपालिका र गाविस कार्यलय मार्फत परिचयपत्र वितरणको व्यवस्था मिलाइयोस भन्ने माग भएको छ ।
गाँउ टोल र गल्लीको केन्द्रमा स्थापित यस्ता दिवा सेवा केन्द्रहरुमा त्यस भेगका जेष्ठ नागरिकहरुरु दिउसो जम्मा हुने र अपरान्हतिर विदा हुने व्यवस्था मिलाइएको हुन्छ । कतिपय दिवासेवा केन्द्रहरुमा जेष्ठ नागरिकहरुका जन्मदिवश मनाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यस्ता कार्यहरुबाट जेष्ठ नागरिकहरुलाई राज्य र समाजले आफुहरुलाई नविर्सिएको महसुस गर्दछन् । आफुहरुलाई धन्य ठान्दछन् । जीवन सही किसिमले भोगेको अनुभुति गर्दछन । समाजमा एउटा सकारात्मक सन्देश प्रवाह हुन्छ । उनीहरुको सम्मानमा बृद्धी हुन्छ । उनीहरुले गरेको योगदानको कदर हुन्छ तसर्थ बृद्धाश्रम भन्दा आफनो व्यवस्थित घरपरिवार भएका जेष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्रले बढि सेवा दिन सक्दछ । दिवा सेवा केन्द्रहरुमा रचनात्मक किसिमले समय विताउन सकिन्छ ।

-बुद्धि रायमाझी, अध्यक्ष, 
जे.ना.स. नेपाल, अर्घाखाँची
 

मिति ः २०७३ भाद्र १५

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

धर्म निरपेक्षता र संघियता - बुद्धि रायमाझी

धर्म निरपेक्षता र संघियता नेपालका लागी नदुखेको टाउको दुखाएको हो । जनआन्दोलन ६२र६३ को क्रममा यी दुई वटा चिजहरुको न जनस्तरबाट माग आएको थियो न त आन्दोलनकारी दलहरुका अधिकारीक नाराहरु नै थिए ।
अन्तरिम संविधान निर्माणको क्रममा नेपालमा अस्थिरता चाहने मित्रराष्ट्रहरुका कृटनितिज्ञहरुको सुझावमा हाम्रा राजनेताहरुले धर्म निरपेक्षताको सन्र्दभ समावेश गरेका हुन । यो सवाल तत्कालिन समस्याको रुपामा आएको थिएन । विदेशी गैरसरकारी सस्थाहरु र कुटनितिक बाटोबाट आएको यो सवाललाई जस्केल ढोकाबाट छिराइएको सवाल थियो । धर्म प्रति राज्यको सरोकार नरहनु हो । राज्यको तर्फबाट आफनो भुभागमा प्रचलित कुनै पनि धर्म प्रति  अपनत्व नरहनु हो  अर्थात कसैलाई काखा र कसैलाइै पाखाको निति नअपनाइनु हो । राज्यको आफनो धर्म  नहुने भएकोले राज्य धर्म निरपेक्ष रहनुनै अहिलेको युगमा बैज्ञानिक र व्यवहारिक निति हुन पुग्छ तर यस्मा जनमत र जनचाहनाको भुमिका नै सर्वौपरि हुनपुग्छ निवेदकले माग गरेको चिज दिन नसक्ने तर माग दावी नै पेश नगरेको चिज दिनु निवेदकलाई सेतो हात्ती दान दिनु सरह हुन पुग्छ बर्तमान नेपालमा धर्म निरपेक्षताको मागै नउठेको अवस्थामा नेताहरुले संविधानमा धर्म निरपेक्षता राख्न खोज्नु जनभावनाको कदर गर्न  नजानेको नै ठहर्छ ।
धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रता फरक कुराहरु हुन । धर्म निरपेक्षता राज्यको हकमा लागु हुने विषय हो भने धार्मिक स्वतन्त्रता व्यक्तिले उपभोग गर्ने विषय हो । व्यक्तिले कुनै धर्म पालना गर्न या नगर्न आस्तिक या नास्तिक हुन पाउनु उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो धर्म निरपेक्षताको ठाँउमा धार्मिक स्वतन्त्रता हुन सक्दैन । यी कुराहरु धर्म निरपेक्षताबाट बढि तर्सनेहरुले र हिन्दु राष्ट नभएकोमा राष्टिय पहिचान नै गुम्यो कि भनेर झस्कने दुवै थरिले त्यक्ति बुझेको जस्तो लाग्दैन र बुझनै पर्छ भन्ने जरुरी पनि छैन । सामान्तीकालमा राजतन्त्र नेपालको पहिचान भनिएको थियो । उनलाई विष्णु भगवानका अवतार र राष्टिय एकताका प्रतिक पनि नभनिएको पनि होइन । तर समय गतिशिल र दुनियाँ गतिशिल र परिवर्तनशिल रहेका छन ।  पहिचान र परिसुचकहरु प्नि परिवर्तन हुन्छन ।
अव थोरै कुरा संघियताको पनि दशकौ देखि नारा जुलुस संघर्ष जेल जिवनको क्रममा र अन्त्यमा ६२र६३ सालको आन्दोलनको समयमा संघियताको माग भएको थिएन । महाविद्यालय विश्वविद्यालयहरुमा सैदान्तिकरुपमा राजनितिशास्त्रको पाठ्यक्रममा संघिय सरकारको बारेमा पढनु पर्ने हुन्थ्यो । तर नेपालका कुनै पनि राजनितिक दलहरुले संघियताको सवाललाई मागको रुपमा प्रस्तुत गरेका थिएनन । यसलाई कारवाहीको नारा बनाउने त सवालै भएन । हो तराईमा सदभावना पार्टीले गजेन्द्रनारायण सिंहको पालामा संघियताको सवाल सामान्यरुपमा उठाएको देखिन्छ । अहिलेको एमाओबादीले पार्टी विस्तार गर्ने क्रममा जुन जाती समुदायको घरमा पुगीयो त्यहि राज्य दिने भाका कवोल पनि गर्दै हिडेको थियो । शान्ति प्रक्रियामा आएपछि विशाल आमसभाहरु आयोजना गरेर उनीहरुले जातिय राज्य घोषणा गरेका थिए । यिनै कुराहरुको पृष्ठभुमिमा तराई आन्दोलन हुन पुग्या्े । तराई आधारित दलहरुले खस आर्य उपनिवेशबाट तराईलाई मुक्ति गर्नका लागी संघियतालाई अचुक हतियार ठान्न पुगे फलस्वरुप अन्तरिम संविधानमा संघियता समावेश हुन पुग्यो यसरी नेपालमा धर्म निरपेक्षता र संघियता प्रवेश गरेका थिए । यी दुवै माग यहाँको  हावा पनि माटो सुहाउदो मौलिक माग थिएन नत सर्वहारा श्रमिकबर्गहरु समुदायको प्रत्यक्ष मुक्ति सँग गाँसिए सवालहरु नै थिए ।
थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Monday, August 29, 2016

पुरानो प्रजातन्त्र दिवशको संझना : बुद्धि रायमाझी

माक्र्सवादले हरेक सामाजिक राजनितिक परिघटना र संस्थालाई वर्गिय दृष्टिकोणले हेर्ने, बुझ्ने र व्याख्या गर्ने गर्छ । नेपालको राजनितिक परिदृश्यमा २००७ सालमा भएको राजनितिक परिवर्तन र प्रजातन्त्र दिवशलाई पनि मार्कसीय दृष्टिकोणले हेर्दा अलि भिन्न दृष्टिकोण हुन्छ । क्रान्ति पूर्ण हुन नपाएकोले अपुरो क्रान्ति मान्ने गैरे कम्युनिष्टहरु पनि धेरै छन् । त्यसैले शिर्षक पुरानो प्रजातन्त्र दिवश र क्रान्तिलाई अपुरो मानेर यो लेख अगाडि बढ्ने व्यहोरा अवगत गराउँछ ।

    सर्वप्रथम शीर्षकमा रहेको पुरानो र भुमिकामा परेको अपुरो शब्दको सन्दर्भ प्रष्ट पार्ने अनुभुति चाहानछु । १८ औ शताब्दिमा सामन्ती राजनीतिक व्यवस्थाको विरुद्ध उदयमान पूजिवादले वेलायत, फ्रान्स र अमेरिकामा सामन्ति राज्यसत्ता विरुद्ध सशस्त्र संर्घष गरेर आफुलाई राज्यसत्तामा स्थापित गराएको थियो । स्वतन्त्रता, समानता र भ्रातृत्वलाई फ्रान्सेली राज्य क्रान्तिमा महान उपलब्धी मानिए । मानव इतिहासमा  यी आदर्शहरु पहिलो पटक प्राप्त भएका थिए । चेतनशील दुनिया यीनै आदर्श प्राप्तितर्फ उन्मुख भयो । 

    विज्ञान र प्रविधिको विकासले उत्पन्न भएको औद्योगिक सर्वहारा वर्ग उदाउदो क्रान्तिकारी शक्तिको रुपमा उजागर हुन पुग्यो । युरोपमा वाष्पचालित मेसिनको आविस्कार र उपयागले गर्दा परमपरागत कुटिर उद्योगहरु धराशायी भए । गाँउले शिल्पकारहरु बेरोजगार बने । बेरोजगारहरु कामको खोजिमा शहरतर्फ ओईरीएकोले शहरी जनसंख्या एक्कासी बढ्न गयो । कारखाना मालिकहरुले १८ घण्टासम्म काम कजाउन थाले । महिला र बालबालिकाहरुलाई पनि जोखिमपूर्ण काममा लगाए । नयाँ सामाजिक राजनितिक परिस्थीतिको विश्लेषण गरेर कार्लमाक्र्सले सन् १८४८ मा कम्यूनिष्ट घोषणापत्र प्रकाशित गर्नुभयो । श्रमिक वर्गको यो गौरव ग्रन्थमा माक्र्सले आदिम साम्यवादि युगलाई छोडेर आजसम्मको मानव इतिहास वर्ग संघर्षको इतिहास रहेको र हुँदाखाने र हुनेखाने वीचको यो वर्ग संघर्षले समाजमा अग्रगति र क्रान्ति ल्याउने भविष्यवाणी गर्नुभयो । व्यक्तिगत नाफामा आधारित पूँजीवादले सर्वहारा श्रमिक वर्गको भौतिक आवश्यकता(बाँच्ने आधार) परिपूर्ति गर्न नसक्ने ठोकुवा गर्नु भयो । स्वतन्त्रता, समानता र मातृत्व जस्ताा मानव अधिकार पूँजिपति वर्गले मात्र उपभोग गरेको ठहर गर्नुभयो ।

    शुरुमा सर्वहारा वर्गले आफ्नो दुर्दशाको सारा दोष मेसिनलाई दिदै मेसिन फुटाउने आन्दोलन पनि ग¥यो । पछि कुरो बुझ्दै जाँदा उसले आफ्नो शत्रु पूजीवादि व्यवस्था हो भन्ने सत्य वोध ग¥यो । श्रमिक आन्दोलनको लक्ष समाजवाद प्राप्ति हुन पुग्यो । समाजवादमा उत्पादनका साधनमाथि सामुहिक स्वामित्व स्थापना हुने भएकोले श्रम शोषण नहुने व्यवस्था स्थापना गर्नुतर्फ आन्दोलन परिलक्षित भए । कार्लमाक्र्स र ऐंगेल्सको पहलमा युरोप अमेरिकामा मजुदुरहरुका संगठनहरु निर्माण भए । सन् १८७२ मा पेरिसका क्रान्तिकारी मजदुरुले विद्रोह गरेर आफ्नो राज्यसत्ता स्थापना गरे जसलाई विश्वको क्रान्तिकारी राजनितिक इतिहासमा पेरिस कम्पुनको नामले प्रसिद्ध छ ।

    सन् १९१७ मा लेनिनको नेतृत्वमा रुसमा समाजबादि क्रान्ति सम्पन्न भयो । कार्लमाक्र्स र फ्रेडीक एंगेल्सका क्रान्तिकारी विचारहरु व्यवहारमा लागु भए । पूँजीबादी दुनिया तीनछक प¥यो । समाजमा निजी सम्पत्ति र राज्य सत्ताको उत्पत्ति भएदेखि दविएका निमुखाहरुको हातमा राज्यसत्ता आयो । शोषणका सबै रुपहरु उन्मुलन गरिए । मानव समाज समाजवादतर्फ अग्रसर हुने परिस्थिती उत्पन्न भयो । स्वतन्त्रता, समानता र मातृत्वको परिभाषाले शोषित पीडित वर्ग समुदायका मानिसहरुलाई पनि समेट्ने भयो ।
अव थोरै चिनतर्फको चर्चा गरौँ । औधोगिक हिसावले तत्कालिन चिन रुस भन्दा पिछडिएको अवस्थामा अर्धसामन्ती र अर्ध औपनिवेसिक चिनमा सशक्त र सचेत सर्वहारा वर्गको उदय भईसकेको थिएन । रुसमा जस्तो क्रान्तिको मुख्य शक्ति शहरी सर्वहारा वर्गको अभाव रहेको चिनमा माओत्सेतुङले कम्युनिष्ट पार्टिको नेतृत्वमा किसान मजदुर एकताको आधारमा चिनिया क्रान्ति सम्पन्न हुने निश्कर्ष निकाल्नु भयो । चिनीया क्रान्ति पूजीपति वर्गको नेतृत्वमा रुसमा भएजस्तो समाजवादि प्रकृतिको पनि हुन नसक्ने र सर्वहारा वर्गको नेतृत्वमा रुसमा भएजस्तो समाजवादि प्रकृतिको पनि हुन नसक्ने ठहर गर्नुभयो । उहाँले चिनको विशिष्ट परिस्थितीमा सम्पन्न हुने क्रान्ति नयाँ जनवादि हुने भन्नुभयो । पुरानो वुर्जुवा प्रजातान्त्रिक नभएर नयाँ प्रजातान्त्रिक प्रकृतिको हुने भयो । नयाँ जनवाद घरेलु सामन्तवाद र विदेशी साम्राज्यवादि विरोधी हुने भयो । यहि मान्यता अनुरुप सन् १९४९ मा चिनमा कम्युनिष्ट शासन व्यवस्था स्थापित भएको थियो ।
यहाँनिर प्रजातन्त्र र नयाँ जनवादको बारेमा थोरै थप चर्चा गर्नु सान्दर्भिक हुने छ । सामन्तवादको विरुद्ध पूजिँपति वर्गले क्रान्ति गरेर स्थापना गरेको पुरानो संसदिय राजनितिक प्रणालिलाई प्रजातन्त्र र माओत्सेतुङले देखाएको बाटोवाट प्राप्त हुने प्रजातन्त्रलाई नयाँ जनवाद मानिएको हो । दुवैको अग्रेजी शव्द म्झयअचबअथ नै हो । म्झय को अर्थ जनसाधारण र ऋचबअथ को अर्थ शासन हुन्छ । पुरानो र नयाँ जनवाद विचको अर्को अन्तर अघिल्लोले गतिशिलता गुमाईसकेकोले समाजलाई यथास्थितीमा राख्ने र पछिल्लो अर्थात नयाँ जनवादले समाजलाई विस्तारै समाजवाद र साम्यवादमा पु¥याउने परिकल्पना रहेको छ । त्यसैगरी अघिल्लोको नेतृत्व पूँजीवादी पार्टिले र पछिल्लोको सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिष्ट पार्टिले गर्दछ ।
नेपालमा विस२००७ सालमा भएको राजनितिक परिवर्तनतर्फ फकौँ । क्रान्ति अपुरो रहेकोले मुक्ति सेनाका क्षेत्रिय कमान्डर द्धय के.आई सिँह र राम प्रसाद राईहमले दिल्ली संझौताको विरोध गरेका थिए । डा.के.आई सिँहको विद्रोह र उनका चिन पलाएनलाई क्रान्तिलाई बिच बाटोमा अलपत्र छोडेर सम्पन्न भएको दिल्ली संझौतासँग गाँसेर हेर्नु पर्छ । भिमदत्त पन्तको विद्रोह र उनको भारतिय सेनाद्धारा हत्या हुनु र २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लाग्न पुग्नु पनि २००७ सालको राजनितिक परिवर्तनलाई हेर्न दृष्टिकोणसँग गाँसिएका सवाल हुन् ।
क्रान्तिको अर्थ पूर्ण परिवर्तन हो । राजनितिक क्रान्ति सम्पन्न भएपछि समाजमा गुणात्मक परिवर्तन आएको हुन्छ । उत्पादन सम्वन्ध वदलिएको हुन्छ । २००७ सालमा त्यस्तो केहि भएको देखिदैन । राणाकालिन पुरानै प्रधानमन्त्री मोहनसम्सेर प्रधानमन्त्री पदमै बहाली रहे । सारभुत परिवर्तन त कुरा छोडौँ । सतही पनि हुन नसकेको देखिन्छ । फरक यति मात्र प¥यो कि नेपाली काँग्रेसका ५ जना नेताहरु सरकारमा सामेल भए । राणाहरुले खोपीका देउता बनाएर राखेका राजतन्त्रले शक्ति शाली बन्ने मौका पायो । उसले एक दशक पछि त्यहि प्रजातन्त्र मासेर आफुलाई बैगुनी सावित गरायो ।
२००७ सालको परिवर्तनको सकारात्मक आयान नै छैन भन्ने अर्थ लगाउन खोजिएको हैन । लखन थापाको विद्रोहि देखि यता नेपाल आमाका सपुत नेपालीहरुले बगाएको खुनपसिनाको थोरै भए पनि उपलब्धि प्राप्त भएको दिन फाल्गुण ७ गते नै हो । १०४ बर्षे राणा शासन ढलेको र लोकतन्त्रको विहानी उदाएको दिनको ऐतिहासिक महत्व विर्सनु हुँदैन ।
यहि दिनको सन्दर्भमा आज फाल्गुण ७ गते विहान सन्धिखर्कको सहिद बगैँचामा ६४ औँ राष्टिय प्रजातन्त्र दिवश मुल समारोह समितीका संयोजक स्थानिय विकास अधिकारी हेमराज भुसालको अध्यक्षतामा एउटा कार्यक्रम आयोजना भयो । बगैँचा सरसफाई, प्रभातफेरी, प्रवचन र अस्पतालका विरामीहरुलाई फलफुल वितरण सम्पन्न भयो । राजनितिक दल समेतका विभिन्न वक्ताहरुले समय मै संविधान लेखिनु पर्ने र सरकार गठनमा देखिएको अलमल शीघ्र सकिनु पर्ने विचार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले मन्तव्यको क्रममा प्रजातन्त्र सम्वन्धि अव्राहम लिंकनको निम्न परिभाषामा रहेका ँयच र दथ को अर्थ क्रमश ँयच (टाढा) र दगथ(किन्नु) मा बदलिएको बताउनुभयो । अमेरीकामा दास मुक्तिको पक्षमा रहेका पूर्व राष्टपति अव्राहम लिँकनले १५० वर्ष पहिले भनेका थिए ूम्झयअचबअथ ष्क तजभ नयखभचलmभलत या तजभ उभयउभि ायच तजभ उभउभि दथ तजभ उभयउभि ूयो परिभाषा आज पनि सान्दर्भिक रहेको छ तर वर्तमान नेपालमा लोकतन्त्र भनिने म्झयअचबअथ जनताका निम्ति टाढिँदै गएको र नव धनाढ्यहरुले खरिद गर्न सक्ने वस्तुमा रुपान्तरीत हुँदै गएको यथार्थता खासगरी निर्वाचनको क्रममा देखिने गरेको छ । संभवत विचार राख्दै गर्दा प्रमुख जिल्ला अधिकारी ज्यूको दिमागमा यहि यथार्थताको प्रतिछाँया झल्केको थियो होला । यो पुरानो परिभाषाले मलाई पनि पुरानो प्रजातन्त्रको विषयमा केहि लेख्ने प्रेरणा दिएको हो ।
थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Friday, August 26, 2016

गणतन्त्र नेपालमा हाम्रो भुमिका : बुद्धि रायमाझी

गणतन्त्र : गणतन्त्र जनचाहानामा आधारित राजनैतिक पद्धति हो । प्राचिन कालमा युनान लगायत एसियाका विभिन्न स्थानमा गणतान्त्रीक राज्य व्यवस्थाहरु स्थापित भएका थिए । कालान्तरमा गणन्तन्त्रको स्थानमा राजतन्त्रहरु स्थापित हुन पुगे । राजतन्त्रले जनचाहाना र आधुनिक युगको प्रतिनिधित्व गर्न असफल भएपछि पुनः गणतन्त्रहरु स्थापित भएका छन् । वर्तमान विश्वमा गणतान्त्रिक व्यवस्था लोकप्रिय राजनितिक पद्धति हुन पुगेको छ । संसारका बहुसंख्यक मुलुकहरुमा राजतन्त्र विरोधी दिर्घकालिन संघर्ष पछि आधुनिक गणतान्त्रिक राज्यहरु स्थापित हुन पुगेका छन् । भुतपुर्व अमेरिकी राष्ट्रपति अव्राहम लिंकनले भनेका थिए । “लोकतन्त्र जनताको निम्ति जनता द्धारा संचालित जनताकै शासन व्यवस्था हो” उनको यो परिभाषा पुँजीबादी गणतन्त्रमा आधारित छ । हाल भारत, अमेरिका, फ्रान्स, ज्रमनी, स्वीडेन, स्वीजरल्याण्ड जस्ता मुलुकहरुमा पुँजीवादी गणतन्त्र विद्यमान छ । गणतान्त्रीक राज्य व्यवस्थाको माध्यमबाट ति देशका जनताहरु प्रगतिको पथमा अगाडी बढिरहेका छन् ।

    अर्को तर्फ चीन, क्युवा, उत्तर कोरिया लगायतका मुलुकहरुमा जनचाहाना अनुरुप समाजवादी गणतन्त्र स्थापित भएका छन् । यी दुवै खाले गणतन्त्रको लक्ष्य उद्धेश्य देशको विकास गर्नु र जनचाहाना अनुरुप सरकार संचालन गर्नु रहेको छ । दुवै खाले गणतान्त्रिक पद्दतीका आ–आफ्ना विशिष्टताहरु रहेका छन् । तर पनि गणतन्त्रका केही साझा विशेषताहरु छन् । जसमा आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्षी, विधिको शासन, नागरिक सर्वोच्चता, मानवधिकार, व्यक्तिगत तथा प्रकाशन सम्वन्धि स्वतन्त्रता आदि पर्दछन् । राज्यका महत्वपूर्ण ३ वटा अंगहरु नियन्त्रण र संतुलनको सिद्धान्तमा आधारित हुन्छन् । सवैभन्दा महत्वपूर्ण कुरा गणतान्त्रीक राज्य व्यवस्थामा सामान्य मजदुर किसानका छोरा छोरीहरुले पनि राज्यको सर्वोच्च पद राष्ट्रपतिमा पुग्न सक्छन् । महिला, दलित, जनजातिहरुले सामाजिक न्याय र मर्यादा प्राप्त गर्दछन् । शासकहरु निरंकुश बन्न पाउदैनन् । जनताका सच्चा प्रतिनिधिहरु निति निर्माण तहमा पुगेका हुन्छन् र उनीहरुले कुनै पनि दल या नेताको तानशाह बन्ने चाहना पुरा हुन दिदैनन् ।

गणतन्त्र नेपाल
 प्राचिनकालमा नेपालका विभिन्न स्थानहरुमा गणतन्त्रहरु स्थापित भएका थिए । ति गणतन्त्रहरुमा प्रत्यक्ष प्रजातन्त्रको अभ्यास हुने गथ्यो । समाज विकासको क्रममा गणतन्त्रको स्थानमा राजतन्त्रहरु स्थापित भए । हुँदा हुँदा नेपाल बाईसी र चौविसे राज्यहरुमा विभाजित हुन पुग्यो । राजा पृथ्वीनारायण शाहको विशाल नेपाल निर्माण गर्ने अभियानको क्रममा बाइसी चौविसे राज्यहरु त विलिन भए तर यो अभियानले विशाल नेपाल निर्माण गर्न त परै जाओस् । सुगौली सन्धिमा पुगेर आफनो आकार घटाउन पुग्यो । नेपालको केन्द्रिंकृत सामान्ति राजतन्त्रले आफु कमजोर भएको बेला जनता सित गुहार माग्ने तर बलियो हुन पुग्दा जनतालाई दमन गर्ने निति अपनायो । २००७ सालमा राजा त्रिभुवनले जनता सामु गरेको प्रतिबद्धता पुरा नगर्नु, २०१७ सालमा महेन्द्रले संसदिय व्यवस्थालाई अफाप घोषणा गर्दै प्रजातन्त्रबादी नेताहरुलाई जेल चलान गर्नु, ०४६ सालको जनआन्दोलन पछि निर्मित संविधानलाई राजा ज्ञानेन्द्रलाई कागजको खोस्टोमा परिणत गर्नुले नेपालको राजतन्त्रले जनता प्रति गद्दारी गरेको पुष्टि गर्दछन् ।
    माथि लेखिएका कारणहरुले गर्दा नेपाली जनताहरु राजतन्त्रको विरुद्ध उत्रीएर लामो संघर्ष र सयौ शहिदहरुको बलिदान पछि २०६४ साल जेष्ठ १५ गतेका दिन हाम्रो मुलुक विधिवत गणतन्त्र घोषणा भयो । सयौ वर्ष देखि नेपाली जनताहरुको खुन पसिना चुस्दै आएको राजतन्त्र समाप्त भयो ।

हाम्रो भुमिका
 नेपाल गणतन्त्र घोषित भएकोमा नेपालीहरुले दिपावली गरेर गणतन्त्र नेपालको स्वागत गरे । गतवर्ष शाह वंशको अन्तिम राजा ज्ञानेन्द्र दरवारबाट पलायन भए । यसरी अव प्रत्येक नेपालीको काधमा नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी आएको छ । सफलतासाथ नयाँ जिम्मेवारी पुरा गर्न प्रमुख भुमिका हाम्रा राजनेताहरुको रहन्छ । वँहाहरुले माओवादी लडाकुहरुको समायोजन र व्यवस्थापन गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पुरयाउनु देश र जनताको हितमा हुन्छ त्यसपछि नँया संविधान निर्माण गरी गणतन्त्र नेपालको पहिलो आम निर्वाचन सम्पन्न गराएर नयाँ नेपालको निम्ति नयाँ सरकार दिन सक्नु पर्छ । यसरी राजनैतिक समस्या हल गरेर नयाँ वातावरण सिर्जना हुन पुग्छ र हामी विद्यार्थीहरु, शिक्षकहरु मजदुर किसान, महिला, दलित, जनजाति, व्यवसायी, उद्योगपति, पत्रकार, मानवअधिकारकर्मीहरुले आ–आफ्नो परिभाषित कामहरु इमान्दारिताका साथ गर्नुपर्छ । विद्यार्थीहरुले मुलतः आफनो अध्ययनलाई अर्जुनदृष्टि मान्नुपर्छ । विद्यार्थी क्षेत्रमा रहेका समस्याहरु प्रक्रियागतरुपले हल गर्न  विद्यार्थी संगठनहरु क्रियासिल रहनुपर्छ । सामान्य कारणले पनि बन्द र शैक्षिक हडताल जस्ता आन्दोलनका रुपहरु अपनाउनु हुदैन् । गणतन्त्र नेपालमा शिक्षकहरुले पनि आधुनिक शिक्षणविधि प्रयोग गरेर अध्यापन गराउनु पर्छ । शिक्षक विद्यार्थीहरु विचको सम्वन्ध मैत्रीपूर्ण हुनुपर्छ । विद्यालयको बातावरण बालमैत्रीपूर्ण हुन जरुरी हुन्छ । पत्रकारहरुले देश र जनताको हित हुने र सामाजिक सद्भाव अभिबृद्धि हुन समाचारहरु सम्प्रेषण गर्नुपर्दछ । कर्मचारीहरुले आफनो मानोबृति कार्यशैली र पद्धती नयाँ युग सुहाउदो गरी परिमार्जन गर्नु जरुरी हुन्छ ।

निष्र्कष
 हरेक तहका मानिसहरुले आफनो अधिकारको उपभोग गर्दा अरुको अधिकार हनन् नहुने गरी कार्य गरेमा सामाजिक सदभाव कायम रहन्छ । र  समाजमा द्धन्द्धले उत्पन्न गरेको असैहिष्णुताको पनि अन्त्य हुन्छ । गणतन्त्र नेपाललाई चिरस्थायी र लोककल्याणकारी बनाउनको निम्ति सामान्य नागरिकदेखि राजनेताहरु सम्ममा आत्म परिवर्तनको आवश्यकता रहेको छ । गुरु बनेर आर्दश सिकाउनेहरुले नै व्यवहारमा आर्दश प्रस्तुत गर्न सक्नुपर्छ ।

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

अर्घाखाँची : पच्चिस बर्ष पहिले र अहिले –बुद्धि रायमाझी




२०४१ सालमा गोरुसिंगे, सन्धिखर्क सडकको ट्रयाक खुले पछि अर्घाखाँचीबासीहरु बुटवल कृष्णनगर र पत्थरकोटबाट डोकोमा नुन मट्टितेल बोक्नबाट मुक्त भएका हुन् । त्यस बेलासम्म घ्यू, सुन्तला, टिमुर, सुठो र फापर डोकोमा बोकेर बजार खोज्न तराई झर्नु पर्दथ्यो । त्यो भन्दा पनि एक दशक अघिको कुरा गर्ने हो भने डोकोमा विरामी बोकाएर तीन चार दिनमा उपचारको लागि तानसेनको मिसन अस्पतालमा पुग्नु पर्दथ्यो । एस.एल.सि. को फाराम भर्ने विद्यार्थीहरु फोटा खिचाउन र पुस्तक खरिद  गर्न पाल्पा तानसेनको सित्तलपाटी जानु पर्दथ्यो । नागरिकता बनाउदा र फारम भर्दा फोटा चाहिने भएकाले खिमानन्द घिमिरेको रेसुङ्गा फोटो स्टुडियो जिल्लाकै पहिलो फोटो स्टुडियोको रुपमा खुलेको थियो । सदरमुकाम सन्धिखर्क ल्याउन प्रधानमन्त्रीलाई भेट गर्न काठमाण्डौ गएको प्रतिनिधि मण्डल गोरखपुर रक्सौल हुँदै एक सातामा राजधानी पुगेको भुक्त भोगी टोलीका सदस्य अग्रजहरु डिलाराम भुसाल र हिरण्यप्रसाद आचार्यहरु अझै हाम्रो माझ हुनुहुन्छ ।
जिल्लामा चुत्राबेसी, बल्कोट, खिदिम, ठाडा र सतिनेटामा मात्र माध्यमिक विद्यालयहरु थिए । शिक्षण गर्नको निम्ति बनारस र गोरखपुरबाट समेत शैक्षिक जनशक्ति जिल्लामा ल्याउनु पर्ने अवस्था थियो । जिल्लामा प्रवेशिका परीक्षा केन्द्र थिएनन्, यहाँका विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन गुल्मी कपिलबस्तु र प्युठान पुग्नु पर्दथ्यो । प्युठानमा परीक्षा केन्द्रको बारेमा प्रशासन र विद्यार्थीहरुको वीच विवाद उत्पन्न भएर लाठी चार्ज समेत हुने गर्दथ्यो । २०२८ साल तिरको एस.एल.सि को बेला अर्घाखाँचीबाट परीक्षा दिनको लागि प्युठान गएका विद्यार्थीहरुले प्रहरीहरुसँग भिड्नको लागि गोजामा खुर्सानीको धुलो राखेर जुलुसमा गएको सन्दा रमाइलो पनि लाग्छ । प्रशासनले खलङ्गामा केन्द्र राख्ने तयारी गर्ने तर विद्यार्थीहरुले विजुवारमा केन्द्र रहनु पर्ने माग गर्दा विवाद र संघर्ष हुने गर्दथ्यो ।
पञ्चायती दमन र चर्काे सामन्ती शोषण विरोधी संघर्षमा सहभागी भए वापत २०३० सालमा यो पंक्तिकार समेत जेल चलन हुँदा जिल्ला सदरमुकाम ठाडाबाट नरपानीमा सरेको थियो । स्थायी रुपले कहाँ रहने भन्ने टुङ्गो लागेको थिएन । केहि वर्ष पछि सदरमुकाम जन चाहाना अनुरुप सन्धिखर्क त झ¥यो तर विकासको प्रक्रिया अघि बढ्न सकेको देखिँदैन । राजा विरेन्द्रको विकासको मुल फुटाउने र नेपाललाई एसियाली मापदण्डमा पु¥याउने घोषणा नारामा मात्र सिमित हुन पुग्यो ।
२०४३ साल जेष्ठ २३ गते साँझ ८ बजे तिर १२ वर्ष ६ महिनाको पञ्चायती जेलमा कठोर काराबास भोगेर म मुक्त आकाशमा आएको थिए । भर्खर जेल मुक्त भएकाहरुप्रति सरकारी निगरानी कडा रहने गर्दथ्यो । राजनीति कार्यकर्ता, सञ्चारकर्मी, बुद्धिजिवी समुदायको शिरमा डेमोक्लिजको तरबार झुण्डिएको हुन्थ्यो । जुन तरबार कुन बेला कसको गर्धनमा बज्रने हो ठेगाना रहँदैनथ्यो । २०३६ सालको जनगणनाबाट सुधारिएको भनिएको पञ्चायती व्यवस्थामा धमिरो लागेको भएता पनि सारमा निर्दलीय तानाशाही नै थियो । राजनैतिक दलको नाम अगाडि प्रतिबन्धित शब्द नलेखिकन पत्र पत्रिका छापिनु गैर कानूनी हून्थ्यो । पञ्च र प्रशासनले पञ्चायत इतर वीचार राख्नेहरुलाई अराष्ट्रिय र अबान्छित तत्वको संज्ञा दिएका थिए ।  बहुदलीय शासन पद्धतिलाई नेपालमा अभाव सिद्ध भएको घोषणा गरिएको थियो ।
अहिलेको जस्तो सञ्चार माध्यमको विकास भई सकेको थिएन । आकाशवाणी (आ.वा) भनिने ताररहित टेलिफोन सरकारी सञ्चारको प्रमुख माध्यम थियो । राजधानी वा विदेशमा आ.वा गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । पत्रपत्रिका र सञ्चार माध्यममा एकातर्फ सरकारी नियन्त्रण थियो भने अर्काे तर्फ नयाँ प्रविधि पनि जिल्लामा प्रवेश गरि सकेको अवस्था थिएन । अफसेट प्रेस आईपुगेका थिएनन् । मोतिराम भट्टको पाला नेपाल प्रवेश गरेको गिद्दे प्रेसका परिमार्जित रुप लेटर प्रेस र टाईप राइटरको जमाना थियो । २०४२ सालमा स्थापित नेपाल टेलिभिजनको प्रशारण गाउँ घरमा पुगी सकेको थिएन । ग्रामिण इलाकाहरुमा सरकारी सामुदायिक सूचनाहरु कटुवालको हाक मार्फत प्रभावित हुने गर्दथे ।
अहिले जस्तो गाउँ घरमा बोर्डिङ्ग स्कूलहरु स्थापना भएका थिएनन् । सदरमुकाममा दार्जलिङ्ग र झापा खुदुनाबारी भुटानी शरणार्थी शिविरबाट युवा युवतीहरु ल्याएर बोर्डिङ्ग स्कुल चलाउनु पर्ने स्थिति थियो । आज भोली निजि स्कूलहरु आधुनिक जीवनको अभिन्न अंग बन्न पुगेका छन् । त्यति बेला खास गरी कम्युनिष्टहरुको प्राइभेट स्कूल प्रतिको दृष्टिकोण सकारात्मक थिएन । निजि विद्यालयहरुको प्रचलनले मुलुकमा दुई थरी नागरिकहरु उत्पादन गर्दछन् भन्ने आरोप लगाउने गर्दथे ।
जिल्लामा निजि स्वास्थ्य संस्थाहरु पनि खुली सकेका थिएनन् । सदरमुकाममा १५ सैयाको सरकारी अस्पतालमा ३ जना डाक्टरहरुको दरबन्दी रहे पनि १ जनाले मात्र काम चलाउने गर्दथे । अञ्चल सदरमुकाम बुटवलमा पनि अहिलेको जस्तो स्वास्थ्य सेवा उपलब्ध थिएन । २०४५ सालमा यो पंक्तिकारलाई किड्नीमा पत्थरी परेको आशंकामा भिडियो एक्सरे गराउन लुम्बिनी अञ्चल अस्पतालका तत्कालिन मे.सु. डा. असर्फी शाहले गारेखपुर पठाएका थिए । राजधानीको शिक्षण अस्पतालमा बाहेक भिडियो एक्सरे मेसिन अन्यत्र कही पनि नभएको उनले बताएका थिए ।
वि.सं. २०४५ सालको अन्त्यतिर भारतले नेपाल भारत वाणिज्य सन्धि नविकरण गर्न आनाकानी गर्दै सिमापारीबाट नुन मट्टिटेल नेपाल आउन रोक लगायो । चिनि पनि जिल्ला प्रशासनको रोहवरमा कन्ट्रोलमा किनबेच हुन थाल्यो । कम्युनिष्ट पार्टिहरुले नाकाबन्दी विरोधी आन्दोलनलाई पञ्चायत विरोधी आन्दोलनमा बदल्ने नीति अपनाए । आन्दोलनको क्रममा दर्जनौ बामपन्थी युवाहरुलाई राजकाज मुद्दा अन्तरगत जेल चलन हुनु प¥यो । त्यति बेला अर्घाखाँचीमा कारागार भवन पनि निर्माण भई नसकेकोले थुनुवाहरुलाई गुल्मीको तम्घास र कपिलबस्तुको तौलिहवा कारागार पु¥याउनु पर्दथ्यो ।
पञ्चायती व्यवस्थाको अवशान पछि अर्घाखाँचीका कम्युनिष्ट र कांग्रेस  कार्यकर्ता वीच अस्वस्थ्य प्रतिस्पर्धा उत्पन्न भयो । पुरानो शक्ति नेपाली कांग्रेसले नवोदित शक्तिलाई स्थान दिन मानसिक रुपले तयार नभएकोले तीक्तताको अवस्था आएको थियो । निर्वाचनको समयमा यस्ता तीक्तता र प्रतिस्पर्धाहरु भौतिक आक्रमणमा समेत रुपान्तरित हुने गर्दथे । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात राजनैतिक बहस र विवादको घेरा साँघुरो रहेकाले राजनैतिक परिवर्तन भएको वर्ष दिन भित्रै संविधान घोषणा हुन सकेको थियो । आम निर्वाचन सम्पन्न भएपछि मूलुकले स्पष्ट गोरेटो र गति लिँदै गर्दा शसस्त्र द्वन्दको अवस्था उत्पन्न भयो । द्वन्द कालमा २÷२ पटक ध्वस्त हुन पुगेको अर्घाखाँची सदरमुकाम अहिले खरानी टक्टकाउँदै उभिएको छ भन्दा अत्युक्ति नहोला । १ दर्जन जति स्थानीय राजनीतिक कर्मी, व्यवसायी, कर्मचारी र पत्रकार तथा सरकारी र विद्रोही गरी दर्जनौ सेना प्रहरी जवान र लडाकुहरु गुमाएर आमाहरुको काख र युवतीहरुको सिउदो रित्याएको अर्घाखाँचीले चहराई रहेका घाउहरुमा मलमपट्टि लगाई रहेको छ । जिल्ला मालपोत कार्यालयमा रहेका किसानका जग्गा सम्बन्धि अभिलेखहरु सदरमुकाम आक्रमणको क्रममा ध्वस्त भएकाले किसानहरु सबै भन्दा बढि द्वन्द प्रभावित र पीडित हुन पुगेका छन् ।
शासकहरुको अदुरदर्शिता त थियो नै त्यसमा द्वन्दकाल थपियो । ध्वस्त हुन पुगेका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्पन्न हुँदै छ । प्रगतीको प्रचुर सम्भावना रहेको यो जिल्लामा विकास निर्माणले गति लिन शुरु गरेको छ । कृषि र पर्यटन विकासलाई जिल्लाले पहिलो प्राथमिकतामा राखेको छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने प्रयासहरु भएका छन् । व्यवसायिक कृषिकहरुले दुध, फलफुल र तरकारी उत्पादनमा ध्यान केन्द्रित गरेको देखिन्छ । बाख्रा, बंगुर र कुखुरापालन व्यवसाय मौलाएको अवस्थामा छ । अर्घाखाँचीको तरकारी दिल्ली तर्फ निर्यात भएको सञ्चार माध्यममा आउन थालेको छ । एक जिल्ला एक उत्पादनको नीतिले अर्घाखाँचीलाई मह उत्पादनको केन्द्र बनाउने प्रयास गरेको छ । एक गाउँ एक उत्पादन तर्फ यो नीति विस्तार गर्ने सोँच रहेको छ । आर्थिक रुपले क्रियाशिल जनशक्ति रोजगारीको निम्ति विदेश पलायन हुने प्रवृत्ति बढेकोले बाँझो रहन शुरु गरेका खेतबारीहरु विस्तारै आधुनिक कृषि फारममा परिणत हुने संकेत देखिएको छ । विदेशमा सीप सिकेर फर्केका कतिपय युवाहरुले अहिले जिल्लामा पशुपंक्षी फारम खोलेर आय आर्जनमा संलग्न रहन शुरु गरेको अवस्था छ ।
पर्यटकीय दृष्टिकोणले अर्घाखाँची सुन्दर जिल्ला मानिएको छ । पणेना देखि सेङलेङसम्मको महाभारत पर्वतबाट उत्तरतर्फका हिमाच्छादित सुनौला चूचुराहरु अवलोकन गर्न सकिन्छ । यो क्षेत्रमा पर्यटकीय पदमार्ग र होमस्टेको प्रबन्ध गर्ने सोँच बनेको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई ठाडा नरपानी सन्धिखर्क रेसुङ्गा रिडि पाल्पा हुँदै विमान चढ्न लुम्बिनी अन्तराष्र्टि«य विमान स्थलमा पु¥याउने प्रबन्ध मिलाउन सकिन्छ ।
जिल्लाका धार्मिक ऐतिहासिक स्थलहरुको व्यवसायिक उपयोग गर्न सकिन्छ । पाणिनि तपोभूमी, अर्घा र खाँचीका भगवती मन्दिरहरु बल्कोटको पौवा, जंगबहादुर राणाको जन्मथलो मथुराबेसीको लामपाटि, छत्रगंजको छत्रको थान, हंसपुरको नरसिंह थान, खिदिमको सत्तले गुफा, ठाडा र सेंलेङ्गका दहहरु, अर्घा, डिभर्ना र डेवामा हालै पत्ता लागेका गुफाहरु पर्यटकीय महत्वका स्थानहरु हुन् ।
खनिज स्रोतको दृष्टिमा पनि अर्घाखाँची अँगाडि नै देखिन्छ । राणकालमा बन्द गरिएका फलाम र तामा खानिबाट निकालिएका फलाम र तामाका घरेलु भाँडा कुँडाहरु अहिलेपनि गाउँ घरमा भेटिन्छन् । कतिपय स्थानहरुको नाम खानिदुला (खानदुला) रेहेको पाईन्छ । नरपानी र खाँचीकोटमा गुणस्तरिय चुन ढुङ्गा फेला परेको छ । हाल आएर चुनढुङ्गा उत्खनन  बिवादित र स्थगित भएको भए पनि भविष्यमा पुन सुचारु हुनेछ ।
यातायातको हिसाबले अर्घाखाँची जिल्ला सुगम बनिसकेको छ । सदरमुकामबाट जुनसुकै गा.वि.स. पुगेर पनि सजिलै साँझ सन्धिखर्क फर्कन सकिन्छ । कर्मचारी विग्रे अर्घाखाँची भन्ने पुरानो उखानले आफ्नो सान्दर्भिकता गुमाई सकेको छ । जिजु बाजेहरुले डोकाको पिँधमा आटो र सातु राखेर जंगलमा बास बस्दै कोदालोले खनेको बाटो एक दशक अघि कालो पत्रे भएपछि यो जिल्ला विकासको राष्ट्रिय मुल धारमा सामेल भएको छ । हाल निर्माणाधिन ढोरपाटन सडकले विकाशको अर्को संभावना खोल्दैछ । केहि वर्ष पछि डोरपाटन आरक्षण भ्रमण गर्ने पर्यटकहरु सालझण्डी सन्धिखर्क पुर्काेटदह हुँदै आफ्नो गन्तब्य तर्फ लाग्ने छन् ।
स्थानीय निकाय जनप्रतिनिधि विहिन रहेकोले सडक निर्माण गर्दा कतिपय स्थानमा अराजकता उत्पन्न भएको र बढि क्षेति भोग्नु परेको अवस्था पनि रहेको छ । प्राविधिक हिसाबले कमजोर धरातलमा जे.सि.बि. चलाउँदा भु–क्षय र भूस्खलन बढेको अबस्था छ, तर पनि दशकौसम्मलाई कालो पत्र गर्न पुग्ने ट्रयाकहरु खुलिसकेको छन् ।
सबै गा.वि.स. हरुमा मा.वि. उ.मा.वि. स्थापना भएका छन् । कतिपय उ.मा.वि. कक्षाहरुमा बुहारि छात्राहरुको संख्या बढिरहेको देखिन्छ । क्याम्पसहरुको संख्या आधा दर्जन पुगेको छ । मथुरा बेसि र अड्गुरिमा कृषि क्याम्पसहरु खुल्दैछन् । जिल्ला भित्रै कृषि विज्ञान पढ्न पाउने अवस्था बन्दै गरेको छ ।
स्वास्थ्य क्षेत्रमा संख्यात्मक प्रगति भएको देखिन्छ । एउटा तीस सैयाको जिल्ला अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् प्रत्यके सवै गा.वि.स. मा उप–स्वास्थ्य चौकीहरु स्थापना भएका छन । यि अस्पतालहरुमा पाँच जना एम.बि.बि.एस. डाक्टरहरुको दरबन्दी रहेको छ । निजि क्षेत्रका अस्पताल र नर्सिङ होमको संख्या पनि बढ्दै छ ।
ब्यवसायिक कृषकहरुले आफ्ना उत्पादनको बिमा गर्ने व्यवस्था र सरकारी सबसिडिको व्यवस्था हुनुपर्ने माग गरेको छन् । मल र बिउमा अनुदान उपलब्ध हुनु पर्ने किसानहरुको माग रहेको छ । आफूले व्यवसायिक रुपमा पालेका पशुपंक्षी र अन्य कृषि उत्पादनको लागि बजार सँगको पहुँच हुुनुपर्ने देखिन्छ । आजभोलि अर्घाखाँचीका दुध तरकारी र मासु उत्पादनमा आत्मनिर्भरोन्मुख हुन थालेको छ । कृषि फारमहरु खुल्ने क्रममा रहेका छन ।
पत्रकारिताको क्षेत्रमा पनि अर्घाखाँची अगाडिबढ्दै छ । एक दर्जन जति पत्रपत्रिकाहरु यस जिल्लावाट प्रकाशित हुने गरेका छन । नियमित र निरन्तर प्रकाशित हुन नसके पनि १०० जना भन्दा बढी उत्साहि र उर्जाशिल युवा युवतीहरु पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । ४ वटा एफ.एम रेडियो र दुई वटा स्थानीय टेलिभजन च्यानलहरु चालु अवस्थामा रहेका छन् । यी सञ्चार माध्यमहरुबाट सामाजिक क्षेत्रका घटना तथा विकास निर्माण सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय सूचनाहरु गाउँ घरहरुमा समेत प्रवाह हुने गरेका छन् ।
विगत २५ वर्ष तिर फर्केर हेर्दा अर्घाखाँचीको समाजमा धेरै परिवर्तन भएको देखिन्छ । सन्धिखर्क सदरमुकामको सेरोफेरो प्राचिनताको सुचक र सदरमुकाम आधुनिकताको बाहक बनेको छ । सदरमुकाम नजिकै ढुङ्गाको छानो भएका कुमाल जातिका घरहरुमा प्रयोगविहिन अवस्थामा रहेका माटाका भाँडा बनाउने चक्रहरु देख्न सकिन्छ । सरकारी विद्यालयहरुमा दलित जनजातिका र निजि विद्यालयहरुमा व्यापारी कर्मचारी, शिक्षक र अन्य अन्तरगत रहेकाहरुका छोराछोरीहरुले पढ्ने गरेको पाइन्छ । अहिले अर्घाखाँचीको अर्थतन्त्रको मुख्य अंश रेमिट्यान्स रहेको छ । युवाहरुको सामान्य इच्छा रोजगारीको लागि विदेश पलायन हुने रहेको देखिन्छ । युवाहरुलाई जिल्ला मै उपयुक्त रोजगारीको मेसो मिलाउन सके जिल्लाले केहि वर्षमा कायापलट गर्न सक्ने देखिन्छ । युवाहरुले पनि अघिल्लो पुस्तासँगै लोप हुन आँटेका पुराना सीपहरु समेत सिकेर ति सीपहरुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सके स्वरोजगारका अवसरहरु वृद्धि हुने सम्भावना प्रबल रहन्छ । नीति निर्माता तथा योजनाकारहरुले बुद्धि पु¥याउन सके अर्घाखाँचीको भविश्य उज्जल हुने कुरामा दुईमत छैन ।

सम्पादन सहयोगी ः भुवन केसी

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Tuesday, August 23, 2016

आऊ युवा देश समाल (तीजगीत) : विजुला रायमाझी


नयाँ युग नयाँ तीज घुमिफिरी आउँदैछ
खुसी हुदै कोइली चरी गीत गाउँदैछ ।
नेपालीमा बढ्दै जाओस् देश प्रेमको भावना
नयाँ नेपाल नयाँ तीजको शुभकामना
पोहोर साल तीजमा नयाँ माग्यौ संविधान
अव हामी विकासको चलाआँै अभियान
हामी फाट्याँै भने साथी देश पछाडि पर्नेछ
सबै युवा जुट्याँै भने देश बन्नेछ
एक थुकी सुकी भन्छन्, सय थुकी नदी रे
नेपाललाई आत्म निर्भर बनाअँौ हामीले
प्रकृतिले दिएकैछ के छ हाम्रो समस्या ?
नयाँ जोश नयाँ जाँगर देखाऊ तमासा
युवा जति विदेशमा बुढाबुढी घरमा
यो राष्ट्रले मुहार फेर्ला कस्को भरमा
देशलाई बन्धक राख्न हुन्न विदेशको भरमा
धन, सिप, प्रविधि लिइ फर्क घरमा
जलसो्रत, हरियाली सौन्दर्यमा धनी छौ
नयाँ सोँच जाँगर भए के मा कमी छौ ?
आऊ युवा जाग अव आँट र हिम्मत लिएर
आफ्नै देश सिर्गानु छ मन दिएर
छिमेकबाट सद्भाव र साथ मात्र लिने हो
स्वाभिमानी आफ्नो बाटो आफै हिड्ने हो ।
राष्ट्र निर्माण गर्ने हाम्रा अग्रजलाई सम्मान
आऊ युवा ढिला भयो देश समाल
थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

जीवन संघर्ष :- विजुला रायमाझी



आमाको पेटमा  पस्नलाई संघर्ष गरेँ म
आमाको गर्भमा बाँच्नलाई संघर्ष गरेँ म
एउटा मानवको जुनी पाउनलाई संघर्ष गरेँ म
फेरि यो घर्तीमा आउनलाई संघर्ष गरे म

आमाको कोखबाट झर्दै संघर्षमा परेँ म
यो प्रकृतिको अनुकुलनको लागि हाच्छिँउ गरेँ  म ।
तर धन्य हौ प्रकृति तिमि,जेनतेन बाँच्न त सकेँ म
आमाको प्यारो काख भरिलो बनाउन त सकँे म ।


आमाको भोक ,निद्रा,श्रम शोषण गरेर बाँचँे म
आमा तिमीलाई सताइसताइ भए पनि पहिले त हाँसँे म
त्यो प्यारो आँगनीमा बाबुको इसाराले छमछमी नाचेँ म ।
तर के गरु म ! प्रकृतिको खेलसँगै न्यानो काख छोडेँ म

संघर्ष गर्दागर्दै काख र साथ छोड्न बाद्य भएछु।
त्यो स्वर्गसरी आँगनीमा रमाउँदा रमाउँदै पराइको भएछु
इच्छा नभए पनि बेहोसैमा सात नदी त पार भएछु ।
नौ महिने कोखको भारा दश धारा दूधको भारा तिर्न भुलँेछु

बल्ल म होशमा आएकी जीवन त संघर्ष पो रहेछ ।
आमा बिनाको जीवन त निरस पो  हँुदोरहेछ
पराइ घर आप्mनो बनाउन त सकस पो रहेछ ।
मानव जीवन छोटै भए पनि जिउन त सकस पो रहेछ ।

यो जीन्दगी जिउने क्रममा हरेक पल र स्थानमा संघर्ष
जिउनका निम्ति माम पाउन दाम ,दाम पाउन संघर्ष।
दाम त कमाउँला जेनकेन नाम पाउनलाई संघर्ष
आफै मपाँई भनेर भएपनि नाम त म पाउँला बचाउन संघर्ष।

थप पढ्न यहाँ क्लिक गर्नुहोस>>

Let,s Promise : Buddhi Rayamajhi

The Martyrs  are  those  memorable persons
Who died for the freedom of the  people and the nation. 
A death heavier than the mountain
They deserve respect and are really superman .
Who consciously rather choose the death
Than bow down at the feet of the unjust rulers .
Their Martyrdom is celebrated and remembered
Till the sun and the moon shine in the sky
They are immortal and stay in the horizon .
Where the Earth seems to meet the sky to give light and guide us
Towards the path of progress and the complete freedom .
थप पढ्न यहाँ क्लिक गर्नुहोस>>