कम्युनिष्ट पार्टी सर्वहारा वर्गको मुक्तीकोलागि सर्वहाराश्रमजिबी वर्गद्धारा स्थापित राजनीतिक पार्टी हो । यसर्थ कम्युनिष्ट पार्टीलाई श्रमजिबी वर्गको राजनीतिक प्रतिनिधि मानिएको छ । कम्युनिष्ट पार्टीको मुल मन्त्र श्रमजिवी वर्गलाई पुजिपति र जमिनदारबाट हुने सबै प्रकारका शोषणबाट मुक्त गराउनु हो । शताब्दिऔंदेखि राज्यसत्तामा एकलौटी हैकम जमाउँदै आएको वर्गलाई शान्तिपुर्ण वा सशस्त्र संर्घषद्धारा सत्ताच्युत गरीशोषित वर्गलाई राज्य सत्तामा स्थापित गराउनुहो ।श्रमको मूल्य र मान्यता पुर्नस्थापित गराउनु हो। शोषित वर्ग समुदायहरुलाई राज्यको निति निर्माण तहामा पुराएर अन्त्यमा यो धर्तिमा शोषण तथा वर्गविहीन समाज स्थापना गर्नु कम्युनिष्ट पार्टीको अन्तिम लक्ष्य हो ।
त्यस्तो सामाजिक स्थिती सिर्जना गर्नुहो जसमा प्रत्येक व्यक्तिले योग्यता अनुसार काम गरेर सुरुमा काम अनुसारको दाम र अन्त्यमा आवश्यकता अनुसारको माम पाउँछ । यस्तो आर्थिक सामाजिक स्थितिलाई क्रमशः समाजवाद र साम्यवाद भनिन्छ । साम्यवादी समाजमा शोषक र शोषित दुवै वर्गको अस्तित्व लोप हुन्छ । निजी सम्पति र राज्य सत्ता समेत विलाएर जाने कुरा वैज्ञानिक साम्यबादका प्रवर्तक कार्ल माक्र्स र फ्रेर्डरिक एंगेल्सले आफ्ना अमर कृतिहरुमा उल्ल्ोख गर्नुभएको छ ।
ंयस्तो खालको क्रान्तिद्धारा प्राप्त हुने राजनीतिक अवस्था द्धन्द्धात्मक भौतिकबादमा आधारित हुन्छ । वर्तमान समाजमा हुनेखाने र हुँदाखाने दुईवटा वर्गहरु अस्थित्वमा रहेका छन् र उनिहरुका बीचमा निरन्तर द्वन्द भइरहन्छ जसलाई वर्ग संघर्ष भनिन्छ । यस्तो संघर्ष कहिले मन्द गतिमा र कहिले तीव्र गतिमा चलिरहेको हुन्छ । वर्गिय अन्र्तबिरोध पूँजीपति र सामन्तहरुबाट हुने शोषणमा आधारित हुन्छ । चर्को शोषण र दमनमा परेको बेला श्रमजीवि वर्गले प्रतिरोध गर्छ जस्मा पुरानो सत्ता पराजित हुन्छ र नयाँ प्रगतिशिल वर्गको हातमा राज्य सत्ता आउँछ ।
माथिका लक्ष्य उद्देश्य लिएर नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल बैसाख १०गते अर्थात लेलिन जन्म जयन्तीको दिन २२ अप्रिल १९४९ का दिन कलकत्तामा भएको थियो । महान नेता क.पुष्पलाल श्रेष्ठ, क.नरबहादुर कर्माचार्य, क.मोतिदेवी(दुर्गादेवी) श्रेष्ठ, क.निरञ्जन गोविन्द बैद्य र क.नारायण बिलास जोशी गरी पाँच जना अग्रजहरु नेपाल कम्यनिष्ट पार्टीका संस्थापक नेता हुनुहुन्छ । सशस्त्र संघर्षको माध्ययमबाट नेपालको अर्धसामन्ति र अर्ध औपनिवेशिक स्थितिमा परिवर्तन ल्याई मुलुकलाई क्रमशः आधुनिक र सम्पन्न नयाँ नेपालमा रुपान्तरण गर्नु नयाँ जनवादी क्रान्ति अर्थात जनताको बहुदलीय जनवाद प्राप्त गर्नु नेकपाको प्रमुख लक्ष्य र उद्देश्य रहेको छ ।
पार्टी स्थापना कालमा गुल्मी र अर्घाखाँची एउटै जिल्ला थिए । सात सालको परिवर्तन पछि अर्घाखाँचीमा नेपाली काङगे्रसको राजनिती प्रवेश गर्याे । १५ सालको आम निर्वाचनमा पनि अर्घाखाँची समेतको निर्वाचन क्षेत्र नं ९१ बाट नेपाली काङग्रेसका धनाड्य नेता सुवर्ण शम्शेरले बिजय प्राप्त गरे । ने.क.पा.को स्थानीय कमिटी गठन नभई सकेकोेले गुल्मी अर्घाखाँची बाट १५ सालको आम निर्वाचनमा कम्युनिष्ट पार्टीको उमेदवार पनि उठ्ने स्थिती बनिसकेको थिएन ।
पार्टी स्थापनाको पृष्ठभुमी
बि.स२००७ सालको अपूर्ण क्रान्ति पछि मुलुकमा उत्पन्न संविधानसभाको निर्वाचनको परिस्थिति राजदरवारको षडयन्त्र र नेपाली काङ्ग्रेसको भाइ कलहको कारण क्रमश ः आम चुनावको स्थितिमा रुपान्तरित हुन पुग्यो । कम्युनिष्ट पार्टी संविधान सभाको पक्षमा रहेपनि तत्कालिन पार्टी महासचिव केशरजंग रायमाझी गुटले राजा महेन्द्रको कार्यसूचिलाई समर्थन गर्न पुगेकोले २०१५ सालमा भएको आम निर्वाचनमा ने.क.पा को सिंगै पार्टी पंक्ति सहभागी बन्यो । अर्घाखाँची जिल्लाको निर्बाचन क्षेत्रबाट र तराईका बारा पर्साबाट पनि सुवर्ण शम्शेरले बिजय प्राप्त गरेकाले यहाँको निर्बाचन क्षेत्र नं. ९१ बाट राजिनामा गरे । निर्वाचन अभियानको क्रममा प्रमुख निर्वाचन प्रतिनिधिको दायित्व सफलता साथ सम्पन्न गर्नु भएका क.खुबिराम आर्चायलाई उप निर्वाचनमा काङग्रेसले टिकट नदिएर आम अपेक्षा विपरित काशिनाथ गौतमले आफ्ना दाहिने हात तथा नातेदार खिदिमका रोहिणि प्रसाद गौतमको सिफारिसमा आफ्ना भिनाजु सिद्दारा हर्रेका पुष्करनाथ पोखे्रललाई उम्मेदवार बनाए । उम्मेदवार चयनको लागि चुत्राबेशीमा तत्कालीन स्वास्थ मन्त्री काशिनाथ गौतमको उपस्थितिमा काङग्रेस कार्यकर्ताहरुको भेला आयोजना गरियो । भेलामा काशिनाथ गौतमले उमेदवारीका आकांक्षीअर्घाका नारायण प्रसाद भुसाल, क. खुविराम आर्चाय र पुष्करनाथ पोख्रेलको बीचमा मत संकलन गराए । दक्षिण तर्फका काङग्रेस कार्यकर्ताहरुको चाहानामा पुस्करनाथ पोख्रेलको पक्षमा बढि मत परेको घोषणा गरियो । कार्यक्रम पछि खुविराम आर्चायले आफ्ना बिचार मिल्दा साथिहरु टिकाराम आर्चाय ,मित्रलाल भुसाल ,डिलाराम भुसाललाई लिएर हालको चुत्रावेशी बजारको बगरतर्फ आई एउटा छोटो गोप्य बैठक गरे । फलतः काङग्रेस पार्टीबाट बिद्रोह गरेर कम्युनिष्ट पार्टीमा लाग्ने नेपालको राष्ट्रिय परम्परा पछ्याउँदै अर्घाखाँचीमा काङग्रेसबाट बिद्रोह गरेर तत्कालिन अर्घाखाँची गुल्मीमा ने.क.पा. को स्थापना गर्ने निर्णय गरे । तत्कालै टिकाराम आर्चाय,पाल्पाका बिजयी सांसद कमलराज रेग्मीलाई अर्घाखाँची लिएर आउन पाल्पातिर हिड्नु भयो । डिलाराम भुसालका अनुसार ३ दिन पछि कमलराज रेग्मीसपरिवार अर्घाखाँची आउनुभयो र पार्टी गठनको निम्ति आयोजित बैठक सुरु नहुँदै पहाडिया कागजमा जर्नादन भुसालले आफूहरुले नेपाली काङगे्रस छाड्नु परेको कारण देखाउँदै सामुहिक राजिनामा तयार गर्नुभयो तर सो राजिनामा पत्रमा २००५ सालदेखि काशिनाथ गौतमसित भेटवार्ता गर्दै आउनुभएका डिलाराम भुसालले दस्तखत गर्न मान्नु भएन । उहाँ आफैले भने अनुसार आफू काङगे्रसका नीति सिद्धान्तबाट साहै्र प्रभावित हुनु भएको थियो । आंशिक आक्रोश र जिल्लाको आवश्यकता समेतलाई ध्यानमा राखेर २०१६ साल पौस २२ गतेका दिन अर्घा मैदानको दरवारमा कमलराज रेग्मीको प्रमुख आथित्यमा ने . क. पा को अर्घाखाँचीगुल्मी प्रथम जिल्ला संगठन कमिटी गठन हुन पुग्यो । संस्थापकहरुमा हालको गुल्मीबाट चिन्तामणि पोखे्रल सचिव र सदस्यहरु गुल्मीकै एकदेव ज्ञवाली गरि २ जना र अर्घाखाँचीबाट खुविराम आर्चाय र टिकाराम आचार्य गरी २ जना रहनु भयो ।
पार्टी स्थापनाको सेरोफेरोमा सक्रिय र कुरो बुभ्mन सिपालु क. गौरिशंकर खनालका अनुसार ०१६ सालको साउन महिनामा खुविराम आचार्य,डिलाराम भुसाल, जर्नादन भुसाल मित्रलाल भुसाल,टिकाराम आचार्य,गौरिशंकर खनाल लगायतका अर्घाखाँची काङगे्रस कार्यकर्ताहरु नेताहरुलाई भेटन काठमाण्डौ गए । भर्खर सरकार गठन भएको उत्साहापूर्ण परिस्थितिमा राजधानी पुगेका कार्यकर्ताहरुलाई खासगरी उपनिर्बाचनमा खुबिराम आचार्यलाई उमेदवार दिने सम्बन्धमा बिपी कोइराला र काशिनाथ गौतमले समर्थन गरेनन् । प्रतिनिधीमण्डलका सदस्यहरुले नेताहरुको खुबिरामप्रतिको धारणा सकरात्मक पाएनन् । यसको सुइको जिल्लामा छदै बुझेका मित्रलाल भुसालले काठमाण्डौ हिड्नु भन्दा पहिले नै अव आगामी दिनमा काङग्रेसबाट अलग भएर स्वतन्त्र बस्ने मनसाय प्रकट गरीसकेका थिए । खुबिरामहरु ने.क.पा. स्थापना गर्नुपर्ने स्थितिमा पुगिसकेकोले बिपी कोइरालाले आफ्m्नो गुल्मी अर्घाखाँचीको भ्रमणको क्रममा यस बिषयको कुराकानी पछि गर्ने भनेर पन्छाइदिए । सोही बर्षको माघ महिनामा राजा महेन्द्र र प्रधानमन्त्री बि.पी. कोइराला पाल्पा– तम्घास– चुत्राबेशी हँुदै पश्चिम नेपालको भ्रमणमा आए । गौरीशंकरका अनुसार बि.पी.ले खुुबिरामलाई तम्घास क्याम्पमा बोलाए । बुवाको बर्खि बारेका खुबिरामले टाठो युवा साथी गौरिशंरलाई पनि साथमा लिएर प्रधानमन्त्री कोइरालालाई भेट्न जानुभयो । बि.पी.ले खुबिरामलाई कम्युनिष्टको बाटो लामो र घुमाउरो हुने भएकोले जीवन त्यत्तिकै बित्न सक्छ तसर्थ काङग्रेस पर्टी नछोड्नुस भन्ने आग्रह गरे । खुबिराम आचार्यले शिरको सेतो मथरो हातमा लिँदै आफुले बारेको आसौच आफ्नो बुबाको नभएर नेपाली काङग्रेसको हो भन्दै भेटघाट कक्षबाट बाहिरीनुभयो । त्यसपछि राजा र प्रधानमन्त्रीको चुत्राबेशी भ्रमणको क्रममा कमलराज रेग्मीसँग भेटघाट भयो ।
कुराकानीको क्रममा खुविराम गुरुले संस्थापकहरुको सन्दर्भ कोट्याउँदा लेखक सँग तम्घासको उधिनामा कोले भनिने तारानाथ पाण्डेयको घरमा आफु र तारानाथ समेत भिमलाल आर्चाय, टिकाराम आर्चाय (बच्चु) र चिन्तामणी पोख्रेलको बिचमा ने.क.पा गुल्मी अर्घाखाँची संगठन कमिटि निर्माण भएको बताउनुहुन्छ । काग्रेसबाट बिद्रोह गर्नुको कारण काग्रेसले नेपालमा जनवादी क्रान्ति पुरा गर्न र आफुप्रति पनि न्याय गर्न नसकेकोले श्रमिक बर्गको राजनीतिक पार्टी आवश्यक महशुस गरेर ने.क.पा.को स्थापना गरिएको हो ।
उपनिर्वाचनमा उम्मेदवारी नामाङ्कन र
निर्वाचन सहयोग समिति गठन
. ने.क.पा. जिल्ला कमिटीको निर्णयअनुसार २०१६ साल पौष २३ गतेका दिन क. खुविराम आर्चायले सोहि बर्ष फागुन ७गते हुने उप निर्वाचनमा आफ्नो उमेदवारी दर्ता गराउनुभयो । पार्टी जिल्ला संगठन कमिटीले ९ सदस्यिय निर्वाचन सहयोग समिति गठन गर्यो, जसमा भुपनारायण आर्चाय (वाङला),लोकनाथ भुसाल (अर्घा),जर्नादन भुसाल (अर्घा),गोरिशंकर खनाल (खन),ताराप्रसाद बेल्वासे (सिद्धारा) ,सुरतबहादुर बस्नेत (खिल्जी), टिकाराम पन्थी (बाँगी),भिमलाल आर्चाय (अर्घा)लुमबहादुर बन्जाडे (औवल) रहनुभएको थियो । चुनाव प्रचारको लागि कमलराज रेग्मी हंसपुर ढाकाबाङ हँुदै लेवाँसे खडानन्द बन्जाडेको घरमा बास वस्न आउनुभयो । रातिको भेलामा कम्युनिष्ट पार्टीको सदस्यता बाँड्ने काम भयो । डिलाराम भुसालले कम्युनिष्ट पार्टीको नीति सिद्धान्तको बारेमा स्पष्ट नभइकन सदस्यता लिन नसक्ने बताउनुभयो । पछि चुनाव प्रचारको लागि कमलराज रेग्मी ,कमर शाह , बि.आर राई र मोहन बिक्रम सिंहहरु जिल्ला भ्रमणमा आउनुभयो । भेला बैठकहरुमा कम्युनिष्ट सिद्धान्तको बारेमा भाषण र ब्याख्याहरु भए । क. खुविराम आर्चायले लगभग तीन हजारको संख्यामा मत पाउनुभयो अर्थात यहाँका तीनहजार मतदाताहरुले कम्युनिष्ट पार्टीको उम्मेद्धारको पक्षमा मतदान गरे ।
ने.क.पा. को प्रथम अर्घाखाँची गुल्मी जिल्ला अधिवेशन ।
२०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले सैनिक कु गरी संसदिय ब्यावस्थामाथि प्रतिबन्ध लगाएर जननिर्वाचित सरकार बिघटन गरेको हप्ता दिन भित्रै गुल्मीमा ने.क.पा. को प्रथम जिल्ला अधिवेशन आयोजना गरियो । २०१७ साल पुष ६ गतेका दिन शुरु भएको सो जिल्ला अधिवेशनमा केन्द्रिय कम्युनिष्ट नेता बि..आर. राई प्रमुख अतिथि थिए । अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीमा अर्घाखाँचीबाट सचिव खुविराम आर्चाय सहित ६ जना साथीहरु समावेश गरिनुभयो । अन्य सदस्यहरुमा टिकाराम आर्चाय , भुपनारायण आर्चाय , लोकनाथ भुसाल , भिमलाल आर्चाय र जर्नादन भुसाल रहनु भयो भने गुल्मीबाट चिन्तामणि पाख्रेल र एकदेव ज्ञवाली चुनिनु भयो । त्यहीकमिटीको नेतृत्वमा सैनिक कुको बिरुद्धमा पर्चा छर्ने र अर्घा मैदानमा मसाल जुलुस निकाल्ने कार्यक्रम सम्पन्न भयो । आन्दोलनको नेतृत्व गरेवापत खुबिराम आचार्य र बिष्णुप्रदिपलाई प्रशासनले वारेण्ट जारी ग¥यो । २०१८ सालमा गुल्मी अर्घाखाँची छुट्टीएर अलग जिल्ला घोषित भए पछि जिल्ला कमिटीको मातहत २०२० साल असारमा गुल्मी र अर्घाखाँची एरिया कमिटी निर्माण गरिए । २०२४ साल साउन २ गते गुल्मी र अर्घाखाँचीमा अलग अलग पार्टी जिल्ला कमिटीहरु गठन भए ।
दरभंगा प्लेनम(बिस्तारित बैठक)
पौष १ गतेको शाही कु पछि मुलुकको राजनितिले प्रतिगामी मोड लियो । नेपालको प्रतिपक्ष राजनीतिको केन्द्र फेरि पनि बनारसनै बन्न पुग्यो । नेपालका कम्युनिष्ट र काङग्रेसका जेल पर्नबाट जोगिएका सबै नेताहरु बनारसमा भेला हुन पुगे । पुष्पलाल र तुल्सिलाल पनि त्यतै लाग्नु भयो । मुलुकको राजनैतिक परिस्थीतिको ठोस बिष्लेषण गरेर निष्कर्ष निकाल्नको लागि २०१८ सालमा भारतको बिहार प्रान्तको दरभंगामा ने.क.पा को केन्द्रिय कमिटीको बिस्तारित बैठक आयोजना भयो जसमा अर्घाखाँचीबाट क.गौरीशंकर खनालले प्रतिनिधिको रुपमा भाग लिनु भएको थियो। उहाँका अनुसार बिस्तारीत बैठकमा भाग लिन प्युठान हँुदै मोहन बिक्रम समेत तौलिहवा पुग्दा मोहन बिक्रम पक्राउ पर्नु भएको हुनाले आफुमात्र दरभंगा पुगेको बताउनुहुन्छ । पार्टीको निर्णय अनुसार बाँगी भण्डाराका एक जना आचार्य थरका साथीलाई लिएर उहाँ मोहन बिक्रम सिहंको घर प्युठान पुग्नुुभयो । मोहन बिक्रम सहित उहाँहरु प्युठानबाट तौलिहवा पुगेर बास बसेको अर्को बिहान प्रहरीले मोहन बिक्रमलाई पक्राउ गरयो । गौरिशंकर र अर्को साथीलाई प्रहरीले बेसरी कुटेर छोडिदियो । मोहन बिक्रम प्रहरी हिरासतमा रहनुभयो । अर्को साथी घर फर्किनुभयो तर गौरिशंकर खनाल बिस्तारित बैठकमा प्रस्तुत गर्न मोहन बिक्रमले तयार गरेका दस्तावेजहरु समेत साथमा लिएर गोरखपुरको गान्धि कलेजको होस्टेलको ११ नम्वर कोठामा बास बस्न पुग्नुभयो । त्याहाँ पिबि मल्ल र केदारनाथ नामका २ जना साथीहरुसित भेट भयो । उहाँहरुसहित गौरीशंकर दरभंगा पुग्नुभयो ।
केन्द्रीय कमिटीका सदस्य र २४ जिल्लाका प्रतिनिधि गरि ५४ जनाको सहभागिता रहेको सो बैठकमा केशरजंग रायमाझीले बैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको प्रस्ताव राखे । संस्थापक नेता क.पुष्पलालले बिघठित संसदको पुर्नःस्थापनाको प्रस्ताव राख्नुभयो भने मोहनबिक्रम सिंहले संबिधान सभाको चुनावको माग उठाउनुभयो ।
ने.क.पा.को तेस्रो महाधिवेशन
अन्तरजोनल समन्वय समितिको पहलमा ने.क.पा को तेस्रो महाधिवेशन २०१९ साल बैसाख ४ गतेदेखि १० गतेसम्म बनारसको महमुरगञ्ज स्थित मोति झीलमा आयोजना भयो । सो महाधिवेशनमा अर्घाखाँचीबाट केशरमणी पोख्रेल र बिष्णु प्रदिपले प्रतिनिधिको रुपमा भाग लिनु भएको थियो । कुल १२० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनमा विस्तारित बैठकमा जस्तैतीन धारहरु देखिए । ती थिए– १.तुल्सिलालको सर्वसत्ता सम्पन्न संसद २.पुष्पलालको बिघटित संसदको पुर्नस्थापना ३. मोहन बिक्रमको (बलराम उपाध्याय) द्वाराप्रस्तुत संविधान सभाको निर्वाचन ।स्थिति यस्तो रह्यो कि तुल्सिलाल अमात्य , पुष्पलाल श्रेष्ठ र मोहन बिक्रम सिंहका प्रस्तावहरुले मतदान हुँदा क्रमशः ८२, २ र १ मत प्राप्त गर्न सफल भए । क. तुल्सिलाल अमात्य महासचिव चुनिनु भयो ।
जिल्ला संगठन कमिटी पुर्नगठन
२०२१ सालमा केशरमणीले बल्कोट मा.वि मा अध्यापनगराउन सुरु गर्नु भएपछि त्यो इलाकामा पनि पार्टीको गतिबिधि बढ्न थाल्यो । २०२३ सालमा पुर्नगठित जिल्ला कमिटीमा सचिव खुविराम आर्चाय र सदस्यहरुमा बिष्णुराज प्रदिप ,गौरीशंकर खनाल , केशरमणी पोख्रेल , मोहनलाल आर्चाय , खिमानन्द पन्थी, गंगाधर घिमिरे , पिताम्बर रायमाझी, र कुलानन्द बन्जाडे रहनुभयो । त्यतिबेला जिल्ला कमिटीको मातहत अर्घाखाँची, रिडी र पश्चिम गुल्मीगरी तीनवटा एरिया कमिटीहरु कार्यरत थिए । अर्घाखाँची एरिया कमिटीमा सचिव पुरुषोत्तम आचार्य र सदस्यहरुमा नरेन्द्रकुमार क्षेत्री, डबल बहादुर बिसी , दण्डपानी मरासिनी ,पिताम्वर रायमाझी , खड्गबहादुर थापा ,रामचन्द्र मरासिनी , डिलाराम भुसाल , मित्रलाल भुसाल , सुरतबहादुर बेल्वासे ,कुलचन्द्र मरासिनी ,बेदराज भुसाल ,टेकबहादुर र टिकाराम आचार्य रहनु भएको थियो ।
नेत्रलाल अभागीको आगमन
नेत्रलाल अभागी २०२३ सालमा प्र.अको रुपमा जनज्योती हाई स्कुल चुत्राबेशीमा आउनुभयो । उहाँको घर दाङ जिल्लामा हो । उहाँको आगमनले जिल्लामा बामपन्थी बिचार र साहित्यले प्रचार हुने मौका पायो । पार्टीको तत्कालीन अर्घाखाँची गुल्मी संयुक्त जिल्ला कमिटीमा रहेर पार्टीकाममा लाग्नुभयो । जनज्योती हाइ स्कुलको बार्षिक पत्रिका ‘आँकुरो’ उहाँकै पहलमा प्रकाशन हुन लागेको हो । उहाँ साहित्यमा झर्रोबादका अभियन्ता हुनुहुन्थ्यो । त्यतिबेला बल्कोटमा पार्टी गतिबिधि बढेको थियो । २०२२ साल फागुनमा पटौटीका रामप्रसाद भटराई सचिव रहेको पालीका ऋषीकेशव घिमिरे , इश्वरी प्रसाद खनाल ,बल्कोटमा अध्यापन गराउने दाङका गिरिराज पौडेल , पटौटीका रामनाथ घिमिरे र पारषमणी अर्यालको बीचमा एउटा कमिटी गठन भएको थियो । २०२३ सालको असोज महिनामा ऋषिकेशव घिमिरे , इश्वरी प्रसाद खनाल , पटौटीका मणिराम भटराई , बल्कोटका मोहनलाल आर्चाय , रामप्रसाद घिमिरे ,मैदानका सालिकराम भटराईं र मोहन घिमिरे सहितको एरिया कमिटी पुनःगठन भएको थियो । प्रा.डा. होमनाथ भट्टराईले आफनो एउटा स्मरणात्मक लेखमा त्यतिबेला अर्घाखाँचीमा कम्युनिष्टहरुको बिकाश र बिस्तारबारे यसरी लेख्नुभएको छ ।“.....अर्घाखाँचीको चुत्राबेशी, बल्कोट तथा खिदिममा हाइस्कुल थिए । गुल्मी–अर्घाखाँचीमा अर्घाका खुबिराम आचार्यद्वारा बिउ रोपीएको कम्युनिष्ट बिचारको प्रभाव बिषेशत ः पश्चिमीभागमा बढि थियो । चुत्राबेशीको हाइ स्कुल सञ्चालनमा सक्रिय मित्रलाल भुुसाल , बिष्णुप्रसाद भुसाल , गुणनिधी भुसाल, बिष्णु प्रदिप लगायतका ब्याक्तिहरु बामपन्थी थिए । त्यसको सोझो प्रभाव स्कुलमा परेको थियो । त्यहाँ बामपन्थी इतर शिक्षक निरुत्साहित गरिन्थे । बल्कोट हाइ स्कुलको स्थापनाकालका प्रध्यानध्यापक केशरमणी पोख्रेलका कारणले सोपनी बामपन्थि पं्रभावमा थियो । उता गुल्मीको रिडिमा रहेको हाइ स्कुलका प्रधानाध्यापक दिवाकर ज्ञवाली लगायतका बामपन्थिहरुको प्रभावमा थियो भने पश्चिम तर्फ प्युठान बामपन्थिहरुको गढ नै मानिन्थ्यो । यसरी प्युठान–चुत्राबेशी–बल्कोट–रिडिको हाइ स्कुलहरुको एउटा बामपन्थि राजमार्ग नै बनेको थियो । ’’
सन्धिखर्क सदरमुकाम ल्याउन संघर्ष
बि.स २०२४ सालमा अर्घाखाँचीको सदरमुकाम गुल्मीबाट अलगिएर ठाडामा स्थापित भएको थियो ।
‘कुनबाटो ?’ र ‘मुलबाटो’ बिच बिवाद
पार्टी केन्द्रमा पुष्पलाल श्रेष्ठ र नेकपाको तेस्रो महाधिबेशनबाट निर्बाचित पार्टी महासचिव तुल्सिलाल अमात्य बीच राजनीतिक मत भिन्नताहरु बढ्दै गएपछि तुल्सीलालले कुनबाटो ?’ र त्यसको जवाफमा पुष्पलालले ‘मुलबाटो’ नामक पुस्तकहरु लेखेर आ–आफ्ना बिचारहरु पार्टी भित्र सार्बजनिक गर्नुभयो । पुष्पलालका बिचारहरुबाट प्रभावित अर्घाखाँची समेतका पश्चिमका जिल्लाहरुले ०२३ सालमा तीन महिना भित्र पार्टीको महाधिबेशन आयोजना गर्न महासचिवलाई दवाव दिए । यस बिषयमा सल्लाह गर्न प्रत्येक जिल्लाबाट २÷२ जना प्रतिनिधीहरु माग गरिए बमोजिम अर्घाखाँचीबाट मोहनलाल आचार्य र गुणनिधी भुसाल बनारस जानुभयो तर समस्या समाधान भएन ।
०२४ सालमा प्युठानको तिरामफाँटको झिमरुक किनारको एउटा ओढारमा दाङ,प्युठान, बाग्लुङ्ग, अर्घाखाँची र गुल्मी लगाएत ६ जिल्लाका अगुवा पार्टी कार्यकर्ताहरुकोे भेला आयोजना भयो । अर्घाखाँचीबाट खुबिराम आचार्य र कुलचन्द्र मरासिनी, बाग्लुङ्गबाट चित्रबहादुर केसी , गुल्मीबाट माधव ज्ञवाली ,गोबिन्द ज्ञवाली र केशरमणि पोख्रेल सहभागी भएको कुरा कुलचन्द्र मरासिनीले जानकारी दिनुभयो । ‘कुनबाटो ?’ र ‘मुलबाटो’ मध्ये तत्काललाई कतै नलागि तथस्ट रहने निणर्य भयो
ने. क.पा को तेस्रो सम्मेलन
क.पुष्पलाल श्रेष्ठले बिभाजित र निष्कृय कम्युनिष्ट पार्टीलाई एकीकृत र क्रियाशिल तुल्याउने अभिप्रायले २०२५ साल जेठमा ने.क.पा को तेस्रो सम्मेलन बनारसमा आयोजना गर्नुभयो । चेतनाथ शर्मा पौडेलको भनाई अनुसार सो सम्मेलनमा अर्घाखाँचीवाट मोहनलाल आचार्य, नेत्र पन्थी, रामचन्द्र भुसाल (केरुगां) र चेतनाथ पौडेल सहभागी हुनु भएको थियो । पार्टी केन्द्रले जारि गरेको नयाँ जनवादी कायक्रमको मस्यौदापार्टीब्यापि रुपमा अध्ययन र छलफल गरि अर्घाखाँचीगुल्मी जिल्ला कमिटीले पुष्पलालको नयाँ जनवादी कार्यक्रमलाई पारित गरेर पठायो । त्यही बैठकले अर्घाखाँची गुल्मी अलग अलग जिल्ला कमिटी गठन गर्ने पनि निर्णय गर्यो । सम्मेलनबाट दीर्घकालीन सशस्त्र संर्घषको कार्यदिशा र नयाँ जनवादी कार्यक्रम पारित भयो । पुष्पलालको संगठनले लुम्बिनी , गण्डकी र राप्ती अञ्चलमा बिकास र बिस्तार गर्यो । लुम्बिनीका सबै जिल्लाहरुमा संगठन कमिटीहरु निर्माण भए । अर्घाखाँचीमा मोहनलाल आर्चाय,गुणनिधि भुसाल र गौरिशंकर खनालहरु जिल्ला कमिटीमा समावेश गरिनुभयो । सम्मेलनका मस्यौदा दस्ताबेजहरु अध्यान भेलामा मोहन बिक्रम सिहले जेलबाट तत्कालको लागि पश्चिमका साथीहरु तथष्ट रहने भनी पठाएको पत्रको आधारमा खुबिराम आचार्यहरु तथष्ट रहनु भयो । त्यसै बेलादेखि पार्टीमा बिभाजनको रेखा कोरिन थाल्यो ।
२०२८ सालमा जिवराज आश्रीत (क.बिदुर) जेलबाट छुटेर आउनुभयो र लुम्बिनी अञ्चलको पार्टी सचिव बन्नुभयो । अर्घाखाँचीमा क. मणिराम भट्टराई सचिव रहेको जिल्ला कमिटी पुर्नगठन गरियो । सचिव नेत्र पन्थी , सदस्यहरुमा देवराज भार ,हेमन्त गौतम र गुणनिधि भुसाल रहनुभयो । पछि गुल्मीबाट होमनाथ भट्टराई, माधव पन्थी र भारत प्रवासबाट सरुवा भइ आउनुभएका चेतनाथ पौडेल पनि सो कमिटीमा समाबेश हुनुभयो । प्राय ः सबै गाउँहरुमा पार्टी संगठन निर्माण र जाली फटाहा बिरोधीआन्दोलनहरु सम्पन्न भए । चिदिकाका मानबहादुरज्ञवाली बिरुद्धको संर्घष ,धन्चौरको जिम्वाल पदमबहादुर रायमाझी विरुद्धको आन्दोलन , कुरको टिका प्रसाद भुसाल बिरोधी आन्दोलन र बाँगीको गुनबहादुर खडका बिरोधी आन्दोलन, नुवाकोटमा भएका बिभिन्न जाली फटाहा बिरोधी सर्घष र आन्दोलनले जनचेतना जगाउन मद्धत गरेका थिए ।
न्युक्लीयसको असफलता
काङ्गे्रसी नेता सुवर्णसम्शेरको बक्तव्यलाई सर्मथन गरेर वि.पी कोइरालाहरु जेलबाट छुटेपछि राजा महेन्द्रले सन्तुलन मिलाउनको लागि मनमोहन अधिकारी , मोहन बिक्रम सिंह र शम्भुराम श्रेष्ठहरुलाई पनि जेल मुक्त गरिदिए । मोहन बिक्रम सिंहले न्युक्लीयस नामक एउटा मञ्च गठन गरेर पार्टीलाई एकिकृत योजना र कार्यक्रमका साथ अघि बढाउने प्रयास गर्नुभयो । मोहन बिक्रम सिंहको पहलमा गठित न्युक्लियसको अर्थ नाभी (केन्द्र) भन्ने हुन्छ र यसका सचिव मोहन बिक्रम सिंह रहेका थिए । तर नेताहरु बिच आफ्नै अडानमा रहनुभएकाले प्रयास सफल हुन सकेन । पुष्पलाल आफ्नै संगठन बिस्तार र सुदृढिकरणमा लाग्नुभयो भने मोहन बिक्रम सिंह पनि बिचार मिल्ने साथीहरुलाई लिएर चौथो महाधिवेशनको तयारीमा जुट्नुभयो । उहाँले पुष्पलाललाई नेपाली काङ्ग्रेसको पुच्छर बनेको आरोप लगाउँदै गद्धार पुष्पलाल भनेर एउटा पुस्तक नै प्रकाशित गर्नुभयोे । यद्यपी पछि आएर सो पुस्तकको शीर्षक त परिमार्जन गरिएको छ तर पुस्तक भित्रका बिचार र बिषयबस्तुभने यथावत रहेका छन् । त्यसै गरी तेस्रो महाधिवेशन पछि निष्कृय रुपमा दिल्लीमा रहेका ने.क.पा.का महासचिव तुल्सीलाल अमात्यले कुन बाटो ? र पुष्पलाल श्रेष्ठ ले मुल बाटो शीर्षक राखेर पुस्तकहरु लेख्नुभयो ।
२०२५ सालको तेस्रो सम्मेलनले पारित गरेको दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको माध्यमबाट मुलुकमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने लक्ष्य अनुरुप जिल्लाका बिभिन्न भागमा पार्टीकमिटीहरु निर्माण गर्ने अभियान चल्यो । २०२७ सालमा छत्रगञ्जमा दिलचन्द्र भण्डारी सचिव रहने गरि लक्ष्मण रायमाझी , लिलामणी पन्थी ,कविराज पन्थी र राजेश शाह समेत पाँच जनाको एउटा गाँउ कमिटी बन्यो । माधव पन्थीले यो कमिटीका साथीहरुलाई प्रशिक्षण दिनुहुन्थ्यो । पछि सो कमिटीमा प्रदिप नारायण शाह समावेश गरिनुभयो ।
त्यही बर्ष दिलचन्द भण्डारी सचिव रहने गरी नेत्र घिमिरे ,रणकुमार श्रेष्ठ ,हेमनाथ भुसाल , गुणनिधि भुसाल , रामचन्द्र भुसाल ,मिनराज पौडेल र मोहनलाल आर्चायको बिचमा किसान मोर्चाको जिल्ला कमिटी बन्यो । २०२८ सालमा यहीकमिटीको नेतृत्वमा बल्कोटका फटाहा नेत्र प्रसाद ज्ञवालीको घर घेराउ गर्ने कार्य गरियो ।
झापा किसान बिद्रोह र अर्घाखाँचीमा यसको असर
मनमोहन अधिकारी इन्र्चाज रहनुभएको ने.क.पा को पूर्व कोशी प्रान्तीय कमिटी मातहतको झापा जिल्ला कमिटीका युवा कमरेडहरु प्रान्तीय कमिटीको निश्कृयता प्रति आलोचक बन्दै गएको बेला मेची पारी भारतको पश्चिम बंगाल प्रान्तको नक्साल बाडीगाँउबाट वर्ग शत्रु सफायाको उग्रवादी आन्दोलन शुरु भयो । चारु मजुमदार र कानु सन्याल जस्ता क्रन्तिकारी नेताको बिचारको आधारमा शुरु भएको आन्दोलनले मेची वारीका झापा लगाएतका जिल्लाका युवा क्रान्तिकारी कम्युनिष्टहरुमा जवरजस्ती प्रभाव नपारी रहन सकेन । यो आन्दोलनलाई साँस्कृतिक क्रान्तिकालको पेइकिंग रेडियोले अत्याधिक महत्व दिएर समाचार प्रशारण गर्न थाल्यो । झापाका क्रान्तिकारीहरुले पनि लामो बहस र छलफल पछि वान एरिया ,वान स्क्वायड ,वान युनिट र वान एक्सनको आधारमा बर्ग शत्रु सफाया गर्न गुरिल्ला युद्ध शुरु गर्नुभयो । क. चारु मजुमदारले भोगेन राजवंशी नामका एकजना बंगाली कमरेडलाई झापा आन्दोलनमा सहयोग गर्न गुरिल्ला कमान्डरको रुपमा नेपाल पठाएका थिए । संर्घषको क्रममा झापामा उनि पनि समातिए र अरु साथीहरु संगै लामो अवधि सम्म जेलमा राखिए । त्यति बेलाको एउटा लोकप्रिय मैथली क्रान्तीकारी गीत यस्तो थियो
‘‘काटकै परि हो भैया काटेकै परि मोरा सामन्तके गर्धन वा काटेकै परि ......’’
झापा संर्घषका अगुवा नेताहरुमा केपी वली , सीपि मैनाली , मोहनचन्द्र अधिकारी र आर .के मैनालीहरु हुनुहुन्थ्यो । उहाँहरुको बीचमा चिनका अध्यक्ष हामी नेपाली कम्युनिष्टहरुका पनि अध्यक्ष भन्ने भनाइ समेत प्रचलित थियो । उहाँहरु सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने माओको भनाइमा सत प्रतिशत विश्वास गर्नुहुन्थ्यो । राजाको पञ्चायती सरकारले ब्यापक धरपकड गर्यो र पाँच जना क्रान्तीकारीको कायरतापुर्वक हत्या गर्यो । २०२८ जेठ २ गते देखि शुरु भएको भापा बिद्रोहको क्रममा गिरफ्तार गरि जेलमा राखिएका र जेल सरुवाको बहानामा २०२९ साल फागुन २१ गतेका दिन सुखानीको जंगलमा लगेर ,रामनाथ दाहाल , नेत्र घिमिरे ,विरेन राजवंशी ,कृष्ण कुईकेल र नारायण श्रेष्ठको सरकारले गोली हानेर हत्या गर्यो । पञ्चायती सरकारले हत्या र दमनको भरमा आन्दोलन सिथिल पार्ने प्रयास गर्यो ।
पूर्वी भागको यो आन्दोलनले हाम्रो पश्चिमाञ्चलमा पनि उष्णता थप्यो । अर्घाखाँचीका युवा कमरेडको मनस्थिति उच्च हुने गरेको बेला यहाँ पनि मोहन बिक्रम सर्मथक साथीहरु अलग हुनुभयो । बिष्णु प्रदिप, दण्डपाणी मरासिनी , रामचन्द्र पोखे्रल, खुबिराम आचार्य , गंगाधर घिमिरे ,कुलानन्द बंजाडेहरु मोहन विक्रम धारमा लाग्नुभयो । मोहन विक्रमले झापा संर्घषको बिरोधमा लेख रचनाहरु लेख्न शुरु गरे ।
२०२९ सालको ने.क.पा को चौथो सम्मेलन पछि पार्टी भित्र बिवादहरु बढ्दै गए । केशरमणी पोखे्रलले पुष्पलाल श्रेष्ठ सँंग मतभेदहरु राख्दै देश भित्र पस्नुभयो र उहाँ इन्र्चाज रहनुभएको लुम्बिनी अञ्चल पार्टी सचिवालय र पार्टी केन्द्र बिच दुरी बढ्न थाल्यो । नयाँ जनवादी कार्यक्रमकै कार्यनिती अनुरुप लुम्बिनीमा पार्टी संगठन बिस्तार र सुदृढिकरण अभियान युद्धस्तरमा अघि बढेपनि केशरमणी पोख्रेलको अन्र्तनिहित महत्वकांक्षा आफ्नै खालका रहेको थियो ।
चुत्रावेशी छाप्रो काण्ड
२०२८ सालको माघमा चुत्रावेशीमा भएको यो छाप्रो काण्ड मोहन विक्रम र पुष्पलालका कार्यकर्ता बिच भएको एउटा कानुनी लडाई थियो । बाहिर छाप्रो भएपनि भित्र राजनिति थियो । भएको के थियो भने डिल्लीराज भुसाल स्याँले र बुद्धि रायमाझीले चुत्रावेशीको बगरमा एक एक वटा स्याउले छाप्राहरु बनाएर पसल गरेका थिए । जनज्योती मा.वि.का शिक्षकहरु प्र.अ. पुरुषोत्तम आर्चाय सहित मसाल धारका भएकाले सो जग्गा जनज्योती हाइ स्कुलको हो भन्ने दावी गर्दै बिद्यार्थीलाई संगठित गरेर सहिद टंक भुसालको नेतृत्वमा मालसमान सहित छाप्राहरु भत्काउन लगाए । चार,पाँच दिन सम्म ब्यापारीमालसमान खुला बगरमा रह्यो । लिखित उजुरी नरपानी जिल्ला प्रशासनमा पुग्यो । छलफलको माध्ययमबाट मिलापत्र हुन नसेकेकाले पुरुषोत्तम आर्चाय सहितका कुलानन्द बंजाडे र खिमानन्द पन्थीलाई ३३ हजारको बिगो दावी सहित तम्घास जिल्ला अदालतमा लुटपिट मुद्दा दर्ता भयो । केही महिना पछि पुरुषोत्तम आर्चाय पुनः पुष्पलाल धारमा फर्कनुभएकाले सो मुद्दा मिलापत्रमा टुङ्गियो ।
मोहनबिक्रम सिंह सोंचेर समात्ने प्रयास
२०२९ सालको साउनमा एक सातासम्म झरी लागेर बाँगी खोला उर्लेको थियो । जुनेली रातमा टहटह जुन लागेकाले खोलाको पानी टल्केको देखिन्थ्यो । यक्तिकैमा रतहले फाँँटको एउटा घरमा मोहन बिक्रमले विद्यार्थीहरुलाई प्रशिक्षण दिँदैछन भन्ने सुचना आयो । जिल्ला पार्टी सचिव क.नेत्र पंथिको उपस्थितिमा हामीपुष्पलाल सर्मथकले तुरुन्त बैठक बसेर मोहन बिक्रमलाई समातेर बनारस पुर्याउने र पुष्पलालसंग भेट गराउने निर्णय गर्यांै । सारा बजारबासी र बिद्यार्थीहरु रतहले पुगेर पुष्करनाथ भुसालको घर घेरा हाल्दा माछो माछो भ्यागुतो भनेभंmै मोहन बिक्रम नभएर रामचन्द्र पोख्रेल गुरुले विद्यार्थीहरुलाई माक्र्सवाद सम्बन्धी प्रशिक्षण दिदैँ हुनुहुँदो रहेछ । उहाँलाई उपल्लो तलाबाट ससम्मान तल्लो तलामा ओरालेर घरतर्फ पठाउने काम गरियो । मोहन बिक्रमलाई पार्टी फुटाएको आरोप लगाउँदै गुरुलाई भलाए डाँडा तर्फ उक्कालो लगायौँ । हाम्रा आरोपको उहाँले खासै प्रतिवाद गर्नुभएन । जे लाल्छाना लगाएपनि लगाउनुहोस मात्र भन्नु भयो ।
अञ्चल कमिटीको सम्मेलन
२०२९ साल मंसिर मसान्तको दिन वा पौष १ गतेको अघिल्लो साँझ नेपाल कम्युनिष्ट पार्टीको अर्घाखाँचीमा पर्चा छरेको आरोपमा प्रशासनले क. देवराज भार , नेत्र बहादुर क्षेत्री , अमर प्रसाद न्यौपाने ,रामप्रसाद अधिकारी, दिलचन्द्र भण्डारीलाई पक्राउ गरेर नरपानी ठानामा यातनापुर्वक राखेको थियो । चैत्र ६र ७ गते पार्टीको लम्बिनी अञचल सम्मेलन केरङगा खेमराज खनालको घरमा आयोजना भयो । २ दिन सम्म चलेको सो सम्म्ोलनमा क. सीद्धिनाथ ज्ञवाली , जिवराज आश्रीत (वीदुर),नेत्र पंथि (महेश ) ,दिलचन्द्र भण्डारी ,रणकुमार श्रेष्ठ, रामचन्द्र भुसाल , हेमन्त गौतम हेमनाथ भुसाल ,मिनराज पौडेल , पिताम्बर भुसाल ,गौरिशंकर खनाल , केशव घिमिरे (पालि ) लगायत जिल्ला बाहिरका सहभागी समेत गरि करिव २०० जना पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो ।
अर्घा मुर्तिकाण्डको झुटा मुद्धा
२०२९ सालको चैतमा अर्घा भगवतिको मुर्ति हराएको हल्ला चल्यो तर मुर्ति कसले चोर्यो कसैलाई किटानीसाथ थाहा भएन । त्यसबेला पुरषोत्तम आर्चाय ज.ज्यो.मा.वि. का प्र.अ. र अर्घा गाँउ पञ्चयातका प्रधान पञ्च समेत हुनुहुन्थयो । उहाँ घटना घटेको थाहा पाएर अर्घा मेदान पुग्दा आलोपालो गरि पूजा गर्ने पूजारी मध्य कसैले उहाँलाई मौलामा बाँधेर खुँडाले उहाँको घाँटि रेट्न थाले । उहाँको गोजिमा देवताको पूजासामान सम्बन्धी कुने सानो बस्तु राखिदिए ताकि दोषीको रुपमा बरामद गर्न सकियोस । आदरणिय निर्दोष गुरु तथा प्र.अ. लाई मैदानमा बाँधेर राखेको खबर हुरी बतासझैँ जिल्ला भर फैलियो । भोलि पल्ट ज ज्यो. हाई स्कुलका सम्पूर्ण शिक्षक विद्यार्थीहरु र चुत्रावेसी बजारका सारा बजारबासीहरु अर्घा मैदानतिर उकालो लागे ।विद्यालय र बजार दुबै बन्द भए । अर्लिवाङ तल उकालोमा पुग्दा पुरुषोत्तम आर्चायलाई बिचमा राखेर प्रहरी र स्थानीय पञ्चहरले सदरमुकाम नरपानि पुर्याउन ओरालो झारेको बेला तलबाट निसकेको जुलुस सित जम्काभेट हुन पग्यो । जुलुसका सहभागि बल्याक बेल्ट विजयी रामबहादुर गुरुङले नाकमा एक किक दिँदा एकजना अगुवा पञ्च पूजारीको नाथ्रो फुटेर रगतका र्छिका छरर्र भुइँमा खसे । जुलुसले पुरुषोत्तम आर्चायलाई प्रहरीको पञ्जाबाट फुत्काउने प्रयास पनि गरेन । कसैलाई केही गर्ने पार्टीको योजना पनि थिएन । करिव एक साता पछि नरपानीबाट तीस पैँतीसजना प्रहरीको जत्था चुत्रावेसी आएर सबै बजारियाहरु र जनज्योतिका समपुर्ण शिक्षकहरुलाई मुर्ति चोरेको भन्ने आशंकामा पक्राउ गरेर सदरमुकाम नरपानी तर्फ उकालो लगायो । बैसाखको गर्मिमा छाता ओढेर नरपानी पुग्दा थैले थानेदारले अभियुत्तहरुलाई छाता ओढ्न नदिने र आधा घण्टासम्म सूर्यपाक गराउने कडा आदेश जारि गर्यो । २०१६ सालमा चुत्रावेसिमा राजा महेन्द्र आउँदा तयारिको क्रममा हवल्दार रहेको र जुवा खेल्दा पैसाको थेलो नै थाप्ने र घुस माग्दा पनि थैलो भरि पैसा माग्ने भएकाले उस्को उपनाम जुवाडेहरले थैले ठानदार नाम राखेका थिए ।
मुर्ति चोरियो भनिएको अर्घा मैदानमा पञ्च प्रशासन र प्रहरिको रोहभरमा सर्जमिन मुचुल्का उठाउँदा एक जना सम्मले पनि आरोपितहरको बिपक्षमा बकपत्र गरेनन । तैपनि पुन नरपानि फर्काएर थैले ठानदारले प्ति व्याक्ति र पाँच सय नगदि घुस खाएर अञ्चल अदालत बुटवलमा तत्कालको लागि तारिख धाउन नपर्ने गरि मुद्दा मुल्तविमा राखिदियो । तर बर्रे संर्घष पछि २०३१ सालमा गुणनिधि भुसालको गाँउको घरबाट नक्कली मुर्ति बरामद गराएर प्रशासनले मुद्दा पुन उल्टायो र बिष्णु प्रसाद भुसाल , गुणनिधि भुसाल ,गौरिशंकपर खनाल ,नारायण खनाल र हेमन्त गौतम हरुलाई तारिख लगाउर साहै्र दुख दियो ।
२०२९ साल मंसिर ३० गतेका दिन प्रचार छरेको आरोपमा क.देवराज भार, क.नेत्रबहादुर क्षेत्री क.अमरप्रसाद न्यौपाने र क रामप्रसाद अधिकारीलाइ पक्राउ गरेर यातनापुर्बक हिरासतमा राख्यो सोही बर्ष चैत्र ६ र ७ गते पार्टीको लुम्विनी अञ्चल सदस्य कं सिद्धिनाथ ज्ञावलीको प्रमुख आतिथ्यतामा केरुङ्गा क. खेमराज खनालको घरमा आयोजना भयो । सम्मेलनले सामन्त फटाहा बिरोधी आन्दोलनलाइ अञ्चलब्यापी रुपमा बिस्तार गर्ने निर्णय गरयो । यसै क्रममा किमडाडाको आपखोलामा एउटा ठुलो कार्यकर्ता भेला आयोजना भयो चेतबहादुर पौडेलको थारो मा सम्पन्न सो जिल्ला स्तरिय भेलामा कं जिवराज आश्रित प्रमुख अतिथि रहनु भएको थियो । त्यपछि तत्कालीन किमडाडा गाउ पञ्चायत बार्ड न ९ बृत्तिदेखि तलको ठुलो खोल्सामा एउटा बृहत प्रशिक्षण कार्यक्रम आयोजना गरियो सो १ दिने जिल्ला स्तर प्रशिक्षणका प्रमुख प्रशिक्षक क. केशरमणि पोख्रेलले कार्यकर्ता कडा सुरक्षा घेराभित्र कार्यकर्ताहरुलाइ रातभर प्रशिक्षण दिनुभयो ।
२०२५ सािल देखि ३० सालसम्म भएका जाली फटाहाबिरोधी प्रमुख सघर्षहरु
कम्युनिष्ट पार्टीको संगठन बलियो बनिसकेको बल्कोटमा जुवाडे साहूहरुलाय पक्राउ गरेर जुवा खेल्दा गराइएको तमासुकहरु च्यातेर पेसा जफत गरी त्यहाको हाइ स्कुलमा लगाइयो । त्याक कालाबजारीयाहरुलाइ कारवाही र जरिवान गरीयो । राजमार्ग बनाउने नाममा जनताबाट चन्दा उठाएर खाने फटाहा मानबहादुर ज्ञावली लगाएतका ब्याक्तिहरुलाय पञ्चायत सम्मेलनको बेला बेइजत गरीयो र सम्मेलन नै बिफल हुन पुग्यो ।
छत्रगंज र केरुङगामा फटाहाहरुले दर्ता गरेको सन्धिसर्मन जग्गा सार्बजनिक गराइयो । ०२८ सालमा प्रेमबहादुर लगाएतका फटाहाहरुले ज्यानमारा मुद्दा लागाइ रु १३सय घुस खाएको फिर्ता गराइयो ।
वाङलामा फटाहाहरुले सिधासाधा जनतालाइ जुवा खेलाइ रु ७ हजार भन्दा बढिको तमाचसुक बनाएकेमा सो तमासुक चेताएर अव आइन्दा त्यसो गर्ने छैनौ भनी कागज गराउने काम भयो ।
खिदिमको धर्मशालामा नन्नलाल र रामबहादुर सुनारको नेतृत्वमा अछुत किसानहरुले पानी खाय। रुढिबादी सामन्त र सम्रान्त काङगे्रसहरुले बिरोध गरेकोले ठुलो झडप भयो फटाहाहरुले अनेको निहुमा उनिहरुलाइ ३ महिना सम्म तम्घास जेलमा थुनाउने काम गरे ।
२०२६ सालमा जि.मु पदम बहादुर रायमाझीले घोराखोरीका किसानहरुबाट खाएको रकम र गाग्रि ताउला फिर्ता गराइयो । सोही बर्ष धनचौरमा किसानको खेत हडपेका भट्टराइ थरका फटाहालाइ पार्टीको नेतृत्मा धान कटाएर सबन्धित पीडित किसानलाइ बुझाइएको थियो । धनचौर देउरालीको चौर रातारात खनेर टहरा बनाइ स्थानीय सुकुम्वासीहरुलाइ बसोवासको ब्यबस्था मिलाइएको थियो । त्यसै गरी २०२८ सालको चैत्रमा बल्कोटमा नेत्रलाल ज्ञावलीले स्कुलमा आफ्नो जहानिया हैकम चलाएन खोजेकोले पार्टीको नेतृत्वमा बिरोध भयो फटाहाहरुले आफ्नो घर फोरीएको निहुपारी स्कुलमा तालाबन्दी गरे । पछि पार्टीको पहलमा ताला तोडियो । यही मुद्दालाइ लिएर सरकारले मोहनलाल आचार्य र देवराज भारलाइ पक्राउ गरी तौलिहवा जेल जलान गरयो । खिदिमका दामोदर,केरुङगाका बलराम किमडाडाका खिलध्वज थापा आदि फटाहाहरुबाट गरिब महिलालाइ ठगि खाएको रकम फिर्ता गराउने काम भयो । चुत्राबेशी हाइ स्कुलमा शिक्षक फर्सुराम पराजुलीलाइ निष्काशन गरेकोमा बिद्यार्थिहरुले चुलुस घेराउ आन्दोलन गरे । वाङलाकी मनकलि अधिकारीले जनज्योति हाइ स्कुललाइ दिएको जग्गा फटाहाहरुले हडपेकोमा सघर्ष गरी मुल्य फिर्ता गराइयो।
२०२९ सालमा कुरका भुपलाल खनालको निबेदनको आधारमा अर्घाका मानबहादुरले लुटि लगेको भैसी घोचेखोला गोर्धानेबाट फिर्ता गराउने काम भयो । आगो लागेको सिहदरबार पुनरनिमार्णको निम्ति चन्दा उठाउन हिडेका पञ्चको रसिद बुक खोसेर बुद्धि रायमाझी समेतका साथिहरुले जलाइदिएका थिए ।
सदरमुकाम सन्धिखर्क ल्याउन भएका प्रयास ।
२०१८ सालमा अर्घाखाँची र गुल्मी अलग जिल्ला घोषित भएपछि यहाँका कम्युनिष्टहरुले सदरमुकाम सन्धिखर्क ल्याउनुपर्ने अभियानको नेतृत्व नै गरे । यो प्रयासमा तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य जिवनारायण बेलबासे र अर्घाका नारायण प्रसाद भुसाल असहयोगी रहेका थिए । उनिहरुकै बिरोधका कारण सदरमुकाम तम्घासबाट छुटिएर ठाडा पुगेर बस्यो । पछि पुर्वतिरका पञ्चहरुको कारणले केही बर्ष नरपानीमा जिल्ला सदरमुकाम रह्यो । यस अवधिमा यहाँका समाजसेवी कम्युनिष्टहरु चुत्रावेशीमा सदरमुकाम ल्याउन मन्त्रालमा प्रतिनिधि मण्डलको रुपमा थुपै्र पटक गए । प्रतिनिधि मण्डलमा जानेहरुमा पुरुषोत्तम आर्चाय , डिलाराम भुसाल ,मित्रलाल भुसाल , बिष्णु प्रसाद भुसाल, गुणनिधि भुसाल, प्रेमनारायण खनाल र बिष्णु प्रदिप, कर्ण प्रसाद खनाल हुनुहुन्थ्यो । उहाँहरु काठमाडौ गएर तत्कालीन प्रधानमन्त्री सुर्य वहादुर थापा सँग भेट गरी ठाडामा प्रशासकीय भवन निर्माण गर्नको लागी निकासा भएको रु. तीन लाखको पत्र रद्ध गराउनु भयो ,तर पनि सदरमुकाम छ वर्षजती नरपानीमा रोकिएर मात्र सन्धिखर्क झर्न सक्यो ,। २०३० साल कार्तिक २६ गतेको बिशाल किसान जुलुस आयोजना भएको केही महिना पछि राजा बीरेन्द्र नरपानी आउँदा उनले तत्कालिन जिल्ला पञ्चायत सभापती दुर्गाबहादुर शाहसित आफुले नरपानीमा जुलुस आएको कुरा सत्य हो भनि सोधेछन् । दुर्गाबहादुर शाहले हो सरकार सदरमुकाम चुत्राबेशीमा सार्नुृ पर्छ भन्ने माग राख्दै नरपानीमा बिशाल जुलुस आएको थियो भनेछन् । यो भनाईले शाहजी पनि सदरमुकाम सन्धिखर्कमा सारिनुपर्ने मान्यताको पक्षधर रहेको देखिन्छ ।
२०३०सालको कार्तिक २६ गतेको किसान ¥यालीने.क.पा को लुम्बिनी अञ्चल कमिटीले २०३० साल कार्तिक २६ गतेका दिन अञ्चलका ६वटै जिल्लाहरुमा बृहत किसान जुलुस प्रर्दशन गर्ने निर्णय गर्यो । नेपालकोकिसान आन्दोलनको इतिहासमा लुिम्बनीको यो किसान जुलुसको आफ्नै ऐतिहासिक महत्व रहेको छ । ने.क.पा को तेस्रो सम्मेलन द्धारा पारित दीर्घकालीन शसस्त्र कृषि क्रान्ती द्धारा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने पार्टीको लक्ष्य उद्देश्य सित यो किसान आन्दोलन गाँसिएको छ । नेपालको अर्ध सामन्ती र अर्ध औपनिवेशीक अवस्थामा क्रान्तिकारीपरिवर्तन ल्याउने प्रयासको त्यो जुलुससुरुवात थियो ।
त्यतिबेला पञ्चायती किर्तिनिधि बिष्टले राजा र पञ्चायतको बिरोध गर्नेको बिरुद्ध मृत्यु घण्टा बजाउँदै हिड्न थालेको थियो । युवा राजा विरेन्द्रलाई निरंकुस बन्न र कथित अराष्ट्रिय तथा अवान्छित तथ्यलाई ( कम्युनिष्ट र काङगे्रस ) लाई दमन गर्न पञ्च र प्रशासनलाई उक्साउँदै थियो । झापा संर्घषका योद्धाहरुलाई सरकारले ब्यापक धरपकड र दमन गरिरहेको परिस्थितिमा कम्युष्टि पार्टिको नेतृत्वमा बिशाल किसान जुलुस प्रर्दशन हुनु आफैमा उपलब्धि थियो । नरपानीमा अन्य जिल्लाको तुलनामा जुझार र सानदार जुलुस सफलता साथ सम्पन्न भयो त्यति बेला राजधानीबाट प्रकाशित हुने मातृभुमी र वुटवलको खसोखास जस्ता पत्रिकाहरुले राम्रो समिक्षात्मक समाचार प्रकाशित गरेका थिए ।नरपानीको जुलुस र कोण सभामा चार हजार जति किसानको सहभागिता रहेको थियो ।कोणसभामा होमनाथ पन्थी ,हेमन्त गौतम,विद्यार्थी नेता शसिधर आर्चाय ( पछि सुराकि भएका प्रभाकृष्ण पौडेलले जोशिला मन्तब्य व्याक्त गरेका थिए । नरपानीको चोर आन्दोलनकारीले पुरै ढाकिएको थियो । आन्दोलनका मागहरुमा ,हाम्रो बचत फिर्ता गर , जर्नाकर खारेज गर , मौलिक हक बहाली गर शिक्षा कर खारेज गर नँया शिक्षा पद्धती आरेज गर , तराइका नागरिकहरले नागरिकताको प्रमाणपत्र पाउनै पर्छ आदि थिए । कायृक्रम शान्ति पुर्ण रुपले सम्पन्न भयो । गुल्मि मा जुलुसको नेतृत्वमा रहेका क. प्रेम चनद्र भुसालको इनिस्पेक्टर सित गर्मागर्मी बहस र रिवल्भर खोसाखोस समेत भएको थियो ।
नरपानिको कोयासभा समापन भएपछि जुलुसका सहभागिहरु आफ्ना टोलि नेताको कमाण्मा गन्तवय तिर लाग्नु भयो । पुर्वतर्फ का सहभागिहर अड्गुरि तिर झरे भने दक्षिण खााचीका देउरालि तिर लागे । उत्तर पशिचम आउनेहरु हालको गच्छे बजार तर्फ झर्न लागे जहाँ क. जिवराज आश्रीत(वीदुर) र क.पुरुषोत्तम आर्चाय काइक्रमको रिपोृट सुन्न प्रतिक्षा रत हुनुहन्थयो त्यतिबेला जिवराज जि अं खा मा पार्टी इन्र्चाज हुनुहुन्थयो । बाँगी खोलाको बगरमा संक्षिप्त रिर्पोटिङ सुनेपछि जिवराज जि ले किसान र्यालिको महत्तव बारे संक्षिप्त चर्चा गर्नुभयो । जनतामा र्यालिको रामो्र शन्देस गयो र कायकर्तामा उत्साह थपियो । र्याली सफलतासाथ सम्पन्न गरेको मा लुम्बीनी अञ्चलमा अर्घाखाँचीको इज्जत पनि बढ्यो ।
प्रशासनले पार्टी कार्यकर्ताहरुलाई धरपकड गर्न शुरु गर्यो । सयौँलाइ वारेन्ट जारि गर्यो । अनेकौ लाईनरपानि ठानामा यातना दिइयो ।माधव पंथि र दिलचन्द्र भण्डारिलाइ नरपानि ठानामा यातनापुर्वक राखियो । घर खान्तलासिको क्रममा प्रहरिले रातो गातो गरेका रुद्रि , चण्डी र स्वस्थानीका पुस्तकहरुलाई समेत माओत्सेतुङका रेड बुक ठानेर जफत गर्यो । पार्टी जिल्ला कमिटीका दस्तावेजहरु एउटा ठुलै बाकसमा भरेर २०६७ सालको चैत्रमा बित्नुभएका सन्धिखर्क ९ बरनेटा निवासि क. टिकाबहादुर दर्जीको घर भित्र खाडल खनेर गाड्नुपर्ने स्थीती आयो । यस्तो दमनपुर्ण स्थीतिमा केशरमणि इन्चार्ज रहेको लुम्बिनी अञ्चल कमिटीले अझ ठुलो संर्घष गरेर पञ्चायती प्रतिक्रियावादिहरुको मुटुमा ढयाङगो्र ठटाउने र जनतामा उत्साह जगाउने योजना बनायो अर्थात अर्घाखााचीमा सामन्त बिरोधि संर्घष गर्ने निती निमार्ण गर्यो ।
त्यतिबेला अर्घाखाँचीको पार्टी जिल्ला कमिटीमा सचिव नेत्र पंथि र सदस्यहरुमा देवराज भार गुणनिधि भुसाल हेमन्त गौतम र होमनाथ पंथी हुनुहुन्थ्यो । त्यतिबेला गुणनिधि भुसाल शान्ति सुरक्ष ऐन अन्र्तगत तौलिहवा जेलमा नौ महिना जेल जिवन बिताएर २०२८ सालको पुसमा रिहाइ हुनु भएको थियो ।
बर्रे संर्घष
बर्रे संर्घष भनेको अर्घाखााचकिो सिद्धरा गाविसको बर्रे भन्ने स्थानमा ने क पा का नेता कार्यकर्ताहरुले पार्टीको लुम्बीनी अञचल कमिटीको निर्णय बमोजिमपार्टी नेता केशरमणिको नेतृत्वमा २०३० साल फागुन २८ गतेका दिन गरेको सामन्त बिरोधि राजनैतिक संर्घष हो । हामो्र पार्टी नेता कार्यकर्ताको विरुद्ध सुराकि गर्ने र धरपकड गराउनु प्रहरि प्रशासनलाइ सहयोग गर्ने सामन्त तथा सुदखोरहरुलाई सबक सिकाउन र उनिहरुले किसानहरुलाई गराएका जालि तमसुकहरु चेताउन तथा उनिहरुसंँग जनशोषण गरेर थुपारेको सुनचाँदि र नगद जफत गरि राजतन्त्र र उस्को पञ्चायतको विरद्ध सशस्त्र संघर्ष सुरु गर्न हतयिार किन्नको लागि गरिएको वर्ग संर्घषकै एउटा कडि थियो । बर्रेका सोभाकर वेल्वासेको घरमा फागुन २८ गते साँझ ८ः ३० बजेको समयमा १५ जना सशस्त्र गुरील्लाको सहभागितामा गरिएको सो मनि एक्सनलाई नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा बर्रे संर्घष नामाकरण गरिएको छ ।
बर्रे निवासि सोभाकर वेल्वासेलाई नै संर्घषको निसाना बनाइनुको कारण के हो भने उनले क. देवराज भार समेतका कम्युनिष्ट कार्यकर्ताहरुलाई पका्रउ गराउन पञ्चायति प्रशासनलाई सहयोग रस्थानिय जनतालाई चौपाँजे र ब्याजको पनि स्याज खाएर शोषण गरेका थिए । उनि तत्कालिन पञ्चायति रा पं सदस्यका दाहिने हात मानिन्थे र यहि हैसियतमा उन्ले दक्षिण खाँचिका जनताहरुलाईश्रम शोषण गर्दै आएका थिए । जिल्ला भरि थुपै्र गाँउका परिवारहरु यो लेखक समेतलाई सिद्धारे वेल्वासे साहुबाट पिडित हुन परेको थियो
बर्रे संर्घषको अर्को उद्देश्य मुलुकमा श्रमजिवि वर्गको प्रतिनिधि राजनैतिक पार्टी ससक्त हुदैँ गएको छ भन्ने जानाकारि आम जनतामा र प्रतिक्रियावादि राज्य सत्ता समेतलाई दिनु थियो । बर्रे संर्घषले जहाँ शोषण र दमन हुन्छ त्यहाँ प्रतिरोध पनि अवश्य हूनछ भन्न्ो द्धन्दात्मक सत्यलाई ब्यावहारमा पुष्टि गरेको थियो । सो संर्घषमासम्मीलित कुल १५ जना योद्धाहरुको नामावली यस प्रकार रहेको छ
क्र.स नाम
१ केशरमणी पोख्रेल
२ पिताम्बर भुसाल
३ देवराज भार
४ हेमनाथ भुसाल
५ बेदुराम भुसाल
६ चोपलाल भुसाल
७ नेत्र प्रसाद ढुंगाना
८ भेषराज ढुंगाना
९ लिलामणी ढुंगाना
१० मिनराज पौडेल
११ प्रभाकृष्ण पौडेल
१२ रामचन्द्र पौडेल
१३ बुद्धि बहादुर रायमाझी
१४ शशीधर आर्चाय
१५ हुम प्रसाद आर्चाय
गोपनियता भंग र धरपकड
बर्रे संर्घषको तयारीको क्रममा गुरिल्लाहरु गण्डकि अञ्चलबाट अर्घाखाँची आउने जानाकारी नेतसत्वले गराएको थियो ,। उताबाट एम.एस थापाले पठाउने कुरा थियो तर मिति नजिकिदै गर्दा त्यताबाट टोली नआउने सुचना प्राप्त भएकाले स्थानीय टोली बनाउँदा बैचारिक रुपले अपरिपक्व साथीहरु पनि समावेश गरिनुभयो । यस मध्ये साह्रै कलिलो र काँचो तर पार्टी ले माया गरि हुर्काएको जेहेन्दार बिद्यार्थी नेता शशिधर आर्चाय थिए यिनी कार्तिक २६ गतेको किसान जुलुस पछि सुराकी बन्न पुगेका रहेछन । एकजना स्थानीय खुनखार पञ्च मार्फत नगद रु १०००० र खरदारको जागिर पाउने आश्वासन प्राप्त गरेपछि उनै कम्युनिष्टको सुराकी गर्न नियुक्त भएका रहेछन् । बर्रे एक्सन पछि फर्कदा उ बुद्धि रायमाझिको ठिक पछाडि रहेछ । बुद्धिले बोकेको रुकसाइटको बाहिरबाटै बिँड देखिने गरि घुसारेको एउटा बिशेष खालको छुरा सुटुक्क निकालेर बाटोमा खसालिदिएछ । ताकि अर्को बिहान खोज तलासी गर्दा गुरिल्लाहरु फर्केको गाह्रो पत्ता लगाउन सहज होस । यो कुराको भेद बर्रे बाट चार घण्टापछि उत्तर आइ सकेपछि खुल्न पुग्यो । शशिमाथि शंकापनि गरियो तर नेतृत्वले तत्काल केही गर्ने हिम्मत गरेन ।
केशरमणि कसरी समातिए।
बर्रे बाट फर्केपछि शशि आर्चायले आफ्नो च्यानलबाट बर्रे संर्घषको मभतबष् िचभउयचत नरपानी प्रशासनमा पुराइसकेको रहेछ । पञ्च र प्रशासनलाई के खोज्छस् काना आँखो जस्तै भयो । तर तत्कालिन लुम्बिनी अञ्चलाधिश सुरेन्द्र बहादुर श्रेष्ठ साहै्र चतुर व्याक्ति भएकाले उसले समय लगाएर भएपनि पहिले केसरमणिलाई मात्र पक्राउ गरेर मात्र उनका कार्यकर्तालाई समात्ने निति अख्तियार गरेछ ।
बर्रे संर्घर्ष भएको फागुन २८ गते देखि चैत्र १६ सम्म केसरमणि ले विभिन्न बैठकहरु गर्न आए । यस अवधिमा धारापानीमा अनेकिस को प्रथम जिल्ला अधिवेसन गोप्य रुपमा केसरमणिको प्रमुख आथित्यमा सम्पन्न भयो । सम्मेलनले हेमनाथ भुसालको अध्यक्षतामा १५ सदस्यिय अर्घाखाँची जिल्ला कमिटी निर्माण गर्यो । पिताम्बर भुसाल सचिव चुनिनुभयो । सम्मेलन स्थालबाटै केसरमणि समातिने संभावना थियो तर त्यो दुखद घट्ना घटन पाएन
चैत्र १६ गते दिउँसोएक्सन टिमका एकजना सहभागी प्रभाकृष्ण पौडेल ढिकुराको सयनडाँडा स्थित नारायण खनालको घरमा पार्टी नेता केशरमणिलाई भेट गरेर चुत्रावेसीतिर फर्कने गरेको बेला वृक्तिको फाँटनिर शशिधर आर्चाय सित भेट भएछ । उनिहरु सहपाठी र बर्रे संर्घसका सहभागी रहेकाले शशिले साँइलदाई कहाँ हुनुहुन्छ भनि सोध्दा प्रभाले लोकेसन बताइदिएछन । अनि शशिले आफना माध्ययमबाट अनि शशिले तुरुन्तै आफ्ना माध्ययमबाट नरपानी सुचना पठाएपछि साँझ आठ बजे नारायण खनालको घरमा शसस्त्र प्रहरी टोली आएर केसरमणि पोख्रेल ,नारायण खनाल र उहाँ कादाजर टेकराज लाई पक्राउ गरे । उहाँहरुलाई नराम्ररी यातना दिदै चुत्रावेसी प्रहरीचौकीमा ल्याए । बाटोमा केसरमणिले आफुलाईमारेर खोलाको किनारमा खाडल खनि गाड्छन कि भनि सोँचेका रहेछन । तर उनिहरुले त्यसो गरेनन् । अर्को बिहान हेमनाथ भुसाल र बुद्धि रायमाझिलाई समातेर दिउँसो चुत्रावेसीबाट नरपानी चलान गरे । बाटोमा उनिहरुलाई भयानक यातना दिएर राति उनिहरुलाई तुरुङ (ठेँडुकाु) मा हालेर राखयो । अर्को बिहान हेमनाथ भुसाल ,बुद्धि रायमाझी र टेकराज खनाललाई नरपानी ठानामै छोडेर केसरमणि र नारायण खनाललाई बुटवल चलान गरियो । जिल्ला ब्यापी गिरफ्तार आतंंक सुरु भयो क. बेदुराम भुसाल, क. गोबिन्द भुसाल ,क. नेत्र ढुङगान ,क. भेषराज ढुङगाना,क. लिलामणि ढुङगान ,क. प्रभाकृष्ण पौडेल, क. गौरिशंकर खनाल, क. दिलचन्द्र भण्डारी लगाएतका १५० जति पुष्पलाल सूुहका कार्यकर्ता पक्राउ परेका थिए पक्राउ परेकामध्ये केशरणि पोख्रेल,हेमनाथ भुसाल,बुद्धिरायमाझी,नेत्रप्रसाद ढुङगाना, भेषराज ढुङगाना, लिलामणि ढुङगाना,प्रभाकृष्ण पौडेल,रामचन्द्र पौडेल र बेदुराम भुसाललाई २०३१ साल जेठ महिनाको दोस्रो हप्ता जेल चलान गरेयो ।शशिधर आर्चायलाई देखावटी गिरफ्तार गरेकोमा तारिख समेत बोक्न नगर्ने गरि छुट्टी दियो । देबराज भार, पिताम्बर भुसाल, मिनराज पौडेल, चोपलाल भुसालर हुमप्रसाद आचार्यलाइ अरु गिरफ्तार साथीहरुले प्रहरीले दिएको शरिरिक र मानसिक यातनाका बाबजुद बर्रे सघर्षमा उहाँहरुको संलग्नता नरहेको भनेर उहाँहरुलाइ जेल जानबाट जोगाउनु भयो । उहाँहरु फरार रहनुभयो । केशरमणिभने उहाँहरुको समेत संलग्नता रहेको भनेर बयान दिए । गिरफ्तार कार्यकर्ताहरुलाई प्रशासनले युुद्धबन्दिको जस्तो ब्यबाहार गर्यो
पुष्पलाल समूहका कार्यकर्ताहरुको यस्तो बिचल्लीको बेला मोहन बिक्रम पक्षधरहरुलाई संगठन बिस्तार गर्ने अवसर प्राप्त भयो । केशरमणि समेतका ९ जना सघर्षका सहभागीहरु जेल चलान भएपछि मोहन बिक्रमहरुले बनारसमा ने.क.पा.को चौथो महाधिबेशन सम्पन्न गरे सो महाधिबेशनमा अर्घाखाँचीबाट निम्न प्रतिनिधिहरुले भाग लिएका थिए ।
१.खुबिराम आचार्य २.गंगाधर घिमिरे ३.नरेन्द्रकुमार क्षेत्री र ४.पीताम्बर रायमाझी । महाधिबेशनबाट खुबिराम आचार्य र गंगाधर घिमिरे केन्द्रिय कमिटीमा चुनिनु भयो । महाधिबेशनले देशभक्त तथा जनतान्त्रिकहरुको सरकार भन्ने बिबादास्पद कार्यनितिक नारा पारित गरेयो ।
नेतृत्व जेल चलान भएपछि जिल्लामा पुष्पलाल समूहको संगठन बिस्तारमा अबरोध भयो ।बर्रे सघर्षमा संलग्न नरहनुभएका थुप्रै साथीहरुलाई प्रशासनले पक्राउ गर्ने ,वारेन्ट जारी गर्ने , आत्मसमपर्ण गराउने, राजा र ब्यबस्था प्रति आस्थावान गराउने र तारेखमा हाजिर हन लगाउने गरेकोमा साथीहरुमा भय र त्रासको बातावरण उत्पन्न भयो ।दिलचन्द्र भण्डारीलाई तारेख लिन जाँदा पुरुषोत्तम सिडियोले मोहनलाल आचार्य,नेत्र पन्थि र गुणनिधी भुसाल, जिबराज आश्रीतहरुलाई पक्राउ गर्न सहयोग गरे । उहाँलाई पुलिसको असइ बनाइदिने प्रस्ताव राख्यो उहाँले घरमा आएर नेत्र पन्थीहरुलाई आफनो घरमा नआउन आग्रह गनुभयो तर पार्टी सम्पर्क बिच्छेद गर्नुभएन । यसरी जिल्लामा सागंठनिक जीवन नै तहस नहस हुन पुग्यो ।
गिरफ्तारीबाट जोगिनुभएका क. देबराज भार र गुणनिधी भुसाल केन्द्रसित सम्पर्क लागि बनारस जानुभयो र पुष्पलालजी लाई रिपोर्टिङ गर्नुभयो । तर उहाँले केशरमणिको महत्वकाङक्षाले भएको घटनाले गर्दा बर्रे सर्घषको स्वामित्व ग्रहण गर्न तयार हुनु भएन वा पार्टी केन्द्रले बर्रे सर्घषलाईराजनीतिक घट्नाको रुपमा मान्यता दिन आँट गरेन ।
बर्रे संघर्ष पछि यहाँका साथीहरु २०३५÷०३६ साल सम्म तारेख धाउने जेल पर्ने र छुटने क्रममै ब्यस्त रहनुभयो को के गठन गरि २०३५ साल पुस ११ गते लगभग ५ बर्षको समय तारेख धाउने र प्रशासनमा हाजिर हुनेमै बत्यो भने हुन्छ ।२०३६ सालको जनमत सग्रह सम्म अर्घाखाँचीमा माले राम्ररी ब्यबस्थित भएको थिएन चौथो महाधिबेशनले पनि जनमत संग्रहको समयमा निर्दल र बहुदल एउटै ड्याङको मुला भएको निष्कर्ष निकाल्र्दै बहिस्कारको निति अपनायो मालेले सुरुमा बहिस्कार र केही महिनापछि उपयोग र अन्त्यमा पुनः बहिस्कारको निति अपनाउन पुग्यो । क्रान्तिकारी शक्तिहरुले ढुलमुलेपन देखाएकाले अर्घाखाँचीमा जनमत संग्रहमा निर्दलले नै जित्न सफल भयो ।
२०३५÷०३६ सालको बिद्यार्थी आन्दोलन र अर्घाखाँचीमा (माले) को राजनीतिकप्रबेश ।
२०३६ सालको बिद्यार्थी आन्दोलन पछि क. मोदनाथ प्रश्रीत र सिद्धिनाथ ज्ञवाली आएर मालेमा प्रबेश गराउने र पार्टीलाई ब्यवस्थित गर्ने प्रयास गर्नुभयो । नेकपा माले जिल्ला संगठन कमिटी निमार्ण गर्नु भयो ।कमिटीको सचिवमा हेमन्त गौतम सदस्यहरुमा क.गुणनिधी भुसाल, नेत्रबहादुर क्षेत्री,पीताम्बर भुसाल,गौरीशंकर खनाल रहनुभयो र राधाबेश ज्ञवाली इन्चार्ज बनेर अर्घाखाँची आउनुभयो तर ०३६ सालको जनमत सग्रहलाई बहिस्कार गर्ने मालेको निति अनुसार यहाँ बहिस्कारको अभियान चल्यो । पहेलो झण्डा बोकेर हिड्ने पञ्चहरुर्लाइ मासो दल्ने कामहरु भए नेकपा (माले) र मासालका साथीहरुले आ–आफ्नै तरिकाले बहिस्कार अभियान सञ्चालन गरे ।
२०३७ सालको जेष्ठमा बर्रे सघर्षका राजबन्दीहरुलाई तम्घासबाट केन्द्रिय कारागार काठमाण्डौमा चलान गरियो ।केशरमणि सरकारसँगम्भब िगर्न सजिलो हुन्छ भन्ने सोचेर ०३५ सालमै आफै सरुवा मागेर काठमाण्डौ सरुवा भइ सकेका थिए । मनमोहन अधिकारीको प्रयासले केशरमणि २०३७ सालको साउनमा राजाको अघिल्लो आम माफि बमोजिम जेल मुक्त भए । उनले जेलाबाट छुट्ने बेलामा ”श्री ५ बाट बक्स हुने सबिधान पूर्ण प्रजातान्त्रिक हुने छ र म त्यसै अन्र्तगत रहेर देश नरेशको सेवा गर्ने छु” भन्ने प्रतिबद्धता ब्याक्त गरेका थिए ।उनले राजा र उसको पञ्चायतलाइ घुमाउरो पाराले स्वीकार गरेर जेलाबाट छुट्ने कुरामा आफ्ना जेलमा रहेका म्यादी साथिहरुसित सहमति नबनेकोले उनले आफ्ना साथिहरुलाइ जेलबाट छुटाउन पहल गर्न आबश्यक ठानेनन
बाहिर खासगरि मनमोहन अधिकारी नजिकका साथहरुसगँ भने कि अरु साथिहरु झापाली उग्रबादीहरुको नजिक देखिएकोले सरकारले उनिहरुलाइ जेल मुक्त गरेन । उनले बडो चलाखीपूर्बक मनमोहन अधिकारीलाइ ढाल बनाएर आफु जेलबाट छुटे । पार्टी र कायकार्ताप्रति उनी इमान्दार हुन्थे भने बर्रे सर्घषका अरु साथिहलाइ छुटाउन दुइवटा च्यानलबाट पहल गर्न सक्थे ।एउटा त राजाले उनलाई आम माफीमा समाबेश गरेकोले उनले अरु साथिहरुको रिहाइको निम्ती राजासँग कुरा गर्ने हैसियत राख्दथे ।दोस्रो उनले चाहेको भए मनमोहनलाइ पनी कन्भिन्स गर्न सक्थे । तम्घास जेल प्रबेश पछि उनले मन बिगारेका र कम्युनिष्ट आन्दोलन प्रति नै एलर्जी भएकोले दुबै काम गर्ने हिम्मत देखाएनन । तैपनी माले माक्र्सबादी एकिकरण हुँदा तालुमा आल फलेकोले उनी एमालेको पोलिटब्युरो सदस्य समेत बन्न सके ।
खनदहमा पञ्चहरुको आमसभामा व्यवधान
२०३६ सालमा बिद्यार्थी आन्दोलनको रापमा परेर राजा बिरेन्द्रले घोषणा गरेको जनमत संग्रह रुपी निर्वाचनको क्रममा पञ्चयातको चुनाव चिन्ह पहेंलो रंगमा मत माग्नको निम्ति खनदहमा तत्कालीन जिल्ला पञ्चयात सदस्य रुद्र प्रसाद घिमिरेको नेतृत्वमा आयोजित आमसभा बहुदलवादी जनताबाट बिथोलएको थियो । सदरमुकामबाट गएको पञ्च नेताहरुको टोलीले सुधारिएको पञ्चयाती व्यवस्थाको पक्षमा मतदान गर्न जनतालाई लिखित निर्णयमा सहीछाप गराउने योजना बनाएका थिए । जनार्दन खनालको अगुवाईमा खन खनदहमा पञ्चहरुको योजना असफल बनाउन दुई दिन देखी भुमिगत कार्ययोजना बनेको थियो । पञ्च नेताहरुले पञ्चयातको पक्षमा मत माग्दै भाषण गरे पछि स्थानीय जनताको तर्फबाट निर्णय सुनाउन उनीहरुले तत्कालीन गा.बि.स सचिव जनार्दन खनाललाई मञ्चमा बिचार व्यक्त गर्न बोलाए । जनार्दनले पञ्चयातको पक्षमा मत नमागेर निलो रंगको चुनाव चिन्हमा मत दान गरेर बहुदलीय व्यवस्थालाई बिजयी गराउन जनता समक्ष आह्वान गरेपछि मञ्चमा खैलाबैला मच्चियो । बहुदलवादी जनताले ताली लगाए भने मित्रलाल भुसालले “ ए ∕ सरकारी मान्छे सचिव भएर किन यस्तो भाषण गरेको ? ”भनेर आपक्ति प्रकट गर्दा पनि भाषण रोकिएन । मञ्चबाट रुद्र प्रसाद घिमिरेले बहुदलवादीहरुको बिरोध गरे , यसै बिच टान प्रसाद खनालले भिडबाट मञ्चमा आएर पञ्चायतलाई मतदान गर्न भनी सही गराउन तयार गरिएको निर्णय पुस्तिका समेत च्यातिदिए । सभा बिथोलियो । सहभागीहरु जर्मुराएको देखेर पञ्च नेताहरु घोडा कसेंर सन्धिखर्क तर्फ दौडनुपर्ने अवस्था उत्पन्न भयो ।
धन्चौरका जनताको च्युरी संघर्ष
०२८÷०२९ साल तिर एउटी गर्भवती महिलालाई भित्राई दिएर निजको सम्पत्ति गाग्री, ताउला र सुनचा“दी खाएका जिम्मवाल पदम बहादुर रायमाझी समेतका फटाहहरुबाट सामग्री फिर्ता र जनकारवाही गरिएको थियो ।
किर्ते गरि किसानका खेत हडपेका भट्टराई थरका एक फटाहलाई पार्टीको नेतृत्वमा धान कटाएर सम्बन्धित किसानलाई बुझाइएको थियो ।
देउरालीको चौरमा रातारात खनेर टहरा बनाई सुकुम्वासीहरुलाई बसोवासको व्यवस्था मिलाइयो ।
च्युरी संघर्ष ः ०३६ साल तिर धन्चौरका जनताले गरेको च्युरी संघर्ष चर्चित छ । वार्ड ८ र ९ का जनताले पाकेको च्युरी असार मसान्त सम्म टिप्न नदिने नियम बनाएकोमा गुमानसिंह नामका पञ्चले जनता लगेर टिपायो । सोही दिन स्थानीय जनताले सारा च्युरी खोसेर राखे । अर्को दिन गुमानसिंहको नेतृत्वमा टोली आएर खोसेर फिर्ता लग्यो । त्यस पछि पिताम्बर भुसालको नेतृत्वमा ८ र ९ का जनता जुटेर देउरालीमा पुगी गुमानसिंहलाई बोलाए तर उ आएन पछि चिन्ता बहादुर घःम गएर लिएर आए । अत्याधिक मदिरा सेवन गरी छलफलमा आएको ऊ उग्र रुपले जनतालाई गाली गर्न थाल्यो । बाल बहादुर घ ःम र डिल्लीराज भुसालले निजलाई कुट्न थाले पनि निज भागेको थियो । अर्को दिन प्रमुख व्याक्तिहरु जुटेर छलफल गर्ने भनिए पनि ऊ संन्धिखर्क गएर पिताम्बर भुसाल र मिनराज पौडेल समेतका कमरेडहरुलाई जिल्ला प्रशासनमा अराष्ट्रिय तत्व कम्युनिष्टहरुले आफु प्रति ज्यादती गरेको भन्दै राजकाज मुद्धा पेश गर्यो । प्रहरी गएर उहँ“हरुलाई पक्रने प्रयास गर्यो , तर अर्को दिन दुबै वटा वार्डका सारा जनता आएर जिल्ला प्रशासन घेराउ गरे । तत्कालीन खुंखार पञ्च खेमराज भुसालले धन्चौरको जुलुस भद्रिखोला आइपुग्दा सी.डि.ओले गोली ठोक्छ भन्दै जनमानसलाई रोक्ने प्रयास गरेका थिए ।
सी.डि.ओले गुमान सिंहलाई बोलाएर छलफल गरायो । पुरानै नियम कायम गर्ने सहमति भयो । पंचायत भवन बनाउ“दा गुमानसिंहले कामदारको ज्याला नतिरेको कुरा पनि उठ्यो, छलफलका क्रममा कमादारहरुले कुरा उठाएकोले ज्याला पनि पाए ।
सन्धिखर्कको गोलि काण्ड र टंक प्रसाद भुसालको हत्या।
२०३८ साल बैशाख महिनामा हुने पचांयती चुनावको निम्ति भर्ना गरिएका अस्थाइ प्रहरीलाइ बिना पारिश्रमिक हटाउन खोज्दा सन्धिखर्कका न्यायप्रेमि जनता र बिद्यार्थीले आन्दोलन गरे र चैत्र १७ गते प्रहरीले जुलुसमा गोली चलाउदा अनेरास्वबियुका कक्षा ८ मा पढ्ने प्राकका अध्यक्ष खिमबहादुर केसी,कक्षा ४ का लाल बहादुर कुमाल र अस्थायी प्रहरी मानबहादुर श्रेष्ठ निधन भयो । प्रहरीको गोली बाट एउटा गाइ पनि मरेको थियो ।तर गौहत्याको दोष लाग्ने भएकोले प्रसासनले मृतक गाइको अभिलेख नै राख्ने आट गरेन । गोली लागेर खाचिकोटका गणेश नेपाली घाइने भए । यस काण्ड समेत जोडेर शिक्षक नित्यानन्द खनाल र बिद्यार्थी दिनेश खनाललाइ राजकाज मुद्दा लगाएर ४ महिनासम्म थुनामा राखियो ।अनेरास्ववियुका तत्कालीन जिल्ला अध्यक्ष खगेश्वर केसीलाइ प्रसासले वारेन्ट जारि गर्यो र उहाा ६ महिनासम्म भुमिगत बस्न बाध्य हुनुभयो । गुणनिधी भुसाल, नारायण खनाल र मोति खनाललाइ वारेण्ट काटियो । स्थानिय निर्बाचनमा बहिस्कारको शिलशिलामा टंक प्रसाद भुसाल, खुबिरामा आचार्य गुणनिधी भुसाल,कमल भुसाल र इश्वरी बन्जाडेलाई प्रसासनले गिरफ्तार गरेर हिरासतमा पाशाविक यातना दियो । यातनाकै क्रममा ने.क.पा.(मसाल)का कार्यकर्ता तथा शिक्षक टंक प्रसाद भुसालको प्रहरी यातना गृहमा नै मृत्यु भयो । उनले मृत्युबरण गरेकोले गुणनिधी भुसाल प्रहरीको कुटाइले मर्नबाट जोगिनुभयो ।
जिल्लामा तत्कालीन पार्टी अवस्थाको बारेमा कमरेड गोपाल शाक्यको बिचार यस्तो रहेको छ ः
“.....कमरेड सिद्धिनाथ ज्ञवाली र म सुर्यथुम पुग्यौं । त्यहाँ धर्म भुसाल र गंगा (भुसालजी पत्नी ) सँग भेट भयो । उहाँहरुसँग मेरो चिनजान नागालैंण्ड, डिमापुरमै भएको थियो । सुर्यथुम, खन आसपासका पुर्वसाथीहरु जम्मा गरेर धर्मलाल कमरेडकै घरमा प्रशिक्षण चलायांै । एउटा सक्रिय दल ५ सदस्सिय निर्माण गर्यौं । खन देखी तल गाउँको नाम संझना छैन । शिक्षक जय बहादुर क्षेत्रीको घरमा गएर बस्यौं । त्यहाँ पनि प्रशिक्षण चल्यो । त्यस पछि संधिखर्क सदरमुकाम गएर गुणानिधी भुसालसँग भेटघाट गरियो । खन फर्किएर एक दिन भरी बसेर उहाँसँग पुराना हर्रे बर्रे संघर्ष बारे जानकारी लिएका थियौं ।
०३९ बैसाख, जेठ तिर पुनः मैले अर्घाखाँचीको पार्टी अनुगमन गरें । यस यात्रामा कमरेड राधवेस ज्ञवाली र सिद्धिनाथ ज्ञवाली हुनुहुन्थ्यो । खिदिम गाउँ स्तरको प्रशिक्षण पोखराथोक गोबिन्दजीको घरमा भयो । त्यस पछि हामीहरु हर्राबोट कमरेड प्रश्रितजीको घरमा गयौं । कमरेड प्रश्रितका भाई जय प्रकाश किसानले त्यहाँ बस्ने व्यावस्थापन गर्नुभएको थियो ।.....हर्राबोटमा एउटा किसानभेला सम्पन्न भयो । अनेकि संघ जिल्ला तदर्थ समिति बनेको हुनुपर्छ , राम्रो सँग संझना छैन ।
हर्राबोटबाट हामीहरु ठुलाखर्क चिदिका बिश्वमणी ज्ञवालीको घरमा गयौं । त्यस बखत उहाँ पाल्पा पढ्नुहुन्थ्यो । उहाँ र झबिन्द्रजीले लिएको टक्सारको डेरा मेरो सेल्टर थियो । ठुलाखर्कमा पार्टी समर्थकहरुको भेलामा प्रशिक्षण चलाएर बल्कोट, पाली, मथुरावेशी, बाङ्ला आदी ठाउँमा साथीहरुसँग भेट गर्दै पार्टीका धारणा राख्दै सदरमुकाम संधिखर्क पुग्यौं । संधिखर्कमा जिल्ला स्तरको एउटा पार्टी प्रशिक्षण रात भरी चलायौं । संधिखर्क पछि अर्घातोष र छत्रगञ्ज गएर साथीहरुसँग भेटघाट गरेको संझना छ । छत्रगञ्जमा कमरेड लक्ष्मण रायमाझीको घरमा बसेका थियौं । त्यहाँ जिल्लामा काम गर्ने पूर्णकालीन एक जना मात्र गुल्मीबाट गएका राधबेस कमरेड थिए । अर्घाखाँची घर भएका कमरेड प्रश्रित, बेदुराम भुसाल जेलमा थिए । शान्ता मानवी रुपन्देहीमा पेशेवर हुनुहुन्थ्यो । त्यसबेला अर्घाखाँचीमा हाम्रो भन्दा काँग्रेसको प्रभाव थियो । हाम्रो संगठन कमजोर नै थियो ।.......पहिले नेकपा पुष्पलाल समूहले मेहनत गरेर आर्जन गरेको जनसमर्थन केही थियो तर हर्रे बर्रे काण्डले गर्दा कम्युनिष्टहरु त डाँका हुँदा रहेछन् भन्ने नकारात्मक प्रचार मैले त्यसबेला अर्घाखाँचीमा सुनें.... ।”
पार्टी जिल्ला संगठन कमिटी पुनर्गठन ।
२०४० साल पौष १४ गतेका दिन नेत्र प्रसाद ढुङ्गाना र लिलामणी ढुङ्गाना भूलबश क्रमश गौर र बिरगंज जेलबाट छुटेर जिल्लामा आएपछि २०४१ सालको पुसमा क. बिष्णु पौडेल ,लिलामणी ढुङ्गाना र क.काशिराम पाण्डे समेतको एउटा जिल्ला संगठन कमिटी निमार्ण भयो । क. कौशल पोख्रल (क सतिस) पार्टी कामाको जिम्मा लिएर अर्घाखाँची आउनुभयो । २०४२ साल फाल्गुनमा अनेरास्ववियु जिल्ला अध्यक्ष कुलबहादुर नेपालीको घर खानतलासी गर्दा प्रहरीले ‘बर्ग सघर्ष ’ (मालेको मुख पत्र) र ‘मुक्तिमोर्चा ’बरामत गर्यो उहाँलाइ अराष्ट्रिय तत्वको आरोप लागाउँदै राजकाज अपराध अन्र्तरगत तानसेन जेलमा थुन्यो ।
बर्रे सघर्षका राजबन्दी जेलमुक्त
हामीहरुलाई राजधानीका सेन्ट्रल,भद्रगोल नख्खु गरि तिनओटा जेल मा छरेर राखीदिएको थियो सेन्ट्रल जेलमा पर्नु भएका नेत्र,लिला र बेदुजीले प्रश्रित,केपी र आरकेको बढी सगंत गर्ने मौका पाउनुभयो । प्रश्रितजीको साहित्यीक आन्दोलनको कारणले उहाँप्रति दमन पनि त्यही स्तरको भयो । फलतः उहाँहरु तिनै जनालाई बल्खुमा जेल चलान ग¥यो । त्यहाँबाट नेत्रजी र लिलाजीहरुलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय भुक्तान हुनु भन्दा पहिले नै जेल प्रशासन झुक्यिएर रिहाइ हुनुभयो । उहाँहरुलाई भैरहवामा पहिलो स्वागत गरेर अर्घाखाँचीमा पठायो ।
हेमनाथ भुसाल र प्रभाकृष्ण पौडेललाई पनी झुक्किएर अरुलाई भन्दा पहिले रिहाइ ग¥यो। १०÷१२ दिन काठामाण्डौमा बसेर घरतिर लाग्नुभन्दा पहिले उहाँहरुलाई पुन ः पक्राउ गरि जेल चलान ग¥यो ।बेदुराम भुसाल, रामचन्द्र पौडेल, भेषराज ढुङगना र बुद्धि रायमाझीलाईसर्वोच्चले तोकेको साढे दश बर्ष कैद सजाय पुरा हुँदाको दिन रिहाइ गरेको नाटक गरेर पुनः पक्राउ गरि शान्ति सुरक्षा कानुन अन्र्तगत पुर्जी दिएर नख्खु जेल चलान ग¥यो ।जहाँ उनिहरुलाई थप १ बर्ष ६ महिना जेल सजाय भोगेर २०४३ साल जेष्ठमा २३ गते शुक्रबार जेल मुक्त ग¥यो सोही बर्षको कात्तिक महिनामा क. बेदुराम भुसाललाई पार्टीको पूर्णकालिन कार्यकर्ताको जिम्मेवारी संहाल्न कुर क.हरिबहादुर खड्काको घरमा बसेको बैठकबाट बिदाइ गरियो । बर्रे सघर्षका अन्य कमरेडहरुले अंशकालिन कार्यकर्ताको रुपमा पार्टी काम गर्ने निर्णय गरियो ।
क. सतिश (कोशल पोख्रेल) को गिरफ्तारी
अर्घाखाँची र गुल्मीको २०४३ सालको ७७ औ अन्तराष्ट्रिय श्रमिक महिला दिबश समारोह चिदिकार मानकोटको बीचमा पर्ने खज्र्याङ्ग बजारमा संयुक्त रुपले आयोजनामा गरेका थिए । कार्यक्रम समापन हुनासाथ साथीहरु आ–आफ्नो गन्तब्यतर्फ लाग्नुभयो चिदिकातर्फ उकालो चढ्दै गर्नु भएका कमरेड सतिशलाई प्रहरीले समातेर तम्घास जिल्ला प्रहरी कार्यलयमा पु¥यायो । पछि उहाँलाई भैरहवा जेल चलान गरियो । उहाँको गिरफ्तारीले अर्घाखाँचीको पार्र्टी काममा केही समय अबरोध उत्पन्न ग¥यो । उहाँले चलाखिपूर्ण तरिकाले दस्तबेजहरु सुरक्षित राख्न सक्नुभएकोले जिल्लामा भुमिगत पर्टीको गोपनियता भङ्ग हुन सकेन । उहाँको अभाव पुर्ति गर्न पार्टीले क. प्रदिप ज्ञावलीलाई अर्घाखाँचीमा पठायो, दुई बर्ष पछि क. सतिश रिहाइ भएर पुन पार्र्टीको काममा लाग्नु भयो ।
त्यति बेलाको स्थिति बारे कमरेड प्रदिप ज्ञवाली भन्नुहुन्छ ः‘‘ त्यतिबेला नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) को संगठनात्मक संरचनामा गुल्मी–अर्घाखाँचीलाई समेट्ने एउटै कमिटी थियो । गुल्मी –अर्घाखाँची संयुक्त जिल्ला कमिटी । हामी सिमित पुर्णकालीन साथीहरु दुबै जिल्लामा पार्टी कामलाई माथि उठाउने अथक प्रयत्नमा थियौं । कमरेड कोशल पोखरेल अर्घाखाँचीको भूगोलमा रहेर कामलाई अगाडि बढाइरहनु भएको थियो । त्यसै क्रममा २०४३ सालको फागुनमा खज्र्याङमा आयोजना गरिएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रमलाई सघाउने क्रममा त्यहाँ पुग्नु भएका बेला कमरेड नेत्र क्षेत्री गिरफ्तारीमा पर्नुभयो । भर्खर संगठनात्मक आधार निर्माण हुँदै गरेको बेला भएको उहाँको गिरफ्तारी ठुलो धक्का थियो पार्टी कामको सन्दर्भमा । तैपनि त्यसलाई चिर्नै पथ्र्यो हामीले । जिल्ला कमिटीले मलाई अर्घाखाँची पठाउने निर्णय गर्यो...............
अर्घाखाँचीमा संख्यात्मक हिसावले पार्टीले त्यति ठुलो सफलता हासिल गर्न नसके पनि स्थानीय निकायमा भने प्रभावशाली उपस्थिति प्रदर्शन गर्न सकेको थियो । यद्यपी कमरेड नेत्र बहादुर क्षेत्री सहित खिदिमका कमरेड गणेश गौतम, डिभर्नामा कमरेड नारायण श्रेष्ठ र मरेङ्गमा कमरेड चुरामणी भुसाल गरी ४ जना जनपक्षीय प्रधानपञ्च, युवक संगठनको जिल्ला सभापति कमरेड मोति खनालर जिल्ला पञ्चयातको उपसभापतिमा कमरेड गुणनिधी भुसाल गरी हाम्रा साथीहरु पञ्चयाती खोर भित्र पसेर त्यसलाई भित्रै देखी भण्डाफोर गर्ने अभियानमा संलग्न हुनुहुन्थ्यो ।
साथीहरुका आ–आफ्नै शैली र बिशेषता थिए । कमरेड गणेश गौतम असाध्यै जुझारु, निर्भिक र आक्रामक हुनुहुन्थ्यो , बाघको डमरुजस्तै । पञ्चयाती तानाशाही आफ्नो उत्कर्शमा रहेको बेला , नाइके पञ्चहरु समेत उपस्थित जिल्ला पञ्चयातको परिषद् बैठकमा (सायद जिल्ला सभा भनिन्थ्यो क्यार ) आफ्नो भाषणको अन्त्यमा गणेश गौतमले धन्यावाद भन्यो भनेर उनीहरुले मच्चाएको कोकोहोलो , यसबापत माफी माग्न दिएको दवाव र उहाँहरुले त्यसका बिरुद्ध गरेको प्रतिवाद अबिश्मरणीय छ । (पञ्चहरुले हाम्रा साथीहरुले , जय देश जय नरेश, भन्नु पर्ने दवाव दिँदै धर्ना समेत बसे) । कमरेड चुडामणि भुसाल व्यापक जन सम्पर्क राख्न सिपालु र प्रशासनिक काममा दक्ष हुनुहुन्थ्यो भने नारायण श्रेष्ठ जनस्तरबाट उठेको उदीयमान , शिष्ट र जिज्ञासु कार्यकर्ता हुनुहुन्थ्यो । कमरेड मोति खनालको शालिनता , दार्शनिकता र तर्कशिलताले विपक्षीहरुलाई समेत आर्कर्षित गथ्र्यो भने कमरेड गुणनिधि भुसालको व्यापक जनसम्पर्क, उहाँको हैसियत र सम्बन्धले पार्टी कामको बिस्तारमा महत्वपुर्ण सहयोग पुराएको थियो ।”
पञ्चायती चुनावको उपयोग ।
लेलिनले कम्युनिष्ठहरु प्रतिक्रियाबादी संसद (डुमा)मा पनि प्रबेश गरेर जार शहीलाइ भित्रैबाट कमजेर तुल्याउने निति अपनाउँनु भएको बाट शिक्षा लिदै तत्कालिन नेकपा (माले) ले जनपक्षिय उमेद्धारको नाममा २०४३ सालको बैशाखमा भएको राष्ट्रिय पंचायतको निर्बाचनमा क.जय प्रकाश किसानलाई उमेद्धार बनायो । चुनाव जित्न नसकिए पनी चुनवी सभाहरुको माध्यमबाट पंचायति ब्याबस्थाको भण्डाफोर गर्दै पार्टीलाइ जनताको बिचमा फैलाउन र स्थापित गराउँन सहयोग पुग्यो ।
त्यसैगरी २०४३ सालको चैत्रतिर र २०४४ सालको बैशाखमा चएको पंचायति स्थानिय चुनावमा पार्टीका जनपक्षिय उमेद्धारहरुले चारओटा गाउँ पंचायतमा प्रधानपञ्च, तिन ओटामा उपप्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति र युवक संगठनको सभापतिमा ने.क.पा. (माले) का उमेद्धार कमरेडहले बिजय प्राप्त गर्नु भयो ।सितापुरमा क. नेत्र बहादुर क्षेत्री, डिभर्नामा नारायण श्रेष्ठ, खिदिममा गणेश गौतम र मरेङमा चुरामणि भुसाले प्रधानपञ्चमा शानदार बिजय प्राप्त गर्नु भयो । जिल्लाका पञ्चायत उपसभापतिमा क.गुणनिधी भुसाल र युवक संगठनको जिल्ला सभापतिमा क.मोति खनाल बिजयी हुनुभयो । पार्टीले चुनावी मोर्चामा पनि सफलता प्राप्त गर्न शुरु ग¥यो ।चुनाव प्रचारकै क्रममा सन्धिखर्कमा आयोजित सभामा पञ्चायती ब्यबस्थाको खारेजीको माग गरेकोले क. रामजीप्रसाद घिमिरे लाइ प्रशासनले वारेण्ट जारी ग¥यो । वारेण्टपछि उहालाइ पार्टी नेतृत्वको निर्देशनमा गुल्मितिर पठाइयो । २०४४ भदौमा क.रामजी घिमिरे र क. गोबिन्द घिमिरेलाइ पक्राउ गरेर क. रामजी घिमिरेलाई करुर यातना सहित ३४ दिन सम्म प्रहरी हिरासतमा राखियो । यातना दिइयो ।२०४४ सालको चैतमा सम्पन्न उपनिर्बाचनमा पार्टीले कमरेड लक्ष्मण रायमाझिलाइ जनपक्षिय राष्ट्रिय पञ्चायत सदस्यको उमेदवार बनायो । पञ्चायको धाधली र पार्टीको संगठनात्मक पनि कमजोर रहेकोले चुनाव जित्न त सकिएन सम्मानजनक प्राप्त गरेर पार्टीलाई जनताको घरदैलोमा स्थापित गराउन सकियो । चुनाव प्रचारको क्रममा जनपक्षिय रापम्स हरु पदमरत्न तुलाधर, खगराज अधिकारी (प्यासी) अर्घाखाँची आउनुभएकोे थियो ।
जिल्ला संगठन कमिटी पुनर्गठन
२०४४ साल असार ६ गतेका दिन नेकपा (माले ) अर्घाखाँची जिल्ला संगठन कमिटी पुनर्गठन गरियो । कमरेड बिष्णु पौडेलले सचिवको जिम्मेवारी बहन गर्नुभयो ।क.सतिशको गिरफ्तारी पछि अर्घाखाँची आउनु भएका क.प्रदिप ज्ञावाली (सुबोध) सदस्य,क. गुणनिधि भुसाल क. झपेन्द्र जिसी (अमृत) र लक्ष्मण रायमाझी सदस्य रहनुभयो ।केही समय पछि क. नेत्र बहादुर क्षत्रीलाई सो कमिटीमा मनोनित गरिएपछि ६ सदस्सिय जिल्ला संगठन कमिटीबन्यो ।
जनपक्षिय मञ्च गठन ः
पार्टी कामलाइ बैधानिक हिसावले अगाडि बढाउनको निम्ति नेकपा (माले) ले २०४४ असोजमा जनपक्षिय मञ्च र २०४५ बैशाखमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च गठन गरियो । सितापुरको ख¥यान गाउँमा मोति खनालको घरमा आयोजित भेलामा केन्द्रिय प्रतिनिधि रामजी प्रसाद पन्तको प्रमुख आतिथ्यमा मञ्च गठन गरीयो । सो मञ्चको अध्यक्षमा क. जनार्दन खनाल र सचिवमा मोति खनाल रहनु भएको थियो । हालको निर्बाचन क्षत्र नं १ अन्र्तगतका गाबिस स्तरका मञ्च गठन गर्ने क्रममा कमरेड जर्नादन खनाललाइ आफ्नै घरबाट पक्राउ गरिएको थियो । सो आरोपमा रामबहादुर चौहान र छबि पन्थिलाई पक्राउ गरी पञ्चायती प्रशासनले बर्बर यातना पुर्बक हिरासतमा राखेको थियो । यातानाको तिब्र पीडा खप्न नसकि एकदिन कमरेड जनार्दन खनाल बेहोस हुनुभयो । बाहिर उहाँको मृत्तु भएको भन्ने समेत हल्ला चल्यो ।
भारतेली आर्थिक नाकाबन्दी बिरद्धको आन्दोलन ः
२०४५ सालको चैतमा भारतले नेपाल–भारत बाणिज्य तथा पारबहन सन्धि नबिकरण गर्न आनाकानी गर्दै नेपाल बिरुद्ध आर्थिक नाकाबन्दी घोषण ग¥यो । नुन,चिनी र मट्टितेल जस्ता दैनीक उपभोग्य सामाग्रीहरु नेपाल प्रबेश गर्न बाट रोक लगायो । भारतेली बिस्तारबादी शासक मण्डलीको यो कदमले राष्ट्रबादी नेपालीहरुको संबेदनशिलतालाइ छुन पुग्यो । अचानक उत्पन्न यस्तो परिस्थितिलेको सामना गर्न पञ्चायती सरकारले कुनै पूर्ब तयारी गरेको थिएन । मुलुकभरी नाकाबन्दी बिरोधी आन्दोलन शुरु भयो । तत्कालीन नेकपा (माले) ले यो जनभावनालाइ पञ्चायत र राजतन्त्र बिरोधी आन्दोलनमा रुपान्तरण गर्न प्रयास ग¥योे । सदरमुकाम केन्द्रितत आन्दोलनको क्रममा क. गणेश गौतम, क.मोति खनाल, क तुङभद्र भुसाल,क केशब भट्टराइ, क. तुल्सि ढुङगाना र हेमा भुसाललाइ गिरफ्तार गरीसार्बजनिक अपराध ऐन अन्र्तरगत तम्घास जेल चलान ग¥यो । चार महिनाको जेल चलानपछि उहाहरुलाई मुक्त हुनुभयो । त्यसैगरी अर्घाखाँची जिल्लाको चुत्राबेशी बजारमा नाकाबन्दि बिरद्धको आन्दोलनलाइ पञ्चायत बिरुद्धको आन्दोलनमा जोडदै प्रर्दशन र सभाको आयोजना गरीयो । सभामा प्रहरीबाट हस्तक्षप गरी लाठिचार्च गरीयो । सोही क्रममा भुवन गुरुङ्ग बिष्णु आचार्य , जितबहादुर गुरुङ्ग, पीताम्वर भुसाल लगाएतका साथिहरुलाइ पक्राउ गरी कुरुर यातना दिइयो ।
जिल्ला स्तरिय प्रशिक्षण र पञ्चायत बिरोधी आन्दोलनको तैयारी ।
२०४५ सालको चैत महिनामा खाचीकोट गाबिसको वाड नं.४साना गाउँको मेगराज पौडेलको घरमा एउटा जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीयो । क. केपी वोली ( अबिराम) को प्रमुख आतिथ्यतामा आयोजित सो भेलामा सयुक्त जनआन्दोलनको तैैयारी गर्नु पर्ने केन्द्रिय निर्देशन प्राप्त भयो । करिव १ सय ५० जति अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको सो प्रशिक्षण भेला २०४६ सालको जनआन्दोलन हाक्न एउटा उर्जाको रुपमा रहयो ।
जिल्ला संगठन कमिटीको पुनरर्गठन ः
२०४६ साल साउनमा क.झपेन्द्र जिसी (अमृत) र मसिंरमा क.बिष्णु पौडल अर्घाखाँचीबाट सरुवा हुनुभयो । पुसमा जिल्ला संगठन कमिटी पुर्नगठन भयो, जसमा सचिव क.प्रदिप ज्ञवाली र सदस्यहरुमा क.लक्ष्मण रायमाझी, क.पिताम्वर भुसाल रहनु भयो ।२०४७ साल को साउनमा क.नेत्र बहादुर क्षेत्री र कं.रामजी प्रसाद घिमिरेलाई थप गरी कमिटी बिस्तार गरियो ।साही वर्षको पुसमा क.जनार्दन खनाल र गुणनिधी भुसाललाई अनि फागुनमा गएर जय प्रकाश किसान ,पिताम्वर सारु ,क. धु्रब पन्थि र क. हेमनाथ भुसाललाईकमिटीमा मनोनित गरियो । यसैगरि २०४८ सालको जेठमा क.पबित्रा पौडेल क.चेतनारायण आचार्यलाई मनोनित गरि १३ सदस्यिय नेकपा (माले) अर्घाखाँची जिल्ला संगठन कमिटी निमार्ण हुन पुग्यो । यही संगठन कमिटीले पार्र्टीको प्रथम जिल्ला अधिबेशनको तयारी गर्ने र अर्घाखाँचीमा कम्युनिष्ट पार्टीको इतिहास अगाडि बढाउने गहन जिम्मेवारी बहन गर्न पुग्यो । यही कमिटीले ६ महिना भित्र नेकपा (एमाले) अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन आयोजना ग¥यो ।
ने.क.पा. (माले)को चौथो महाधिबेशन र पार्टीको मार्गदर्शक सिद्धान्त ः–२०४६ सालको भदौमा सम्पन्न पार्टीको चौथो महाधिबेशनमा अर्घाखाँचीको तर्फबाट क.बिष्णु पौडेल र क. प्रदिप ज्ञावलीले महाधिबेशन प्रतिनिधिको रुपमा भाग लिनु भएको थियो । महाधिवेशन स्थलको निम्ती सम्भव्यता अध्ययन गर्न केन्द्रिय कमिटीको तर्फबाट क.माधव नेपाल र क.इश्वर पोख्रेल (विदुर) अर्घाखाँचीको धनचौर आउनुभएको थियो तर महाधिवेशन सिराहा जिल्लाको एउटा गाउँमा भुमिगत रुपले आयोजित भयो । महाधिबेशनबाट क.मदन भण्डारी सर्बसम्मत पार्टीको महासचिव पदमा निर्बाचित हुनु भएको थियो । महाधिबेशन नेपालको राजनितिमा दुरगामी प्रभाव पार्ने ऐतिहासिक राजनीतिक घटना साबित भयो । यसले नेपालको कम्युनिष्ट आन्दोलनलाइ लोकतान्त्रिकरण गर्ने र राजा तथा उसको पञ्चायत बिरुद्ध मिलेर जान सकिने राजनीतिक शक्तिहरुसित सयुक्त रुपले अगाडि बढने मार्ग प्रशस्त गरायो । क.पुष्पलालश्रेष्ठले अघिसार्नुभएको संयुक्त जनआन्दोलनको प्रस्तावना अनुरुप अगाडी बढनु पर्ने आबश्यकता महसुस गरयो ।
नेकपा (माले) ले माक्र्सवाद–लेलिनवाद–माओवाद बिचारधारालाइ पार्टीको मार्ग दर्शक सिद्धान्तको रुपमा मान्दै आएकोमा चांैथो महाधिबेशनमा माक्र्सवाद–लेलिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्ने र माओबिचारधारालाई पार्टीको मार्गदशन सिद्धान्तबाट हटाउने प्रस्ताव आयो । यो मुद्दामा महाधिबेशन हलमा मतदान हुँदा माओबिचारधाारालाई पार्र्टीको मार्गदर्शक सिद्धान्तबाट हटाउने पक्षमा बहुमत आयो ।
महाधिबेशनबाट पारित निति तथा कार्यक्रम बिषयक प्रशिक्षण ः– चौथो महाधिबेशनद्धारा पारित कार्यक्रम तथा कार्यदिशाको बारेमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनको निम्ति २०४६ सालको माघ महिनामा मरेङ्गमा तिन दिने प्रशिक्षण कक्षा आयोजना गरियो । क. इश्वर पोखे्रल (मिलन ) प्रमुख प्रशिक्षक रहनु भएको सो प्रशिक्षण कार्यक्रममा पार्टीले माओबिचारधारा परित्याग गरेको बिषयमा कार्यकर्ताबाट तिब्र बिरोध आयो र क.मिलनलाई कार्यकर्ताको चित्त बुझाउन हम्मे हम्मे पर्यो उहाँले हाम्रो पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त को आधारभुत तत्व माक्र्सवाद –लेलिनवादलाई नछाडेको र माओबिचारधारको जग पनि । मालेमा भएको तथा महाधिबेशनद्धारा पारित भै सकेकोले हामीले माओबिचारधारा मार्गदर्शक सिद्धान्तको रुपमा मान्नुपर्ने जरुरी नरहेको बताउनु भयो । पंचायतको बिरुद्ध पुष्पलालले देखाउनु भएको संयुक्त जनआन्दोलनको बाटो अनुसरण गुर्नुपर्ने निति महाधिबेशनबाट पारित भइसकेकाले हामीले माओबिचारधारा साथै महाधिबेशनले पार्टी भित्र अवशेषका रुपमा रहेको उग्रबामपन्थी चिन्तनलाई पनि पूर्ण रुपमा परास्त गरेको थियो । सोही साल असोज महिनामा पाल्पामा आयोजित नेकपा (माले) को अञ्चल अधिवेशनमा क.पिताम्बर भुसाल र क.लक्ष्मण रायमाझिले भाग लिनु भएको थियो ।
२०४६ सालको जनआन्दोलन आर्घाखाँचीमा नेकपा (माले)को भुमिका ः– २०४५ साल चैत्रमा भारतले लगाएको नाकाबन्दि बिरुद्धको आन्दोलन र अन्य स्थानिय सामन्त बिरोधी अभियानले गर्दा अर्घाखाँची जिल्लामा हाम्रो पर्टि आन्दोलित र त्रियाशिल थियो जिल्लाका दुइ ओटा जति गाउँ पन्चायतहरुमा पार्टीका गाउँ कमिटीहरु निमार्ण भइ सकेको स्थितीमा पार्टीलाई आन्दोलन परिचालन गर्न सजिलो थियो ।
२०४६ साल फाल्गुन २ गतेका दिन अर्घाखाँँचीमा सयुक्त सघर्ष समिति गठन भएको थियो सो समितिमा हाम्रो पार्टीको तर्फबाट र नेपाली काङग्रसको तर्फबाट रहनु भयो तर समितिका साथिहरु पलायन भएकोले समन्वय संयन्त्र निमार्ण हुन सकेन र ने.क.पा. (माले) कोे ९ सदस्यिय सघर्ष समिति गठन गरियो । जसको संयोजकमा प्रदिप ज्ञवाली रहनुभयो र अन्य सदस्यहरुमा रामजी घिमिरे, लक्ष्मण रायमाझी गुणनिधी भुसाल, नेत्र बहादुर क्षेत्री पीताम्बर भुसाल, जयप्रकाश किसान र गणेश गौतमहरु रहनु भएको थियो । त्यसै गरि दक्षिणमा नेत्रजी पूर्बमा चेतनारायण आचार्य उत्तरमा जनार्दन खनाल पूर्ब–दक्षिणमा गणेश गौतमको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरिएको थियो । यसैबिच गुणनिधी भुसाल र गणेश गौतमलाई पक्राउ गरी तौलिहवा जेल चलान गरियो । फागुन ७ गते राति जिल्लाका दर्जनौ स्थानमा हँसिया हतौडा अंकित रातो झण्डा गाड्ने कार्यक्रम सम्पन्न गरियो । फाल्गुन १४ गतेका दिन काला झण्डा गाड्ने र गाउँ पञ्चायत भवनहरुमा तालाबन्दी गर्ने कार्यक्रम भयो । जुलुस निकालेर कोण सभाहरु गर्ने कार्यक्रम भए । १९ गतेका दिन पाणिनी क्याम्पसबाट निस्केको जुलुसमा प्रशासनले हस्तक्षेप गरेर बिद्यार्थी नेता गोपाल पन्थी लगाएतका साथीहरुलाई गिरफ्तार गरेर यातना दिने काम गरियो । यसपछि छड्के र राँके जुलुस निकाल्ने भित्ते लेखन र पर्चा पम्पिलेट बाड्ने ,टाँस्ने काम निरन्तर हँुदै रहे । चैत्र १० गतेका दिन मरेङ्गको कुटिका डाडाँमा जिल्ला स्तरिय जनएकता दिवस र बिरोध प्रदर्शन भब्य रुपले सम्पन्न भयो । सो कार्यक्रम कमरेड जनार्दन खनालको अध्यक्षतामा त्यसैगरी चैत्र २२ गते मरेङ्गको गर्छा, नुवाकोट र जुकेनाको शिवादहमा २४ गते धनचौर र २६ गते बल्कोटमा भब्य र्यालीहरु आयोजना गरियो । मरेङ्गको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा खनका ८ जना साथीहरुलाई प्रशासनले पक्राउ गरेर यातना दिने काम गर्यो । आन्दोलन अगाडि बढि रहेको बेला २०४६ साल चैत्र २६ गते राति बाम मोर्चाका अध्यक्ष क. साहाना प्रधान ,सदस्य राधाकृष्ण मैनाली तथा नेपाली काङग्रेसका नेता गणेशमान सिहं र कृष्ण प्रसाद भट्टराई सँग राजा बिरेन्द्रले सम्झौता बार्ता गरि उसको बाउले जनता लादेको पंञ्चायती ब्यबस्था खारेज गरि मुलुकमा बहुदलिय (संसदिय) ब्यबस्था पुनःस्थापना गरिएको घोषण गरियो । चैत्र २७ गते सदरमुकाममा पंञ्चायती संबिधान जलाउने कार्यक्रम बिजय जुलुशमा रुपान्तरण भयो । निर्दलियताको अन्त्य र पार्टी स्वतन्त्रताको बहालिले आम जनतामाा नयाँ उत्साहा र उमंग उत्पन्न भयो । आन्दोलनमा प्रमुख भुमिका निभाएको ने.क.पा. माले बहुदलिय ब्यबस्थाको पुरस्थापना पछि आफ्नो पार्टी र जनसंगठन बिस्तार अभियानमा जुट्यो । जिल्लाका सबै भागमा पार्टीकमिटीहरु निमार्ण भए । अनेमसंघ र अनेकिसंघहरु बिस्तार भए ।
माले र काङग्रसी कार्यकर्ता बिच झडप – नेपालको राजनितिमा बेला बखत कम्युनिष्ट र काङग्रेसी कार्यकर्ताहरु बिच सारै तिक्ततापूर्ण सम्बन्ध बिकाश हुने गरेको छ । पहिलो पुस्ताका धेरै कम्युनिष्ट नेताहरु काङग्रेसी कार्यकर्ता बनेर भारतेली स्वतन्त्रता समेत सहभागी हँुदै कम्युनिष्टमा रुपान्तरण भएको पाइन्छ । सैद्धान्तिक बैचारिक चेतना स्तर उठाउन माक्र्सबाद र क्रान्तिकारी साहित्य अध्यान गर्ने क्रममा श्रमजिबी बर्गको सच्चा मुक्तिको निम्ती कम्युनिष्ट नै बनेर सघर्ष गर्नुपर्ने निष्कर्षमा पुग्नुभएकाहरुमा क. पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र क. मोहन बिक्रम सिंह पर्नुहुन्छ । अर्घाखाँचीमा खुबिराम आचार्य र उहाँका समबयस्क केही अग्रजहरु पनी सुरुमा नेपाली काङगे्रसका कार्यकर्ता रहनु भएको थियो । नेपाली काङगे्रसको नजरमा उहाँहरु बिद्रोही र बैमान अनि कम्युष्टिहरुको बिश्लेषणमा नेपाली काङग्रेस क्रान्तिकारी सार तत्व र प्रगतिशिल चरित्र गुमाइसकेको एउटा यथास्थितीबादी राजनिती शक्ति मानिन्थ्यो । न.क.पा.को उग्रबादी धारले तथा काङगे्रसलाई दलाल पँुजिपति बर्गको पार्टी भएको र यसले नेपालमा क्रान्तिको नेतृत्व र सम्पन्न गर्न नचाहानाले र नसक्ने ठहर गर्छ । कार्यकर्ताहरु लाई यसै अनुरुप प्रशिक्षण दिएर काङगे्रसलाई एक नम्बरको दुस्मन शक्ति पनि मान्ने गर्दछ ।
बिगतमा कङगे्रस नेताहरुको संबन्ध भारतका गान्धि, नेहरु ,जेपीनारायण लोहीयाहरु सगँ निकट हुने गर्थे भने कम्युनिष्ट नेताहरुको संबन्ध श्री पाद अमृत डागे ,चारु मुजुमदार, कानु सन्याल, सितारामा एजुरीहरु सित नजिक रहेने गर्दथ्यो । यस्स्तो स्कुलिङको असर जिल्ला स्तरका कार्यकर्ताहरुमा पनी प्रबेश ग¥यो खासगरि बिपी कोइरालाहरु जेल बाट छुटेपछि कमलराज रेग्मी तथा शैलेन्द्र कुमार उपाध्याय जस्ता राजा महेन्द्रका सहयोगीहरुलाई ध्यानमा राखेर बिपीले “अडिट फरमुला अन्र्तरगत कम्युनिष्टहरु पंञ्चायतमा प्रबेश गरेका छन ” भन्ने निष्कर्ष निकाले । २०३३ साल पौष १६ गतेका दिन नेपाली काङगे्रसका नेताहरु राष्ट्रिय मेलमिलापको निति लिएर भारत प्रवासबाट नेपाल फर्केपछि बिपीले आफ्नो र राजा बिरेन्द्रको घाँटी संगै जोडिएको बताउन थाले । यसको तात्पर्य नेपाली कङगे्रस र नेपालको राजतन्त्र दुबैलाई कम्युनिष्टहरु बाट खतरा रहेको र दुबै मिलेर कम्युनिष्टहरुको बिकाश र बिस्तारलाई छेकने प्रयास गनुपर्छ भन्ने हुन्थ्यो ।यही संक्रिण मनोभावना अनुरुप २०३६ सालको जनमत संग्रहको समयमा नेपाली काङगे्रसले बामपन्थिहरु द्धारा प्रस्तुत पाचँ पूर्ब शर्तहरु स्वकार गर्न सकेन । बिपीले कम्युनिष्ट शक्तिको महत्व र प्रभाव आत्मसाथ गर्न सकेनन् । उनले त आगामी सरकार नेपाली काङगे्रसको हुने र सो सरकारलाइ असजिलो पर्ने गरि कुनै पनी माग पुर्ति गरिन हुन्न भन्न थाले वाङला काण्ड
२०४७ साल भाद्र १ गतेका दिन नेपाली काङग्रेसले आफ्नो गढ मानिएको वाङलामा अनेमसंघको तीज गीत कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्याक्रम अनेमसघका नेताहरु क. पवित्रा पौडेल क. प्रमिला क्षत्री लगायतका महिला नेत्रीहरुको अगुवाईमा भएको थियो । रातीको समयमा कार्यक्रम चलिरहेको बेला नेपाली काङग्रेसका सयांै स्थानीय उदण्डकार्यकर्ताहरुले कायक्रममा भयानक हमला र हस्तक्षेप गरे । महिला र बालाबालिकाहरुलाई सिस्नाको झाङमा फाल्ने काम समेत गरे ।अधेरी रातमा भागदौड रुवाबासी र हाहाकार मच्चियो । महिलामाथि गिरिएको निर्लज्ज हमलामा थुपै्र घाइते हुनुभयो । जङ्गगलमा लुकेर ज्यान जोगाउने काम भयो ।राती नै हमलाको खबर सदरमुकाम आइपुग्यो । आयोजक महिलाहरु सदरमुकामबाटै जानु भएको थियो । यो पाशबिक आक्रमणको बिरोधमा अनेमसंघ अर्घाखाँचीका महिला नेत्रीहरु – अनेमसंघ अध्यक्ष क.पबित्रा पौडेल,सचिव क. जमकला भट्टराई र सहसचिव क. साबित्रा आचार्यहरु सन्धिखर्क जिल्ला प्रशासन कार्यलय अगाडि आमरण अनसनमा बस्नुभयो । दोषीले सजाय पाउनुपर्छ र पीडीतहरुले न्याय पाउनुपर्छ भन्ने उहाँहरुको माग थियो । घटनाको छानबिनका लागि सुरु गरिएको यो अनसनले राष्ट्रब्यापी ध्यान आकषर्ण गरायो । स्थानिय तहमा बार्ताद्धारा समस्या समाधान हुन नसकेको र अनसनकारीहरुको स्वास्थ्य बिस्तारै बिग्रदै गएकोले केन्द्रिय पार्टी नेताहरु क. केपी शर्मा वली र काङगे्रस नेता गोबिन्दराज जोशी अर्घाखाँची आएर प्रशासनको रोहोबोरमा बार्ताद्धारा समस्या हल गनुभयो । महिला कमरेडहरुले पाचँ दिनपछि आमरण अनसन तोड्नुभयो । कार्यक्रममा हमला र हातपात गर्नेहरुको बिरुद्ध जिल्ला प्रशासनमा सार्बजनिक मुद्दा दर्ज गराउने सहमति समेत भयो ।
बर्रे सर्घषका राजबन्दीहरुलाई आम माफी
२०४६ सालको जनआन्दोलनपछी गठित सरकारको सिफारिसमा तत्कालिन राजा बीरेन्द्रबाट १३ बर्ष जेलजीवन यापन गरेर मूक्त भईसकेका बर्रे सर्घषका सहभागीहरुलाई आम माफी दिने काम भयो । उनिहरुमाथी लर्गाएको राजनीतिक डकैती मूद्दा झुठ्ठा ठह¥यो र सरकारबाटै खारेज पनि भयो । यो सूचना २०४९ साल जेठ महिनाको राजपत्रमा प्रकाशित भएको छ । त्यतिबेला सरकारले गठन गरेको राजबन्दी सहायता समितिबाट निजहरुलाई प्रतिव्यक्ती रु ७५,०००। का दरले आर्थीक सहायता समेत उपलब्ध गराइएको थियो ।
जिल्ला स्तरिय प्रशिक्षण भेला र पार्टी जिल्ला कमिटी बिस्तार ।
पञ्चायति संबिधानको स्थानमा नयाँ जनइच्छामा आधारीत प्रजातान्त्रिक संबिधान लागु भएको करिब महिनादिन पछि २०४७ साल मंसिर २७ गतेका दिन क. मोदनाथ प्रश्रितको प्रमुख अतिथ्यतामा जिल्ला स्तरिय प्रशिक्षण भेला नुवाकोटको लात्तेबांजमा क. मथुराप्रसाद श्रेष्ठको घरमा आयोजना गरियो । पञ्चायत ढलेर संसदिय ब्यावस्था पुर्नरस्थपना भइसकेपछि पार्टीले आयोजना गरेको यो पहिलो खुला प्रशिक्षण थियो । तत्कालिन पार्टी सचिव प्रदिप ज्ञवाली सहित १५० जना अगुवा कार्यकर्ता सहभागि रहेको त्यो प्रशिक्षण कार्यक्रम २ दिन सम्मसंचालन भएको थियो ।
पुस महिनामा बसेको पार्टी सगंठन कमिटीले क. जनार्दन खनाल र क. गुणनिधी भुसाल तथा फाल्गुन महिनामा क .जय प्रकश खिदिम,क पीताम्बर सारु क.धु्र्रर्व पन्थि र क. हेमनाथ भुसाललाइ जिल्ला संगठन कमिटीमा समाबेश गराएरपार्टी कमिटी बिस्तार गर्ने काम गरयो ।
आम निर्बाचनको निम्ति उमेद्धार चयन ।
२०४७ साल चैत्र २ गतेका दिन ०४८ सालको बैशाख २९ गतेका दिन हुने आम निर्बाचनको निम्ति निर्बाचन क्षेत्र नंं १ मा क. लक्ष्मण रायमाझी निर्बाचन क्षत्र नं. २ मा क. मोदनाथ प्रश्रितलाई जिल्ला स्तरिय पार्टी कार्यकर्ता भेलाद्धारा उमेद्धारको रुपमा चयन गरियो । नेकपा माले पूर्ण शक्तिका साथ निर्बाचन अभियानमा लागेपनि उमेद्धार चयनमा रहेको बिबाद तथा चुनावी कुशलता र प्रबिधीबारेको अनुभवहिनताले गर्दा निर्बाचनमा पराजय भोग्नुप¥यो । काङगे्रसी आंतक र दमन तथा जनमोर्चाको बहिस्कार र मसालको कथित क्रान्तिकारीताले पनी हाम्रा उमेद्धारहरुलाइ पराजित गराउन मद्दत गरेको थियो । निर्बाचनको क्रममा नेकपा (माले)का निति सिद्धान्त र बिचारहरु दर्जनौ सभाहरु र जिल्ला स्तरीय बिशाल आम सभाको माध्यमबाट जनतामाझ पु¥याउने काम भयो ।
क. बशिर मियाँ हत्या।
आम निर्बाचनमा पराजित हुन परे पनी पार्टी कार्यकर्ताहरु नयाँ जोश जागर र उत्साहाका साथ संगठन बिस्तारमा अगाडि बढिरहेको बेला २०४८ साल असार २३ गतेका दिन मैदान गाबिसको बाँसकारुख नामक स्थानमा रक्सी जुवा नियन्त्रणकानाममा गएको असइ तेजबहादुर घिमिरेको नेतृत्वकोप्रहरी गस्ति टोलीले आफै मादक पदार्थ सेवन गरि निर्दोष ब्याक्तिहरुलाई कुटपिट गरेपछि त्यसको बिरोधमा उत्रेका न्यायप्रेमी मुस्लिम माथि प्रहरी अन्धाधुन्ध गोली चलाउदा पालीका किसान नेता तथा पार्टी सदस्य क.बशिर मियाले सहादत प्राप्त गर्नुभयो । उहाँ नेकपा (एमाले) को संगठित सदस्य हुनुहुन्थ्यो । हत्या काण्डको बिरोधमा असार २५ गते सदरमुकाम सन्धिखर्कका सारा सरकारी कार्यलयहरु,बजार र शैक्षिक संस्थाहरु पार्र्टीको आव्हानमा बन्द रहे । हजारौ जनताको प्रतिरोधलाई दमन गर्न थप दङगाप्रहरी बोकेर आएको हेलिकप्टरलाई हेलिप्याडमा आन्दोकारीले अवतरण गर्न दिएनन्अभुतपुर्ब बिरोध प्रदर्शन सहित शव यात्रा सम्पन्न भयो शव यात्रामा सहभागी नहुने परम्परा तोडदै महिला कमरेडहरु सहिदको शव बोकेर बजार परिक्रमा गर्नुभयो । हेलीप्याडमा सुतेर प्रदर्शनकारीहरुले सरकारी हेलिकप्टर जमिनमा ओर्लन पनि दिएनन् । हजारौ जनताको जुलुसले क. बशिर मियाँको शवलाइ पाली पु¥याएर अन्तिम संस्कार गरियो ।
सो गोली काण्डमा सफर मियाँ, सकुर मियाँ, खुसदिन मियाँ,रोजे मियाँ,जुठे मियाँ,अहमद मियाँ, अलिअहमद मियाँ, सैदिन मियाँ लगाएतका ११ जना मुस्लिम सामुदायका कमरेडहरु घाइते हुनु भएको थियो । लामो उपचार पछि मात्र उहाँहरुले स्वास्थ लाभ गर्न सक्नु भयो ।
कं बलबहादुर बाकावलको हत्या
बशिर हत्याको पिडा र आक्रोस मथ्थर हुन नपाउदै २०४८ साल साउन १२ गतेको दिन ढिकुर गहँुचौरका लडाकु पार्र्टी कार्यकर्ता क.बलबहादुर बाकाबलको रहस्यमय हत्या भयो । उहाँ स्थानीय काङग्रेसीहरुको आँखाको कसिङगर र प्रहारको निसान बन्दै आउनुभएको थियो । ठोस प्रमाणको अभावमा कसैका बिरुद्ध किटानी साथ कानुनी कारबाही अगाडि बढ्न सकेन ।
जननेता मदन भण्डारीे र कुशल संगठक जीवराज आश्रितको अर्घाखाँची आगमन ।
२०४८ सालको जेष्ठ महिना कमरेड मदन भण्डारी जीवराज आश्रित तम्घास हुँदै सन्धिखर्कमा आउनुभयो । यातायातको बिकासनभइसकेकोले उहाँ घोडामा यहाँ आउनुभएको थियो । आम निर्बाचन भर्खर सम्पन्न भएको र नेकपा (एमाले) ले ६९ सिट जित्न सफल भएको दुइ महिना भित्रै शान्ति बगैचामा पिताम्बर भुसालको अध्यक्षतामा सानदार आमसभा सम्पन्न भयो । सम्वोधनको क्रममा जननेता मदन भण्डारीले भन्नुभएको थियो, “अर्घाखाँचीमा सांसद जित्न नसकिएपनी कमरेडहरु म तपाइहरुको पनि सांसद हुँ । संसदमा काङग्रेसी आतंक र अत्याचार छेक्न हामी प्रयाप्त छौ” । उहाँको भ्रमणले जिल्लाका पार्टी कार्यकर्तामा नयाँ उत्साह थप्ने काम भयो ।
आमसभामा दशौं हजार जनताहरु उपस्थित भएका थिए ।तालीको गडगडाहटको बिच दरबारिया षडयन्त्रको कारणले क्रान्तिकारी संबिधान निमार्ण गर्न नसकिएपनि त्यसमा रहेका कमिकमजोरीहरुलाइ ने.क.पा. (एमाले) लेअसहमतिका २७बुदाँ प्रस्तुत गरेर नेपालको भावी राजनितीमा महत्वपूर्ण अर्थ रहने स्पष्ट पार्नु भयो ।
बर्रे सघर्षको समिक्षा
लगभग साढे बाह्र बर्षको जेल बसाइपछि मुक्त भएर आएको पाँच बर्षपछि बर्रे सघर्षको समिक्षा भेला आयोजना गरियो । २०३० साल फाल्गुन २८ गतेका दिन तत्कालीन सिद्धारा गाउँ पञ्चायत बार्ड नं. ३ बर्रे नामक स्थानमा स्थानिय सामन्त रबिलाल बेल्बासेको घरमा गरिएको सामन्त बिरोधी कारबाहीलाई लिएर पञ्च र प्रसाशनले कम्युनिष्ट बिरोधी कुप्रचार चलाएको थियोे । यसबारेमा आम जनता र पार्टी पंक्ति भित्रै पनि कतिपय भ्रमहरु थिए । गुणनिधी भुसाल बर्रे सघर्षमा गएका र सदरमुकामको ठुलो घर त्यही बाट ल्याएको पैसाले बनाएको भन्ने जस्ता भ्रमहरुपनी फैलाइएको थियो । अर्घाको मुर्ति काण्ड बारे पनि समिक्षाको क्रममा कुरा उठ्यो । सो सम्बन्धमा छलफल हुँदा पार्टीको कुनै पनि संलग्नता नरहेको र जिल्लामा कम्युनिष्टहरुको बदनाम गर्नको निम्ति प्रतिक्रियावादीहरुले कम्युनिष्ट पार्टीको नाम जोडेर बदनियतपूर्वक प्रचार गर्न गरेको निष्कर्ष निस्कियो ।
यी सबै कुराको निराकरण गर्न र सत्यतथ्य सार्बजनिक गर्नको निम्ती २०४८ साल २६–२८ का दिन सन्धिखर्क –८ कुर इज बुद्धि रायमाझीको घरमा भेला बैठक आयोजना गरियो । पार्टी जिल्ला संगठन कमिटीले आयोजना गरेको सो भेलामा बर्रे सघर्षका प्रमुख जिम्मेवार क. केशरमणी पोखे्रल लगाएत एक्सन टिममा संलग्न देबराज भार (दिलीप) पीताम्बर भुसाल, बेदुराम भुसाल, हेमनाथ भुसाल बुद्धि रायमाझी नेत्रप्रसाद ढुङगाना, लिलामणि ढुङगाना ,भेषराज ढुङगाना ,रामचन्द्र पौडेल, मिनराज पौडेल तत्कालिन अञ्चल कमिटीका सचिव क . सिद्धिनाथ ज्ञावली, नेत्र पन्थि र प्रशासनिक दमनमा पर्नु भएका क. गुणनिधी भुसाल, सिद्धिनाथ ज्ञावली नारायण खनाल र डिल्लीराज भुसालको सहभागिता थियो साथै आयोजक कमिटीका तत्कालिन सचिव क.प्रदिप ज्ञावली र अन्य सरोकारवाला कमरेडहरुको समेत उपस्थितिमा सम्पन्न सो समिक्षा भेलामा बर्रे सघर्षको राँै चिरा बिश्लेषण भयो । छलफलको क्रममा केशरमणीले आफ्नो गिरफ्तारी पछि श्रीमती विमलाले मन दुखाएको स्मरण गदैआँसु झारेर रोएका थिए । सघर्षका कमजोरीहरु र उपलब्धीहरुको बारेमा बिस्तृत छलफल गरि निष्कर्ष पनि निकालियो जसलाइ नेकपा (एमाल) को अर्घाखाँची प्रथम जिल्ला अधिवेशन र वर्रे संघषको समिक्षा नामक पुस्तिकामा २०४८ सालमा प्रकाशित गरिसकिएको छ ।
नेकपा (एमाले) को प्रथम अर्घाखाँची जिल्ला अधिबेशन ।
२०४८ साल मंसिर २७ गते दिउँसो जिबिस सभागृह मा “बिसर्जनवाद, बिखण्डनवाद र जडसुत्रवादको भण्डाफोर गर्दै माक्र्सवाद लेलिनवादका झण्डा उचो उठाऔं एकिकृत कम्युनिष्ट आन्दोलनको निमार्ण गर्दै नयाँ जनबवादी क्रान्तिको तयारी लाइ अघि बढाऔँ ” भन्ने मुल नाराका साथ सारु भएको जिल्ला अधिबेशनको उदघाटन सत्र आयोजक कमिटीका सचिव क. प्रदिप ज्ञावलीले सञ्चालन गर्नु भएको थियो । अध्यक्षता जिल्लाकै बयोबृद्ध पार्टी सदस्य कमरेड दिनामणी भुसालले गर्नु भयो । प्रमुख अतिथिमा पार्टी केन्द्रिय कमिटीका सदस्य बाचसपति देवकोटा हुनुहुन्थ्यो । अन्य अतिथिमा राष्ट्रिय परिषद् सदस्य तथा लुम्बिनी अञ्चल संगठन कमिटीका सचिव सिद्धिनाथ ज्ञवाली ,राप्ती अञ्चल संगठन कमिटीका सचिवालय सदस्य क.देवराज भार ,लुम्बिनी अञ्चल संगठन कमिटीका सदस्य क. बेदुराम भुसाल , पाल्पा जिल्ला कमिटीका सदस्य क.रामप्रसाद भट्टराई , गुल्मी जिल्ला कमिटी सदस्य क.कोशल पोख्रेल ,नेकपा (मसाल)का जिल्ला प्रबक्ता क.निमानन्द गैरे संयुक्त जनमोर्चा नेपालका जिल्ला सयोजक क. के.बी भुसाल र शहिद क.बशिर मियाँकी श्रीमती क.सुरजन मिया लगायत हुनुहुन्थ्यो ।
क. सिद्धिनाथ ज्ञवाली, क.बेदुराम भुसाल ,क.कोशल पोख्रलको अध्यक्षतामण्डलको मातहतमा बन्द सत्र बाट २ स्थान पछि पुर्ति गर्ने गरि १५ सदस्यिय नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी निर्माण भयो । निम्न कमरेडहरु निर्वाचित भएको घोषणा गरियो ।
क्र.स नाम पद कैफियत
१ क. प्रदिप ज्ञवाली सचिव
२ क. पिताम्बर भुसाल उपसचिव
३ क. रामजी प्रसाद घिमिरे सदस्य
४ क. टान बहादुर पाण्डे ,,
५ क. लक्ष्मण रायमाझी ,,
६ क. गुणानिधी भुसाल ,,
७ क. चेतनारायण आर्चाय ,,
८ क. बुद्धिबहादुर रायमाझी ,, निर्विरोध
९ क. नेत्र बहादुर क्षेत्री ,, ,,
१० क. जयप्रकाश किसान ,, ,,
११ क. पिताम्बर सारु ,, ,,
१२ क. जनार्दन खनाल ,, ,,
१३ क. ध्रुब पन्थि ,, ,,
१४ क. पबित्रा पौडेल ,, पछि थप
१५ क. खेमराज खनाल ,, ,,
निर्बाचित जिल्ला कमिटीको पहिलो बैठकबाट सचिव क. प्रदिप ज्ञावली ,उपसचिव पीताम्वर भुसाल उहाँहरुसहित लक्ष्मण रायमाझी जयप्रकाश किसान र नेत्र बहादुर क्षेत्री रहेका पाचँ सदस्य सचिवालय गठन भयो । लुम्बिनी अञ्चल संगठन कमिटीले रिक्त स्थानमा क. बेदुराम भुसाललाइ मनोनित गर्न भनि पठाएको पत्रले २०४८ चैत्र ३० मा बसेको चौंथो बैठकमा छलफल हुँदा ३६ घण्टा लाग्यो । अञ्चल कमिटीको बैठकमा क.प्रदिप ज्ञावलीलाई नवलपरासी र बेदुराम भुसाललाई अर्घाखाँची ल्याउने संम्बन्धमा छलफलसम्म भएको तर निर्णय हुन भ्याएको रहेनछ । बैठकका सहभागीहरु क.प्रदिप ज्ञवाली र लक्ष्मण रायमाझीले अधिल्लो जिल्ला कमिटीको बैठकमा अञ्चल कमिटीको छलफल र निर्णयको सम्पूर्ण जानकारी बैठकमा प्रस्तुत नगरेको र अञ्चल सचिव क.नेत्र पन्थिले पनि बैठकका अन्य निर्णयहरु उल्लेख नगरी क. बेदुरामलाई अर्घाखाँची ल्याउन निर्देशन गरेकोले समस्या उत्पन्न बैठमा ठहर गरियो । बैठकमा अघिल्लो जिल्ला कमिटी बैठकले क.पबित्रा पौडेल र क.खेमराज खनालाई मनोनित गरेको सवाललाई लिएर लामो छलफल भयो । अञ्चल सचिवको २०४८ माघ १३ को पत्र अनुसार तेस्रो बैठकले दुई रिक्त स्थान मध्ये एउटामा क.बेदुरामलाई मनोनित गर्नु पर्नेमा दुबै स्थान पुर्ति गर्यो । मनोनित दुबै जना कमरेडहरुको स्थान सुरक्षित गर्न क.प्रदिप ज्ञावलीले जिल्ला कमिटीबाट राजिनामा दिने आशय प्रकट गर्नुभयो । उहाँ कमिटीबाट मुक्त हुने सवालमा मतदान हुँदा सात जनाले प्रस्तावको पक्षमा र ५ जनाले प्रस्तावको बिपक्षमा मतदान गर्नुभयो । १३ सदस्य कमिटीमा १२ जनाको उपस्थिती थियो । क. प्रदिप ज्ञवाली पार्टी सचिव नरहेर पार्टी इन्चार्ज मात्र रहने हुनुभयो । केही कमरेडहरुले बेदुराम भुसाललाईअर्घाखाँची सरुवा गर्ने सवालमा अञ्चलले पुर्नबिचार गरोस् भन्ने मत प्रस्तुत गर्नु भयो बैठकका बिशिष्ट अतिथि क.त्रिलोचन ढकालले नयाँ मनोनित कमरेडहरुलाई सपथ ग्रहण गराउनुभयो । कं प्रदिप ज्ञवालीले राजिनामा दिएपछि रिक्त हुन आएको सचिव पदमा ध्वनीमतको आधारमा क.पीताम्वर भुसाल सचिवमानिर्बाचित हुनुभयो । त्यसैगरी ध्वनीमतकै आधारमा कं बुद्धि रायमाझी उपसचिव पदमा चुनिनु भयो । सोही बैठकमा क. बेदुराम भुसाल जिल्ला कमिटीमा समाबेश गरिनुभयो र इलाका नं.६ को इन्चार्ज हुने निर्णय भयो ।
सुदखोर विरुद्ध जुलुस प्रर्दशन
नेकपा एमाले जिल्ला कमिटीको वैठकले २०४८ साल माघ २२ गते श्रीपञ्चमीको दिन अर्घातोषको हटियावजारमा सुदखोरी विरुद्ध जुलुस र जनसभा आयोजना गरियो । स्मरण रहोस् निर्वाचन क्षेत्र नं.१ मा चिदिका देखि वागी, खन, खनदहसम्मका गा.वि.सहरुमा श्रीपञ्चमी अहिले पनि मध्यम र गरिव किसानहरुका लागि डरलाग्दो दिन हुने गरेको छ । अझैपनि श्रीपञ्चमीको वेलामा साहुहरुले घरवास उठिबास गराएर आफ्नो सावा व्याज निर्दयितापूर्वक असुल उपर गर्ने गर्दछन् ।अर्घातोषको कार्यक्रममा अञ्चल इन्चार्ज क. त्रिलोचन ढकाल प्रमुख अतिथि र वक्ता रहनुभएको थियो । आमसभामा सोचेजति सरोकारवालहरुको सहभागिता जुट्न सकेको थिएन । यसो हुनुमा साहुहरुवाट चुसिएका किसानहरु साहुँकै घरदलानमा उपस्थित हुनुपर्ने भएकोले कार्यक्रममा उपस्थित हुन नसकेका भन्ने बुझियो ।
२०४९ सालको स्थानिय निर्बाचनमा नेकपा (एमाले) ।
२०४९ सालको स्थानिय निर्बाचनमा बहुदलिय ब्याबस्थाको पुनरस्थापनापछि पहिलो पटक हुन आटेको स्थानिय निकायको चुनवमा नेकपा (एमाले)को उत्साहापूर्बक भाग लिने तयारी गरियो । प्रचार अभियानमा जुटेको बेला २०४९ जेष्ठ १० गतेका दिन प्रधानमन्त्रि गिरीजप्रसाद कोइराला सन्धिखर्कको आम सभालाई संबोधन गर्न आउँदा उहाँको बिरोधमा एमाले र नेकपा मसालले कालो झण्डा देखाउने निर्णय गरेकोमा उत्तेजित भिडले प्रधानमन्त्रि गिरीजाप्रसाद कोइराला उपस्थित रहेको नेपाली काङग्रसको आमसभा नै बिथोल्न खोज्यो । नेपाली काङगे्रसका उग्र कार्यकर्ताले प्रहरीमाथि ढुङगा बर्साएर कम्युनिष्ट नेता कार्यकर्ता उपर प्रहरी दमनको निम्ति परिस्थिति सिर्जना गरिदिए । दुबै पक्ष बिच तनाव हँुदा प्रहरीले आठ राउण्ड हवाइ फायर र दर्जनौ असुरग्याँस सेल छोड्यो बेलुकीपख प्रहरीले लाठिचार्ज गर्दा क. प्रदिप ज्ञावली, क.गुणनिधी भुसाल,क.प्रकाश घिमिर,े क.मणिराज गौतम ,हुमबहादुर चौहान, ज्ञानेन्द्र खनाल र मधु स्वर्णकार लगाएत दर्जनौ बाम नेता कार्यकर्ताहरु घाइते हुनुभयो । आन्दोलन दमन गर्न स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गर्यो ।
बल्कोट काण्ड ।
प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालको निर्देशनमा सदरमुकाममा जेष्ठ १० गतेका दिन कम्युनिष्ट नेता कार्यकर्तामाथि भएको दमनको बिरोध र स्थानीय निर्बाचनको प्रचारको निम्ती पार्टीले जेष्ठ ११ गतेको दिन बल्कोटमा आमसभाको कार्यक्रम राखेकोमा स्थानीय प्रशासनले कार्यक्रममा प्रमुख बक्ता क. मोदनाथ प्रश्रित र पार्टी कार्यकर्ताहरुलाई सदरमुकामबाट बल्कोटतर्फ जान प्रतिवन्ध लगायो । पाणिनी क्याम्पस माथिको गाउँ म्यालपोखरीमा प्रहरी र नेपाली काङगे्रसका कार्यकर्ताले बाटो छेकेर बसे । त्यस दिनको कार्यक्रम स्थगित भयो । अर्को दिन जेष्ठ १२ गते बल्कोट पौवामा आयोजना गरिने भयो । बिहान ९ बजे बुद्धि रायमाझी ,हेमानाथ भुसाल,रामकुमर श्रेष्ठ लगाएतका साथीहरु क. मोदनाथ प्रश्रितलाई घोडा चढाएर सन्धिखर्कबाट बल्कोटतर्फ प्रस्थान गरे । त्यहाँको आम सभालाई पार्टीले राजिनितिक प्रतिष्ठाको बिषय बनाएको थियो । १२ बजेतिर बल्कोट पौवबाट जुलुसको रुपमा काभ्रतिर अगाडि बढ्दै गर्दा नेपाली काङग्रेसका नेता राममणि ज्ञावलीको अगुवाइमा नेपाली काङ्ग्रेसका सयांै कार्यकर्ताहरुले जुलुसमाथि सांघातिक आक्रमण गरे ढुङ्गा मुढा र काँटीठोकिएर भिषण आक्रमण्मा क. रामकुमार श्रेष्ठ, क. जुमुदिन मियाँ (स्याङजाली) क.हरी भुसाल, क. हरी बहादुर रायमाझी (चुत्राबेशी) क. अलिबहादुर मियाँ ,क. बुद्धि रायमाझी र बाङला १ का सफि मियाँ लगगाएतका पाली,चिदिका र बल्कोटका दर्जनौ एमाले कार्यकर्ता घाइते चए । क.प्रश्रितलाई जोगाउन हम्मे हम्मे पर्यो । घोडा पनी हरायो । राति १० बजेसम्ममा पाली र बल्कोट बीचको खाँचीखोलाको किनारमा भेला भएर घाइते र बेपत्ता साथीहरुको तथ्याङ्क संकलन गरियो । राति १२ बजे पाली क. इश्वरी प्रसाद खनालको घरमा भेला भएर खाना खाँदा बिहान उज्यालो भयो । तिन दिन पछि पालीका साथीहरुले घोडा फेला पारेर सन्धिखर्क ल्याइदिनुभयो ।
ठुलो त्याग र लगानी लगाएरनिर्बाचनमा निम्न गाबिसहरुमा तपशिलका कं हरुलाइ गाबिस अध्यक्ष र उपाध्यक्ष बिजयी बनाउन सकियो ।
क्र.स. गा.वि.स अध्यक्ष उपाध्यक्ष कैफियत
ज्ञ। मरेङ्ग चुरामणि भुसाल बावुराम आचार्य
द्द। डिभर्ना नारायण प्रसाद श्रेष्ठ कृष्ण प्रसाद आचार्य
घ। बाँगी तिलकराम खनाल चन्द्र बहादुर खड्का उपाध्यक्षजनमोर्चा
द्ध। खन बालकृष्ण आचार्य गंगाराम खनाल
छ। किमडाडाँ भरत पौडेल खुमानन्द पराजुली उपाध्यक्ष जनमोर्चा
ट। हंसपुर रण बहादुर खनाल लिल बहादुर राउत उपाध्यक्ष जनमोर्चा
ठ। गोखुङ्गा निमानन्द खनाल कृष्ण प्रसाद खनाल उपाध्यक्ष जनमोर्चा
ड। सितापुर नेत्र बहादुर क्षेत्री अम्मर प्रसाद न्यौपाने
ढ। सिमलपानी डुकलाल भाट लोकनाथ खनाल
ज्ञण्। जलुके पिताम्वर सारु कृष्ण बहादुर राना
ज्ञज्ञ। नुवाकोट कृष्ण प्रसाद शर्मा पौडेल हुम प्रसाद आचार्य उपाध्यक्ष जनमोर्चा
ज्ञद्द। खिदिम गणेश गौतम पोष्टराज गौतम
ज्ञघ। पाली नजिर मियाँ केशवराज अर्याल
ज्ञद्ध। धनचौर पीताम्बर भुसाल अर्जुन गैरे
चौधवटा गाबिसहरुमा बामपन्थिहरुले जिल्लाको इतिहासमै पहिलो पटक ठुलो सफलता प्राप्त गरे । जिबिसको निर्बाचनमा भने एकजना मात्र एमाले क.जनार्दन खनाल इलाका नं ३ बाट निर्बिरोध निर्बाचित हुनुभयो । राजमोका जंगबहादुर थापा र जनमोर्चाका के.बी भुसाल समेत गरि जिबिसमा जम्मा तिन जना कम्युनिष्ट सदस्यहरु प्रबेश गर्न सफल भए ।पहिलो जिल्ला परिषद्मा कंग्रेसी सभापतीले विश्वेशर प्रसाद कोइरालाको फोटो कार्यक्रममा राख्न लगाए तर कम्युनिष्ट इलाका सदस्यहरुले पुष्पलाल श्रेष्ठको तस्वीर राखिनुपर्ने माग गर्दा काग्रेस सभापती खगेन्द्र पुस्कर पोख्रेलले कोइराला प्रधानमन्त्रि भएकोले राखिएको तर पुष्पलालको राख्न नसकिने जवाफ दिएपछि कम्युनिष्टहरुले लामो संघर्ष गरेर कार्यक्रममा पुष्पलालको पनि तस्वीर राख्ने परम्परा शुरु गरेका थिए ।
नेकपा (एमाले)को पाचौ राष्ट्रिय महाधिबेशन ।
नेकपा माक्र्सवादीसगँ पार्टी एकिकरण भएपछि नेकपा (एमाले)को पाँचौ राष्ट्रिय महाधिबेशन २०४९ साल माघ महिनामा काठमाण्डौमा आयोजना गरियो ।अर्घाखाँचीबाट माहाधिबेशन प्रतिनिधीको रुपमा निम्न नौ जना कमरेडहरुले भाग लिनु भएको थियो । क. प्रदिप ज्ञावली, गुणनिधी भुसाल, पिताम्वर भुसाल –क), रामजी घिमिरे,पबित्रा पौडेल ,खेमराज खनाल,लक्ष्मण रायमाझी (पर्यवेक्षक),मनशोभा भुसाल (पर्यवेक्षक) र जाल्पा भुसाल (पर्यवेक्षक)।अर्घाखाँचीवाट गएका सबै महाधिवेशन प्रतिनिधिहरुले जनताको बहुदलीय जनवादको पक्षमा मतदान गरेका थिए । सो ऐतिहासिक महाधिबेशनमा प्रस्तुत हुने दस्तावेजहरु दुइ महिना पहिला नै बजारमा उपलब्ध हुन थालेका थिए । पार्टीकार्यकर्ता हरु र प्रतीपक्षी पाटीहरुका नेता तथा कार्यकर्ताहरुले बडो अभिरुची अनुसार नेकपा एमालेका दस्तावेजहरुको अध्ययन गरेका थिए । अर्घाखाँचीमा पनि पार्टी कार्यकर्ताहरुले जनताको बहुदलीय जनवादको वारेका र अन्य दस्तावेजहरुको समेत महाधिवेशनमा प्रस्तुत हुनुभन्दा पहिले नै अध्ययन गरि सकेका थिए ।
कम्युनिष्ट पार्टीका बिचारहरु पार्टी कार्यकर्ताहरुको मात्र सरोकारको बिषय नभएर देशका आम बुद्धिजिबीहरु र जनताले पनि चासो र सरोकारको बिषय हो भन्ने मान्यताअनरुप त्यस्तो खुल्ला गरिएको थियो । हाम्रा जिल्ला पनी क.मदन भण्डारीको पहलमा पार्टी केन्द्रले प्रस्तुत गरेको जनताको बहुदलिय जनबादको साथै क. सिपी मैनाली क. मेहनचन्द्र अधिकारी र कं रघुजी पन्त द्धारा प्रस्तुत फरक मतका दस्तवेजहरु ब्यापक अध्यान र छलफल गरिएको थियो महाधिबेशनमा जनताको बहुदलिय जिनबादको कार्यक्रम अत्याधिक बहुमले पारित भयो । क.मदन भण्डारी महासचिव पदमा सर्बसम्ममत चयन हुनुभयो । पाँचौं महाधिबेशनद्धारा पारित बिचार र कार्यक्रम राष्ट्रियर अन्तराष्ट्रिय अध्यान र चासोको बिषय बन्न पुगे । बिश्व कम्यनिष्ट आन्दोलनले अस्थाइ अक्का खानु परेके समयमा कम्युनिष्ट पर्टि लाइ पनी लोकतान्त्रिकर प्रतिशप्रर्धात्मक रुपले सञ्चालन गर्नु पर्छ भन्ने मान्यता बोकेको जबजको कार्यक्रमले कम्युनिष्ट आन्दोलन प्रति चासो राख्ने जो सुकैलाइ पनी प्रभाव नपारिरहन सकेन । त्यसपछिका प्रत्तेक राष्ट्रय महाधिबेशनबाट जबजको कार्यक्रम अरु परिमार्जित हुदै आएको छ । नेकपा एमालेको मार्गदर्शक सिद्धान्त र न्युनतम कार्यक्रमको स्थान जबजले प्राप्त गरेको छ ।
क.प्रदिप ज्ञवालीको अर्घाखाँचीबाटसरुवा ।
लगभग आठ वर्ष देखी अर्घाखाँचीको पार्टी निमार्णमा महत्वपूर्ण योगदान पु¥यादै आउनुभएका प्रदिप ज्ञवालीलाई पार्र्टी अञ्चल कमिटीले रुपन्देही सरुवा गर्ने निर्णय गरेपछि उहाँलाई अर्घाखाँचीबाट बिदाइ गर्नुपर्ने अवस्था आयो । यही बिषयलाई लिएर २०५० साल जेष्ठ ३ गतेका दिन सन्धिखर्क ९ ब्रिती स्थित क. गुणनिधी भुसालको घरमा क.बिष्णु पौडेलको उपस्थितिमा पार्टी जिल्ला कमिटीको बैठक बसिरहेको बेला पत्याउनै नसकिने दास ढुङ्गा घट्नाको दुखद समाचार आयो । क.प्रदिप ज्ञवाली लगायतका कमरेडहरु केहीछिन मुर्छित हुनुभयो । केही छिन पछि सम्हालिएर यर्थाथ पत्ता लगाउने प्रयास गर्नु भयो । आजको जस्तो फोन सुबिधा उपलब्ध नभएको त्यो समयमा सदरमुकामाका लेनलाइन सेटबाट पार्टीको केन्द्रिय कार्यलयमा सम्पर्क गर्दा घटनाको पुष्टि भयो ।बैठक स्थगित गरियो ।
कास्कीको पार्टी जिल्ला अधिबेशन समाप्त गरेर महासचिव क.मदन भण्डारी र कुशल संगठक क. जिबराज आश्रित अनेमसंघको कार्यक्रममा सरिक हुन पोखराबाट चितवन तर्फ जाँदै गर्दा मुग्लिन र नारायणघाटको बिचमा पर्ने दासढुङ्गा नामक स्थानमा जिप दुर्घटना गराइयो अंमर लामाले चलाएको सो जिप संगै नेता कमरेडहरुले त्रिशुलीमा खसेर मृत्युबरण गर्नुभयो । घटना पछि गरिएका बिस्तृत अनुसन्धानहरुले देखाएका छन् कि दासढुङ्गा जिप दुर्घटन नभएर प्रायोजित एउटा षडयन्त्र नै थियो राष्ट्रलाइ नै अपुरणिय क्षति हुनपग्यो । नेकपा एमालेले महान् बिचारक नेता तथा कुशल संगठकलाई सदाको निम्ति गुमायो । उहाँहरुको अभाव भावी दिनहरुमा खड्किरहने छ ।
ब्यवाहारिक जीवनमा जति ठुलो चोट परे पनि भावनामा बगेरमात्र ब्यवाहार नचल्ने भएकोले पुनः शुरु भएको जिल्ला कमिटी बैठकले क.प्रदिप ज्ञवालीलाई नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटी सचिव र सदस्यको जिम्मेवारीबाट धन्यबाद सहित बिदा गर्ने निर्णय ग¥यो । बैठकले पंञ्चायती कालारात्रीका कठिन दिनहरुमा कं प्रदिप(सुबोध)ले अर्घाखाँचीमा पार्टी निर्माणमा गर्नु भएको योेगदानको उच्च मुल्याङ्कन गर्यो । जिल्ला कमिटी र पार्टी कार्यकर्ताको तर्फबाट उहाँलाई धन्यबाद दिइयो । उहाँले समाल्दै आउनुभएको पार्टी सचिवको जिम्मेवारी सोही बैठकबाट क. नेत्रबहादुर क्षेत्रीले बहन गर्ने निर्णय भयो । उपसचिव पीताम्वर भुुसाल र कार्यलय सचिव जर्नादन खनाल समेतको तिन सदस्य सचिवालय बन्यो ।
२०५१ सालको मध्यावधि निर्बाचन
२०५१ सालको मध्यावधि निर्वाचनमा ने.क.पा.९एमाले० ले अर्घाखाँचीका दुबै निवाचन क्षेत्रमा आफ्ना सूर्य ध्वजा बाहक उमेद्वारहरु उठाउने निणर्य ग¥यो । निर्वाचन क्षेत्र नं.१ मा कं.गूणानिधि भूसाल र निर्वाचन क्षेत्र नं.२ मा कं.पिताम्बर भूसाललाई उमेद्वार उठाइएकोमा कंगे्रसी गूण्डागर्दी र धादलीको कारणले निर्वाचनमा विजय प्राप्त हून सकेन । नेपाली कांग्रेसका उदण्ड कार्यकर्ताहरुले ने.क.पा.९एमाले० को जिल्ला पार्टी कार्यलय भवन समेत तोडफोड गरेका थिए । विवाद समाधानको क्रममा नेपाली कंग्रेसका उमेद्वार ढुण्डिराज शास्त्रीले झ्यालका सिसाहरु र फर्निचर तोडिएकोमा आफ्नो पार्टीको तर्फबाट एमालेलाई क्षेतिपूर्ति उपलब्ध गराउन दिएको बचन कहिल्यै पुरा भएन । नेपाली काङग्रेसका नेता गिरीजा प्रसाद कोइरालाले नेतृत्व गरेको सरकारले सिफारिस गरे बमोेजिम २०५१ सालको कात्तिक २९ गतेका दिन सम्पन्न मध्यावति निर्बाचनमा नेकपा एमालेले ८८ सिटमा बिजयी प्राप्त गरि संसदमा सबभन्दा ठुलो पार्टीको हैसियत बनायो । मुलुककै इतिहासमा पहिलो पटक कम्युष्टिहरु बिधाइकामा सबभन्दा ठुलो दल बन्न सफल भए । नेपालका कम्युनिष्ट आन्दोलनका शिखर पुरुष तथा बरिष्ट बाम नेता क. मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा नेपालको पहिलो कम्युनिष्ट सरकार निमार्ण भयो । नेकपा एमाले शान्तिपूर्ण खरो उत्रिएर निर्बाचनको माध्यमबाट पनी कम्युष्टिहरु राज्य सत्तामा पुग्न सक्छन भन्ने नजिर प्रस्तुत गं¥यो एमाले सरकारले जनतालाइ राहात हुने गरी “आफ्नो गाउँ आफै बनाऔ” र “नौस”को बिकाशका पुर्बआधरहरु निमार्ण गर्ने जस्ता लोकप्रिय कार्यक्रम कायन्वय ग¥यो । स्थानिय जनप्रतिनिधीमुलक सस्थाहरु (गाबिस)हरुले राज्य कोषबाट इतिहासमै पहिलो पटक स्थानिय विकासको निम्ति रु. तीनलाख बजेट प्राप्त गर्ने भए ।
सरकारले बृद्धाहरुलाइ भत्ता दिन शुरु गरेर बुर्जुवाहरुले कम्युनिष्टहरुलाइ बृद्धाबृद्धाहरु प्रति निर्दयी हुन्छन भनेर लगाउने गरेको आरोप को ब्यबाहारिक रुपलेनै खण्डन गरियो एमाले सरकार सफल र जनप्रिय बन्दै गएको बेला प्रधानमन्त्री मनमोहन अधिकारी तथा गृह मन्त्री क केपी शर्मावली लगाएतका कमरेडहरु सुदुपञ्चिमाअञ्चलको भ्रमणको क्रममा हेलिकप्टर दुर्घटनमा पर्नु भयो । पाइलटको कुशलताले उहाँहरु घाइते मात्र हुनभयो । प्रधानमन्त्री अस्पताल शैयामा रहेको बेला नेपाली काङग्रेसको सरकारले सर्बोच्च अदालतलाइ उपयोग गरेर एमालेको लोकप्रिय सरकारलाइ पतन गराउने योजना बनायो । मनमोहन अधिकारीले आफ्नो सरकारमाथि लागाइएका आरोपहरुको खण्डन अस्पताल शैयाबाटै गर्नुपर्ने जस्तो अमानबिय दृश्य नेपाली कङग्रेसले देखायो ९ महिनामात्र सञ्चालन हुन पाएके एमले सरककारको अवधी नेपालके इतिहासको हरेक दृश्टीले एउटा बिषेश काल मानिन्छ ।
सुकुम्बासी समस्या समधान अयोग गठन
नेकपा –एमाल)ेको सरकारले २०५१ सालमा सुकुम्बासी समस्या समधान आयोग गठन गरेर भुमिहीनहरुके समस्या हल गर्ने प्रयास ग¥यो । क गुणनिधी भुसालको अध्यक्षतामा अर्घाखाँची–कपिलबस्तु सुुकुम्बासी समधान आयोग गठन गरेर दुबै जिल्लाको समस्या समधान गर्ने कर्यक्रम अगाडि बढायो । अर्घाखाँचीको खासगरि चुत्राबेशीबजारमा सार्वजनिकबगरमा बनाइएका टहराहरुको लगत खडा गरेर ४२ घर सुकुम्बासीहरुलाइ जग्गा धनी प्रमाणपत्र बितरण गरियो । जिल्लाका अन्य गबिसहरुमा पनी बास्तबिक सुकुम्बासीहरुलाइ छानबीन गरेर जग्गा बितरण गर्ने योजना रहेको थियो तर नौ महिना नै सरकार षडयण्त्रपूर्ण तरिकाले ढालिएकोले सुकुम्बासी समस्या समधान गर्ने काम पुरा हुन पाएन ।
सयुक्त जनमोर्चा नेपालबाट नेकपा –एमाल)ेमा प्रबेश ।
२०५२ सालको भदौ महिनामा नेकपा (मसाल) बाट अलग भएको मोटो मसाल भनीने सयुक्त जनमोर्चा को निति र कार्यक्रमप्रति असहमति जनाउदै सो समुहबाट अनेमसघं अध्यक्ष इश्वरा पोख्रेल, अनेकिसंघ जिल्ला समिती सदस्य रामचन्द्र पाख्रेल र सजमो नेपाल क्षेत्रिय समितिका सचिवालय सदस्य कृष्ण प्रसाद पोख्रेल नेकपा –एमाल)ेमा प्रबेश गर्नुभयो । त्यतिबेला प्रबेश गर्ने अन्य कमरेडहरुमा नारायणप्रसाद पोख्रेल ,नारायण मिश्र, टोपबहादुर कुमाल हुनुहुन्थ्यो । त्यसको केही समयपछि क. हिमबहादुर जिसी र मणि पौडेल जनताको बहुदलीय जनवादको कार्यक्रम राम्रो लागेको बताउदै (एमाल)ेमा प्रंबेश गरेर एमालेलाइ सशक्त बनाउने प्रयासमा सहभागी हुनुभयो ।
दोस्रो पार्टी जिल्ला अधिबेशन
नेकपा एमालेको दोस्रो अर्घाखाँची पार्टी जिल्ला अधिवेशन२०५२ सालको फाल्गुन १३ र १४ मा सम्पन्न दोस्रो जिल्ला अधिबेशनबाट क.नेत्र बहादुर क्षेत्री सचिवमा निर्बाचित हुनुभयो ।तत्काली पार्टी केन्द्रिय सदस्य क.सिद्धनाथ ज्ञावालीको प्रमुख आतिथ्यमा उद्घाटित सो अधिबेशनबाट २० सदस्य कमिटी र ७ सदस्यिय सचिवालय गठन भयो । जिल्ला कमिटीमा निम्न कमरेडहरु चुनिनुभयो ।
क्र.स नाम पद कैफियत
१ क.नेत्र बहादुर क्षेत्री सचिव
२ क.पिताम्बर भुसाल उपसचिव
३ क.रामजी प्रसाद घिमिरे सदस्य
४ क.काशिराम आचार्य ,,
५ क.खेमराज आर्चाय ,,
६ क.गणेश गौतम ,,
७ क.गुणानिधि भुसाल ,,
८ क.चेतनारायण आचार्य ,,
९ क.जनार्दन खनाल ,,
१० क.जयप्रकाश किसान ,,
११ क.जीवन चौहान ,,
१२ क.दधिराम आर्चाय ,,
१३ क.ध्रुब पन्थि ,,
१४ क.नरेन्द्र कुमार क्षेत्री ,,
१५ क.पिताम्बर सारु ,,
१६ क.प्रदिप नारायण शाह ,,
१७ क.बुद्धिराम भुसाल ,,
१८ क.बुद्धि बहादुर रायमाझी ,,
१९ क.लक्ष्मण रायमाझी ,,
२० क.रामचन्द्र पोख्रेल ,,
यही कमिटीको कार्यकालमा मदन आश्रित स्मृति भवनको निमार्ण कार्य सम्पन्न भयो ।
तेस्रो पार्र्टी जिल्ला अधिबेशन
२०५५ मंसिर २५ देखि २७ मा सम्पन्न तेस्रो जिल्ला अधिबेशनले राजनीतिक सांगाठानिक र आर्थिक प्रतिबेदन पारित गर्नुका साथै क. चेतनारायण आचार्य सचिव र क.रामजी प्रसाद घिमिरे उपसचिव तथा सदस्यहरुमा क. खेमराज खनाल, क गणेश गौतम, क. छबिलाल शमार्, क. जनार्दन खनाल, क. तारा बहादुर मल्ल, क दलबहादुर भट्टराइ, क. नरेन्द्र कुमार क्षेत्री,क. नेत्र बहादुर क्षेत्री, पीताम्वर भुसाल (क), पीताम्वर भुसाल (ख), क. बुद्धिबहादुर रायमाझी, क. बुद्धिराम भुसाल, क.बोमबहादुर बिक, क. लालबहादुर केसी, क. शालिकराम आचार्य रहनु भएको१७ सदस्यि जिल्ला कमिटी निमार्ण ग¥यो । फाल्गुन २ गतेको जिल्ला कमिटीको बैठकबाट क.पबित्रा पौडल र क. पीताम्वर सारुलाइ मानोनित गरियो । यो कमिटीले २०५६ आम निर्बाचन परिचालन गरेर परिणाम पार्टीको पक्षमा ल्याउन सफल भयो ।
मदन आश्रित स्मृति भवनको उदघाटन समारोहमा महासचिव क. माधवकुमार नेपाल
माननिय राष्ट्रिय सभा सदस्य शान्ता मानविले निर्बाचन क्षेत्र बिस्तार कार्यक्रमको रकम मध्यबाट अर्घाखाँची एमालेलाइ प्रदान गर्नु भएके सहयोग नगद रु ४ लाख ५९ हजार ५ सय तथा जिल्ला भित्र र बाहिरका दुइ हजार भन्दा बढी सहयोग गर्ने १८७ जना र त्यस भन्दा कम रकम दिनुहुने सयौ पार्टी नेता कार्यकर्ता र समर्थकहरुबाट चन्दा संकलन गरी मदन –मदन आश्रित स्मृति भवन निमार्ण गरियो अर्घाखाँचीमा एमालेको त्याग र शाहासको प्रतिक यो भवन सदरमुकाममा अवस्थित छ
भवन निमार्णको निम्ती क. जनार्दन खनालकोअध्यक्षता ५ सदस्यि निमाणर््ा समिती गठन गरिएके थियो जसले तोकिएकै समय सीमाभित्र निमार्ण कार्य सम्पन्न ग¥यो । त्यतिबेला आफ्नै स्राते पार्टी कार्यलय भवन निमार्ण गर्ने जिल्लाहरुमध्ये अर्घाखाँची (एमाल)े दोस्रो पङतिमा परेको थियो । दिबंगत क. नेत्रबहादुर क्षेत्री जिल्ला पार्टी सचिवमा कार्यरत रहेको बेला जननेता क. मदन भण्डारी र कुशल संगठक क जिबराज आश्रितको स्मृतिमा निर्मित यो भवन र त्यही बर्षको स्थानिय निकायको निर्बाचनमा पार्टीले प्राप्त गरेको अबुधपूर्व सफलतालाइ क. नेत्र क्षेत्रीको नेतृत्वमा पार्टीले प्राप्त गरेका दुइ ओटा उपलब्धी मानिएको छ ।
२०५४ साल बैशख ६ गतेका दिन नेकपा (एमाले)का तत्कालीन आदरणिय महासचिव क. माधवकुमर नेपालबाट सानदार समारोहपबिच भवनको समुदघाटन सुसम्पन्न भयो ।उदघाटन सत्रमा लुम्बिीनी अञ्चल इन्चार्च क. बिष्णु पौडेल र दाता क. माननिय “शान्ता मानवी” पनिी अनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहन्थ्यो । बिशाल आम सभालाइ संबोधन गदै प्रमुख अतिथी लगाएत सबै बक्ताहरुले आफ्ना सार्गवित बिचार मन्तब्य प्रस्तुत गनू भयो ।
२०५४ सालको स्थानिय निर्बाचनमा नेकपा एमाले
नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले चुनवी कार्यनि तीको परिपक्क अनुभव प्राप्त गरि सकेका थिए । उनिहरुमा आत्मवल बिकश भएको थियो । जिल्लाका लगभग ३ दर्जन गाबिसहरुमा आफ्ना सुर्य ध्वजावाहाक उमेद्धारहरु उठाएको भए पनी ३२ वटा गाबिसहरुमा आफ्ना उमेद्धारहरुलाइ बिजयी गराउन एमाले सफल भयो । एमाले र एमाले समर्थित उमेद्धराहरुले बिजयी प्राप्त गरेका गाबिसहरु निम्न तालिकाहरुमा दिएको छ ।
क्र.स गाबिस अध्यक्ष उपाध्यक्ष कैफियत
१ सन्धिखर्क कुलदिप भुसाल कृष्णप्रसाद आचार्य राजमोसँग मिलेर
२ चिदिका ऋषिराम अधिकारी मोतिलाल श्रीपाल
३ बल्कोट धुब्र पाण्डे
४ छत्रगंज नेत्रप्रसाद श्रेष्ठ भोजबहादुर रायमाझी
५ मरेङ्ग चुरामणि भुसाल बाबुराम आचार्य
६ भगवति नारायण पाण्डे‘सन्ताषी’ मुक्ति पाण्डे
७ अर्घातोष नेत्रप्रसाद पाण्डे टोमलाल बन्जाडे
८ अर्घा रामबहादुर रायमाझी नन्दबहादुर आचार्य जनमोर्चासँग मिलेर
९ किमडाँडा भरत पौडेल बिरबहादुर सुनार
१० हंसपुर दलबहादुर भट्टराइ जुद्धबहादुर बिक
११ गोखुङ्गा निमानन्द खनाल पीताम्वर पौडेल
१२ सितापुर नेत्रबहादुर क्षेत्री अंमर प्रसाद न्यौपाने
१३ ठाडा बशन्त श्रेष्ठ सुरेन्द्र बेल्बासे
१४ सुवर्णखाल यज्ञ प्रसाद बेल्बासे मानबहादुर रेश्मी
१५ सीमलपानी राजन भाट टिका बीसी
१६ सिद्धारा । हिमलाल बेल्बासे रामप्रसाद पन्थि
१७ जलुके पीताम्वर सारु रेणु बेल्बासे
१८ जुकेना तिलकबहादर रानाभाट रामप्रसाद आर्याय
१९ नुवाकोट कृष्णप्रसाद शर्मा पौडेल ताराबहादुर मल्ल
२० असुरकोट लक्ष्मण के.सी दुर्गाप्रसाद बन्जाडे राजमोसँग मिलेर
२१ खिदिम गणेश गौतम पोष्टराज गौतम
२२ पटौटी इश्वरीप्रसाद पोख्रेल
२३ पाली नजिर मिया केशवराज अर्याल
२४ अडगुरी भेषराज पौडेल
२५ मैदान रामजीप्रसाद घिमिरे इन्द्रमणि घिमिरे
२६ धनचौर अर्जुन गैरे नारायण घ.म.
२७ ढिकुरा नारायणप्रसाद खनाल इश्वरीप्रसाद भुसाल
२८ खाचीकोट सिद्धिप्रसाद ज्ञावली
डिभर्ना नारायणप्रसाद श्रेष्ठ कृष्णप्रसाद आचार्य
३० वागी पीताम्वर भुसाल पोेमबहादुर कुवर
३१
खन बालकृष्ण आचार्य गंगाराम खनाल
३२ खनदह जिबन चौहान गंगाधर खनाल
राजमोसँग मिलेर लडिएको यो निर्बाचनमा ढाकावाङ्ग र धारापानीमा नेकपा मसालका उमेद्धारहरुले बिजयी प्राप्त गर्नु भयो भने पोखराथोक पणेना धातिवाङ नरपानी खिल्जी वाङला केरुङ्गा र ठुलापोखरामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काङग्रेसका उमेद्धारहरु बिजयी भए । यो निर्बाचनको बिषेशता यस्तो रहयोकी कुनै पनी राजनीतिक दलले अध्यक्ष र उपाध्यक्ष पदमा महिला उमेद्धार उठाएको थिएन ।
जिल्लाबिकाश समितिमा एमाले
२०५४ सालको साउन ४ गतेको निम्ती निर्धारित जिबिसको निर्बाचन अघिल्लो साझ निर्बाचन आयोगले स्थकित गरेपछि अर्को कात्तिक २९ गते भएको जिबिस निर्बाचनमा नेकपा एमालेले साहानदार बिजयी प्राप्त गर्न सफल भयो । इलाका नं ९ बाहेकका सबै इलाकाहरुमा एमालेका र राजमोका उमेद्धारहरुले सयुक्त उमेद्धारहरुले बिजयी प्रापत गरे । इलाका न. ३ बाट निर्बिरोध निबाचित हुनु भएका क. जनर्दन खनाललाइ ६ महिनासम्म सडयन्त्र पूर्बक सपथ ग्रहण र पदवाहाली गर्न दिएन कतिपय मानिसहरुले एमालेलाइ स्थानिय निकायकमा प्राप्त सफताको श्रेय तल्कालिन गृह मन्त्री बामदेव गौतमलाइ दिने गरेको पाइन्छ । उहाँ गृह मन्त्री रहेको बेला परेकोले पार्टीका उमेद्धारहरुलाइ चुनव जित्न केही अनुकुलता थपिएको तथ्यलाइ सोझै नकार्न मिल्दैन । बास्तविकता के हो भने २०५४ सालमा आइपूग्दा अर्घाखाँची एमालेले चुनावी अनुभव प्राप्त गरि सकेको ,जबजको सैद्धान्तिक प्रकाशमा आफ्नो राजनीतिक यात्रा अगाडि बढाएको ,९ महिने सरकारको पाला एमालेले गाउँ र गरिवमुखि आर्थिक कार्यक्रम ल्याएकोले आम मतदाता एमालेप्रति आकर्षित भउको र कार्यकर्ताहरुमा उच्च मनोवल बिकाश हुन सकेकोले यो बिजयी सम्भव भएकोे थियो ।
२०५४ जेष्ठ १५ गतेका दिन बसेको जिल्ला कमिटीको बैठकले जिल्ला सभापतिमा कं लक्ष्मण रायमझी र पीताम्वर भुसाल तथा उपसभापतिम क. गणेश गौतम र हेमनाथ भुसालको नाम सिफारिस गर्न
अञ्चल कमिटीलाइ अनुरोध गर्ने निर्णय गरेकोमा पार्टी केन्द्रले सभापतिमा पीताम्वर भुसाल र उपसभापतीमा जिल्लाले निर्णय नै नगरेका क. जयप्रकाश किसानलाइ उमेद्धारको रुपमा अनुमोदन गरी पठायो
जिबिस सभापतिमा क. पीताम्बर भुसाल र उपसभापतिमा क. जय प्रकाश किसान बिजयी हुनुभयो । निम्न इलाकाहरुबाट बिजयी इलाका सदस्यहरु तपशिलको तालिका अनुसार रहेका छन ।
इलाका बिजयी उमेद्धार कैफियत
१ प्रदिपनारायण शाहा
२ दधिराम आचार्य
३ जनार्दन खनाल
४ धु्रर्ब केसी राजमो र एमालेका सयुक्त
५ सागर केसी राजमो र एमालेका सयुक्त
६ नेत्रबहादुर क्षेत्री
७ पीताम्वर सारु
८ रामप्रसाद गैरे राजमो र एमालेका सयुक्त
९ बन्धु पोख्रेल नेपाली काङग्रेस
१० जिबनारायण कोइराला
११ खेमराज चुदाली
१२ युबराज श्रेष्ठ मनोनित
१३ गांगा भुसाल मनोनित
२०५५ फाल्गुन १३ गते बसेको पार्टी जिल्ला कमिटीको बैठकले कं युबराज श्रेष्ठ र क. गंगा भुसाललाई जिबिस सदस्यमा मनोनित गर्न सिफरिस गर्ने निणर्य गरयो
नेकपा (एमाले) को नेतृत्वमा जिबिसबाट सम्पन्न गरिएका महत्वपूर्ण कार्यहरु
जिबिस निर्बांचन सम्पन्न भएपछि सभापति लगाएतको नयाँ टोली जिबिस कार्यलयमा प्रबेश गर्दा जिल्लामा दशकौदेखि शसन र शेषण गर्दै आएका पुराना पञ्चहरु र नेपाली काङग्रसका बरिष्ट नेताहरुले निगरानी गर्ने र सुरुमा थर्काउने प्रयास गरे सो कार्यकालमा जिल्ला बासीको हितको निम्ति निम्न कार्यहरु गरियो ।
१ मोटो रकम लगानी गर्न सक्ने जिल्लामा प्रबेश गरेको गैर सरकारी सस्था गार्डेपको दास्रो चरणको कार्यक्रम माओवादी बिद्रोहको कारण स्थगित भएकोमा हाम्रो पार्टी र जिबिसको प्रयत्नले पुन सुरु गरियो । पूर्ण सुरुक्षाको आश्वसन पाएर फर्केको गार्डेपले डेढ दर्जन भन्दा बढि बिद्यालय भवन निमार्ण गर्न र बर्षाको पानी संकलन गर्न घैटे कार्यक्रममा आर्थिक सहयोग उपलब्ध गरायो ।
२ जिल्लाका ४२ ओटै गाबिसहरुमा यातायात सुबिधा पु¥याउने योजना त्यतिबेला बनेको हो । घुम्ति पाल्पा, गच्छे भालुबाङ र सन्धिखर्कलाइ रिडि, तम्घास र प्युठान जोडने मोटरबााटोको योजना बन्यो ।
३ खानेपानी तर्फ छिर्लिङ्ग खोलाको मुहानबाट खिल्जी असुरकोट र नुवाकोटका जनतालाइ पानी खुवाउने योजना सम्पन्न भयो । स्वास्थय चौकीहरुको निर्माण,जिविसमा सहभोजको आयोजना । सन्धिखर्क वाड नं. १,२,३ र वाङ्गलाको केही भागमा आयआर्जन कार्यक्रम । आवधि योजना निर्माण हंसपुर गोगुगा मोटरबाटो विवाद समाधान सन्धिखर्क गरिसिङ्गगे मोटरबाटो गा्रविलिन सुरु खनको मुहानबाट अर्घातोष र भगवतिको खानेपानी समस्या समाधान । बसपार्क निर्माण । शान्ति बगैचा र पाणिनि क्याम्पसमा तारबार । पाणिनि तपोभुमि, दुर्वाश्वर गुफा छत्र माहाराजको मन्दिरमा ट्रकिङ रुटको निर्माण । सुवर्णखाल, सिद्धारा जलुके पूर्वको धातिवाङ्गबाट ढुङगा जस्ता विकट गाउँमा मोटरबाटो पु¥याउने काम भए।
४ खनदहका खानेपानी उपभोक्ताहरुको बिबादले बर्र्षै देखि अल्झियकोअर्घातोष खानेपानी समस्या समधान गरेर त्यस भेगका जनतालाइ पानी खाने अवसर प्रदान गर्न सकियो ।सन्धिखर्क गोरुसिङ्गे सडक कालोपत्रे गर्न बिश्व बैङ्कसँग पहल गरियो ।
नेकपा (एमाले)को छैठौ महाधिबेशान ।
“अुनुसासनहिनता र अराजकताको बिरोध गरौ, राजनीतिक र बिचारधारात्मक रुपमा पार्टीलाइ एकताबद्ध पारौँ ” भन्ने मुल नाराका साथ सुरु भएको नेकपा एमालेको छैठौ महाधीबेशन को उदघाटन सत्र २०५४ साल माघ १२ गतेका दिन नेपालगंजको रगंशालामा बिशाल आम सभाको बिच सम्पन्न भयो । नेपालको बाम आन्दोलनका शिखर ब्याक्तित्व तथा पूर्व प्रधानमन्त्री क. मनमोहन अधिकारीले समुदघाटन गर्नु भउको उदघाटन सत्रमा मुलुक भित्र र बाहिरका गरि दर्जनौ बन्धु पार्टीहरुका अतिथि प्रतिनिधीहरुको सहभागिता थियो सो एतिहासीक महाधिबेशनमा अर्घाखाँचीबाट निम्न कमरेडहरुले महाधिबेशन प्रतितिधीको रुपमा भाग लिनु भएको थियो ।
१ पीताम्वर भुसाल,२ नेत्रबहादुर क्षेत्री ३ लक्ष्मण रायमझी ४ हेमनाथ भुसाल ५ बुुद्धि बहादुर रायमाझी ६ चेतनारायण आचार्य ७ नरेन्द्रकुमार क्षेत्री ८ पबित्रा पौडेल ९ जनार्दन खनाल १० पीताम्वर सारु ११ पुतला खनाल ।
महाधीबेशन बन्द शत्रको माहोल क्रमश तात्दै गयो क. बामदेव गौतमले आफुद्धारा प्रस्तुत प्रगतिशिल कार्यक्रमको अन्तरबस्तुलाइ चर्को भाषणमा ब्याख्या गर्नु भयो । हल बहुमत र अल्पमतमा बिभाजित भयो आवाशकक्षबाट रातिमा बाहिर निष्कन प्रतिनिधिहरुलाइ अनुमति नभएपनी क. बामदेव गौतम र क. सीपी मैनालीले आफ्ना समर्थकहरुलाइ लिएर रातिमा बैठक बस्न चिसापानी पुग्न थाल्नुभयो उहाँहरुको महाधीबेशन चिसापानी भएजस्तो भान हुन्थ्यो ।
महाकाली सन्धिको बिषयका ठुलो विवाद भयो । बयोबृद्ध कमरेड मनमोहन अधिकारीले आफु डाडाँमाथिको जुन भएको उपमा दिदै कमरेडहरुलाइ विबाद नगर्न र पार्टी बिभाजनको अवस्था सिर्जना हुन नदिन गर्नु भएको अनुरोधले वामदेव सीपीहरुको मन छुन सकेन । महाधीबेशन समापन तर्फ पुग्दै गर्दा पार्टी फुटने कुरा पनी लगभग निश्चित भयो । अर्घाखाँचीका कुनै पनी प्रतिनिधि पक्षको धार तर्फ लाग्नु भएन । ‘बिद्रोह गर्नु अधिकार हो’ भन्ने क.बामदेव गौतमको भनाइले हामीलाइ छोएन । उहाँ बिद्रोह केका निम्ती भन्नेमा स्पस्ट हुन सक्नु भएको थिएन । समापनको अघिल्लो रात हलमै बित्यो । अल्पमत पक्षका साथिहरुलाइ पद राखिदिएर क. मनमोहन अध्यक्ष र क माधवकुमार नेपाल महासचिव पदम निर्बाचित हुनुभयो । अन्तिम दिनको बिहान साह्रै सुनसान महसुुस भयो । पार्टी फुटनेनै भयो भन्ने मनस्थिती बोकेर महाधिबेशन प्रतिनिधी जिल्ला फर्किए ।
नेकपा (एमाले) मा बिभाजन ।
नेपालगंजमा आयोजित पार्टीको छैटौ महाधिबेशनबटै फुटको संघारमा पुगेको नेकपा एमाले अन्ततः २०५४ साल फाल्गुसन २१ गते का दिन फुटेरै छड्यो । जनताको बहुदलिय जनबादलाइ पार्टीको मार्ग दर्शक सद्धिान्त मान्ने क. बामदेब गौतमले नौलो जनबादी कार्यक्रमका हिमाययती क. सीपी मैनालीलाइ लिएर ३५ जनाको केन्दिय कमिटी निमार्ण गरि आफु त्यस कमिटीको महासचिव बन्नु भयो । एमालेका धेरै सांसदहरु उहाँहरुतिर लागेकोले मालेलाइ सांसदहरुको पार्टी पनी भनीनथालियो । अर्घाखाँची जिल्लामा पार्टी जिल्ला कमिटीका कुनै पनी कमरेडहरु माले धार तर्फ लाग्नु भएन । भित्री प्रयास भने राम्ररी भएको हो ।
मालेको अर्घाखाँची जिल्ला अधिबेशन ।
२०५४ साल फाल्गुन २१ गतेका दिन नेकपा एमाले बाट अलग भएर गठन भएको नेकपा माले को प्रथम अर्घाखाँची जिल्ला अधिबेशन २०५८ सालको बैशख २ गतेका दिन सम्पन्न भयो । पार्टी केन्द्रिय कमिटीका महासचिव क. बामदेव गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न सो जिल्ला अधिबेशनमा केन्द्रिय कमिटीका सदस्यहरु क. रामचन्द्र अधिकारी र क. दलबहादुर रानाको पनी उपस्थिती थियो । उदघाटन सत्रमा क.वामदेव गौतमलाइ अर्घाखाँची मालेले गरेको अभिनन्दन प्रति उहाँले जिवनमा आफु कहिल्लै पनी अभिनन्दन नभएको र अर्घाखाँचीमा अभिनन्दन ग्रहण गर्दा अफ्ठ्रो लागेको बताउनु भएको थियो ।
सोही दिन साझ बसेको बन्द सत्रले चन्द्रकान्त आचार्य सचिव रहेका १५ सदस्य जिल्ला कमिटी चयन ग¥यो कमिटीको उपसचिवमा कुलदिप भुसाल र सदस्यहरुमा ओमप्रकाश बिक, सरत भुसाल, कृष्ण श्रेष्ठ, पुनाराम घिमिरे नवराज पोख्रल, शोभाखर पन्थि, भबिश्वर पाण्डे, राजन बीसी रहनु भयो भने ५ जना सदस्य पछि मनोनित गरिने भयो । त्यसैगरि गौरिशंकर खनाल, इश्वरचन्द्र पोख्रेल, तेजप्रसाद बन्जाडे भोजराज पोख्रेल रहेको सल्लाहाकार समिति गठन भयो । २०५५ साउन १६ मा बसेको (एमाले) जिल्ला कमिटी बैठकमा पार्टी बिभाजनको असर बारे समिक्षा हुदा ३६ जना संगठित पार्टी सदस्यहरु, २ जना गाबिस अध्यक्षहरु र २ जना उपाध्यक्षहरु नेकपा (माले) तर्फ लागेको तथ्य निर्णय पुस्तिकामा उल्लेख गरिएको छ ।
२०५६ सालको आम निर्बाचन र नेकपा (एमाले) ।
२०५६ जष्ठ ३ गतेका दिन सम्पन्न आम निर्बाचनामा नेकपा एमाले र नेकपा मसालको बिचमा चुनवी तालमेल गर्ने निर्णय भयो । जस अनुसार निर्बाचन क्षेत्र नंं. १ मा क. डिलाराम आचार्य (राजमो) र निर्बाचन क्षेत्र नं. २ मा डिल्लीराज खनाल सयुक्त वाम उमेद्धार बनाउने निर्णय भयो । बिडम्वना नै भन्नुपर्छकी हाल उहाँहरु दुबैजना एनेकपा माओवादीमा प्रबेश गर्नु भएको छ । निर्बाचन क्षेत्र नं. १ का साथिहरुले मसाललाइ उमेद्धार दिएकोमा गुनासा गरेपनी निर्बाचन निर्बाचन अभियानमा युद्धस्तरमा सहाभागी बन्नुभयो बडो मेहनत साथ निर्बाचन अभियान ब्यबस्थापन र सञ्चालन गरिएकोले दुबै क्षेत्रमा कम्युनिष्ट उमेद्धारहरुले बिजय प्राप्त गर्न सफल हुनुभयो । निर्बाचन क्षेत्र न. १ मा एमाले समर्थित मसालका उमेद्धार डिलाराम आचार्यले नेपाली काङग्रेसका उमेद्धार डा. रामबहादुर बिसीभन्दा ३११२ मल बढी प्राप्त गरी बिजयी हुनुभयो । त्यसैगरी मसाल समर्थित एमाले उमेद्धार डा. डिल्लीराज खनालले नेपाली काङग्रेसका उम्मेदवार पुष्पा भुसालले भन्दा १२७२ मत बढी ल्याइ बिजयी प्राप्त गर्नुभयो । यसरी अर्घाखाँचीमा कम्युनिष्ट पार्टी गठन भएको ४० बर्ष पछि लोकतन्त्र र जनताको पक्षमा गरेको अनवरत सघर्षको फल स्वरुप दुबै निर्बाचन क्षेत्रमा बिजयी हासिल गरेर पुरै जिल्लालाइ लाल किल्लामा रुपान्तरण गर्न सफल भयो । सो निर्बाचनमा नेकपा मालेले नि.क्षे नं १ मा चन्द्रकान्त आचार्य र नि.क्ष नं २ मा साबित्रा भुसाल लाइ उम्मेदवार उठाएको थियो । मुलतः एमालेका मत घटाउन खडा गराइनुभएका उम्मेदवारहरुले क्रमश ५१२ र १००० मत प्राप्त गर्नुभएको थियो ।
नेकपा एमालेको चौथो जिल्ला अधिबेशन ।
२०५५ सालको माघ महिनामा तेस्रो जिल्ला अधिबेशन सम्पन्न गरेको नेकपा एमले अर्घाखाँचीले २०५८ साल असोज १२ ,१३ गते आफ्नो चौथो जिल्ला अधिबेशन सम्पन्न ग¥यो अधिबेशनले जिल्लाको राजनीतिक,सागंठनि र आर्थिक प्रतिवेदन पारित गर्नुको साथै निम्न बमोजिम १८ सदस्य जिल्ला कमिटी गठन ग¥यो ।
क्र.स. पद नापथर
१ सचिव चेतनारायण आचार्य
२ उपसचिव रामजीप्रसाद घिमिरे
३ सदस्यहरु कृष्ण प्रसाद पौडेल
४ सदस्य जनार्दन खनाल
५ सदस्य बुद्धि रायमाझी
६ सदस्य नरेन्द्रकुमार क्षेत्री
७ सदस्य नेत्रबहादुर क्षेत्री
८ सदस्य पीताम्वर भुसाल
९ सदस्य पीताम्वर सारु
१० सदस्य बुद्धिराम भुसाल
११ सदस्य खेमराज खनाल
१२ सदस्य दलबहादुर भट्टराइ
१३ सदस्य कुटमदिन अली
१४ सदस्य ं नारायण पाण्डे ‘सन्तोसी ’
१५ सदस्य पीताम्वर भुसाल ‘ख’
१६ सदस्य प्रदिपनारायण शाह
१७ सदस्य बोमबहादुर बिक
१८ सदस्य रुद्रप्रसाद पोख्रल
१९ सदस्य हेमनाथ भुसाल
२० सदस्य धनबहादुर राना
२१ सदस्य गंगा भुसाल
२२ सदस्य भविश्वर पाण्डे
२०५८ कात्तिक १ गते बसेको जिल्ला कमिटीको बैठकले क. हेमानाथ भुसाल, क. धनबहादुर राना र क. गंगा भुसालालाइ मनोनित ग¥यो र पछि एमाले–माले एकिकरण भएपछि क. भविश्वर पाण्डेलाइ जिल्ला किमिटीमा समाबेश गरियो र कमीटी २२ जनाको हुन पुग्यो ।
लाउडा विरोधि प्रदशनि
२०५७ सालमा गिर्जा प्रसाद कोइराला प्रधानमन्त्रि भएपछि उनको व्यक्तित्वलाई ढाल बनाएर भस्ट क्रियाकलाप गर्न केही मानिसहरु प्रोत्साहित भए उनिहरुले टेण्डर र कोटेशनको कुनै पनि प्रक्रिया पुरा नगरि ११ भाद्र २०५७ का दिन इटलिमा अष्ट्रियाको लाउडा इयर कम्पनिसँग १८ महिनाको लागि भाडामा ल्याउने गरे । यो सम्झौताको सबत्त विरोध भयो । प्रमुख प्रतिपछि नेकपा एमाले सहित ६ बाम पार्टीहरु सडक संघर्षमा उत्रिए । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले ५७ दिन सम्म संसद चल्न दिएन् । यस अवधिमा केन्द्रको निर्देशन अनुसार अर्घाखाँचीमा नेकपा एमालेले राष्ट्रिय जनमोर्चो सँग मिलेर आन्दोलन ग¥यो । तत्कालीन प्रधानमन्त्रि गिर्जा प्रसाद कोइरालाको राजिनामा माग गदै सुरु भएको यो भष्टचारविरोधी आन्दोलन महिनै दिनसम्म जारी रहयो । हजारौ कार्यकर्ताहरुले उत्साहकासाथ सहभागिता जनाए ।
सन्धिखर्कमा माओवादी आक्रमण
२०५२ सालमा सरकारलाई ४० बुँदे मागहरुसहितको अल्टीमेटम दिएर हतारिँदै सोही बर्ष फाल्गुन १ गते देखि जनयुद्धको नाममा माओवादीद्धारा सञ्चालन गरिएको हिसांत्मक कारवाहीले पुरै मुलुक आक्रान्त भई सकेको थियो । च्क्ष्ः को सल्लाह बमोजिम सञ्चालीत सशस्त्र संर्घषले करिव १० हजार नेपालीको ज्यान लिइसकेको थियो । मुलुकमा ज्ञानेन्द्र र प्रचण्डका दुइ थरी बन्दुकहरुको बिचमा द्धन्द्ध चलिरहेको थियो ।च्क्ष्ः का सदस्य कम्युनिष्ट पार्टीहरुले माओ बिचारधाराको सट्टा माओवाद भन्नै पर्ने र जनसेनाबिनाको कम्युनिष्ट पार्टी हुनै नसक्ने मान्यता अगांलेको माओवादीले सशस्त्र युद्ध सुरु गर्नै पर्ने र पेरुको कजष्लष्लन उबतज को बाटो हिँडेको माओवादीले नेपालमा जबरजस्त क्रान्तिकारी परिस्थिती बिद्यमान रहेको निष्कर्ष निकाल्यो । युद्धको क्रममा गरिबी र अशिक्षाले ग्रस्त तथा पछाडि पारिएका क्षेत्र र जनसमुदायहरुमा माओवादीले आफ्नो प्रभाव फैलाउँदै गयो । सन १९३८ मा क. माओत्सेतुङ्गले “युद्ध र रणनिती” शिर्षकको लेखमा “पुरै चिन युद्ध सरदारहरुले बन्दुकको भरमा कब्जा गरेर बसेका छन । तसर्थ राज्य सत्ता प्राप्त गर्न बन्दुक नै उठाउनु पर्छ । राज्य सत्ता बन्दुुको नालबाट निस्कन्छ अर्थात उयधभच अयmभक यगत या तजभ दबचचभ िया तजभ नगल” भन्ने वाक्यलाई माओवादीहरुले नेपालको तत्कालीन स्थितीमा पनी लागु हुन सक्ने सत्यको रुपमा बुझ्न पुगे ।
आफु बाहेक अरु सबै कम्युनिष्ट पार्टीहरुलाई पनी बर्ग शत्रु देख्ने र राज्य सत्ता बहेक अरु सबै चिजलाई भ्रम ठान्ने माओवादी र निरङकुश राज्य सत्ता बीचका थुप्रै युद्धबिरामहरु र शान्ति बार्ताहरु भंग भैसकेकाथिए । हतारमा सुरु गरिएको जनयुद्धको क्रममा बिकशित हुन पुगेको भनिएको ‘प्रचण्ड पथ’ लाई नेपाली क्रान्तिको रामबाणको रुपमा बुझ्ने र ब्याख्या गर्ने अतिरन्जीत शैली मओवादीले अपनाएको थियो । युद्धलाई कहाँ पु¥याएर सुरक्षित अवतरण गराउने भन्ने बारेमा माओवादीमा अलमल थियो ।
यस्तो परिस्थितीमा नेकपा माओवादीले २०५९ साल भाद्र २३ गते राति साढे ९ बजेतिर सदरमुकाम सन्धिखर्कमाथि भीषण आक्रमण गरे । करिव १० ओटा नाकाबाट आक्रमण सुरु गरिएको भनिन्छ । माथिल्लो स्तरका फौजी नेताहरुको प्रतक्ष्य कमान्डमा भएको आक्रमणको निम्ति तीज पर्वको दिनलाई उपयुक्त ठानियो । पर्बको दिन सामान्यतया सेना प्रहरीका जवानहरु रमाइलोमा अलमलिएका हुन्छन भन्ने माओवादीको मान्यता रहयो । दरखाने दिन परेकोले बजारबासी आफ्नो हैसीयत अनुसारका मिठा परिकार खाँदै दिदिबहिनी छोरी चेलीसीत जिन्दगीका सुख दःख साट्दै थिए । राति पौने १० बजेतिर एकै साथ जिल्ला प्रहरी कार्यालय र भर्खरै शाही सेनाका जवानहरु आएर आश्रय लिएको खाद्य संस्थानको गोदाममा असिना झै गोली बर्सिन थाले । आवाजबाट बिभिन्न प्रकारका हतियार एकै साथ पड्किएको अनुमान लगाउन सकिन्थ्यो । सुरुमा त सदरमुकामबासीले शाही सेनाले आफ्नो नियमित फौजी अभ्यास गरेको होला भन्ने सोंचे तर छिट्टै यस्तो अनुमानलाई दोहोरो घमाशानले गलत साबित गरिदियो । चुक घोप्टाएजस्तो अध्यारोमा माओवादीले आफ्नो लडाकु शक्तिको ब्यबस्थापन धेरै चक्र (च्ष्लन) मा गरेको बुझिन्थ्यो । बजारबासीहरु र दर खान आएका दिदिबहीनीहरु गोलाबारुदको भयानक आवाजबाट त्रसित भएर अनेकौं पटक पिसाव फेर्दै त्रासदीपूर्ण रात कटाएका थिए ।रातभरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र जिल्ला शिक्षा कार्यलयका दर्जनौ सरकारी कार्यलयहरु खरानीमा परिणत गरिए ।लाखौं मुुल्ःय पर्ने खानेपानीका पाइपहरु जलेर खरानी भए । रा.वा. बैङ्कको सन्धिखर्क शाखा लुटेर करोडौ नगद र सुनचाँदी लगे ।कुँडुलेकी रम्वादेवी भुसाल आमालाई प्रहरीलाई आश्रय दिएको आशंकामा माओवादीले गोली हानी हत्या गरे । मध्यरातपछि आएको नाइट भिजनले माओवादी तर्फ कुनै क्षति गर्न सकेको देखिएन । उसको उचाइबाट मार हान्न सक्ने क्षमताका हतियारहरु माओवादीसित पनि रहेको बुझीयो । बिहानपख मओवादी लडाकुहरुले क्पद्धठ, ीःन्, क्ःन् र ८१ इन्च मोर्टरहरु समेत प्रयोग गरे । उज्यालो भएपछि माओवादी योद्धाहरु कोण सभा गरेर नारा लागाउँदै ज्ष्त बलम च्गल को गुरिल्ला युद्धको निति अनुरुप सदरमुकामबाट बाहिरीए । पृथ्वी नारायण शाहका पालदेखिका सरकारी अभिलेख सबै खरानी पारे । उनीहरु हिँडेपछि सन्धिखर्क एमालेका युवा कमरेडहरु सचिव मणि पौडेलको नेतृत्वमा अघिल्लो रातको युद्धभूमी सन्धिखर्क सदरमुकाम क्षेत्रमा प्रबेश गरेर फेला पारेजति दुबै पक्षका घाइतेहरुलाई टुंडिखेलम संकलन गरे । सेना प्रहरीका जवानहरु गोली लागेर शारिरिक तापक्रम बढेका बेला पानी पिउन नपाएर घस्रदै नालीतिर गएर त्यहीँ प्राण त्यागेकोपनी पाइयो । घाइतेहरुलाईपानी खुवाउने र ज्वरो आएकाहरुलाई कम्मल ओढाउने काम समेत गरियो । बिहान ९ बजेसम्म सन्धिखर्कमा प्रसासनको अस्थित्व देखिएन । प्रमुख प्रशासकहरु घाइते या भागेका थिए । कतिपयलाई माओवादीलेअहपरण गरेर लगेका थिए । बिहान ९ बजेतिर हेलिकप्टरमा शाही सेना आएर प्रशासन स्थापित गर्यो दुबै तर्फका गरि १५० जना योद्धाहरु हतहत भएको बुझियो । माओवादीहरुले वाँगीखोलाका किनारका धेरै ठाउँमा आफ्ना कमरेडहरुका लास गाडेको भेटियो । चार पाँच दिनमा चुत्राबेशी इलाकामा दुर्गन्ध फैलिन थालेकोले उद्योग बाणिज्य संघको पहल र लगानीमा पल्लेदार लगाएर माओवादीका छरपस्ट लासहरु ब्यबस्थितरुपले गाड्ने काम गरियो । माओवादीले धेरेै ठाउँमा स्वास्थ्य शिविर खोलेर आफ्ना घाइतेहरुलाई उपचार गरेको देखियो । माओवादीका मृतकहरुका प्रत्येक घाउहरुमा टाला (स्टिच) हालिएको थियो ।
माओवादीले आफ्नो प्रकाशनमा उल्लेख गरे अनुसार उनीहरुको सेनातर्फ कम्मनी कमान्डर अरुण सहित ५९ जना घटनास्थलमा, हसंपुर भिडन्तमा ४ जना र आन्तरिक दुर्घटनामा १ जना गरि जम्मा ६४ जनाले ज्यान गुमाएको उल्लेख गरेकाछन् । त्यसैगरी शाही नेपाली सेनातर्फ ६९ जना मारिएका र ८० जना गम्भिर घाइते भएका थिए । सहायक प्रजिअ सहित ८९ जना सेना प्रहरीलाई माओवादीले अपहरण गरेका थिए । उक्त आक्रमणबाट माओवादी लडाकुहरुले २ इन्च मोर्टार –२ थान, रकेट लन्चर –१ थान, एल एम जि ९ थान, एसएमजि १५ थान, एसएलआर ३६ थान, थ्रिनट थ्रि राइफल ७२ ,थान ,सटगन ४थान, म्यागनम राइफल ५ थान, टु टु ४ थान ,माउजर ब्राउनिङ पेस्तोल १२ थान, रिबल्वर ६ थान गरि जम्मा १ सय ७३ थान हातहतियार सहित लाखौं राउन्ड गोली तथा बैङ्कबाट ४ करोड ८५ लाख नगद र २० किलो सुन लुटि लगेका थिए ।केही महिना पछि उनीहरुले प्रमाण लिएर आउने जनताको सुन फिर्ता गरिदिने सुचना प्रवाह गरे । कतिपय मानिसहरुले आफ्नो सुन फिर्ता पनि लिएका थिए । फिर्ता गर्ने काम आम रुपमा भने हुन नसकेको भुक्तभोगीहरुको गुनासो रहेको छ ।
नेकपा (एमाले)को सातौ महाधिबेशन
२०५८ सालमा मालेसित एकिकरण भएको लगत्तै पछि २०५९ साल माघ १८–२३ मा नेकपा (एमाले)को सातौ राष्ट्रिय महाधिबेशनमा अर्घाखाँचीको तर्फबाट निम्न कमरेडहरुको सहभागिता रहेको थियो ।
क्र.स नाम कैफियत
निर्बाचन क्षेत्र न. १ बाट
१ क.चेतनारायण आचार्य
२ क.नरेन्द्र कुमार क्षेत्री
३ क. भविश्वर पाण्डे
४ कं. दलबहादुर भट्टराई
५ क. धुर्ब आचार्य
६ क. इश्वरा पोख्रेल महिला तर्फबाट
७ क. पबित्रा पौडेल ,, ,,
८ क. बोमबहादुर बिक मजदुर फाँटबाट
निर्बाचन क्षेत्र न २ बाट
१ क. पीताम्वर भुसाल
२ क. रामजीप्रसाद घिमिरे
३ क. कृष्ण प्रसाद पौडेल
४ क. रामकुमार श्रेष्ठ
५ क. सिद्धिप्रसाद ज्ञवाली
सो महाधिबेशनबाट संसोधन सहित पारित पार्टी बिधानमा पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहेको र यसको न्युनतम कार्यक्रम जनताको बहुदलिय जनवाद र अधिकतम लक्ष्य समाजवाद तथा साम्यवाद हो भन्ने उल्लेख छ । त्यसैगरी लामो समयको अथक संघर्षपछि २०४६ सालमा स्थापित सिमित प्रजातान्त्रिक अधिकार सहितको बहुदलिय ब्यबस्थाको उपभोग गर्दै तत्कालीन लक्ष्य प्राप्तीका निम्ती कुशलतपूर्वक जनताको नेतृत्व गर्नु पार्टीको तत्कालीन दायित्व हो भनिएको छ ।
माओवादी हिसांत्मक आन्दोलन चरमोत्कर्ष तर्फ अघि बढिरहेको बेला सम्पन्न सातौं महाधिबेशनले पार्टीको मार्गदर्शक सिद्धान्त सहि रहेको र त्यसलाई व्यवहारिक रुप दिन परिमार्जित गर्दै जाने नीति अपनायो । साथै माओवादीलाई शान्तिपूर्ण राजनीतिकधारमा ल्याउन पहल र प्रयत्न गर्ने नीति समेत तय गर्यो।
पार्टीको पाँचौ जिल्ला अधिबेशन
२०६१ असोज ८ र ९ गते नेकपा (एमाले) अर्घाखाँचीको पाचौँ जिल्ला अधिबेशन आयोजना भयो । स्थायी कमिटीका सदस्य क. अमृतकुमार बोहोराको प्रमुख आतिथ्यतामा केन्द्रिय कमिटी सदस्य रामनाथ ढकाल तथा अध्यक्ष मण्डलका अध्यक्ष क. नेत्र पन्थिको अतिथ्यतामा सम्पन्न जिल्ला अधिबेशनबाट तपशिलको जिल्ला कमिटी निर्वाचित भयो ।
क्र.स नाम पद कैफियत
१ क.चेतनारायण आचार्य सचिव
२ क.जनार्दन खनाल उपसचिव
३ क.बुद्धि भुसाल कार्यालय सचिव
४ क.रामजीप्रसाद घिमिरे सदस्य
५ क.नेत्र बहादुर क्षेत्री ,,
६ क.पीताम्वर भुसाल (क) ,,
७ क.नरेन्द्र कुमार क्षेत्री ,,
८ क.बुद्धिबहादुर रायमाझी ,,
९ क. कुटमदिन अली ,,
१० क. कृष्ण शर्मा पौडेल ,,
११ क.खेमराज खनाल ,,
१२ क.दलबहादुर भट्टराई ,,
१३ क.पीताम्वर भुसाल (ख) ,,
१४ क.बोमबहादुर बिक ,,
१५ क.पीताम्वर सारु ,,
१६ क.भविश्वर पाण्डे ,,
१७ क.हेमनाथ भसाल ,,
१८ क.पबित्रा पौडेल ,,
१९ क.जीवनारायण कोइराला ,,
२० क.भोजबहादुर रायमाझी ,,
२१ क. धनबहादुर राना ,, मनोनित
२२ क. तारापति भट्टराई ,, ,,
२३ क.रामकुमार श्रेष्ठ ,, ,,
२४ क.निमानन्द खनाल ,, ,,
शान्ति र प्रजातन्त्रका लागि जनअभियान
यो अभियान अन्तगर्त नेकपा (एमाले) पार्टी जिल्ला कमिटी सचिव चेतनारायण आर्चायको अगुवाइमा पार्टीका जिल्ला कमिटी तथा गाउँ र इलाका कमिटीका केही नेताहरु, जनसंगठनका प्रमुखहरु र सांस्कृतिककर्मीहरु सहित ३२ जनाको पदयात्रा टोली जिल्लाका सबै इलाका र गाविसहरुमा कार्यक्रम सम्पन्न गर्ने गरी २०६० वैशाख १५ गते जिल्ला पार्टी कार्यालय सन्धिखर्कबाट प्रस्थान ग¥यो । फागुन १८ गते टोली पोखराथोक पुगेपछि अभियानको लागी केन्द्रबाट खटिनुभएका नेकपा (एमाले) केन्द्रिय कमिटीका सदस्य क.पृथ्वीसुब्बा गरुङ्को नेतृत्वमा जनसभाहरु सम्पन्न गरी फागुन २५ गते जिल्ला सदरमुकाम सन्धिखर्क फर्केको थियो । पद यात्रा कार्यक्रममा क.पृथ्वी सुब्बा गुरुङ, पार्टी सचिव चेतनारायण आर्चाय, उप सचिव जनार्दन खनाल जिल्ला कमिटी सदस्य कमरेडहरु पिताम्बर सारु, हेमनाथ भुसाल, बम बहादुर बि.क, पिताम्बर भुसाल (ख) , प्रेम नारायण गैरे, खगिश्वर पंन्थी र जिल्ला परिषद् सदस्य कमरेडहरु खेमराज भुसाल, निमानन्द खनाल, लोकनाथ खनाल, काँसी आर्चाय र नुवाकोट गाउँ कमिटी सचिब क. राजकुमार श्रेष्ठ लगायत अन्य पार्टी तथा जन संगठनका नेता तथा कार्यक्रताहरु रहनुभएको थियो । फागुन ३० गते जिल्ला सदरमुकाम सन्धिखर्कमा नेकपा (एमाले) ले विशाल जनसभा आयोजना ग¥यो । करिब १० हजार जनसमुदायको सहभागिता रहेको सभालाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य क. बामदेव गौतम र क.विष्णु पौडेलले सम्बोधन गर्नुभएको थियो ।
२०६० चैत १९ गते देखिको काठमान्डौ केन्द्रित आन्दोलनमा जिल्ला कमिटी सचिव चेतनारायण आचार्यको नेतृत्वमा ५० जना सहभागीहरु काठमान्डौ पुगेका थिए । राजधानीको आन्दोलनमा सहभागी हुनेहरुमा क.रामजी प्रसाद घिमिरे। क.नरेन्द्र कुमार क्षेत्री, क.पिताम्बर भुसाल, क.बुद्धि भुसाल, क.बोम बहादुर बि.क, क. हेमनाथ भुसाल, क.दल बहादुर भट्टराई, क. पिताम्बर भुसाल –ख), क. पिताम्बर सारु। क.कृष्ण प्रसाद शर्मा ,क. निमानन्द खनाल र पार्टी जिल्ला परिषद् सदस्यहरु युवराज श्रेष्ठ, बसन्त श्रेष्ठ, खगेश्वर पंन्थी, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रेम नारायण गैरे रहनुभएको थियो । राजधानीको आन्दोलनको क्रममा जि.क सचिव चेतनारायण अचार्य, सदस्यहरु रामजीप्रसाद घिमिरे, हेमनाथ भुसाल, दलबहादुर भट्टराई र पिताम्वर भुसाल (ख) पक्राउ पर्नु भएको थियो ।
नेकपा (एमाले) को पाँचौ जिल्ला अधिबेशन
२०६१ सा असोज ८ र ९ गते ने.क.पा. (एमाले) अर्घाखाँचीको पाँचौ जिल्ला अधिबेशन आयोजना भयो । पार्टीको स्थायीकमिटीका सदस्य क. अमृत कुमार बोहोराको प्रमुख अतिथ्यतामा केन्द्रिय कमिटीका सदस्य रामनाथ ढकाल तथा अध्यक्ष मण्डका अध्यक्ष नेत्र पन्थिको आतिथ्यतामा सम्पन्न जिल्ला अधिबेशनबाट सचिव चेतनारायण आचार्य र उपसचिवमा जर्नादन खनाल निर्बाचित हुनुभयो । सदस्यहरुमा रामजीप्रसाद घिमिर,े नेत्र बहादुर क्षेत्री ,पीताम्वर भुसाल (क) नरेन्द्रकुमार क्षेत्री, बुद्धिबहादुर रायमाझी ,बुद्धिराम भुसाल कुटमदिन अलि ,कृष्ण प्रसाद शर्मा पौडेल ,खेमराज खनाल, दलबहादुर भट्टराइ पीताम्वर भुसाल(ख) बोमबहादुर बिक ,पीताम्वर सारु , भबिश्वर पाण्डे , हेमनाथ भुसाल, पबित्रा पौडेल जीबनारायण कोइराला र भोजबहादुर रायमाझी निर्बाचित हुनुभयो । धनबहादुर राना, तारापति भट्टराई ,रामकुमार श्रेष्ठ र निमानन्द खनाललाइ पछि मनोनित गरियो ।२४ सदस्य पाटी जिल्ला कमिटी निमार्ण गरीयो ।
लोकतान्त्रिक जागरण अभियान
पार्टी केन्द्रको देशब्यापीरुपमा लोकतान्त्रिक जागरण अभियान संचालन गरी निरङकुश राजतन्त्रको बिरुद्ध जनमत निमार्ण गर्ने उद्धेश्यले संंचालित यो अभियानमा केन्द्रिय प्रतिनिधी क.देवी ज्ञावलीको उपस्थितीमा हाम्रो जिल्लामा पनी लागु गरियो । ३८ स्थानमा आमसभाहरु आयोजना गरी जिल्ला ब्यापीरुपमा नेकपा (एमाले)को ताजा नीति बिचार र योजनाहरु जनताको घर दैलोमा पु¥याउने काम भयो । २०६२ सालको कात्तिक महिना भरि संचालिन जागरण अभियानको क्रममा पार्टी र जनसंगठनका स्थानिय कमिटीहरु गठन पुर्नगठन गरिए । अभियानको समापनको रुपमा मंसिर ४ गते बुटवलमा प्रतिगमन बिरोधी अंचल स्तरीय बृहत आमसभाको आयोजना गरियो । जिल्लाबाट यो आमसभामा १५०० जना जति नेता कार्यकार्ताको सहभागिता रहेको थियो । पार्टीले रिर्जव गरेका बसहरु प्रसाशनले सदरमुकामबाट बाहिर जान रोक लागएकोले करिव १२०० जनाले क. जनार्दन खनालको नेतृत्वमा सन्धिखर्कमा आम सभा गरेर भण्डाफोर गरियो । बुटवलको आमसभाबाट लुम्बिनी तात्यो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा लुम्बिनी तात्नुको अर्थ मुलुकको प्रतिक्रियावादी राज्य सत्तामा निर्णयक प्रहार हुनु हो भनिन्छ ।
माओवादीद्धारा (एमाले)कार्यकर्ताको हत्या र सम्पती कब्जा ।
प्रतिगमन आधा सच्चियो भन्दै हाम्रो पार्टी देउवा नेतृत्वको सरकारमा गएको समय अर्घाखाँची एमालेको निम्ति पनी साह्रै प्रतिउत्पादक रहयो । यहि समयमा माओवादीले हाम्रो पार्टी पंक्तिलाई निशाना बनायो । माओवादीले जिल्ला नेतृत्व सहित धेरै जनालाइ भौतिक रुपमा सफाया गर्ने घोषणा गरे । २०६१ सालको कात्तिक महिनामा नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य क. पीताम्वर सारु ,क. पीताम्वर भुसाल (वाँगी) को घर लुटी तालवन्दी गरे, माघ ११ को दिउँसो पार्टी जिल्ला कमिटीका सदस्य तथा तत्कालीन भगवती उच्च माबिका शिक्षक तारापति भट्टराईलाई कक्षामा पढाउदै गरेको बेला बाहिर निकालेर सयांै बिद्यार्थीको माझ मरणासान्न अवस्थामा पुग्ने गरी गोली प्रहार गरे, २०६०साल असोज १२ गतेका दिन क. हुमानन्द बन्जाडे, २०६१ साल पुस २९ गतेका दिन क. नेत्रप्रसाद खनाल र २०६२ साल बैशाख १३ गतेका दिन क. यज्ञ प्रसाद बेल्बासेको माओवादीले हत्या गरे । त्यसैगरी २०६१ साउन २० गतेक दिन मोती अधिकारी र दुर्गा प्रसाद बेल्बासेको , त्यसै गरी सिमलपानी ५ का ससबहादुर बैजालीको माओवादीले सुराकाीको आरोपमा अपहरण गरी ०५९ मसिंर ५ गते गोली हानी हत्या गरे ।
सन्धिखर्क ६ निवासी ७२ बर्षिय बृद्धा रम्भादेवी भुसालको ०५९ भदौ २३ गते सन्धिखर्कमा आक्रमण गर्ने क्रममा उहाँकै घरभित्र गोली हानी हत्या गरेका थिए । नेकपा एमाले जिल्ला कमिटीका सदस्य ममतामयी माता रम्भादेबि पार्टीको असल हितैशी र शुभेच्छुक हुनुहुन्थ्यो । खिदिम ८ का १४ बर्षिय पवन गौतम असल बिद्यार्थी थिए । ०६२ फाल्गुन १६ गते सुरक्षकर्मी र माओवादी बिचको दोहोरोे भिडन्तको क्रममा उनको मृत्यु भएको थियो । पोखराथोक ६ का ३४ बर्षिय ओमप्रकाश घर्ति नेपाली सेनाले हेलिकप्टरबाट खसालेको बममा परेर मृत्र्युुबरण गर्न पुगे ।
यसरी नेकपा (एमाले) का १० जना नेता कार्यकर्ता र समर्थकहरुले कथित जनयुद्धको क्रममा अनाहक ज्यान गुमाउनु प¥यो । त्यसैगरी माओवादीको मभबतज धबचचबलतमा पर्नेहरुमा चेतनारायण आचार्य, नरेन्द्र कुमार क्षत्री,पीताम्वर भुुसाल, रामजीप्रसाद घिमिरे, जर्नादन खनाल ,बोमाबहादुर बिक ,प्रेमनारायण गैरे ,युवराज श्रेष्ठ ,बुद्धि रायमाझी ,कुलदिप भुसाल लगाएत तत्कालीन जिल्ला कमिटी र अन्य कार्यकर्ताहरु रहेका थिए ।
अपहरण तथा यातना पाउनेहरुमा छबिलाल अधिकारी (हंसपुर) तिलक मिश्र(बाँगी) नारायण खनाल (ढिकुरा) खडकप्रसाद भुसाल (हंसपुर) तारापति भट्टराई (धनचौर) देवबहादुर पुन (हंसपुर) पोमबहादुर कुवर (बाँगी) लगायत हुनुहुन्छ ।
मओवादी द्वारा हत्या, घर सम्पति कब्जा, तालाबन्दीमा पर्ने एमाले साथीहरुको नामावली ः
हत्या
क्र.सं. नामथर ठेगाना मिति कैफियत
१ हुमानन्द बन्जाडे अर्घातोष –९ २०६०÷०६÷१२
२ नेत्र खनाल गोखुङ्गा –९ २०६१÷०९÷२९
३ यज्ञप्रसाद वेल्वासे सुवर्णखाल –३ २०६१÷११÷१३
४ मोति अधिकारी चिदिका –५ २०६१÷०९÷१४ २०६१÷०४÷२०मा अपहरण र ०९÷१४ मा अवशेष प्राप्त
५ शस बहादुर गाहा सिमलपानी –५
६ दुर्गा वेल्वासे जुकेना –६
७ दिलकुमार श्रेष्ठ डिर्भना –७
८ रम्भादेवी भुसाल सन्धिखर्क –६ २०५९÷०५÷२३ सन्धिखर्क आक्रमणको राति
सम्पत्ति कब्जा, लुटपाट र विस्थापितहरु
क्र.सं. नामथर ठेगाना मिति कैफियत
१ पिताम्वर सारु जलुके–२ २०६१÷१०÷१६ घर तालाबन्दि र सम्पत्ति कव्जा, विस्थापित
२ पिताम्वर भुसाल बाँगी–२ २०६१÷०७÷२० घर तालाबन्दि र सम्पत्ति कव्जा, विस्थापित
३ चुडामणि भुसाल मरेङ्ग–६ २०६०÷१२ घर तालाबन्दि र सम्पत्ति कव्जा, विस्थापित
४ भुमबहादुर महत बाँगी–६ २०६१÷०७÷२५ घर तालाबन्दि र सम्पत्ति कव्जा, विस्थापित
५ हुमबहादर महत बाँगी–७ २०६१÷१०÷१८ पसल लुटपाट, तालाबन्दि र विस्थापित
६ तुल्सीराम मिश्र बाँगी–६ २०६१÷०९÷२७ अपहरण कुटपिट एरिया बन्दि तोकेको साथै विस्थापित, रु.५० हजार जरिवान र पसल लुटपाट
७ ठगिश्वर न्यौपाने बल्कोट–७ २०६०÷०७÷२० पसल लुटी, आगजनी विस्थापित
८ गोपाल वेल्वासे खिल्जी–३ २०६०÷०६÷०५ पसल लुटेको विस्थापित
९ कौशर अलिमिया पाली–१ पसल लुटेको, विस्थापित
१० लालबहादुर खत्री हंसपुर–५ २०६१÷०७÷१३ पसल लुटी तालाबन्दि विस्थापित
११ देव बहादुर खनाल हसंपुर–९ द्दण्टज्ञरण्ठरज्ञघ पसल लुटी तालाबन्दी , बिस्थापित
१२ खेतुलाला पौडेल गोखुङ्गा द्दण्टज्ञरण्ठरज्ञघ हंसपुर ५ को पसल लुटी, तालाबन्दी र विस्थापित
१३ ऋषि अधिकारी चिदिका–५ आर्थिक जरिवाना, विस्थापित
१४ बाबुलाल पौडेल बल्कोट द्दण्टण्रण्ठरद्दण् पसल लुटी आगजनी, बिस्थापित
१५ पूर्ण प्रसाद श्रेष्ठ अर्घातोष–७ घरमा बम बिस्फोट, लुटपाट र विस्थापित
१६ गोपाल बहादुर पाण्डे मरेङ्ग –१ घर जग्गा कब्जा र विस्थापित
१७ खुम बहादुर कुँवर मरेङ्ग–१ घरमा आगजनी र विस्थापित
१८ खिमानन्द अर्याय चिदिका –२ सम्पत्ति कब्जा र विस्थापित
१९ खुसदिन मिया बल्कोट द्दण्टण्रण्ठरद्दण् घरमा आगजनी
२० पोम बहादुर कुवँर बाँगी–८ घरमा धनसम्पत्ती लुटेका
२१ भविश्वर घिमिरे खन–९ घरमा धनसम्पत्ती लुटेका
विस्थापित र अंगभङ्ग
१ तारापति भट्टराई धनचौर–६ २०६१÷१०÷११ ७ दिन अपहरण,२०६१ माघ ११ मा गोलि हानेका विस्थापित
२ पशुपति गौतम खिदिम २०६० कुटपिट गरि हातखुट्टा भाचिएका एकलाख भन्दा बढी खर्च, विस्थापित
३ टेकराज पौडेल खिदिम २०६२÷०१÷१० कुटपिट, खुट्टा भाँचिएका, विस्थापित
४ गोपाल श्रेष्ठ डिभर्ना–७ वम विस्फोटमा परि आखाँ गुमाएको
विस्थापित
१ पिताम्वर भुसाल धनचौर–८ विस्थापित
२ रामजी प्रसाद घिमिरे मैदान–४ २०५८÷०४÷०१ सुचना टाँस र विस्तापित
३ जनार्दन पोख्रेल खन–२ २०६१÷१०÷०६ विस्थापित
४ लालमणि खनाल खन–५ २०६१÷०७ विस्थापित
५ विष्णु पोख्रेल खन–५ २०६१÷०७ विस्थापित
६ प्रदिपनारायण शाह छत्रगंज–२ २०६१÷०६ विस्थापित
७ भोज बहादुर रायमाझी छत्रगंज–२ २०६०÷०५÷१६ विस्थापित
८ जिवनारायण कोइराला मैदान २०६१ विस्थापित
९ दल बहादुर भट्टराई हंसपुर–७ विस्थापित
१० जयप्रकाश किसान खिदिम २०६१–६ विस्थापित
११ कुलदिप भुसाल सन्धिखर्क–६ विस्थापित
१२ मामदली मिया पाली २०६१–६ विस्थापित
१३ छविलाल अधिकारी हंसपुर–२ २०६१–३ १३ दिन अपहरण विस्थापित
१४ गंगाधर खनाल खनदह–८ २०६१ विस्थापित
१५ नेत्रलाल पाण्डे अर्घातोष–४ विस्थापित
१६ ऋषिकेशव घिमिरे पाली २०६१–६ विस्थापित
१७ इन्द्रमणि घिमिरे मैदान विस्थापित
१८ ढुनिराम पोख्रेल खन–२ २०६१–१०–८ विस्थापित
१९ राम प्रसाद खनाल खन–२ विस्थापित
२० राम बहदुर चौहान वाँगी–३ विस्थापित
२१ नजिर मियाँ पाली–२ २०६१–८–१ विस्थापित
२२ इश्वरी पोख्रेल पटौटी २०६१–१२ विस्थापित
२३ राजन वि.सी. सिमलपानी २०६१–७–४ विस्थापित
२४ दण्डपाणी पोख्रेल खनदह–३ २०५९–६–१४ कुटपिट र विस्थापित
२५ दामोदर खनाल खनदह–२ २०५९–६–१४ कुटपिट र विस्थापित
२६ राम बहादुर थापा धनचौर–८ २०६० ११ दिन अपहरण, रु.५५०००।– जरिवान, विस्थापित
२७ तोमलाल बन्जाडे अर्घातोष–२ विस्थापित
२८ मोतिलाल श्रीपाल चिदिका विस्थापित
अपहरण
१ खड्क प्रसाद भुसाल हंसपुर–९ २०६१ २ पटक गरी ३६ दिन अपहरण पछि एरिया बन्द गरेको ।
२ बाबुराम आचार्य मरेङ्ग–३ २०६० २ पटक गरी सात दिन अपहरण
३ नारायण खनाल ढिकुरा २०६१ ७ दिन अपहरण, विस्थापित
४ राजेन्द्र थापा अड्गुरी २०६० १३ दिन अपहरण विस्थापित
५ बालकृष्ण आचार्य मरेङ्ग–६ २०६० चार दिन अपहरण
६ घनश्याम आचार्य डिर्भना–४ २०६० ७ दिन ज.जा.मा.वि धनचौर बाट अपहरण
७ इन्द्रंमणि पौडेल धनचौर–८ २०६० ११ दिन अपहरण भिडियो डेग लगेको
८ कृष्ण पौडेल पोखराथोक २०६० ७
९ मणिराम घिमिरे मैदान–४ २०६० ३ दिन अपहरण
१० टोपलाल घिमिरे मैदान–५ २०६१ ३ दिन अपहरण
११ अनन्त वेलवासे मैदान–१ २०६१ ३ दिन अपहरण
१२ तुल्सी गैरे धनचौर–६ २०६० २ दिन अपहरण
१३ कृष्ण पौडेल पोखराथोक २०६१ ७ दिन अपहरण
कुटपिट
१ लक्ष्मण नेपाली पाली–८ २०६१–४–१२ कुटपिट
२ खिमानन्द खनाल खनदह–३ २०५९–६–१४ कुटपिट
३ यमलाल खनाल खनदह–२ ,, ,, ”
४ चम्पा खनाल खनदह–२ ” ” ”
५ तुल्सीराम खनाल खनदह–२ ” ” ”
६ भोजराज खनाल खनदह–२ ” ” ”
७ केशव खनाल खनदह–२ ” ” ”
८ बालकृष्ण खनाल खनदह–२ ” ” ”
९ पुतला खनाल खनदह–२ ” ” ”
१० गुणनिधि खनाल खनदह–३ ” ” ”
११ चोपनारायण पोख्रेल खनदह–३ ” ” ”
१२ तुल्सीराम खनाल खनदह–२ ” ” ”
१३ इश्वरा पोख्रेल खनदह–२ ” ” ”
१४ प्रमिणा खनाल खनदह–२ ” ” ”
१५ निशान खनाल खनदह–२ ” ” ”
१६ शुस्मा खनाल खनदह–२ ” ” ”
१७ अमृत खनाल खनदह–२ ” ” ”
कमरेड हेमनाथ भुसाल रहनुभएन
बि.स १९९८ आस्विन १७ गते हालको संन्धिखर्क वार्ड नं ९ कुर धारी चौरमा बुवा खिमानन्द भुसाल र आमा हिमकला भुसालको कोखबाट जन्मनु भएका कमरेड हेमनाथ भुसालले ०२४ सालमा नेकपाको सदस्यता प्राप्त गर्नुभएको थियो । ०२७ सालमा उहाँ पुष्पलाल समूहको अखिल नेपाल क्रान्तिकारी किसान मोर्चाको जिल्ला सचिव र ०३० साल चैत्रमा सम्पन्न जिल्ला सम्मेलनमा जिल्ला अध्यक्ष चुनिनुभयो । सोही बर्षको कात्तिक २६ गते सदरमुकाम नरपानीमा जुझारु किसान र्यालीको नेतृत्व गर्नुभएका कमरेड हेमनाथ भुसाल सुराकी शशिधर आर्चायले प्रशासन समक्ष कुरा खोलेकोले बर्रे संघर्षमा सहभागी भएको आरोपमा पक्राउ परि अन्य कमरेडहरु सँग १३ बर्ष कठोर सजाय भोग्नुभयो । बर्रे जान नचाहेका कमरेड केशरमणिलाई एक्सनको नेतृत्व उनले नै गर्नुपर्ने भनेर हेमनाथ भुसाल र नेत्र प्रसाद ढुंगानाले दवाव दिएर उनलाई अगाडि लगाउनुभएको थियो । जेल बसाईको क्रममा ०३९ साल आश्विन २५ गते बर्रे संघर्ष समूहका सबै कमरेडहरु सहित तत्कालीन नेकपा –माले) मा समाहित हुन पुग्नुभयो ।
०४३ सालमा जेल मुक्त भए पछि पार्टी इलाका कमिटीको सचिव र अनेकि संघ जिल्ला सचिब भएर क्रियाशिल रहनुभयो । ०४४ को आश्विनमा पाल्पा मदनपोखरामा आयोजित पार्टीको अञ्चल अधिवेशनमा प्रतिनिधी भएर सहभागी हुनुभयो । ०४७ साल असारमा आयोजित अनेकि संघको तस्रो जिल्ला सम्मेलनमा जिल्ला कोषाध्यक्ष र ०५० जेष्ठ २१ गते आयोजित जिल्ला सम्मेलनबाट अध्यक्ष चुनिनुभयो । ०५४ सालमा नेपालगञ्जमा आयोजित ने.क.पा .(एमाले) को छैठौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधीको रुपमा भाग लिनुभयो । सोही बर्ष मदननगर बल्खुमा आयोजित राष्ट्रिय स्तरको अगुवा किसान कार्यकर्ता भेलाबाट चौंथो राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुनुभयो । अनेकि संघका नेता कार्यकर्ताहरुले एक दिनको पारिश्रमिक बराबरको रकम चौंथो राष्ट्रिय सम्मेलनलाई सहयोग स्वरुप दिनुपर्ने प्रस्ताव कमरेड हेमनाथले राख्नुभएको थियो । सो प्रस्ताव सर्व सम्मतीले पारित भयो । ०५५ पौष १९ देखी २१ सम्म राजबिराजमा आयोजित अनेकि संघको चौंथो राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका कमरेड हेमनाथ भुसालले ०५७ फागुन ०१ बाट शुरु भएको महिना व्यापी किसान जागरण अभियानमा उत्साहजनक रुपले भाग लिनुभयो ।
पार्टी र किसान संघको नेतृत्व तहमा पुग्नुभएका क्रियाशिल व्यक्तित्व कमरेड हेमनाथ भुसालले दोस्रो जनआन्दोलनले सफलता प्राप्त गरेर नेपाल गणतन्त्र घोषणा भएको देख्न पाउनुभएन । ०६२ असार २६ गतेका दिन उपचारको क्रममा राजधानीको मेडिकेयर अस्पतालमा उहाँको दुखत ः निधन हुन पुग्यो ।
२०६२÷०६३ को ऐतिहासीक आन्दोलन ।
संयुक्त जनआन्दोलन संयोजन समिति
जनआन्दोलनलाई संयोजन तथा व्यवस्थापन गर्न आन्दोलनरत सात राजनीतिक दलहरुमध्ये अर्घाखाँची जिल्लामा कार्यरत तिन राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली काग्रेस र जनमोर्चा नेपालका जिल्ला स्थित पार्टीका प्रमुखहरु रहेको संयुक्त जनआन्दोलन संयोजन समिति अर्घाखाँची निम्न बमोजिम गठन भयो ः–
१) चेतनारायण आचार्य–सचिव, नेकपा (एमाले)
२) पिताम्वर भुसाल–सभापति, नेपाली काग्रेस
३) सागर के.सी.–अध्यक्ष, जनमोर्चा नेपाल
पछि थप
४ इन्द्र बहादुर क्षेत्री–का.व.सभापति नेपाली काँग्रेस (प्रजातान्त्रिक)
नेकपा (एमाले) ले निम्न पाँच सदस्य जनआन्दोलन परिचालन समिति गठन गरेको थियो ।
१ जनार्दन खनाल
२ रामजी प्रसाद घिमिरे
३ं नरेन्द्र कुमार क्षेत्री
४ पिताम्वर भुसाल
५ पवित्रा पौडेल
पारिवारीक कलह षडयन्त्र र दाउपेचको भरमा टिकेको नेपालको खुनी राजतन्त्र आफ्नै आन्तरिक कारणले र जन बिरोधको कारणले दुवेल हँुदै गएको समयमा २०५९ साल जेष्ठ १९ गते शुक्रबार राति पुरै राजपरिवारको बंश बिनाश भयो । पर्दा पछाडि सक्रिय पात्रहरु बिरेन्द्रको बशं बिनाशपछि नाटकीय दृश्यको अग्रभागमा आएर राजा र राजपरिवार सदस्यले आसन ग्रहण गर्न पुगे । नयाँ राजा ज्ञानेन्द्र क्रमशः राज्य शक्ति हातमा लिएर निरङकुश शासक बन्न पुग्यो । पञ्चहरुमध्ये पनी साह्रै भ्रष्ट र गन्हाएका निक्र्रिष्ट ब्यक्तिहरु छानेर उपाध्यक्षहरु आफु मन्त्रिपरिषदको अध्यक्ष बनेको घोषण ग¥यो । राजाको सार्वजनिक छबि नराम्रो रहेको र प्रजातन्त्र समेत खोसेकोले राजतन्त्रबिरोधी भावना बिकशित भएको थियो ।
मुलुकका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले र नेपाली काङगे्रसका नेताहरुले बिगतमा आफुहरुबाट त्रुटि भएको र आगामी दिनमा इतिहासमा पाठ सिक्दै पारस्पारिक बिश्वासका साथ लोकतन्त्र बचाउन सघर्ष गर्ने प्रतिबद्धता ब्याक्त गर्न थाले । जनतासँग क्षमायाचना गर्दै अरु एकपटक आफुहरुलाई बिश्वास गर्न हार्दिक आग्रह गर्न थालेको र उता जनयुद्धलाई सुरक्षित अवतरण गराउन उपयुक्त अवसरको प्रतिक्षामा रहेको माओवादी पार्टीसित पनी बिभिन्न स्थानमा धेरै पटक वार्ता गरेर दलहरुले दिल्लीमा बाह्र बँुदे सहमति गर्न सफल भए । यसरी सुरुमा एमाले काङगे्रसका कार्यकर्ता पङतिबाट “निरङकुश राजतन्त्र मुर्दावाद” ! को नाराबाट २०६२ साल चैत्र २४ गतेदेखि सुरु भएको जनआन्दोलन –२ क्रमश ः जनताले साथ दिदै गएर “राजतन्त्र मुर्दावादमा” ! मा रुपान्तरण हुनसक्यो । राजा र माओवादीको दोहोरो बन्दुकको चपेटामा परेका नेपालीहरुले हत्या हिसांबाट मुक्त बातावरण अर्थात शान्तिको निम्ती शिरमा कात्रो बाधेर आन्दोलनको मैदानमा हाम फाले । ज्ञानेन्द्रको हठले गर्दा २३८ बर्ष पुरानो बिष्णु भगवानको अवतार ठान्ने राजतन्त्र उन्मुलन हुन सक्यो । आन्दोलन लम्विन नपाएको भए नेपालमा राजतन्त्रको आयु समाप्त नहुन पनी सक्थ्यो । ज्ञानेन्दले ऐन मौकामै संसद पुर्नस्थापना गर्दिन सकेको भए आन्दोलन सिथिल हुन पुग्थ्यो र आन्दोलनकारी दलहरुबिच मतभिन्नता उत्पन्न हुनपुग्थ्यो । शुरुमा आन्दोलन राजतन्त्रको बिरुद्ध नभएर राजामा रहेको निरङकुशताको बिरुद्ध लक्षित थियो । केन्द्रिय आन्दोलन परिचालन समितीबाट जिल्लाहरुबाट प्राप्त परिपत्रहरुले यही कुरा बताउछन् । माघ १९ गतेको शाही कदमबाट ज्ञानेन्द्रले हातमा लिएको शक्ति जनतामा (संसदमा ) फिर्ता गराउन सुरु भएको आन्दोलनले क्रमश ः शान्तिपुर्ण जनक्रान्तिको स्वरुप धारण गर्न पुग्यो ।
नेकपा एमाले , नेपाली काङग्रेस र राष्ट्रिय जनमोर्चाबिच संयुक्त जनआन्दोलन परिचालन समिती निमार्ण गरेर यसैको नेतृत्वमा अर्घाखाँची आन्दोलनमा होमियो । सरदमुकाम केन्द्रित आन्दोलनको क्रममा प्रभावकारी जनप्रर्दशनहरु आयोजना गरिए । २०६२ फाल्गुन २ गते बसेको नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको बैठकले जनआन्दोलन २ का प्रथम सहिद नेकपा एमाले दाङ जिल्ला परिषद सदस्य क. उमेशचन्द्र थापाको सम्झनामा शोकसभा अयोजना गर्ने निर्णय गर्यो । साथै नेकपा एमाले दाङ र शोकाकुल परिवारजनप्रति बैठकले सुमबेदना ब्याक्त गर्दै दोषी माथि कडा कारबाहीको माग समेत गर्यो । आन्दोलनमा हाम्रो पार्टीको अर्घाखाँचीमा नेतृत्वदायी भुमीका रह्यो । खासगरी अनेरास्ववियु, अनेमसंघ र युवासंघहरुले महत्वपुर्ण भुमिका निर्बाहा गरे । प्रहरी प्रशासनसँगको भिडन्तमा नेकपा एमालेका कार्यकर्ताहरु अग्रमोर्चामा देखिन्थे । फलस्वरुप आन्दोलन परिचालन समितीबाट जनआन्दोलनका घाइतेहरुको प्रमाण पत्र प्राप्त गर्नेहरुमा एमाले कार्यकर्ताहरुको बाहुल्यता रहेको छ । बैसाख ३ गतेको बिशाल जनप्रर्दशनमा केही आन्दोलन बिरोधी भिडलाई भडकाउँदा सेना दमनमा उत्रियो र सयांै प्रर्दशनकारी घाइते हुनपुगे । ४ जना गम्भिर घाइते हुनुभएकाहरुको लामो उपचार गर्नुपर्ने भयो । १९ दिन लामो ऐतिहासिक दोस्रो जनआन्दोलनमा एमाले कार्यकर्ताहरु ४६÷४७ को जनआन्दोलनमा जस्तै महत्वपूर्ण भुमिका रह्यो ।
जनआन्दोलनमा घाइतेहरुको नामावली
२०६२÷०६३ को शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको क्रममा अर्घाखाँथीमा सेना र प्रहरी द्धारा गरिएको दमनमा परी घाइते हुनेहरुमा तपशिल बमोजिमका आन्दोलनकारी साथीहरु रहेको संयुक्त जनआन्दोलन परिचालन समिति अर्घाखाँचीले २०६३ साउन १२ मा सार्वजनिक गराएको थियो ।
बैसाख ०३ गतेको गोली काण्डमा परि गंभिर घाइते भएर उपचार गराइरहेका आन्दोलनकारीहरु ः
क्र.स नाम, थर ठेगाना कैफियत
१. निरजराज दमासे नरपानी, ६
२. नारायण कुंवर डिभर्ना, ६
३. सुमित्रा पौडेल नुवाकोट,६
४. बिष्णु प्रसाद भुसाल धारापानी, ६
बिभिन्न मितिमा अंगभंग तथा घाइते भएकाहरु ः
क्र.स नाम, थर ठेगाना कैफियत
१. जिवलाल –गोपाल) पौडेल संन्धिखर्क, ६
२. ऋषिराम घिमिरे खाँचीकोट,९
३. मित्रमणि पाण्डे केरुङ्गा , ४
४. झबिन्द्र भट्टराई संन्धिखर्क, ६
५. आनन्द टंडन संन्धिखर्क, ६
६. रुक बहादुर थापा वाङ्गला , ४
७. श्याम भुसाल संन्धिखर्क, ६
८. धर्म पराजुली किमडाडा, २
९. गणेश भुसाल धन्चौर, ५
१०. मोहन पाण्डे संन्धिखर्क, ६
११. अर्जुन पोख्रेल खन, २
१२. रमेश परियार नुवाकोट, ३
१३. इश्वरा पोख्रेल संन्धिखर्क, ९
१४. शुशिला खनाल संन्धिखर्क, ६
१५. कमला भुसाल खन,४ हाल संन्धिखर्क,६
१६. सुमित्रा के.सी संन्धिखर्क,७
१७. ओम प्रकाश बि.क पाली, ५
१८. समसुद्धिन मिँया वाङ्गला,१
१९. जुना बि.क बाँगी, ४
२०. मनकला बि.क बाँगी, ४
२१. बसन्ता खनाल बाँगी,४
२२. टोपलाल पोख्रेल छत्रगञ्ज,८
२३. दुर्गा प्रसाद खनाल खन, ४
२४. शिवकला आर्चाय डिभर्ना, ६
२५. पदम बहादुर नेपाली संन्धिखर्क, ९
२६. भुम बहादुर महत बाँगी , ७
२७. नविन खनाल गोखुङ्गा, ९
सोही मितिमा प्रकाशित परिचालन समितिको जानकारी अनुसार सामान्य घाइतेहरुको नामावली ः
क्र.स नाम, थर ठेगाना कैफियत
१. शेर बहादुर बि.सी नरपानी, ४
२. पिताम्बर भुसाल धन्चौर, ८
३. पबित्रा पौडेल नुवाकोट, ६
४. सिद्धि भट्टराई वाङ्गला, ५
५. समसुद्धिन मिँया वाङ्गला , १
६. उमनाथ बन्जाडे वाङ्गला , १
७. नारायण खनाल ढिकुरा
८. शुस्मा खनाल बाँगी, ५
९. चिरञ्जिवी गैरे ढिकुरा
१०. मेयरसिंह के.सी खाँचीकोट, ६
११. भरत न्यौपाने नरपानी, ५
१२. राधा आर्चाय नुवाकोट, १
१३. कमला अर्याल संन्खिर्क, ६
१४. सुनु कार्की झापा
१५. दामोदर सारु नुवाकोट, ४
१६. सभापति चौधरी सिसनियाँ, १ दाङ
१७. लाल बहादुर राना नरपानी,६
१८. बाबुराम राना असुरकोट
१९. भुवन बहादुर नेपाली संन्धिखर्क, ९
२०. मदन न्यौपाने नरपानी, ५
२१. अस्मिता भुसाल अर्घातोष, ८
२२. कमल प्रसाद पोख्रेल खन , ९
२३. उज्जवल पंन्थी चिदिका, ३
२४. केदार सिंह हंसपुर, ४
२५. भिम बहादुर नेपाली किमडाडा, २
२६. जंग बहादुर महत्रा अड्गुरी, ८
२७. सुमित्रा बंजाडे असुरकोट
२८. भुवन खनाल खनदह, ३
२९. अस्मिता भुसाल वाङ्गला, ४
३०. सहदिन मिँया बल्कोट, ८
३१. बिष्णु भुसाल बल्कोट , २
३२. सफि अल्लाह मिँया बल्कोट, ८
३३. ठगिश्वर न्यौपाने बल्कोट , ७
३४. बिष्णु प्रसाद पाण्डे भगवती, ३
३५. तिलक बहादुर नेपाली बल्कोट, ९
३६. मिन बहादुर रिजाल संन्धिखर्क, ५
३७. सहयोगी बि.सी बाँगी, २
३८. मणि पौडेल नुवाकोट, ६
३९. अशोक श्रेष्ठ संन्खिर्क, ६
४०. शुशिला गैरे संन्धिखर्क, ६
४१. बाबुराम सुनार संन्धिखर्क, ६
४२. मणिराम अर्याल संन्धिखर्क, ६
४३. राम प्रसाद पाण्डे वाङ्गला, हाल संन्धिखर्क
४४. पदम क्षेत्री गोखुङ्गा
४५. मोहम्मद सफि उल्लाह मिँया बल्कोट
४६. शोभाखर पाण्डे बल्कोट, २
४७. चन्द्र प्रसाद भुसाल किमडाँडा
४८. कमला राना वाङ्ला, ४
४९. डुक बहादुर राना वाङ्ला, ४
५०. उमा राना वाङ्ला, ४
५१. ज्ञान बहादुर राना वाङ्ला, ४
५२. बिर बहादुर बि.क वाङ्ला, ४
५३. नारायण रेग्मी वाङ्ला, २
५४. निर्मला भुसाल वाङ्ला, ५
५५. शेर बहादुर श्रेष्ठ वाङ्ला, ५
५६. रेशम बि.क वाङ्ला, ८
५७. उमेश कुम्भकार वाङ्ला, ९
५८. कबिराज अधिकारी वाङ्ला, ९
५९. गिता भट्टराई वाङ्ला, २
६०. शिवमाया आर्चाय वाङ्ला, २
६१. पार्वता आर्चाय वाङ्ला, २
६२. गिता भट्टराई ख वाङ्ला, २
६३. नारायण पौडेल वाङ्ला, ५
६४. पबित्रा रिजाल वाङ्ला, ५
६५. शिब प्रसाद पाण्डे वाङ्ला, ५
६६. चन्द्र कान्त भट्टराई वाङ्ला, ५
६७. बिष्णु गौतम पोखराथोक
६८. हिरा भुसाल वाङ्ला, ५
६९. प्रेम बहादुर खत्री संन्धिखर्क, ६
७०. गोबिन्द बि.सी संन्धिखर्क, ७
७१. नेत्र प्रसाद पौडेल ठुला पोखरा
७२. जनार्दन खनाल खनदह , ७
७३. बुद्धिराम भुसाल संन्धिखर्क
७४.
७५. पिताम्बर शर्मा वाङ्ला, ७
७६. जिबला अधिकारी अड्गुरी, ७
७७. झसेन्द्र पौडेल छत्रगञ्ज, ९
७८. माया खनाल खनदह, ७
७९. बिष्णु आर्चाय खन, ३
८०. सरस्वती आर्चाय अर्घा, ३
८१. शोभाखर पोख्रेल खाँचीकोट, ७
८२. युवराज श्रेष्ठ संन्धिखर्क, ९ चुत्रावेशी
८३. नारायण गैरे संन्धिखर्क, ६
८४. लक्ष्मी श्रेष्ठ संन्धिखर्क, ६
८५. हिमकला गैरे संन्धिखर्क, ६
८६. खिमानन्द खनाल खन, ४
८७. बुद्धि बहादुर रायमाझी संन्धिखर्क, ८
८८. कृष्ण पंन्थी बाँगी, २
८९. नारायण पौडेल गोखुङ्गा
९०. माधब चौधरी परासी
९१. कृष्ण प्रसाद श्रेष्ठ संनिधखर्क, ६
९२. चोप बहादुर क्षेत्री बाँगी, ६
९३. बर्षात दर्लामी सिद्धारा
९४. राम बहादुर बाँगी, ४
९५. बाबुराम पंन्थी धारापानी, १
९६. चोपलाल पौडेल संन्धिखर्क, ६
९७. बाबुराम भुसाल संन्धिखर्क, ७
९८. पुरुषोत्तम बंजाडे मरेङ्ग, ७
९९. कृष्ण पंन्थी बाँगी
१००. शंकर महत बाँगी ७
१०१. प्रेमलाल शर्मा धन्चौर, ५
१०२. भिम बहादुर संन्धिखर्क, ६
१०३. संगिता भुसाल अर्घातोष, ८
१०४. पुष्पा खनाल अर्घातोष, ८
१०५. बलराम क्षेत्री फोप्ली, ८ प्युठान
१०६. कमला खत्री अर्घा, ३
१०७. कृष्ण कुमार खनाल खनदह, ६
१०८. बाबुराम खनाल ढाकावाङ्ग, १
१०९. श्याम थापा धारापानी, ९
११०. लक्ष्मण आर्चाय डिभर्ना, ३
१११. शोभाखर खनाल खनदह, ८
११२. बाबुराम पोख्रेल खनदह, ८
११३ पिताम्बर पोख्रेल खनदह, ९
११४ नारायण खनाल खनदह, ७
११५ भिम खनाल खनदह, ९
११६ सन्तोष खनाल खनदह, १
११७ पबित्रा भुसाल संन्धिखर्क, ६
११८ इश्वरी खनाल खनदह, ६
११९ शोभाखर भुसाल बाँगी, २
१२० बिष्णु प्रसाद भुसाल खाँचीकोट, ४
१२१ राम खड्का प्युठान
१२२ शान्ता वली नुवाकोट, ९
१२३ गोपाल भुसाल संन्धिखर्क, ६
१२४ मोहन सिंह ठकुरी अर्घा, ५
१२५ मिनराज पौडेल नुवाकोट, ६
१२६ नारायण अर्याल संन्धिखर्क, ६
१२७ चेतनारायण खनाल संन्धिखर्क, ६
१२८ भेष बहादुर के.सी संन्धिखर्क, ७
१२९ रोम बहादुर पाण्डे पाली, १
१३० पिताम्बर भुसाल बाँगी, २
१३१ दामोदर भुसाल बाँगी, २
१३२ मोहम्मद मियाँ चिदिका, ५
१३३ सफि उल्लाह थकाली बल्कोट, ८
१३४ खगेश्वर के.सी डिभर्ना, ३
१३५ पशुपति नेपाली डिभर्ना, ३
१३६ बाबुराम पौडेल बल्कोट, ७
१३७ बालकृष्ण आर्चाय खन, ३
१३८ देविराम खनाल खन, १
१३९ तोयनाथ खनाल खन, ७
१४० ऋषिराम पोख्रेल खन, ९
१४१ केशब खनाल खनदह, २
१४२ असरफ मियाँ वाङ्ला, १
लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान २०६३
दोस्रो जनआन्दोलनको भावना अनुरुप पुनरस्थिापीत सरकारले नेपालको राजतन्त्र निलम्वन गरयो । सबिधान सभाको पहिलो बैठकले राजतन्त्रको भविष्य निर्णय गर्ने सहमति भयो । अव मुलुकमा ६० बर्षदेखि बहसको बिषय बन्दै आएको सबिधानसभाको निर्बाचन हुने भयो । नयाँ बिसशित राजनीतिक परिस्थितको बारेमा जनतालाइ सुुसुचित र प्रशिक्षित गराउने उदेस्यले नेकपा एमाले केन्द्रिय कमिटीको देशब्यापी जनअभियान सञ्चालन गर्ने निर्णय गरयो । २०६३ सालको भदौदेखि पुस सम्म सञ्चालीत यो जनअभियानमा पार्टी केन्द्रले केन्द्रिय उत्प्रेरकको रुपमा क. झपेन्द्र जिसीलाइ अर्घाखाँची पठायो क. जिसी यसभन्दा पहिले पनी २०४४ देखि २०४६ सालको साउन सम्म अर्घाखाँचीको पार्टी निमार्णमा क्रियाशिल रहन भएको थियो । अहिले पुन उहाकै नेतृत्वमा करिव ४ महिना लामो जनअभियान सञ्चालन गरियो अभियानको क्रममा जिल्लाका सबै गाबिसहरुमा पार्टीका भेला बैठक र प्रशिक्षणहरु आयोजना गरिए । अति मेहनत पुर्बक अनुसासित तरिकाले सञ्चालीत यो अभियानको क्रममा सयौ पार्टी कार्यकर्ताहरु र हजारौ जन साधाहरणहरुको सहभागिता रहयो । बाटो बिराएर अनेत्र लागेका खासगरि माओवादीमा प्रबेश गरेका सयौ कार्यकर्ता पुन एमालेमा फर्किए । उनिहरुले पुन प्रबेश गर्दा घर फर्केको न्यानोे अनुभव भएको बताएका थिए । जनताले एमालेका निति कार्यक्रमहरु बुझने मौका प्राप्त गरे
२०६४ फाल्गुन १० गतको नुवाकोट घटना ।
आसन्न सबिधान सभाको निर्बाचनलाइ ध्यानमा खारेर मतदाताहरुमा आतंक फैलाउन २०६४ साल फाल्गुन १० गतेका दिन सन्धिखर्कबाट कथित वाइशिएल जथ्था एमालेका बलिया संगठन भएको नुवाकोट गाबिसको वार्ड न. ३ हटिया बजार पुग्यो । हटिया स्थित महेन्द्रं माबिको भित्ताहरुमा आफ्ना नाराहरु लेख्न नदिएको भन्ने आरोपमा वाइशियले स्थानिय जनतामाथि अन्धाधुन्ध गरेको शसस्त्र आक्रमणको स्वत स्र्फुत प्रतिरोधमा स्थानीय जनाता उत्रिदा भिडन्त भयो । घटनाको जानकारी पाएर ३ घण्टापछि सन्धिखर्कबाट घटनास्थल पुग्नु भएका नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य क.कृष्न प्रसाद शर्मा पौडेल क.प्रेमनारायण गैरे , जिल्ला परिषद सदस्य क. झुपलाल खनाल ८ नम्वर इलाक कमिटी सदस्य क. पीताम्वर श्रेष्ठ,र तत्कालीन नुवाकोट गाउँ कमिटीका सचिव क. राजकुमार श्रेष्ठ र महेन्द्र प्राबि नुवाकोका तत्काली प्रह क. कमल श्रेष्ठ लगाएतका एमाले कार्यकर्ताहरुलाइ माओवादीले आफ्नो कार्यकर्ता राजेन्द्र बन्जाडेलाइ हत्या गरेको भन्ने झुटठा हत्याको अभियोग लगाए । उक्त ज्यान मुद्दाका कारण निर्दोष प्रेमनारायण गैरे २०६५ भदौ १९ गतेदेखि मंसिर ८ गते सम्म र क. कमल श्रेष्ठले २०६५ साउन २१ गतेदेखि मंसिर ८ गतेसम्म अनाहकमा ३ महिना जेल जिवन बिताउनु भयो । धेरै क. हरु फरार र गाउँबाट बिस्थापीत हुनु परयो । पछि माओवादी एमाले सयुक्त सरकारको पालामा मन्त्रिपरिषदबाट मुद्दा फिर्ता लिने निर्णय भएपछि उहाँहरु जेलबाट मुक्त हुनुभयो ।
सबिधान सभा निर्बाचन २०६४।
नेपाल कम्युनिष्ट पार्टी बिभिन्न समुहमा बिभाजन हुनुभन्दा पहिले नै नेपालका कम्युष्टिहरुले माग गर्दै आएको र नेपाली काङग्रेसले २०१५ सालतिरै सबिधान सभाको सट्टा आम निर्बाचन गराउन राज महेन्द्रसित सहमति गरेर बिलम्वीत हुदै आएको सबिधान सभाको निर्बाचन अन्ततः २०६४ साल चैत्र २८ गतेका दिन सम्पन्न भयो । नेकपा एमाले केन्द्रिय कमिटीले जिल्ला कमिटीको सिफारिसमा निक्षे न १ मा क. चेतनारायण आचार्य निक्षे न. २ मा क. डिल्ली राज खनाललाइ उम्मेदवार बनाउने निर्णय गरयो दुबै निर्बाचन क्षेत्रमा निर्बाचन अभियान तिब्र पारयो पार्टी पङपी पुरै परिचालीत भयो । तर टिकट पाउने आशा गरेका साथिहरुभने निर्बाचन अभियानको क्रममा त्यती सक्रिय र सकरात्मक नदेखिएको आम कार्यकर्ताहरुले महसुस गरे ।
निर्वाचन क्रममा माओवादीले एमाले कार्यकर्तामाथि अनेकौ स्थानमा साङघातिक आक्रमण गरयो अघिल्लो महिना भएको नुवाकोटमा भएको घटनाको बदला लिन्छौ भन्दै जिल्लाभर आतंक मच्चाउने काम गरे । धम्की दिने र असचेत मतदाता रहेका गाउँ टोलमा स्थाइ मेस खोलेर मासु भात पकाउने, रक्सि खुवाउने दाल चामल र पैसा बाडने जस्ता अमर्यादित र असोभनिय क्रियाकलाप गरेको दुनियाले देखेकै हुन । निर्बाचन अधिकृत र मतदान अधिकृतहरुलाइ माओवादी नेताहरुले आफुहरुले निर्बाचन जिति सकेको र औपचारीकता निभाउन घोषण गर्न मात्र बाकी भएकोले माओवादी हित बिपरीत कुनै काम नगर्न उनिहरुलाइ निर्देशन दिदै हिडे । एमाले मतदाताको बाहुल्यता रहेका मतदान केन्द्रहरु कब्जा गरि एकलौटी मतदान गरे । मओवादीलाइ मतदान नगर्ने कर्मचारिबाट निर्बाचानको भित्री कथा सबै खुलेको छ । शिबिरमा रहेका लडाकुहरुको पनी प्रयाप्त उपयोग गरे । कमचारी र मतदातालाइ सके जति तर्साए ।
बल्कोट केन्द्रमा स्वयम उम्मेदवरले मतपेटिका खोसेर जलाउने काम गरे ।त्यही थलोमा निर्बाचनको अभियानको क्रममा नेपाली काङग्रेसका उम्मेदवार मानबहादुर बिकलाइ राती बास बसेको घरबाट माआवादी कार्यकर्ताले लखेटेका थिए । निर्बाचनको अघिल्लो दिन अर्घामा युवा संघका जिल्ला उपाध्क्ष क गाबिन्द आचार्य हसंपुर क देवबहादुर पुन क. लालबहादुर खत्री मरेङमा क. गणेश अचार्य लगाएतका एमाले कार्यकर्ताहरुलाइ माओवादीहरुले गम्भिर रुपले घाइते बनाए । बाँगीमा मतदान केन्द्र नजिकै एमाले कार्यकर्ताहरुलाइ घेरमा पारी बम प्रहार गरे । निर्वाचनको अघिल्लो दिन अर्थात चैत्र २७ गते अपरान्ह अर्घा ५ हराठान सुवेदार भिम बहादुर कुवँरको घरमा निर्वाचन व्यवस्थापन सम्बन्धमा सरसल्लाह गर्न भेला भएका एमाले कार्यकर्ताहरुमाथी माओवादीहरुले ढ्ुंगामुढा गरे । श्री भगवती उ.मा.वि का शिक्षक रेशमराज भट्टराईलाई अपहरण गरी आफ्नो कब्जामा राखेर अर्को दिन मतदान गर्ने समय सकिएपछि मात्र रिहाइ गरिदिए ।
धेरै मतदान केन्द्रहरुमा एमाले पक्षधर मतदाताहरुलाइ मतनान केन्द्र वरिपरि ढिपक्निै नसक्ने स्थिती निमार्ण गरे । कायकर्ता र मतदाताहरु क्रसित मनस्थीती रहेको बेला लडिएको सो निर्बाचनमा नेकपा एमालेका उम्मेदवारहरुको पक्षमा निक्षे न १ मा १०३२२ र निक्षे न मा २ १४७२८ मा खसेको थियो । सेना प्रहरीका २११ मत एमालेको पक्षमा खसेको पाइनुले जवानहरुले एमालेलाइ रुचाएको देखियो ।
निर्वाचन समिक्षा र सचिव कमरेडको राजीनामा
माओवादी आतंक र अर्घाखाँची एमाले भित्रको कारण समेतले गर्दा ऐतिहासिक संबिधान सभाको निर्वाचनमा अर्घाखाँचीमा एमालेले पराजय भोग्नु परेको हो । जिल्ला पार्टी कमिटीले पराजय भोग्नु पर्नाका कारणहरु यसरी समिक्षा गरेको छ ।
१.हतियार बोकेको बिद्रोही शक्तिसित प्रतिस्पर्धा गर्ने कुरा न पार्टी केन्द्रले सोच्यो नत जिल्ला कमिटीले नै ।
२. माओवादी आंतकको बिरुद्ध त्यही स्तरको प्रतिरोध गर्न सकिएन ।
३. निर्वाचन क्षेत्र नं १ का उम्मेदवार क. चेतनारायण आचार्यले निर्वाचनको अघिल्लो साँझ उम्मेदवारी फिर्ता लिएको बक्तव्य दिनुले पनि चुनावमा पराजय भोग्नु पर्यो ।
समिक्षामा अगाडि भनिएको छ “निर्वाचनको मुखमा आएर क.नेत्र बहादुर क्षेत्री ,क.पीताम्वर भुसाल (क) क.पीताम्वर सारु, क.पबित्रा पौडेलले राजीनामा दिनु भयानक गल्ती थियो र सो राजीनामा सम्वन्धमा कमिटीमा छलफल हुन नपाउँदै सञ्चार माध्यमा पुग्नु झन् ठुलो गल्ति थियो । निर्वाचनको क्रममा अन्तरघात गरेको भन्ने आरोप छलफको क्रममा प्रमाणित हुन सकेन । अन्तरघात गरिएको आशंका गरिएका अभिब्याक्ति जो सुकैले दिएको भए पनी नितान्त गल्ति हो । आइन्दा त्यस खालको अभिब्यक्ति दिन पाइने छैन । केही जिम्मेवार कमरेडहरु मतदान गर्न नगएको बिषय परिस्थितीजन्यरहेको थियो भन्ने बैठकको ठहर रह्यो । परिस्थिती जान्दा जान्दै लालछना लगाउने काम गर्नु ठिक होइन भन्ने निष्कर्षमा पुग्यो ।
सबिधान सभाको समानुपातिक तर्फ पार्टीले क.नजिर मियाँलाइ सिफारिस गर्यो । यसबाट पार्टीले जिल्लाबासी मुस्लीम समुदायप्रति सम्मान ब्याक्त गरेको देखिन्छ । संबिधान सभा निर्बाचनको परिणाम अनुकुल हुन नसकेपछि अर्घाखाँची एमालेमा नेतृत्व परिर्बतन भयो । पाँचौ जिल्ला अधिबेशनबाट निर्वाचित कमिटीका सचिव क. चेतनारायण आचार्यले संबिधान सभाको निर्बाचनमा पार्टीले भोग्न परेको असफलतालाइ आफ्नो नैतिकताको बिषय बनाएर पार्टीको सचिव पदबाट राजिनामा दिनुभयो । २०६५ जेष्ठ २८ गतेका दिन आयोजित पाँचौ जिल्ला कमिटीको २३ औं बैठकले उहाँको राजीनामा स्वकृत गरी तत्कालीन उपसचिव क. जनार्दन खनाललाई सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गर्यो । ०६६ श्रावण १३ गतेको लु.अ. समन्वय कमिटीको पत्र अनुसार अधिबेशनद्धारा निर्वाचित जिल्ला कमिटीलाई बिस्तार गरि क.जनार्दन खनालको संयोजकत्वमा निम्न बमोजिम ८० सदस्यिय जिल्ला संगठन कमिटी निर्माण गरियो ।
क्र.स नाम पद कैफियत
१ क.जनार्दन खनाल संयोजक
२ क.बुद्धिराम खनाल सदस्य
३ क.पिताम्बर खनाल ,,
४ क.रामजी प्रसाद घिमिरे ,,
५ क.नरेन्द्रकुमार क्षेत्री ,,
६ क.पिताम्बर सारु ,,
७ क.कुटमदिन अली ,,
८ क.कृष्णप्रसाद पौडेल ,,
९ क.खेमराज खनाल ,,
१० क.जिवनारायण कोइराला ,,
११ क.तारापति भट्टराई ,,
१२ क.दल बहादुर भट्टराई ,,
१३ क.धन बहादुर राना ,,
१४ क.निमानन्द खनाल ,,
१५ क.पबित्रा पौडेल ,,
१६ क.पिताम्बर भुसाल (ख) ,,
१७ क.बुद्धि बहादुर रायमाझी ,,
१८ क.बोम बहादुर बि.क ,,
१९ क.भोज बहादुर रायमाझी ,,
२० क.भविश्वर पाण्डे ,,
२१ क.रामकुमार श्रेष्ठ ,,
२२ क.ध्रुब कुमार पाण्डे ,,
२३ क.शालिकराम आर्चाय ,,
२४ क.रुद्र पोख्रेल ,,
२५ क.ध्रुब के.शी ,,
२६ क.प्रेमनारायण गैरे ,,
२७ क.खगेश्वर पन्थी ,,
२८ क.दधिराम आर्चाय ,,
२९ क.नारायण प्रसाद खनाल ,,
३० क.भोज बहादुर गन्र्धव ,,
३१ क.काशी आर्चाय ,,
३२ क. बसन्त श्रेष्ठ ,,
३३ क.गोबर्धन थापा ,,
३४ क.ऋषी रेग्मी ,,
३५ क.टेकराज न्यौपाने ,,
३६ क.मान बहादुर बि.क ,,
३७ क.कुलदिप भुसाल ,,
३८ क.मणिराज पौडेल ,,
३९ क.श्रीकृष्ण श्रेष्ठ ,,
४० क.सिद्धिप्रसाद भुसाल ,,
४१ क.इश्वरा पोख्रेल ,,
४२ क.बिजुला रायमाझी ,,
४३ क.प्रमिला क्षेत्री ,,
४४ क. जाल्पा भुसाल ,,
४५ क.मातिलाल श्रीपाल ,,
४६ क.सफी मिँया ,,
४७ क.अशोक परियार ,,
४८ क.लाल बहादुर कुमाल ,,
४९ क.हरिकृष्ण गौतम ,,
५० क.युवराज श्रेष्ठ ,,
५१ क.छबिलाल शर्मा ,,
५२ क.कृष्ण श्रेष्ठ ,,
५३ क.हिम बहादुर जि.सी ,,
५४ क.थानेश्वर बेल्बासे ,,
५५ क.बालकृष्ण आर्चाय ,,
५६ क.ज्ञान प्रसाद बेल्बासे ,,
५७ क.राम बहादुर चौहान ,,
५८ क.इश्वरी प्रसाद भुसाल ,,
५९ क.सरद भुसाल ,,
६० क.बाबुराम शर्मा ,,
६१ क.रामलाल सुनार ,,
६२ क.रिम प्रसाद पन्थी ,,
६३ क.फर्सुराम पराजुली ,,
६४ क.काशी पौडेल ,,
६५ क.गोपाल बेल्बासे ,,
६६ क.दिनेश भारद्धज ,,
६७ क.प्रेम खनाल ,,
६८ क.इश्वरी प्रसाद खनाल ,,
६९ क.किम बहादुर चौहान ,,
७० क.यमलाल खनाल ,,
७१ क.खगेन्द्र घिमिरे ,,
७२ क.राम बहादुर क्षेत्री ,,
७३ क.नारायण अर्याल ,,
७४ क.दुर्गा प्रसाद खनाल ,,
७५ क.खुबिराम आर्चाय ,,
७६ क.ढुण्डिराज ज्ञवाली ,,
७७ क.रामचन्द्र पोख्रेल ,,
७८ क.प्रेम बहादुर पछाई ,,
७९ क.नारायण श्रेष्ठ ,,
८० क.ध्रुबराज आर्चाय ,,
नेकपा एमाले क्षेत्र न २ क्षेत्रिय कमिटी अर्घाखाँची
त्र स नम थर पद
१ डिल्लीराज सर्मा गैरे अध्यक्ष
२ धन वहादर राना उपाध्यक्ष
३ ल्ोखनाथ भसाल सचिव
४ न्जिर महमद मिया सहसचिव
५
पार्टीको आठौ राष्ट्रिय महाधिबेशनको निम्ती प्रतिनिधी छनोट ।
पार्टीको आठौ राष्ट्रिय महाधीबेशन २०६५ फाल्गुन ५ गतेदेखि १० गतेसम्म बुटवलमा सम्पन्न भयो । हाम्रो अञ्चलमा महाधीबेशन आयोजना भएको हुदा अर्घाखाँची जिल्ला किमिटीलाइ कामको भार पनी हुन पुग्यो पार्टीले तोकेको महाधीबेशन रकम तिर्न र यातायात ब्यबस्था मिलाउन जिल्लामा हजारौ रुपैया चन्दा स्वरुप संकलन गरियो फाल्गुन ५ गतेको महाधिबेशन उदघाटन सत्रमा अर्घाखाँचीबाट १५००० को सहभागित रहयो त्यसको निम्ती स्थानिय गाउँ कमिटीले तोकिएको भन्दा पनी बढि गाडिहरुको ब्यबस्था गरे ।जिल्लाबाट आठौ महाधिबेशनका निम्ती निम्न कमरेडहरु प्रतिनिधीको रुपमा भाग लिनु भयो ।
निर्बाचन क्षेत्र न. १ निर्बाचन क्षेत्र नं.२
१ चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे
२ जनार्दन खनाल प्रेमनारायण गैरे
३ नरेन्द्र कुमार क्षेत्री खगेश्वर पन्थि
४ पीताम्वर भुसाल । बशन्त श्रेष्ठ
५ दलबहादुर भट्टराइ । कृष्ण श्रेष्ठ
६ मक्तिm पाण्डे ।श्रकृष्ण भुसाल
७ रामबहादुर चौहान । डिल्लिराज खनाल
८ पुतला खनाल । बिजुला रायमझी (महिला)
९ मिश्रा आचार्य इश्वरा पोख्रेल (महिला)
पबित्रा पौडेल (महिला)
दलित क्षेत्रबाट ।
भोजबहादुर गन्धर्व मजदुर फाटबाट
रामलाल सुनार बुद्धिबहादुर रायमाझी
जुना परियार
केन्द्रका बिभिन्न फाँटतथा निकायबाट प्रतिनिधीत्व गर्ने कमरेडहरु
बोमबहादुर बिक ।
जालपा भुसाल
लक्ष्मण रायमाझी
क .बुद्धि भुसालले महाधिबेशन सचिवालयमा रही काम गर्नु भएको थियो ।
जिल्लाबाट महाधिबेशनमा स्वयम सेवकको रुपमा खटिनु भएका कमरेडहरु निम्म अनुुसार उल्लेख गरिन्छ ।
क्र.स नामावली
१ दिपेन्द्र राना
२ लोकबहादुर बिसी
३ नारायणप्रसाद खनाल
४ लक्ष्मण नेपाली
५ कमलदिन मियाँ
६ दामोदर खनाल
७ चोपबहादुर क्षेत्री
८ शुस्मा खनाल
९ हुमबहादुर बिक
१० भोजबहादुर जिसी
११ नजिर मियाँ
१२ नारायण पौडेल
१३ दिपक परियार
१४ शिव अधिकारी
उपरोक्त कमरेडहरुमध्ये क. डिल्लीराज खनाल ,क.लक्ष्मण रायमाझी ,क.पबित्रा पौडेलले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएको थियो तर सिक्योन्स नमिलेकोले बिजयी हुनको निम्ती आवश्यक मत सख्या प्राप्त हुन सकेन ।
महाधिबेशन पछाडि आयोजित जिल्ला पार्टीको समिक्षा बैठकमा महाधिबेशन प्रतिनीधी छनौटमा जे जस्ता समस्या देखा परे त्यसमा संबिधान सभा निर्बाचनमा उम्मेदवारी चयनको प्रभाव परेको पाइयो । प्रतिनीधी छनौट प्रकृयामा कमरेडहरुको बिचमा देखा परेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै अव आइन्दा स्वस्थ ढंगले अगाडि बढने कुरालाइ संस्थागत गर्ने निर्णय गरियो ।
अर्घाखाँचीमा कम्युनिष्ट पार्टीको स्थापना भए लगत्तैदेखि पार्टीलाइ प्रमुख आश्रयदाताको रुपमा सहयोग गर्दै र आफ्नो पुरै परिवारलाइ कम्युनिष्ट सस्कारमा रुपान्तरण गर्नु भएका कमरेड गुणनिधी भुसालमा माओवादी द्धन्द्धको अन्त्यतिर नेकपा एमालेप्रति बितिष्ण पैदा भयो माओवादीको गुरिला युद्धलाइ साच्चिकै जनयुद्ध भन्ने सोचेर उहाँ माओवादीमा प्रबेश गर्नु भयो । जिल्लामा सामाँन्य चेतनाका केही साथिहरुलाइ माओवादी बन्न प्रोत्साहान समेत गर्नु भयो करिव ३ बर्षको अध्यान पछि उहाँ ०६५ सालको हिउदमा पुरानै घरमा फर्किनुभयो । पत्रकार सम्मेलन गरेर आफु मातृ पार्टीमा फकिनूका कारणहरु ब्याख्या गर्नुभयो पार्टी जिल्ला कमिटी र अन्य कमरेडहरुले बरिष्ट साथी फर्कि आएकोमा खुसी ब्याक्त गरे छौटौ जिल्ला अधिबेशनको निम्ती प्रतिनिधी चयन गर्दा उहाँ निर्बीरोध छानिनु भयो जिल्ला अधिबेशन हलबाट क. गुणनिधी निर्बिरोध जिल्ला कमिटीमा चुनिनुभयो । हाल उहाँ उमेरको कारण र घरायसी समस्याले त्यती क्रियाशिल रहन सक्नुभएको छैन ।
छौठौ पार्टीजिल्ला अधिबेशन ।
२०६६ साल असोज २३ र २४ गते छौटौ जिल्ला अधिबेशन आयोजन भयो पार्टी अध्यक्ष क. झलनाथ खनालबाट सन्धिखर्कको सहिद बगैचामा बिशल आमसभाबिच उदघाटित जिल्ला अधिबेशनको बन्द सत्रमा आठौ केन्द्रिय महाधिबेशनद्धारा परिमार्जित बिधान अनुरुप बहुपदिय प्रावाधानको पहिलो पटक अभ्यास गरियो । क. रामजीप्रसाद घिमिरेको अध्यक्षतामा ५५ सदस्य जिल्ला कमिटी निमार्ण भयो उपाध्क्षमा क. पबित्रा पौडेल सचिवमा क. दलबहादुर भट्टराइ उपसचिवमा क. कुलदिप भुसाल निर्बाचित हुनुभयो अन्य पद निर्बिरोध भए पनि सचिव पदमा क.दलबहादुर भट्टराइ र क. बुद्धिबहादुर रायमाझी बिच भएको मतदानमा क. दलबहादुर बिजयी हुनुभयो लुम्विनी अञ्चल इन्चार्ज क. नेत्र पन्थिको उपस्थितीमा सम्पन्न सो जिल्ला अधिबेशनमा सभासद क. नजिर मिया, केन्द्रिय लेखा परिक्षण आयेगका सदस्य क. बिष्णु पन्थि । लुअ समन्वय कमिटीका सचिव खिमलाल भट्टराइ र छिमेकी जिल्ला पार्टीका अध्याक्षहरुको सहभागीता रहेको थियो ।
जय सन्तोषीमा चलचित्र मन्दिरमा आयोजित बन्द सत्रमा तत्कालीन पार्टी जिल्ला सचिव क. जनार्दन खनालद्वारा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिबेदनहरु र केही समसामयीक प्रस्तावहरु पारित गरीए । जिल्ला कमिटीमा निर्बाचित कमरेडहरुको नामावली यस प्रकार रहेको छ ।
क्र.स पद नामथर कैफियत
१ अध्यक्ष रामजीप्रसाद घिमिरे
२ उपाध्क्ष पबित्रा पौडेल अञ्चल क.मा मनोनित हुनुभएको
३ सचिव दलबहादुर भट्टराइ
४ उपसचिव कुलदिप भुसाल
५ सदस्यहरु बुद्धि रायमाझी
६ ,, ,, बोमबहादुर बिक
७ ,, ,, प्रेमनारायण गैरे
८ ,, ,, बुद्धिराम भुसाल प्रथम बैठकबाट मनोनित
९ ,, ,, कुटमदिन अलि
१० ,, ,, खगेश्वर पन्थि
११ ,, ,, युवराज श्रेष्ठ
१२ ,, ,, इश्वरा पोख्रेल
१३ ,, ,, जाल्पा भुसाल
१४ ,, ,, बशन्त श्रेष्ठ
१५ ,, ,, जनार्दन खनाल प्रथम बैठकबाट मनोनित
१६ ,, ,, काशिराम आचार्य
१७ ,, ,, कुलचन्द्र मरासेनी
१८ ,, ,, कृष्णप्रसाद पौडेल
१९ ,, ,, गुणनिधी भुसाल
२० ,, ,, गिरबहादुर थापा
२१ ,, ,, गोर्बदन थापा
२२ ,, ,, जिबनारायण कोइराला
२३ ,, ,, जुना परियार
२४ ,, ,, तिलक मिश्र
२५ ,, ,, नारायणप्रसाद खनाल
२६ ,, ,, नारायण बेल्बासे
२७ ,, ,, निमानन्द खनाल राजिनामा दिनुभएको
२८ ,, ,, प्रमिला क्षेत्री
२९ ,, ,, प्रेमबहादुर पछाइ
३० ,, ,, बशन्त श्रेष्ठ
३१ बशन्ता पौडेल
३२ बिमला पाण्डे
३३ बिष्णु परियार
३४ भोजबहादुर गन्धर्व
३५ मिश्रा अचार्य
३६ मोतिलाल श्रीपाल
३७ यमलाल खनाल
३८ रामचन्द्र पोख्रेल
३९ रामबहादुर चौहान
४० रुद्र पोख्रेल
४१ लक्ष्मण नेपाली
४२ लालबहादुर कुमाल
४३ शिवकला बिक
४४ सफि मियाँ
४५ सरत भुसाल
४६ सिद्धिप्रसाद भुसाल
४७ सुरेन्द्र भुसाल
४८ श्रीकृष्ण भुसाल
४९ रामबहादुर क्षेत्री
५० धुर्बप्रसाद पाण्डे
बैकल्पिक सदस्यहरु
५२ निरबहादुर थापा
५३ पुतला खनाल
५४ मानबहादुर बिक
५५ राजेन्द्र पन्थि
५६ लिलावती भट्टराइ
५७ शुशिला गैरे
५८ कल्पना थापा पराजुली
५९ डुकलाल भाट क्षेत्री
क्षेत्रीय कमिटीहरुका अधिबेशनहरु
महाधिबेशनबाट पारित र परिमार्जित पार्टी बिधान बमोजिम पािर्टका सबै निकायहरु बहुपदिय संरचनाअनरुप्प अर्घाखाँचीका दुबै निर्बाचन क्षत्रहरुमा २०६६ सालको कात्तिक महिनामा क्षेत्रीय अधिबेशनहरु आयोजना गरियो । श्री भगवती उमाबि कुर शंङखेटारीको सभाकक्षमा कात्तिक २१ गतेका दिन आयोजित निक्षेन १ को क्षेत्रिय अधिबबेशनको बन्द सत्रबाट कं पीताम्वर भुसाल (ख)को अध्यक्षतामा ५० सदस्य १ न निर्बाचन क्षेत्र समन्वय कमिटी गठन भयो । सोही दिन सोही बिद्यालयको अर्को सभाकक्षमा आयोजित निर्बाचन क्षेत्र न. २ को अधिबेशनले जीवनरायण कोइरालाको अध्यक्षतामा ५२ सदस्य क्षेत्रीय निर्बाचन कमिटी निमार्ण गरियो ।
१ नंं.क्षेत्रिय निर्बाचन कमिटीका पदाधिकारी तथा सदस्यहरुको नामवली ः
क्र.स. नामथर पद ठेगाना
१ पीताम्वर भुसाल अध्यक्ष बाँगी
२ दधिराम आचार्य उपाध्यक्ष मरेङ्ग
३ भोजबहादुर रायमाझी सचिव छत्रगंज
४ नारायण श्रेष्ठ उप–सचिव डिभर्ना
५ कृष्ण पन्थि स.सदस्य बल्कोट
६ बिष्णुप्रसाद पौडेल स.सदस्य अर्घातोष
७ किमबहादुर चौहान स.सदस्य बाँगी
८ गिरीराज पौडेल स.सदस्य गोखुङ्ग
९ सुस्मा खनाल स.सदस्य बाागी
१० लिलबहादुर बिक स.सदस्य खन
११ खुबिराम आचार्य स.सदस्य अर्घा
१२ भुमबहादुर महत स.सदस्य बाँगी
१३ अब्दुल सकुर मिया स.सदस्य अर्घा
१४ काजिबाबु ज्ञावली स.सदस्य चिदिका
१५ जर्नादन पोख्रेल स.सदस्य खन
१६ इश्वरी प्रसाद खनाल स.सदस्य खनदह
१७ रिमप्रसाद पन्थि स.सदस्य हंसपुर
१८ मुकुन्द ज्ञावली सदस्य चिदिका
१९ बिष्णुमायाँ उपेक्षित सदस्य छत्रगंज
२० कृष्ण पराजुली सदस्य केरुङ्गा
२१ टामलाल पौडेल सदस्य ठुलापोखरा
२२ घनश्याम पाण्डे सदस्य भगवती
२३ बाबुराम आचार्य सदस्य मरेङ्ग
२४ खिमानन्द खनाल सदस्य खनदह
२५ देबिराम खनाल सदस्य खन
२६ बुुद्धिबहादुर कुवर सदस्य डिर्भना
२७ भोजराज अधिकारी सदस्य वाङला
२८ धर्मराज भुसाल सदस्य अर्घां
२९ मेघलाल भुसाल सदस्य किमडाँडा
३० पुष्पा भाट सदस्य धारापानी
३१ पुनाराम भुसाल सदस्य ढाकावाङ्ग
३२ निमबहादुर सुनार सदस्य हंसपुर
३३ रामकला न्यौपाने सदस्य केरुङ्गा
३४ सिता आचार्य सदस्य मरेङ्ग
३५ शान्ता अर्याल सदस्य किमडाँडा
३६ निर्मला खडका सदस्य खनदह
३७ साबित्रा बिक सदस्य हंसपुर
३८ गोपाल बिक सदस्य मरेङ्ग
३९ कृष्णबहादुर सुनार सदस्य छत्रगंज
४० धनबहादुर सुनार सदस्य ढाकावाङ्ग
४१ गुणबहादुर सारु सदस्य धारापानी
४२ पशुपति श्रेष्ठ सदस्य डिर्भना
४३ कमलदिन मियाँ सदस्य चिदिका
४४ खलिल मियाँ सदस्य बल्कोट
४५ कृष्ण पाण्डे सदस्य भगवती
४६ जनार्दन सुबेदी सदस्य गोखुङ्ग
४७ राधा आचार्य मनोनित डिर्भना
४८ चेतनारायण भुसाल मानोनित किमडाँडा
४९ निमबहादुर महत मनोनित बाँगी
५० शोभाखर खनाल मनोनित खनदह
निर्बाचन क्षत्र नं २ का पदाधिकारी सचिवालय सदस्य र सदस्यको नामावलीः
क्र.स. नामथर पद ठेगाना
१ जीवनारायण कोइराल अध्यक्ष मैदान
२ धनबहादुर राना उपाध्यक्ष ठाडा
३ फर्सुराम पराजुली सचिव सन्धिखर्क
४ बिजुला रायमझी उप–सचिव सन्धिखर्क
५ डिल्लीराज शर्मा गैरे स.सदस्य नुवाकोट
६ गोपाल बेल्बासे स.सदस्य खिल्जी
७ दिनेश भारद्धाज स.सदस्य पणेना
८ ऋषिराम खनाल स.सदस्य पालि
९ काशिराज ज्ञावली स.सदस्य खाचिकोट
१० जनक गैरै स.सदस्य धनचौर
११ लक्ष्मण पराजुली स.सदस्य सन्धिखर्क
१२ इन्दिरा आचार्य स.सदस्य सन्धिखर्क
१३ सिता रायमाझी स.सदस्य सन्धिदखर्क
१४ जङ्गबहादुर बिक स.सदस्य सुवर्णखाल
१५ ऋषि रेश्मी स.सदस्य जुकेना
१६ ऋषिराम घिमिरे स.सदस्य सुवर्णखाल
१७ काशि पौडेल सदस्य सुवर्णखाल
१८ काशि क्षत्रि सदस्य सितापुर
१९ जिवन सिजांली सदस्य ठाडा
२० लोकनाथ खनाल सदस्य सिमलपानी
२१ थानेश्वर बेल्बो सदस्य सिद्धारा
२२ बिष्णुु पन्थि सदस्य जलुके
२३ तिलक बहादुर भाट क्षत्रि सदस्य जुकेना
२४ कृष्णप्रसाद पौडेल सदस्य नुवाकोट
२५ बिष्णुबहादुर केशी सदस्य असुरकोट
२६ कुलप्रसाद अधिकारी सदस्य पटौटी
२७ गाबिन्द पौडेल सदस्य पोखराथोक
२८ मेघबहादुर दर्लामी सदस्य खिदिम
२९ पुनाराम घिमिरे सदस्य मैदान
३० प्रेमनारायण पौडेल सदस्य धातिवाङ्ग
३१ टेकराज न्यौपाने सदस्य अडगुरी
३२ मानबहादुर थापा सदस्य नरपानी
३३ देबि पोख्रेल सदस्य ढिकुरा
३४ टामलाल भट्टराइ सदस्य धनचौर
३५ खेमराज भुसाल सदस्य धनचौर
३६ युवराज बन्जाडे सदस्य सन्धिखर्क
३७ लेखनाथ भुसाल सदस्य सन्धिखर्क
३८ रुद्र पराजुली सदस्य सन्धिखर्क
३९ शान्ता चुदाली सदस्य धनचौर
४० हुमकला नेपाली सदस्य धनचौर
४१ फुलमायाँ श्रेष्ठ सदस्य ठाडा
४२ पम्फा घिमिरे सदस्य पटौटि
४३ असोक अत्रि सदस्य खिदिम
४४ लुमबहादुर सुनार सदस्य धनचौर
४५ बाबुराम श्रेष्ठ सदस्य सन्धिखर्क
४६ लेकबहादुर गुरुङ्ग सदस्य सितापुर
४७ महमद इन्साफ सदस्य पालि
४८ जमालदिन मियाँ सदस्य सन्धििखर्क
४९ भरत न्यौपाने सदस्य नरपानी
५०निक्षेन १ मा १९ सदस्य र निक्षेन २ मा कमिटका पदाधिकारीहरु सहित १७ सदस्य सचिवालय निमार्ण गरिएको छ सो सचिवालयमा पदाधिकारी लगाएत अन्य सदस्यहरु समाबेशी अधारमा चयन गरिएको छ आठौ राष्ट्रिय महाधिबेशनद्धारा पारित बिधानको प्रावधानले क्षेत्रीय कमिटीलाई आफ्नो क्षेत्रको सांसदकको उम्मेदवार समेत सिफारिस गर्न सक्ने अधिकार प्रदान गरेकोले क्षेत्रीय कमिटी प्रति कमरेडहरुको बढि ध्यान आकर्षण भएको थियो । तर अधिबेशन सम्पन्न भएको करिव डेढ बर्षको अनुभवले अर्घाखाँचीका क्षेत्रीय कमिटीहरु अलमलमा परेको अनुभव गरिएकोले हाल आएर पुनरब्यबस्थित गरिएको छ । गाउँ कमिटीहरुले क्षेत्रीय कमिटीका निर्देशनहरु तदारुकताका साथ पालन गर्न अभ्यस्त नभइ सकेकाले उनिहरुले जिल्ला कमिटिको मुख ताक्ने प्रचलन हटिसकेको थिएन ।
राष्ट्रिय प्रतिनिधि परिषद सदस्य निर्बाचन ।
परिमार्जित पार्टी बिधान बमोजिम भुगोलका प्रत्येक निर्बाचन क्षेत्रबाट निर्बाचित हुने १÷१ जना राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको निम्ती २०६७ साल बैशाख ४ गतेका दिन अर्घाखाँचीका दुबै निर्बाचन क्षेत्रमा निर्बाचन सम्पन्न भयो । निर्बाचन प्रयोजनको निम्ती ५ जना संगठित पार्टी सदस्य बराबर १ जना प्रतिनिधि तय गरिएको थियो । श्री भगवती उमाबि कुर शंङखेटारीको बिद्यालय हातमा सम्पन्न निक्षेन १ को निर्बाचनमा क. नरेन्द्र कुमार क्षेत्री आफ्ना प्रतिद्धन्दी जनार्दन खनाललाईपराजित गरि बिजयी हुनुभयो । त्यसैगरी श्री रबिचित्र युवा बर्ष माबि हटारीनेटामा सम्पन्न निक्षेन २ को निर्बाचनमा क. पीताम्वर भुसाल आफ्ना प्रतिद्धन्दी क. बुद्धि रायमाझीलाई पराजित गरि बिजयी हुनुभयो । पार्टीको आन्तरिक लोकतन्त्रको निम्ती लडिएका ति निर्बाचनहरुमा कार्यकर्ताबिच तिब्र बिवाद र प्रतिस्पर्धा भएको थियो ।
क. हुमा बन्जाडेका शालिक अनावरण कार्यक्रम ।
२०६० साल असोज १२ गतेको दिन अर्घातोष वार्ड नं ९ को डाडाँकटेरीमा माअोवादीद्धारा दिनदाहाडै निरसंम्सतापुर्बक हत्या गरिनुभएका नेकपा एमाले २ नं इलाका कमिटीका सदस्य सहिद क.हुमानन्द बन्जाडेको शालिक अनावरण कार्यक्रम २०६७ साल कात्तिक २६ गतेका दिन डाडाकटेरीमा आयोजना गरियो । नेकपा एमाले निर्बाचन क्षेत्र न १ क्षेत्रीय कमिटीले शालिक निमार्ण तथा अनावरण कार्यक्रमको ब्यबस्थापन गरेको थियो । क्षेत्रीय कमिटीका अध्यक्ष क .पीताम्वर भुसालको अध्यक्षता र प्राध्यापक शलिकराम आचार्यको सञ्चालनमा सम्पन्न सो शालिक अनावरण कार्यक्रममा नेकपा एमालेका प्रभावशालि नेता क. केपी शर्मावली प्रमुख अतिथि हुनुहुन्थ्यो । क.प्रदिप ज्ञावली र क.गोकर्ण बिष्ट लगाएतका पोलिटब्युरो र केन्द्रिय कमिटीका सदस्यहरु गरि १ दर्जन भन्दा बढि एमाले नेताहरुको उपस्थिती रहेको सो कार्यक्रममा २० हजार जनसमुदायको सहभागिता रहेको थियो । हत्या गरिनुभएका क. बन्जाडेको शिर र शरिर अलग अलग देखिने तस्बिरले दर्शकहरुका आँखा रसाएको र मुटु भक्कानो परेको थियो । सहभागीहरुले यस्ता जघन्य अपराधीहरु निर्बाचनको बेला भोट माग्न काउलो लाउदै घर दैलोमा आउँछन् भन्दै कुरा गरिरहेको देखिन्थ्यो सबै बक्ताहरुले माओवादीको उग्र बामपन्थि बिचार र अपराधपुर्ण कर्तुतहरुको भण्डफोर गर्नुभयो । प्रमुख अतिथी क. केपी ओलीले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न नसक्नु र संबिधान लेखन कार्य पुरा नहुनमा माओवादी नेताहरु दोषी रहेको भन्दा हजारौको जनसागरले ताली बजाएर समर्थन गरेको थियो ।
प्रथम जिल्ला परिषद्
छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको करिव डेढ बर्षपछि नेकपा एमाले अर्घाखाँचीको प्रथम जिल्ला परिषद् सम्पन्न भयो । २०६७ साल चैत्र २५ गतेका दिन आयोजित जिल्ला परिषद्को उद्घाटन जिल्ला स्तरिय भव्य आमसभाको बिचमा सहिद बगैचामा सम्पन्न भयो । पार्टी केन्द्रिय कमिटीका महासचिव क. इश्वर पोख्रेलबाट उद्घाटित सो कार्यक्रममा पार्टीको लुम्बिनी अञ्चल समन्वय कमिटीका सचिव क. खिमलाल भट्टराई र पार्र्टी पार्टी केन्द्रिय कमिटीका सदस्य तथा सभासद क. नजिर मियाँ लगाएतका अन्य नेताहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । करिव ४ हजार जनसमुदायको बिच सम्पन्न खुला सभामा सबिधान निमार्ण र शान्ति प्रक्रिया बारे एमालेका ताजा निर्णयहरु प्रमुख अतिथिको मुखारबिन्दुबाटै अर्घाखाँचीका पार्टी कार्यकर्ता र आम जनताले सुन्ने अवसर प्राप्त गरे ।
जय सन्तोषीमा चलचित्र मन्दिरमा आयोजित प्रथम जिल्ला परिषद्को बन्द सत्रमा ३ सय जना परिषद् सदस्यहरु र अतिथिहरुको उपस्थिती थियो । जिल्ला पार्टी अध्यक्ष क.रामजी प्रसाद घिमिरेको अध्यक्षतामा आयोजित बन्द सत्रमा अध्यक्ष क. द्धारा प्रस्तुत राजनीतिक तथा सांगाठनिक प्रतिबेदनहरु सर्बसम्मत पारित गरियो । समसामयिक महत्वका केही प्रस्तावहरुपनी पारित भए । साथै छैठांै जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कमिटीका तत्कालीन उपाध्यक्ष क.पबित्रा पौडेल लुम्बिनी अञ्चल समन्वय कमिटीमा मनोनित भएपछि रिक्त हुन आएको पार्टी उपाध्यक्ष पदमा क. जनार्दन खनाललाई पदउन्नति गरियोस भनी अध्यक्ष क.रामजीप्रसाद घिमीरेले प्रस्तुत गर्नुभएको प्रस्ताव परिषद् सदस्यहरुबाट कर्तल ध्वनीका साथ सर्बसम्मत समर्थन गर्नुभएकोले क.जर्नादन खनाल जिल्ला पार्टीको उपाध्यक्ष पदमा सर्बसम्मत निर्बाचित हुनुभएको छ ।
परिषद् बैठकमा पार्टी अध्यक्ष क.रामजीप्रसाद घिमिरेबाट प्रस्तुत तथा सर्बसम्मत पारित पार्टीको सांगठनीक प्रतिबेदन अनुसार जिल्लामा हाल निम्न बमोजिमका पार्टीका जनसंगठन क्रियाशिल रहेका छन ।
१ अखिल नेपाल महिला संघं
केन्द्रमा २०३७ सालमा अनेमसंघ पुनरगठन भएको ७ बर्षपछि अर्घाखाँचीमा क.गंगा भुसालको संयोजकत्वमा एउटा तदर्थ समिती निमार्ण भएको पाइन्छ सो समितीमा क.पबित्रा पौडेल सचिव र क.मनोशोभा भुसाल, जाल्पा भुसाल र.......... सदस्य रहनु भएको थियो । यो ३ सदस्य समितीले ..........सालमा प्रथम अर्घाखाँची जिल्ला सम्मेलन आयोजना गरि .......................को अध्यक्षतामा ..... सदस्य अनेमसघ अर्घाखाँची जिल्ला समिती गठन गर्यो दोस्रो र तेस्रो सम्मेलनमा अध्यक्ष तथा सचिव चुनिनुभयो ।
२०५५ सालमा आयोजित चौंथो सम्मेलनबाट क. इश्वरा पोख्रेलको अध्यक्षतामा १३ सदस्य जिल्ला समिती निमार्ण भयो । सो समितीको उपाध्यक्षतामा क.जाल्पा भुसाल, सचिवमा क.बिजुला रायमाझी सह सचिवमा क.गंगा खनाल र कोषाध्यक्षमा क.प्रमिला क्षेत्री चयन हुनुभयो । पाँचौं सम्मेलन २०६० साल फाल्गुन १६ गतेका दिन मदन आश्रीत स्मृती भवनमा आयोजना गरियो । पार्टीजिल्ला कमिटीका तत्कालीन उपसचिव क.रामजीप्रसाद घिमिरेको प्रमुख अतिथ्यता र सदस्य क.नजिर मियाँ लगाएतका पार्टी जिकसहरुको अतिथ्यतामा सम्पन्न सम्मेलनले क.पबित्रा पौडेलको अध्यक्षतामा १३ सदस्य अनेमसंघ जिल्ला समिती निमार्ण गर्यो । सो समितीमा उपाध्यक्षमा क. इश्वरा पोख्रेल, सचिवमा क. बिजुला रायमाझी सह सचिव क. इन्दिरा आचार्य र कोषाअध्यक्षमा क.प्रमिला क्षेत्री निर्वाचित हुनुभयो । यो समितीले ०६२÷०६३ को जनआन्दोलनको जोखिमपुर्ण मोडहरुमा आन्दोलनको अगुवाइ गर्यो शसस्त्र प्रहरीको घेरा तोडेर मञ्च कब्जा गर्ने प्रयासहरुमा अनेमसंघका नेतृत्व पङतिका साथिहरु अग्रमोर्चामा रहने गरेको देखिन्थ्यो । प्रहरीको कुटाइ र असुरग्याँसको असरबाट जोगिन भाग्न खोज्दा थुप्रै साथीहरु घाइते हुनुभयो ।
छैठौं जिल्ला सम्मेलन २०६३ साल माघ २०गतेका दिन अनेमसंघ केन्द्रिय उपाध्यक्ष क. थममाया थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । बन्द सत्रबाट क.इश्वरा पोख्रेल, क.प्रमिला क्षेत्री क. बिजुला रायमाझी क.मिश्रा आचार्य र क.सुनिता भुसाल क्रमश अध्यक्ष , उपाध्यक्ष ,सचिव, सहसचिव र कोषध्यक्ष पदमा निर्वाचित हुनुभयो निर्बाचित पदाधिकारी सहित २५ सदस्य समिती निर्वाचित भयो ।
२०६६ साल पौष १० र ११ गतेका दिन अनेमसंघ केन्द्रिय सचिवालय सदस्य क.साबित्रा भुसालको प्रमुख आतिथ्यतामा सातांै जिल्ला सम्मेलन सम्पन्न भयो । क.बिजुला रायमाझीको अध्यक्षतामा ५१ सदस्सिय जिल्ला समिती निमार्ण गरीयो । जसको उपाध्यक्षमा क.बिष्णु आचार्य सचिवमा क सुनिता भुसाल र सहसचिवमा क. साबित्रा बि.क र कोषाध्यक्षमा मिश्रा आचार्य निर्बाचित हुनुभएको थियो । यस अबधिमा प्रत्येक बर्ष महिला हिंसा बिरोधी बिशाल र्याली र अन्य कार्यक्रम आयोजना गरी सरकारलाई दवाव दिने कार्य प्रभावकारी रुपले सम्पन्न गरेको देखिन्छ । ०६९ सालमा पोखरामा आयोजित अनेमसंघको छैठौं राष्ट्रिय सम्मेलनमा अर्घाखाँची जिल्ला समितिले दुई सयको हाराहारीमा नेता कार्यक्रर्ताहरु उद्घाटन सत्रमा सहभागी गराई अनेमसंघको इतिहासमा उल्लेखनीय काम गरेको छ । स्मरण रहोस् यस अघिका राष्ट्रिय सम्मेलनहरुमा अर्घाखाँचीबाट प्रतिनिधी मात्र सहभागी हुने परम्परा रहेको थियो । हालको कार्यसमिति ०६९ असोज २७ गतेका दिन पार्टीका केन्द्रिय परिषद सदस्य तथा अनेमसंघ केन्द्रिय उपाध्यक्ष कमरेड पद्मा अर्यालको प्रमुख आतिथ्यतामा आठौं जिल्ला सम्मेलनको रुपमा क.बिष्णु आर्चायको अध्यक्षतामा ३५ सदस्सिय जिल्ला कमिटि गठन भएको छ , जसको उपाध्यक्षमा क. जमकली पंन्थीर कं. इन्दिरा आर्चाय, सचिवमा कं.सीता श्रेष्ठ, कोषाध्यक्षमा कं. दीपा आर्चाय चुनिनु भएको छ ।
अनेमसंघका हालसम्मका जिल्ला अध्यक्षहरु ः
क्र.स नाम थर ठेगाना
१ मनशोभा भुसाल सन्धिखर्क
२ पवित्रा पौडेल नुवाकोट
३ ईश्वरा पोख्रेल सन्धिखर्क
४ विजुला रायमाझी सन्धिखर्क
५ विष्णु आचार्य खन
२ अखिल नेपाल किसान महासंघ
२०३० सालको चैतमा तत्कालीन लुम्विनी अञ्चल इन्चार्ज क.केशरमणि पोख्रेलको प्रमुख आतिथ्यताम आफ्नो प्रथम जिल्ला सम्मेलन धारापानीमा आयोजना गरेको अनेकिसंघको नेतृत्वमा अर्घाखाँचीका प्रत्येक गाउँ बस्तीबाट सामन्त र सुदखोरहरुलाई कारबाही गर्ने र नैसियत दिने ऐतिहासिक कामहरु भएकाछन । २०४४ सालमा अनेकिसंघद्धारा प्रकाशित अर्घाखाँचीका किसानहरु नामक पस्तिकामा यो जिल्लामा भएका प्रंमुख किसान सघर्षहरुको झल्को पाइन्छ । पहिलो सम्मेलनले क. हेमनाथ भुसालको अध्यक्षतामा क. पीताम्वर भुसाल सचिव रहने गरी १५ सदस्य जिल्ला समिती निमार्ण गरेको थियो ।
दोस्रो जिल्ला सम्मेलन २०४३ सालमा तत्कालीन अञ्चल सचिव क.सिद्धिनाथ ज्ञवालीको उपस्थितीमा धनचौरमा आयोजनागरियो यही समितीले २०४६ ÷२०४७ सालको जनआन्दोलनमा पार्टीको आवहान अनुरुप किसानहरुलाई परिचालन गरेको थियो ।२०५७ फाल्गुन १ गतेबाट सुरु भएको ऐतिहासिक किसान जागरण अभियान (किसान मार्चमा) क. हेमनाथ भुसाल र क. दुर्गा खनालले पुरै अवधीभरी भाग लिनुभयो । रामचन्द्र पौडेल र अन्य साथीहरुले आंशिक सहभागिता जनाउनु भएकोथियो । क.हेमनाथ भुसाल अनेकिसंघको केन्द्रय समितीमा रहेर जिल्लाको प्रतिनिधित्व गर्नुभयो २०६४ बैशाख ३० गतेदेखि महासंघमा परिणत भएको अनेकिसंघको ०६६ फाल्गुन २० मा आयोजित सम्मेलनले क. दुर्गाप्रसाद खनालको अध्यक्षतामा १९ सदस्य जिल्ला समिती निमार्ण गरेको छ । समितीका उपाध्यक्षमा क.रामचन्द्र पौडेल, सचिवमा क.ढुण्डिराज ज्ञवाली ,सहसचिवमा क.डिलाराम पाण्डे र कोषाध्यक्षमा क.भेषराज पौडेल निर्वाचित हुनुभएको छ ।
३ अनेरास्ववियु
नेपालका बामपन्थि ,प्रगतिशिल र देशभक्त बिद्यार्र्थीहरुलाई एउटै झण्डामुनी गोलबन्द गराउने उदेश्यले २०२२ सालमा स्थापित अनेरास्ववियुले अर्घाखाँचीमा आफ्नो २० औं जिल्ला सम्मेलन २०६७ साल फाल्गुन ६ र ७ गते सम्पन्न गरेको छ । यसको अर्घाखाँची प्रथम सम्मेलन २०६७ सालको चैतमा भुमिगत रुपले गच्छेबजारमा सम्पन्न भएकोथियो । प्रथम सम्मेलनबाट सम्मेलन आयोजक समितिका सयोजक खगेश्वर केसी अध्यक्षमा चयन गरेको थियो ।दोस्रो सम्मेलन २०३८ सालमा केन्द्रिय समितिका सदस्य घनश्याम भुसाल र क्षेत्रीय कमिटीका सदस्य कृष्ण न्यौपानेको आतिथ्यतामा पालिमा सम्पन्नभयो । दोस्रो सम्मेलनले पनी खगेश्वर केसीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । २० आंै सम्मेलनले क. भरत न्यौपानेको अध्यक्षतामा ३७ सदस्य अर्घाखाँची जिल्ला समिती गठन गरेको छ । हाल अर्घाखाँचीमा अनेरास्वविका ५६ वटा बिद्यालय प्राकहरु २२ ओेटा उमाबि प्राकहरु र ५वटा क्याम्पस कमिटीहरु २ वटा क्षेत्रीय कमिटी ११ ओटा इलाका कमिटी सक्रिय रहेका छन्।
अनेरास्ववियु जिल्ला कमिटी अर्धाखाँचीका हालसम्मका अध्यक्षहरु
क्र.स नामथर ठेगाना
१ खगेश्र के.सी डिभर्ना
२ दिनेश खनाल सितापुर
३ कुलवहादुर नेपाली खिदिम
४ गोपाल पन्थी पाली
५ लोक वहादुर वि.क हंसपुर
६ जीवन चौहान खनदह
७ टान वहादुर पाण्डे मरेङ्ग
८ हरि थापा नुवाकोट
९ धुर्व के.सी खाँचिकोट
१० मोहन पौडेल सन्धिखर्क
११ खिमानन्द खनाल खन
१२ प्रेमनारायण गैरे नुवाकोट
१३ मनोज आचार्य मरेङ्ग
१४ लक्ष्मण नेपाली पाली
१५ लिल व.वि.क खन
१६ भरत न्यौपाने नरपानी
४ नेपाल उत्पिडीत जातिय मुक्ति समाज
नउजामुसको उद्धेश्य मुलुकभर छरिएर रहेका र राज्यको निति निमार्ण तहको पहुँचबाट बाहिर पारिएका सम्पूर्ण दलितहरुलाई एउटै संगठनमा आबद्ध गराई बर्गिय मुक्ति संगै दलितहरुको पनी बास्तविक मुक्ति संम्भव छ भन्ने कुराको उनीहरुमा चेतना जगाउनु रहेको छ । सामन्ति युगमा उत्पन्न भएर मानव जातिको कंलकको रुपमा रहेको छुवाछुतको भाावना पूर्ण रुपमा हटाएर समातामुलक समाज निमार्णको निम्ति मुक्ति समाज क्रियाशिल छ । जिल्लाका ४२ ओटै गाबिसहरुमा यसका गाउँ कमिटीहरु गठन भएका छन्। नेकपा एमालेको महत्वपुर्ण जनसंगठनको रुपमा क्रियाशिल नेउजामुसको तेस्रो अर्घाखाँची जिल्ला सम्मेलन २०६७ साल चैत्र २४ गतेका दिन पूर्बमन्त्री तथा सांसद क. छबिलाल बिकको प्रमुख आतिथ्य र पार्टी केन्द्रिय कमिटीका सदस्य तथा सभासद क.नजिर मियाँको बिशेष आतिथ्य र समाबेशिकरण बिभागका सदस्य क.बोमबहादुर बिकको उपस्थितीमा सन्धिखर्कमा सम्पन्न भयो । सम्मेलनले क. घनश्याम परियारको अध्यक्षतामा ३९ सदस्य अर्घाखाँची जिल्ला समिती गठन गरेको छ ।
मुक्ती समाज नेपालका हालसम्मका जिल्ला अध्यक्षहरु ः
क्र.स नाम थर ठेगान
१ ओम प्रकाश वि.क पाली
२ रामलाल सुनार हंसपुर
३ वोम वहादुर विश्वकर्मा धन्चौर
४ भोज वहादुर गन्धर्व अर्घा
५ घनश्याम परियार सन्धिखर्क
५ युवासंघ, नेपाल
नेकपा एमालेको निति कार्यक्रमलाई समर्थन गर्ने र हृदयदेखि नै मन पराउने मुलुकभरिकै युवाहरुमा देश प्रेमको भावना र श्रम प्रति आस्था जागृत गराउदै नेपालको युवा शक्तिलाई राष्ट्र निर्माण संघिय गणतन्त्रलाई सस्थागत गराउने महाअभियानमा सरिक गराउनको निम्ती २०४७ साल जेष्ठ १ गते प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल गठन गरिएकोथियो । यो संघको नाम २०६६ पुस ११÷१२ मा सिरहाको लाहानमा आयोजित सातौं राष्ट्रिय सम्मेलनले युवासंघ, नेपाल पुनरनामाकरण गरेको छ । २०६६ माघ १६ का दिन युवा सघं नेपालको सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले क. झबिन परियारको अध्यक्षतामा ४० सदस्यीय जिल्ला समिती गठन गरेको छ । जिल्लामा युवासंघका दइओटा क्षेत्रीय कमिटीहरु र सबै गाबिसहरुमा गाउँ कमिटीहरु निमार्ण भएका छन । निर्बाचन अभियान आन्दोलन र पार्टीका कार्यक्रमहरुमा युवासंघका कमरेडहरुले महत्वपूर्ण जिम्मेवारी बहन गर्ने परम्परा रहेको छ । संबिधान सभाको निर्बाचनको समयमा क. गोबिन्द आचार्य लगाएतका युवा कमरेडहरुलाई माओवादीहरुले सांघातिक हमला गरेका थिए । एमाले कार्यकर्तामाथि माओवादी हत्या हिसां चरम उत्कर्षमा पुगेको बेला पार्टीले युथफोर्सको अवधारण ल्याएर माओवादीहरुलाई हच्काउन र जनता तथा पार्टी कार्यकर्ताहरुमा उत्साह जगाउन सफल भएको थियो ।
युवासघं,नेपालका हालसम्मका जिल्ला अध्यक्षहरु ः
क्र.स नाम थर ठेगाना
१ नेत्र वहादुर क्षेत्री सितापुर
२ राम वहादुर चौहान वाँगी
३ खेमराज चुदाली ढिकुरा
४ जीवनारायण कोईराला मैदान
५ विष्णु पौडेल नुवाकोट
६ मणि पौडेल नुवाकोट
७ झविन सुनाम खिदीम
६ जिफन्ट (न्भलभचब िँभमभचबतष्यल या ल्भउबभिकभ त्चबमभ ग्लष्यलक०
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ड) २०४६ साल साउन ५ गते भुमिगत रुपमा स्थापित नेपालको पहिलो ट्रेड युनियन महासंघ हो । जिफण्ड अन्तराष्ट्रिय ट्रेड युनियन महासंघको सदस्य बनेको छ । “सम्मानित श्रमजिबी बर्ग र समृद्ध जीबनको लागि समाजवाद” जिफण्डको मुल नारा हो । उद्योग ब्यवसायका बिभिन्न क्षेत्रमा कार्यरत श्रमजिबीहरुका अलग अलग संगठनहरु आपसमा मिलेर बनेको महासंघ (जिफण्ड) को प्रथम जिल्ला सम्मेलन २०६७ फाल्गुन ६ गतेका दिन मदन आश्रित स्मृति भवनमा आयोजना गरियो । पार्टी जिल्ला कमिटीका अध्यक्ष क. रामजिप्रसाद घिमिरे र जिफण्डका केन्द्रिय अध्यक्ष तथा सभासद क. चुरामणी जङगलीको आतिथ्यमा सम्पन्न सो सम्मेलनको उद्घाटनमा जिफण्ड केन्द्रिय सदस्य क. ............................., जिफण्ड लुम्विनी राप्तिका अध्यक्ष क हरिबहादुर कार्की उपाध्यक्ष क.गोमा आचार्य पार्टीका राष्ट्रिय प्रतिनिधीपरिषद सदस्य द्धय क.नरेन्द्रकुमार क्षेत्री, क. पीताम्वर भुसाल र जिफण्ड इन्चार्ज क बुद्धिबहादुर रायमाझीको उपस्थिती थियो । जिफण्डका जिल्ला घटकहरुमा नेपाल स्वतन्त्र मजदुर युनियन , निजी तथा आवासिय कर्मचारी युनियन, स्वास्थ्य सेवी संघ नेपाल, नेपाल सुँनचादी कालिगढ ट्रेड युनियन, नेपाल स्वतन्त्र टेक्सटायल गार्मेट युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र क्युपेक गरि ७ वटा संगठन रहेका छन् । प्रथम जिल्ला सम्मेलनले क. शोभाखर भुसालको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन गरेको छ । जिफण्ड अर्घाखाँचीले बिगत ४ बर्ष देखि मई दिवस मनाउने परम्परा बसालेको छ ।
७ नेपाल राष्ट्रिय शिक्षक संगठन
नेपालका सम्पुर्ण सरकारी बिद्यालहरुमा कार्यरत शिक्षकहरुको पेशगत हकहित संरक्षण गर्न र शिक्षक पेशालाई मर्यादित तुल्याउनको लागि २०३६ सालमा गठित नेरासिसंघ बिगत २ बर्षदेखि नेकपा एमालेको जनसंठनमा परिणत भएको छ । सुरुमा साधा पेशागत संगठनको रुपमा स्थापीत यो संगठनबाट २०४७ सालमा नेपाली काङगे्रसका निटक शिक्षकहरु, द्धन्द्धकालको अन्त्यतिर आएर माओवादी समर्थक शिक्षकहरु र २०६६ सालमा राजमो सपर्थक शिक्षकहरु बाहिरिएपछि नेरासिसंघ अर्घाखाँची एमालेको मात्र रहन गएको छ । २०६७ सालमा सम्पन्न जिल्ला सम्मेलनले क. बाबुराम आचार्यको अध्यक्षतामा ........सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ ।
८ प्रेस चौतारी
सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्र्मीहरुको माझ पार्टीको निति तथा कार्यक्रम पुर्याउन र उनिहरुलाइ एउटै झण्डामुनि गोलबन्द गराउने उदेश्यले स्थापित प्रेस चौतारी अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन २०६८ साल बैशाख महिनामा मदन आश्रित स्मृति भवनमा सम्पन्न भएको छ । प्रेस चौतारीका केन्द्रिय सदस्य ..........................को प्रमुख आतिथ्यता र ने.क.पा. एमाले पार्टी जिल्ला अध्यक्ष कं. रामजी प्रसाद घिमिरेकोे बिषेश आतिथ्मा सम्पन्न सो सम्मेलनले क. पार्वता श्रेष्ठको अध्यक्षतामा ११ सदस्सिय जिल्ला समिती गठन गरेको छ । नेकपा एमालेको पेशागत जनसंगठनको रुपमा रहेको प्रेस चौतारी नेपाल पत्रकार महासंघको एउटा घटक हो ।
९ नेपाल बुद्धिजिबि परिषद्
देश जनता र राष्ट्रियतासँग सम्वद्ध ज्वलन्त समस्याहरुमा बौद्धिक अभ्यासद्धारा आबश्यक जनमतकको सिर्जना गर्न योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको नेपाल बुद्धिजिबि परिषदको.....औ अर्घाखाँची जिल्ला सम्मेलन २०६७ सालको माघ महिनामा सम्पन्न भयो क. ज्ञानबहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन भएको छ । तेस्रोे केन्द्रिय सम्मेलनबाट क. सुनिता भुसाल केन्द्रिय समितिमा चुनिनुभएको छ । नेपाल बुद्धिजिबि परिषद्का पदाधिकारीले दिएका सुझावहरुलाइ पार्टीले पनि गम्भिरताका साथ ग्रहण गर्ने गरेको छ ।
१० नेपाल मुस्लिम इत्तेहाद संगठन ।
नेपालमा बसोबास गर्ने धार्मिक हिसावले अल्पसंख्यामा रहेका मुस्लिमहरुलाईपार्टीको निति तथा कार्यक्रम बारे प्रशिक्षित तुल्याएर उनिहरुको जोश,जागर र प्रतिभालाई नेपाली क्रान्तिको सेवामा लगाउने उद्धेस्यले स्थापित यो संगठनको २०६६ सालमा तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सभासद क.नजिर मियाँको प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलन क.कुटमदिन मियाँको अध्यक्षतामा १९ सदस्सीय जिल्ला समिती गठन गरेको छ । २०६८ पौष १ र २ गते विरगञ्जमा आयोजित महाधिवेशनबाट सलिम मियाँ केन्द्रिय समितिमा निर्वाचित हुनु भएको छ । नेकपा ९एमाले०ले अर्घाखाँचीबाट सबिधान सभाको सभासद पदमा समानुपातिकतर्फ क.नजिर मियाँलाइ सिफारिस गरेर समग्र मुस्लिम समुदायप्रति सदभाव ब्याक्त गरेको छ ।
११.नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियन ।
बिधुत प्राधिकरणका बिभिन्न तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई एउटै संगठन मुनि संगठित गर्ने उद्धेश्यले स्थापीत निबिप्राकयुको अर्घाखाँची इकाइ २०६७ सालमा गठन भएको छ । छबिलाल पन्थीको अध्यक्षतामा ७ सदस्सिय अर्घाखाँची इकाइ समिति गठन भएको छ ।
१२ नेपाल निजामती कर्मचारी संगठन
राष्ट्रसेवक निजामती कर्मचारीहरुको पेशागत हक हित संरक्षण गर्न र उनिहरुको क्षमता र प्रतिभालाइ देश र जनताको सेवामा अधिकतम उपयोग हुने बातावरण सिर्जना गर्न सम्पुर्ण सेवा प्रदायक कार्यलयहरुमा कार्यरत कर्मचारीहरुलाई एउटै झण्डामुनि गोलबन्द गराउन नेनिक संगठन निमार्ण भएका हो । सम्वत २०३५÷०३६ को आन्दोलन पछि निर्मीत यो संगठनमा सुरुमा बामपन्थि र प्रजातान्त्रिक दुबै बिचारधाराका समर्थक कर्मचारीहरु आवद्ध थिए । ०४६÷०४७ को आन्दोलनपछि नेपाली काङग्रेस समर्थक निजामती कर्मचारीहरुको अलग संगठन निमार्ण भएकोले नेनिक संगठनमा नेकपा एमाले र नेकपा मसाल अर्थात राजमो समर्थक कर्मचारीहरु मात्र यो संगठनमा आवद्ध रहेका छन । अर्घाखाँचीमा कार्यरत नेनिक संगठन सित आवद्ध कर्मचारीहरुले २०४८ सालको कर्मचारी आन्दोलनमा सक्रियताका साथ भाग लिएका थिए यस जिल्लामा तत्काल कार्यर प्रमुख जिल्ला अधिकारी बिवेकी परेकोले कुनै पनी कर्मचारीले हातधुन नपरेको बताउने गरिन्छ ।
नरपानी बजार नजिक “भिल्लका देशमा मणिको महत्व हुँदैन” भन्ने आशयको सास्त्रिय सन्दर्भ युक्त संकेत पार्टी राख्न पहल गरेर अघिल्लो जिल्ला कार्यसमितीले चुनढुङगाको उत्खनन र उपयोगबाट अर्घाखाँचीबासीलाइ फाइदा नपुगेको यथार्थताप्रति ब्याङगपुर्ण बिरोध जनाएको छ । सहिद बगैचास्थित सहिद टंक भुसालको शलिक वरिपरी सरसफाइ र रङ्गरोवन गराएर सहिदप्रति सम्मान प्रकट गरेको छ । कर्मचारी मिलन केन्द्रद्धारा प्रकाशित हुने ‘सन्धि’ पत्रिकामा अर्घाखाँचीका धार्मिक, एतिहासिक र पर्यटकका महत्वका तथा आर्थिक बिकाशका प्रचुर सम्भावना बोकेका स्थानहरुबारे खोजपुर्ण लेख लेखेर कर्मचारी संगठन र युनियनका कर्मचारी मित्रहरुले जिल्लाबासीहरुलाइ बिर्सनै नसकिने गुन लगएका छन ।
२०६६ साल पौष २५ गतेका दिन नेनिक संगठनका केन्द्रिय समितीका तत्कालीन महासचिव तथा हाल बरिष्ठ उपाध्यक्ष राजन रेग्मीको प्रमुख अतिथ्यतामा सम्पन्न ..................औ सम्मेलनबाट क. गोबिन्द ज्ञवालीको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति निमार्ण भएको छ । यो समितिमा एमाले र राजमो समर्थक कर्मचारीहरु समाबेश गरिनुभएको छ ।
१३ लोकतान्त्रिक मगर संघ
बुढापाकाहरुले मगरात (मगरात) भन्ने गरेको अर्घाखाँची जिल्लाका कतिपय गाबिसहरुमा मगरहरुको बाहुल्यता रहेको छ । राज्यको निति निमार्णतहबाट पाखा पारिएका मगर समुदाय लाईपार्टीको झण्डामुनी गोलबन्द गराउनको लागि सामुदायिक संगठनको रुपमा लोकतान्त्रिक मगर संघको स्थापना भएको हो । २०६६ सालमा लोमसंघ केन्द्रिय समितिका सदस्य तथा सभासद क. दलबहादुर रानाको प्रमुख आतिथ्यता रहेको मगरहरुको भेलाले क. गोर्वद्धन थापाको अध्यक्षतामा २१ सदस्य लोमसंघ अर्घाखाँची जिल्ला समिटी गठन गरेको छ । यो समितिले जिल्ला भरकै मगर समुदायहरुमा आफ्नो समिति र सम्पर्क बिस्तार गर्दै आएको छ ।
१४ लोकतान्त्रिक नेवासघं
जिल्लाका बिभिन्न गा.बि.सहरुमा रहेका सरकारी परिभाषामा जनजाती अन्र्तगत पर्ने नेवार समुदायमा पार्टी, संगठन बिस्तार गर्नको लागि गठित लोकतान्त्रिक नेवाः संघको अध्यक्षमा क. सिता श्रेष्ठ चुनिनुभएको छ । २५ सदस्सिय यो जिल्ला कमिटी पार्टी सुदृढिकरणको साथै आफ्ना सामुदायिक भाषा, सस्कृति प्रति पनि सचेत रहेकोछ ।
१५ लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल
पार्टीलाई युग सुहाउँदो गरि लोकतान्त्रिक र समाबेशी ढङ्गले सञ्चालन गर्नको निम्ती फरक क्षमता भएका महिला तथा पुरुषहरुको बिचमालोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल स्थापना गरेको छ २०६६ साल फाल्गुन १५ गतेका दिन मदन आश्रित स्मृति भवनमा संगठनका केन्द्रिंय सदस्य तथा लुम्विनी अञ्चल इन्चार्ज क. पारासोर ढकालको प्रमुख अतिथ्यतामा आयोजित फरक क्षमता भएका ब्यात्तिहरुको जिल्लास्तरको भेलाले क. बिष्णु आचार्यको अध्यक्षतामा ११ सदस्य लोराअस नेपाल अर्घाखाँची जिल्ला तदर्थ समिति गठन गरेको छ । समितिले निकट भबिश्यमै २ वटै निर्बाचन क्षेत्रहरुमा क्षेत्रिय समितिहरु निमार्ण गर्ने र जिल्ला सम्मेलन आयोजना गर्ने योजना बनाएको छ ।
१६ राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल
कला सस्कृतिको क्षेत्रमा कार्यरत कला तथा सस्कृतिकर्मीहरुको बिचमा एउटा देशव्यापी संगठनको आवश्यकता महसुस गरि राजस महासंघ गठन गरेको छ । अर्घाखाँचीमा यसको सम्मेलन भइ क. नारायण परियारको अध्यक्षतामा १७ सदस्य समिति निमार्ण भएको छ । एमालेको तिहार दिउँसो भैलो , ठुलिएकादशी कार्यक्रम र अधिबेशन तथा केन्द्रिय नेताहरुको आगमनमा कलात्मक स्वागत नृत्य र गीतहरु प्रस्तुत गर्नमा राजसा महासंघमा कलाकर्मी साथीहरुले मेहनत र योगदान गर्दै आउनुभएको छ ।
१७. नेपाल खेलकुद महासंघ
जिल्लामा रहेका बिभिन्न खेलका खेलाडीहरुलाई पार्टीमा आवद्ध गराउने उद्धेश्यले २०६९ साल आषाढ २२ मा कमरेड मोतिजंग रायमाझीको अध्यक्षतामा १९ सदस्सिय नेपाल खेलकुद जिल्ला महासंघ अर्घाखाँची गठन भएकोछ । यो महासंघ माताहत व्याडमिण्टन संघ, भलिबल संघ र क्रिकेट संघ गरि ३ बटा घटकका जिल्ला कमिटीहरु निर्माण भएकाछन् ।
१८. नेपाल आदिवासी जनजाती महासंघ
यो महासंघ अन्र्तगत जिल्लामा कमरेड गोर्वधन थापाको अध्यक्षतामा गठन भएको लोकतान्त्रिक मगर संघ, कमरेड लाल बहादुर कुमालको अध्यक्षतामा रहेको नेपाल लोकतान्त्रिक कुमाल संघ र क. सिता श्रेष्ठको अध्यक्षतामा गठित नेपाल लोकतान्त्रिक नेवा ः संघ घटकको रुपमा रहेकाछन् ।
१९. नेपाल मानव अधिकार एलायन्स
२०६७ साल बैसाख २१ मा क.प्रेम नारायण गैरेको अध्यक्षतामा यस एलायन्सको ७ सदस्सिय जिल्ला समिती गठन भएको छ । हाल यसले मानव अधिकारको संरक्षण र निर्धारित समयमा संबिधान निर्माणको निम्ति नेपाल सरकार र संबिधान सभालाई सजग गराउँदै आएको छ ।
२०. प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन, नेपाल
२०६८ फागुन ०३ गतेका दिन अधिबक्ता क.टंक प्रसाद पोख्रेलको अध्यक्षतामा ३ सदस्सिय जिल्ला तदर्थ समिति गठन भएकोछ । यो संगठनले पेशागत हक हित संरक्षणको साथै मानव अधिकार संरक्षणको पक्षमा पनि बहस पैरवी गर्दै आएकोछ ।
अर्घाखाँची–काठमाण्डौ सम्पर्क मञ्च
जिल्ला पार्टी बिस्तारमा प्रवासी नेपालीहरुको योगदान
प्रवासी नेपालीहरुको आशय मुलत ः भारतमा रोजगारी र व्यावसाय तथा अध्ययनको निम्ती गएका नेपालीहरुको हो । जिल्लटा पार्टीको सम्पर्क या सदस्यता प्राप्त गरेर भारत प्रवासमा संगठित हुन पुगेका र उतै तिरबाट पार्टी सम्पर्क प्राप्त गरेर पार्टी काम गरेका कमरेडहरुको योगदान संक्षिप्तमा भए पनि उल्लेख गर्नु सान्र्दभिक हुनेछ । पूर्वोत्तर भारत र दिल्ली, बम्बई, लखनउ, कानपुर, पञ्जाव तिर कम्युनिष्ट पार्टी या प्रवासी नेपाली संघ (भारत)मा क्रियाशिल भएर जिल्ला फर्कनु भएका केही कमरेडहरुको बिवरण निम्न बमोजिम रहेको छ ।
१. क. लक्षमण रायमाझी ः– छत्रगंज गा.बि.स मा जन्मनु भएका कमरेड रायमाझी “ ५० रुपैंयाको तमसुक”जस्ता क्रान्तिकारी नाटक मञ्चन गर्दै स्थानीय सामन्त र जाली फटाह बिरोधी आन्दोलनमा सरिक हुनुभएकोले पञ्चयाती प्रशासनले गाउँमा उहाँलाई बस्न दिएन । ०२८ साल तिर कल्कत्ता पुगेर ने.क.पा (पुष्पलाल ) समूहको कलकत्ता पार्टी युनिटको सम्पर्कमा आउनुहुन्छ । कलकत्ताका प्रवासीहरुले गठन गरेको गुल्मी हरिकृतन मण्डली र अखिल भारत प्रवासी नेपाली कल्याणकारी संघलाई लुम्बिनी सम्पर्क सदन र लुम्बिनी प्रगतिशिल सदनमा रुपान्तरित गराउन पहल गर्नुभयो । सदनलाई ‘कालु पंन्थीको ’ मा क. देवराज भारले बिधान मस्यौदा गर्न सहयोग गर्नुभयो । मुक्तिमोर्चा समूहको सम्पर्कमा आएको लुम्बिनी प्रगतिशिल सदन कोअर्डिनेसन केन्द्र हुँदै अखिल भारत प्रवासी नेपाली संघ ( हालको प्रवासी नेपाली संघ, भारत ) मा रुपान्तरित हुन पुग्यो । लक्ष्मण रायमाझी कलकत्ता युनिटको सचिब र प्रवासी नेपाली संघ (भारत) को संस्थापक अध्यक्ष हुनुभयो । प्रवासमा ‘कर्नाल’ पत्रिकाको सम्पादक रहनुभएका क्रान्तिकारी साहित्य र संगीतका अध्यता र साधक हुनुहुन्छ । प्रवासमा क्रियाशिल रहँदै गर्दा उहाँलाई २०४३ को राष्ट्रिय पञ्चयातको उप निर्वाचनमा पार्टीले अर्घाखाँचीमा जनपक्षिय उमेदवार बनाएको थियो । हाल उहाँ ने.क.पा (एमाले) लुम्बिनी समन्वय कमिटिको सदस्य रहनुभएको छ ।
२. क. जिवनारायण कोइराला ः– २०६९ सालमा आयोजित ने.क.पा (एमाले) अर्घाखाँचीको आठौं जिल्ला अधिबेशनबाट जिल्ला पार्टी उपाध्यक्ष चुनिनु भएका कमरेड कोइरालाको राजनीतिक जीवन पनि भारत प्रवासबाट शुरु भएको हो । २०४५ सालमा पार्टी सदस्यताको उमेदवार पार्टी सदस्य बन्दा कमरेड सि.पी मैनालीले आवेदन फारममा रगतले सही छाप गराउन लगाएको कोइराला सँग अनुभव रहेको छ । ०४६ भदौमा ने.क.पा (माले)भारत प्रवास कमिटी दक्षिण दिल्ली नगर कमिटीका सदस्य र पछि सचिव हुनुभयो । २०५० सालमा दिल्ली राज्य पार्टी कमिटीको सचिव र पार्टीको पदेन राष्ट्रिय परिषद् सदस्य हुनुभयो । प्रवासी नेपाली संघ भारतमा नेहरु प्लेस प्रारम्भिक समितिको सदस्य हुँदै दक्षिण दिल्ली नगर समितिको सचिव हुनुभयो पश्चिमोत्तर क्षेत्रिय समिति –दिल्ली, हरियाण, पञ्जाव, मध्य प्रदेश र हिमाञ्चल प्रदेश समेत) को २०४७ सालमा अध्यक्ष बनेका कमरेड कोइराला २०४९ सालमा संघको केन्द्रिय सदस्य र २०५३ तिर प्रवासी नेपाली संघ – भारतका) केन्द्रिय सम्मेलन आयोजक समितिका सचिब बन्नुभयो । २०५४ सालमा जिल्ला फर्किएर २०५८ का चैंथो पार्टी जिल्ला अधिबेशनबाट पार्टी जिल्ला कमिटीमा प्रवेश गर्नुभएको हो ।
३. क. जनक गैरे ः– धन्चौर–८, पाकुमा जन्मनुभएका क. गैरेले सन् १९९० डिसेम्बरमा पार्टीको दक्षिण दिल्ली नगर कमिटीबाट पार्टी संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । उहाँ दिल्ली राज्य कमिटी सचिवालय सदस्यको जिम्मेवारी दुई कार्यकाल सम्म सम्हाल्नुभयो । सन् १९९५ मा प्रवासी नेपाली संघ (भारत ) दिल्ली राज्य कमिटी कोषाध्यक्ष रहेर जिल्ला फर्केका कमरेड गैरे हाल होटल व्यवसायमा रहँदै ने.क.पा – एमाले) अर्घाखाँची पार्टी जिल्ला कमिटीमा मनोनित सदस्य रहनुभएको छ ।
४. क. भानुप्रकाश श्रेष्ठ ः– हालको संन्धिखर्क, ४ पटुवाथुममा जन्मनु भएका कमरेड श्रेष्ठ भारत प्रवास पार्टी कमिटीको सचिब र इन्चार्जको जिम्मेवारीमा रहनुभयो । २०४७ सालमा प्रवासी नेपाली संघ ( भारत ) को अध्यक्ष बन्नुभएका कमरेड श्रेष्ठ २०५४ सालमा कपिलबस्तु फर्कनुभयो । २०५४ को एमाले पार्टी बिभाजन पछि ने.क.पा – माले) हुँदै हाल एमाओवादी पार्टीमा क्रियाशिल हुनुहुन्छ ।
५. क. बाबुराम घिमिरे ः– मैदान गा.बि.स वार्ड नं ०४ मा जन्मनु भएका कमरेड घिमिरेले २०४७ सालमा ने.क.पा –एमाले) नोयडा नगर कमिटीबाट संगठित पार्टी सदस्यता लिनुभएको थियो । २०४८ मा नोयणा नगर कमिटीको सचिव र प्रवासी नेपाली संघ – भारत) नोयणा समितिको पनि एक कार्यकाल सचिबको जिम्मेवारीमा रहेका कमरेड घिमिरे २०५४ सालमा (माले) हुँदै एमाओवादी र बिगत २ बर्ष देखी भुवनको नाममा नेकपा–माओवादीको जिल्ला सचिब हुनुहुन्छ ।
६. क. इश्वरी प्रसाद खनाल ः– खनदहका कमरेड खनालले भारत प्रवास सिलोङ्गबाट नेकपाको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । प्रवासी नेपाली संघ (भारत) पूर्वोत्तर राज्य समितिका सदस्य रहनुभएका कमरेड खनाल केही बर्ष पहिले नेपाल फर्कनुभएको हो । मोदनाथ प्रश्रितहरु पुष्पलाल समूहबाट बिद्रोह गरेर मुक्ति मोर्चा समूह बन्नु भन्दा पहिले देखी नै रेलिमाई सास्कृतिक कार्यक्रम सहित आसाम र सिलोङ्ग तिर पार्टी संगठन भ्रमण गर्दा कमरेड खनालहरु पूर्वोत्तर भारतमा क्रियाशिल रहनुभएको थियो ।नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहले प्रवासी नेपालीहरुको माझ ‘नेपाल फर्क’ अभियान संचालन गर्दा कमरेड इश्वरी प्रसाद खनाल, कमरेड जनार्दन खनाल र कमरेड प्रेम खनालहरु अर्घाखाँची फर्किएर पार्टी काममा लाग्नुभएको थियो ।
७. क. प्रेम खनाल – कमरेड खनाल खनदहकै प्रवासी पार्टी पृष्ठभूमी भएका अर्का पार्टी कार्यकर्ता हुनुहुन्छ । उहाँले पनि भारत प्रवास सिलोङ्गबाट पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । प्रवासी नेपाली संघ – भारत) को पूर्वोत्तर राज्य समितिका सदस्य र केही समय पछि संघका केन्द्रिय सदस्य रहनुभएका कमरेड खनाल, पार्टी जिल्ला कमिटी अर्घाखाँचीको संगठन बिभाग सदस्य र हाल सल्लाहाकारको रुपमा रहनुभएको छ ।
८.ज्ञान बहादुर क्षेत्री ः– हाल संन्धिखर्क –९ संखेटारीमा बसोवास गर्ने कमरेड क्षेत्रीको जन्मथलो ठुला पोखरा गा.बि.स हो । प्राज्ञिक र पार्टी पृष्ठभूमी भारत प्रवास सिलोङ्गको रहेका कमरेड क्षेत्रीले सिलोङ्गको .......कलेजबाट अर्थशास्त्रमा स्नातक गर्नुभएको छ । कमला मा.बि पालीमा प्र.अ रहेर हाल संन्धिखर्क स्थित पाणिनी क्याम्पसका क्याम्पस प्रमुख तथा पार्टीको जन संगठन नेपाल बुद्धिजिवी परिषद् अर्घाखाँचीका अध्यक्ष रहनुभएको छ ।
अर्घाखाँचीमा कम्युनिष्ट पार्टी स्थापना भएपछि २०४६ सालको जनआन्दोलनसम्म पार्टी नेता र कार्यकर्ताहरुलाई भोजन तथा आवास उपलब्ध गराउनुभएका आदरणीय आश्रयदाताहरुको नामावली ।
१ सन्धिखर्क (तत्कालीन किमडाडा बार्ड न ८ र ९ अर्घा ५,६ र ७
क्र.स नाम ठेगाना कैफियत
जगतबहादुर रायमाझी संधिखर्क, भक्तिटोला
नन्दलाल श्रेष्ठ लात्तेवाँझ,हाल चुत्राबेशी
दिनमणि भुसाल (बर्मेली काइला बा) सन्धिखर्क ,९ कुर
जितबहादुर खडका सन्खिर्क, ९ कुर
खिमानन्द भुसाल सन्धिखर्क ,९ धारिचौर
टिकाबहादुर परियार सन्धिखर्क, ९ वरनेटा ( मनी एक्सनमा वर्दि सिलाएको र दस्तावेज संरक्षण गरेको )
यमबहादुर खडका सन्धिखर्क, ९
बिष्णुप्रसाद भुसाल, गुणनिधि भुसाल सन्धिखर्क ९ बिर्ती
नेत्रप्रसाद ढुङगाना सन्धिखर्क, ८ चौतार
मोतिलाल पौडेल सन्धिखर्क, ८ कुर
धर्मराज पौडेल सन्धिखर्क ,८ कुर
रामचन्द्रं पौडेल सन्धिखर्क, ८ कुर
बिष्णुप्रसाद भुसाल सन्धिखर्क, ८ कुर
दामोदर ढुङगाना सन्धिखर्क ,८ कुर
जिबकला रायमाझी सन्धिखर्क ८ कुर इज्र
भुपलाल खनाल सन्धिखर्क ८ कुर (हाल रुपन्देही)
फर्सुराम पराजुली सन्धिखर्क ,५ तुमकोट
मित्रलाल भुसाल सन्धिखर्क ५ रतले
नरबहादुर रायमाझी सन्धिखर्क ८ कुर
चेतबहादुर पौडेल चुत्राबेशी (हाल सन्धिखर्क )
डिल्लीराज भुसाल हाल स्याँले
२ ढिकुरा गाबिस
क्र.स नाम ठेगाना कैफियत
खेमराज मरासिनी ढिकुरा ४ सुरसिङ
नारायणप्रसाद खनाल ढिकुरा सयनडाडा
टेकराज खनाल ढिकुरा सयनडाडा
भुवानन्द पौडेल ढिकुरा ७ चरेपानी
हरि प्रसाद पौडेल ढिकुरा ७ चरेपानी
डिल्लीराज चुँदाली ढिकुरा प्याँले
३नुवाकोट गाबिस
क्र.स नाम ठेगाना कैफियत
मिनराज पौडेल नुवाकोट, ६
कृष्णप्रसाद शर्मा पौडेल नुवाकोट,६(हाल चुत्राबेशी)
डिल्लीराज शर्मा गैरे नुवाकोट ४ नयाँघर
कृष्ण गैरे नुवाकोट ४ झेस्के
ज्ञानप्रसाद श्रेष्ठ नुवाकोट ३ हटिया
चन्द्रप्रसाद श्रेष्ठ ,, ,,
खिमप्रसाद श्रेष्ठ (मिष्टर) ,, ,,
कमलप्रसाद श्रेष्ठ ,, ,,
मुकुन्दहरि आचार्य नुवाकोट २ लम्ची
ज्ञानहरि आचार्य ,, ,,
प्रेमनारायण आचार्य ,, ,,
तारा बहादुर मल्ल नुवाकोट ५
डिल्लीबहादुर थापा नुवाकोट १ (स्याँल)
मथुरा प्रसाद श्रेष्ठ लात्तेबाँझ
४धनचौर गाबिस ( २०३० साल पहिला)
क्र.स नाम ठेगाना कैफियत
तिलकराम भुसाल बार्ड न, ५
खिमबहादुर रायमाझी बार्ड न ७
भेषराज ढुङगाना बार्ड न ९ (बर्रे सर्घषमा १३ बर्ष जेल जीवन यापन)
खिमानन्द पाण्डे हाल बार्ड न ३
नरेन्द्र गैरे वार्ड नं ९ (हाल काठमाण्डौ)
जमलाल गैरे वार्ड नं ८
टिकाराम भुसाल वार्ड नं ९
टिकाराम गुरुङ्ग वार्ड नं ८
जङ्ग बहादुर गुरुङ्ग वार्ड न ९
खुनबहादुर बुढा वार्ड न ९
तेजे राना वार्ड नं ८
रङगे कामी वार्ड ८
निमबहादुर घम वार्ड न ८
बालानन्द गैरे वार्ड न ९
२०३० साल पछिका
क्र.स नाम ठेगाना कैफियत
सालिकबहादुर समाल वार्ड न ३
मेघराज भट्टराई वार्ड न ५
केशव भट्टराइ वार्ड न ५
तारा भट्टराइ वार्ड न ५
प्रेम भट्टराइ वार्ड न ५
मुमबहादुर रायमाझी वार्ड न ६
खेमराज भुसाल वार्ड न ५
खगेश्वर पन्थी वार्ड न ८ (समग्र पन्थि टोल)
सानो जिवलाल पन्थी वार्ड न ८
धर्मराज तथा दिननाथ चुँदाली वार्ड न ८
पिताम्बर भुसाल वार्ड ८
रुद्र चुदाली वार्ड ८
मेघलाल पाण्डे वार्ड न ६
वोम वहादुर वि.क वार्ड न.८
५ खाँचीकोट गाबिस
क्र.स नाम ठेगाना कैफियत
सिद्धिप्रसाद ज्ञवाली (ज्ञवालीटोला)
काशिराज ज्ञवाली ,,
खिमानन्द आचार्य ,,
मुकुन्दराज आचार्य दुवार
युवराज आचार्य ,,
चन्द्रकान्त आचार्य ,,
मेघनाथ पौडेल (पुर्बे) सानागाउँ
शिवबहादुर केसी ,,
यज्ञ प्रसाद ज्ञवाली ज्ञवालीटोला
गणेशप्रसाद भुसाल वार्ड न ४सानागाउँ
पुण्डरी पोख्रेल डिही हाल फुदवाङ्ग
धुर्व केसी वार्ड न ४ दुवार
रुद्र ज्ञवाली वार्ड न ४ दुवार
६ पाली गाविस
क्र.स नाम ठेगाना कैफियत
ऋषिकेशव घिमिरे पाली भुस्टोला
मिनराज आत्रेय ,, ,,
इश्वरी प्रसाद खनाल पाली ८
बसिर मिँया (शहिद) पाली २
केशवराज अर्याल पाली ७
ऋषिराम खनाल पाली ८
मोतिराज भटराई पाली ८
७खिदिम गाविस
क्र.स नाम ठेगाना कैफियत
मोदनाथ प्रश्रित खिदिम ६
जयप्रकाश किसान खिदिम ६
हेमन्त गौतम खिदिम ८
पोष्टराज घिमिरे खिदिम ६
निलकण्ठ गौतम
खिदिम ३
टेकराज गौतम खिदिम १
गणेश गौतम खिदिम ३
राम बहादुर मानव खिदिम ३
राम बहादुर सुनार
नन्द बहादुर सुनार
८ पोखराथोक गाविस
क्र.स नाम ठेगाना कैफियत
अच्यूत गौतम
पशुपति भट्टराई
९ पणेना गाविस
क्र.स नाम ठेगाना कैफियत
रुद्रप्रसाद पोखरेल
दिनेश भारद्वाज
बालकृष्ण पोख्रेल
शेष नारायण पोख्रेल
१० मैदान गाविस
क्र.स नाम ठेगाना कैफियत
शालिकराम भट्टराई
पुरुषोत्तम भट्टराई
विष्णु घिमिरे रातामाटा
मणिराम भट्टराई हाल भैरहवा २०२६ साउन देखी असोज सम्म तम्घास थानामा
वेदराज घिमिरे हाल जनशक्ति पार्टी (भट्टराई सँगै जेलमा )
रामजी प्रसाद घिमिरे मैदान ४
११ पटौटी गाविस
क्र.स नाम ठेगाना कैफियत
नेत्रप्रसाद घिमिरे
खिमानन्द घिमिरे (रेसुंगा फोटो स्टुडियो )
डांसुराम अधिकारी
जीवनारायण अधिकारी
दधिराम भट्टराई
कूलप्रसाद अधिकारी
रामनाथ घिमिरे
घनश्याम शर्मा हमाल
१२ सितापुर गाविस
क्र.स नाम ठेगाना कैफियत
नेत्र बहादुर क्षेत्री सितापुर ५
रामप्रसाद अधिकारी
अम्मर न्यौपाने, कमल न्यौपाने
मोती खनाल खरयाना
गोवद्र्धन थापा
नेत्र घिमिरे
१३ जलुके गाविस
क्र.स नाम ठेगाना कैफियत
पिताम्बर सारु जलुके २
लेकमणि आचार्य जलुके २
सोमानसिंह कुमाल जलुके ३
चन्द्रबहादुर थापा जलुके ४
वेनबहादुर थापा जलुके १
१४ जुकेना गाविस
क्र.स नाम ठेगाना कैफियत
छविलाल शर्मा आचार्य जुकेना ८
जीवन शर्मा आचार्य ,,
ताराप्रसाद अधिकारी जुकेना , ३
तिलबहादुर भाट क्षेत्री जुकेना , ७
पुनाराम पराजुली ,, ,,
काँशीराम भट्टराई जुकेना ७
बल बहादुर आर्चाय जुकेना ८
१५ अर्घा गाविस
क्र.स नाम ठेगाना कैफियत
खुविराम आचार्य अर्घा ३ अंधेरी
टिकाराम आचार्य ,, ,,
पुरुषोत्तम आचार्य ,, ,,
भिमलाल आचार्य ,, ,,
जनार्दन भुसाल अर्घा मैदान
विष्णुप्रसाद भूसाल धरमपानी
कर्णबहादुर सिंह ठकुरी गच्छेगैरा
टोमबहादुर ए.सी.
गोविन्द आचार्य अर्घा ७
१६ नरपानी गाविस
क्र.स नाम ठेगाना कैफियत
सुकविर सुनार
मानबहादुर थापा
१७धारापानी
क्र.स नाम ठेगाना कैफियत
गुणबहादुर सारु फलामखिल्जी
तेजप्रसाद बन्जाडे
हेमन्त भुसाल
कृष्णप्रसाद वन्जाडे
खिम बहादुर खड्का मकैडाँडा
बालकृष्ण बंजाडे लेमासे
कमल भुसाल हिले (हाल संन्धिखर्क)
१८ डिर्भना
क्र.स नाम ठेगाना कैफियत
दयाराम पौडेल
डम्बर श्रेष्ठ झेंडी
विष्णु बहादुर राना गहते
खगेश्वर के.सी. जोगीमारे
भेषबहादु के.सी. अमिले
बाबुराम आर्चाय भैँसीथला
भोज बहादुर शाह
१९ चिदीका
क्र.स नाम ठेगाना कैफियत
घनश्याम ज्ञवाली वार्ड नं.४
धर्मराज पन्थी (नेत्र पन्थीका पिता)
नारायण ज्ञवाली वार्ड नं.७
घनश्याम ज्ञवाली वार्ड नं.७ वार्ड नं.२
डिल्लीराज पन्थी
लोकनाथ अधिकारी वार्ड नं.५
वावुकाजी ज्ञवाली
२० बल्कोट
क्र.स नाम ठेगाना कैफियत
धु्रव कुमार पाण्डे वार्ड नं.४
कृष्ण पन्थी वार्ड नं.२
ज्ञान प्रसाद वेल्वासे वार्ड नं.९
दुर्गा प्रसाद पौडेल वार्ड नं.४
भविश्वर पाण्डे वार्ड नं.१
हरि प्रसाद पाण्डे वार्ड नं.१
ठगिश्वर न्यौपाने वार्ड नं.७
कृष्ण वहादुर थापा
२१ छत्रगंज
क्र.स नाम ठेगाना कैफियत
विष्णु माया (उपेक्षित)
दिलचन्द्र भण्डारी
प्रदिप नारायण शाह
भोज ब. रायमाझी
लक्ष्मण रायमाझी
माधव पन्थी
नेत्र पन्थी
लक्ष्मण उपाध्याय (पन्थी)
२२ खनदह
क्र.स नाम ठेगाना कैफियत
भेषराज खनाल साबडाँडा (हाल गोरुसिङ्गे)
जनार्दन खनाल (क) साबडाँडा
जनार्दन खनाल (ख) साबडाँडा
पिताम्बर खनाल साबडाँडा
गंगाराम खनाल दह
जीवन चौहान दह
२३ खन
क्र.स नाम ठेगाना कैफियत
गौरीशंकर खनाल वार्ड नं.२
दुर्गा खनाल वार्ड नं.४ मखात
चिरन्जिवी खनाल वार्ड नं.४ (हाल वुटवल)
वालकृष्ण आचार्य
गंगाराम खनाल
२४ मरेङ
क्र.स नाम ठेगाना कैफियत
हेमराज आचार्य वार्ड नं.३
बालकृष्ण आचार्य वार्ड नं.६
बाबुराम आचार्य वार्ड नं.३
शालिकराम आचार्य वार्ड नं.५
गंगा भुसाल वार्ड नं. ६
चुरामणि भुसाल वार्ड ६
टानबहादुर पाण्डे वार्ड नं.३
ऋषी आजाद (आचार्य)
राजेन्द्र आचार्य सानदे
मंगलबहादुर वि.क. वार्ड नं.४
दधिराम आचार्य
कृष्ण फुल्लेल वार्ड नं.८
तिर्थ आचार्य वार्ड नं.३
धर्मराज भुुसाल
२५ अर्घातोष
क्र.स नाम ठेगाना कैफियत
मेहर सिंह कुवंर चिदीपानी
नेत्रलाल पाण्डे वार्ड नं.४
चेतनारायण भुसाल वार्ड नं.१
कृष्ण भुसाल वार्ड नं.१ (हाल अमेरीका)
नामबहादुर जी.सी. वार्ड नं.७ (हाल नयाँगाउँ)
रामप्रसाद खनाल वार्ड नं.३ धरमपानी
२६ बाँगी
क्र.स नाम ठेगाना कैफियत
खुविराम आचार्य अर्घा ३ अंधेरी
नरेन्द्रकुमार क्षेत्री बरमकोट
तिलकराम खनाल कर्नमारे
निमानन्द भुसाल आँटिघर
पोमबहादुर कुँवर भण्डार
नारायणप्रसाद आचार्य भण्डार
किमबहादुर चौहान
गंगबहादुर चौहान
पिताम्वर भुसाल
तिलक मिश्र
राम वहादुर चौहान
२७ हंसपुर
क्र.स नाम ठेगाना कैफियत
विष्णु प्रदिप दोबाटा
दण्डपाणी मरासिनी बामरुक
कुलचन्द्र मरासिनी बामरुक
विष्णु पन्थी
दल वहादुर भट्राई
रामलाल सुनार
रण बहादुर खनाल
यो पुस्तीका तयार गर्दा कम्युनिष्ट आन्दोलनको शुरुका दिनमा जिल्लामा कार्यरत निम्न व्यक्तित्वहरुसित मौखिक कुराकानी गरिएको थियो ।
१ डिलाराम भुसाल, सन्धिखर्क ७
२ गौरीशंकर खनाल, खन
३ मणिराम भट्टराई, पटौटी
४ पुरुषोत्तम आचार्य, हाल रुपन्देही
५ देवराज भार, हाल नेपालगञ्ज
६ दिलचन्द्र भण्डारी, छत्रगंज
७ गुणनिधि भुसाल सन्धिखर्क
८ पिताम्वर भुसाल धन्चौर
९ सन्त वहादुर नेपाली खाँचीकोट
१० नरेन्द्र कुमार क्षेत्री
११ खुविराम आचार्य, हाल बुड्डि गेलवार, कपिलबस्तु
१२ रामचन्द्र पोखे्रल ( गुरु)
उपयोग गरिएका पुस्तक र पत्रपत्रिकाहरु
१. अर्घाखाँचीका किसानहरु, अखिल नेपाल किसान संघ –२०४६ भदौ
२. नेकपा (एमाले) को प्रथम जिल्ला अभिवेशन र वर्रे संघषको समिक्षा
(प्रकाशक पार्टी जिल्ला कमिटी अर्घाखाँची)
३. संयुक्त जन–आन्दोलन २०५९–०६३, प्रतिवेदन, नेकपा (एमाले) अर्घाखाँची
४. युगदुत २०५८
५. संर्घषशील योद्धाहरु
६. नवयुग, नेकपा (एमाले) को मुखपत्र
७. नेकपा (एमाले) को अर्घाखाँची छैठांै जिल्ला अभिवेशनमा प्रस्तुत प्रतिवेदन
८.नेकपा (एमाले) को तेस्रो अर्घाखाँची जिल्ला परिषदमा प्रस्तुत प्रतिवेदन
९. नेकपा (एमाले) अर्घाखाँचीको प्रथम जिल्ला अभिवेशन देखि हालसम्मका निर्णय पुस्तिकाहरु
१०. अर्घाखाँची..सम्वादका ..विभिन्न अंकहरु ............
११. क. हेमनाथ भुसाल र क. नेत्र बहादुर क्षेत्रीकोे स्मृतिमा प्रकाशित स्मारिकाहरु
१२. गुल्मीको ऐतिहासिक झलक , ले.डा.राजाराम सुवेदी
१३. चिनारी ः प्रकाशक अर्घाखाँची–काठमाण्डौ सम्पर्क सदन
१४. नयाँ बिहानी –बिभिन्न अंकहरु) , प्रकाशक अनेरास्ववियु अर्घाखाँची–काठमाण्डौ सम्पर्क मञ्च
.
अर्घाखाँची एक झलक
अर्घाखाँची पश्चिमाञ्चल विकास क्षेत्र लुम्विनी अंचलको पहाडी जिल्ला हो । आजभोली यातायातको सुविधा उपलब्ध छ, जिल्लाका ४२ वटै गा.वि.स. मा यातायातका साधनहरु गुड्ने गर्दछन् । महाभारत, रामायण र अन्य धार्मिक ग्रन्थहरुमा यहाँका कतिपय स्थानहरुको सन्दर्भ उल्लेख रहेको पाईन्छ । पाणिनी ऋषिको तपोभूमि पणेना यहि पर्दछ । बहादुर शाहको पालामा नेपाल एकिकरण नहुँदा सम्म अर्घा र खाँची चौवीसे राज्य समूहमा पर्ने अलग अलग रजौटा थिए । २०१८ सालमा नेपाल ७५ जिल्लामा विभाजित हुँदा अर्घा र खाँची मिलाएर एउटै जिल्ला अर्घाखाँची बनेको हो । हाल सदरमुकाम रहेको सन्धिखर्क अर्घा र खाँची राज्य बीच विवाद उत्पन्न हुँदा दुबै राज्यका प्रतिनिधिहरु भेला भएर सन्धि सम्झौता सम्पन्न गर्ने थलो थियो भन्ने किम्वदन्ती रहेको छ । २०२४ साल सम्म पनि यो जिल्लाको सदरमुकाम गुल्मीको तम्घास थियो । यहाँका दुबै राज्यमा एकै किसिमका स्थानवोधक नामहरु रहेका छन् । जस्तैः अर्घाको कुर र खाँचीको कुर, अर्घाको गौँचौर र खाँचीको पनि गौँचौर, अर्घाको पोखेडाँडा खाँचीतिर पनि पोखेडाँडा पर्दछन् । त्यसैगरी विहार, ढिकुरा, डिही, शेराफाँट, बढाचौर र डाँडाकटेरी नामका स्थानहरु दुबैतिर पाईन्छन ।
अर्घाखाँची २७ डिग्री ४५मिनेट देखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांश ८० डिग्री ४५ मिनेट देखि ८३ डिग्री २३ मिनट पूर्वी देशान्तर बीचमा अवस्थित छ । कूल क्षेत्रफल ११९३ वर्ग कि.मि. रहेको यो जिल्लामा तापक्रम ६.५ डिग्री देखि ४० डिग्री सेन्टिग्रेडसम्म पुग्ने गर्दछ । यहाँको भूभाग समुद्री समतहबाट ३०५ मि. देखि २५१५ मिटरसम्म अग्लो रहेको छ ।
अर्घाखाँचीको पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, दक्षिणमा कपिलवस्तु र रुपन्देही जिल्ला पर्दछन् भने उत्तरमा गुल्मी जिल्ला हरेको छ । मध्य पहाडी भागको ६८∞ र शिवालिक (महाभारत पर्वत) को ३२∞ भाग अर्घाखाँचीमा पर्दछ ।
४२ गा.वि.स. , ११ ईलाका र दुई संसदीय क्षेत्रमा विभाजित यो जिल्लाको जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको छ । गत संविधान सभाको निर्वाचनमा नि.क्षे.नं. १ मा ने.क.पा. (एमाआवादी) का टोपबहादुर रायमाझी र नि.क्षे.नं. २ मा ने.क.पा. (एमाले) का डा. दुमनसिंह थापाले विजय प्राप्त गरेर सभासद् बनेका छन् ।
वाँगीखोला, मथुरा खोला, वाणगंगा खोला, दुर्गा र सिस्ने खोला, सितखोला र खाकावेशी खोला यहाँका प्रमुख खोलाहरु हुन । चुत्रवेशी, मथुरावेशी, खाकावेशी, दमारवेशी र दुर्गाफाँट यहाँका प्रमुख वेशी तथा फाँटहरु हुन । दुर्वाङ टार, लामाताल, लाहापे, रिंदीटार यहाँका ठूला टारहरु हुन । ठाडाको डमरु दह, सेङलेङ दह, सुक्न आँटेको गौउचौरको दह र पुरिन आँटेको खनको दह यहाँका ठूला दहहरु हुन ।
खिदिमको दुर्वाशेश्वर गुफा, सुवर्णखालको रानी गुफा, ढिकुरा चरेपानीको सिद्ध गुफा, धातिवाङ गुफा, खनको गुफा, डिभर्ना र अर्घा गाविसमा हालै पत्ता लागेका गुफाहरु यहाँका दर्शनीय प्राकृतिक स्थलहरु हुन । पाणिनी तपोभूमी, वल्कोटको पौवा, मथुरावेशीको लामपाटी (जंग बहादुर राणाको जन्मस्थान), अर्घा र खाँचीका दरवारहरु ऐतिहासिक महत्वका स्थानहरु हुन । अर्घा र खाँचीका भगवती मन्दिरहरु, सुपा देउराली मन्दिर, मालारानीको मन्दिर, जलुकेको मगराकोट मन्दिर, छत्रगंजको उलुक छत्रथान, मथुरावेशीको गोपेश्वरधाम (राधाकृष्णको मन्दिर), नर्तनाचल पर्वत (नरपानीको लेक), हंसपुरको नरसिंह थान, खिदिम वार्ड नं. १ मा रहेका मालिका र आलमदेवी मन्दिरहरु, चुत्रावेशी भक्तिटोला स्थित सिद्धेश्वर शिवालय मन्दिर, नुवाकोट ३ हटिया स्थित भगवती मन्दिर, कुरका गौरीशंकर र भगवती मन्दिरहरु धार्मिक आस्थाका महत्वका सम्पदाहरु हुन । घोर्लासे, जालकाँडा, मसिना, धातिवाङका लेकहरु र ढाडमैदानको काफलनेटी जडिबुटी जैविक विविधतायुक्त रमणिय प्राकृतिक स्थलहरु हुन । अर्घात्तोषको तिलकुवा झरना र खाँचीको सुुपाखोल झरनाले खासगरी वर्षायाममा आफ्नो अनुपम सौन्दर्य देखाउने गर्दछन् ।
अर्घाखाँचीका अग्ला लेकहरु हिउँदमा कहिलेकाही हिउँले सेताम्य हुन पुग्दछन् । हिउँ परेको समयमा प्रकृतिको रोमान्चकारी दृश्य अवलोकन गर्न वुटवल भैरहवा बाट समेत प्रकृति पारखी युवाहरुको जमात मोटरसाइकल चढेर नरपानी र मसिनाका लेक आउने गर्छन । पूर्वमा पणेना देखि पश्चिमा सेड्डलेड्ड सम्मका डाँडाबाट उत्तर तर्फका सुनौला हिमश्रृंखलाहरु र तराईका फाँटहरु सम्म पनि देख्न सकिने भएकोले यो क्षेत्रले पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको स्पष्ट छ । वसन्त ऋतुमा लालीगुराँस, कोईरालो र साखिनो फुलेर लेकाली वनको सोभा बढाएका हुन्छन् । आन्तरिक र वाह्य पर्यटकहरुलाई आकर्षित गर्न घरमै पाहुना राख्ने (ज्यmभ क्तबथ) को प्रबन्ध मिलाउन र रिर्सोटहरु खोल्न सकिने अबस्था रहेको छ ।
अर्घाखाँची बिभिन्न खनिज स्रोतहरु प्नि रहेको जिल्ला हो । जानकारीमा आए अनुसार सिसा, जस्ता, फलाम तामा, पत्थर कोईला, चुनढुंगा र स्लेट ढुंगाका खानीहरु रहेको छन् । सिन्दुरे र साखिनधाराका तामाखानीहरु प्रसिद्ध थिए । खिदिम १ झाँक्रीथानमा रहेको तामाखानीमा आग्रीहरुले तामा निकाल्ने काम गरेको बुढापाकाहरु बताउने गर्दछन् । स्थानीय खानीबाट धाउ निकालेर प्रशोधन गरिएको तामा र फलामबाट निर्मित भाडाकुडा र कृषि औजारहरु केहि वर्ष पहिलेसम्म किसानका घरमा प्रयोग हुने गरेको जेष्ठ नागरिकहरु बताउने गर्दछन् । आजभोली यो स्थानीय सिप र प्रविधि लोप हँुदै गएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वेलायती वस्तुलाई नेपाली वजानर खुला गराउँदा यहाँका खानीहरु पनि बन्द हुन पुगेका हुन । अहिले पनि अर्घाखाँचीमा खानीगाउँ र खान्दुला (खानीदुला) नामक स्थानहरु छन् । वि.सं. २०४१ सालमा पाल्पा म्याग्जिनबाट अर्घाखाँचीका खानी ठेकेदारहरुलाई लेखेको पत्रबाट नुवाकोट किर्लुकका ठेकेदार, मुखिया कृष्णवीर मुखियाले वर्षको २५९ धार्ने सिसा सरकारलाई बुझाउने गरेको देखिन्छ ।
खाँचीकोट र नरपानीका डाँडाहरुबाट उत्खनन शुरु भएको चुनढुंगा विवादमा परेको छ । उद्योग पक्षले स्थानीय उपभोक्ताहरुको भावना र मर्मलाई बुझ्न नसक्दा समस्या उत्पन्न भएको हो । जिल्लामा कार्यरत राजनीतिक दलका नेताहरु वीचमा चुनढुंगा उत्खनन् कार्य जारी रहन दिने कि रोक्ने भन्ने विषयमा दीर्घकालीन र स्थिर सोचको अभाव देखिन्छ । करिव एक दशकको उत्खनन् ईतिहासमा एउटै व्यक्ति कहिले उत्खनन्को पक्षमा कहिले विपक्षमा उभिएको देखिन्छ । कतिपय नेताहरु त पार्टी निर्णय विपरित वोलेको पनि सार्वजनिक हुने गरेको छ । जिल्लाको दिगो खनिज विकासको निम्ति दुवै अतिवादी सोच वेठिक छन् । प्राकृतिक स्रोतहरुको वुद्धिमत्तापूर्ण उपयोग विना जिल्लाले काँचुली फेर्न नसक्ने तथ्य घामजत्तिकै छर्लंग रहेको छ ।
ईतिहासमा अर्घाखाँची
प्रचिन नेपालको मानचित्रमा अर्घाखाँचीको अवस्थिति पत्ता लगाउनु गम्भिर खोज अनुसन्धानको विषय हुन सक्छ । पश्चिमको सिंजा राज्यका संस्थापक राजा नागराजका वंशज जितारी मल्लले काठमाण्डौ उपत्यकालाई वि.सं. १३४४ देखि १३४६ सम्म ३ पटक आक्रमण गरेर नेपालको केन्द्रलाई वशमा पारेको ईतिहास पाईन्छ । पूर्व पश्चिम गर्ने बाटो त्यतिबेला पनि अर्घाखाँचीको भूभाग रहेको तथ्य ईतिहासमा उल्लेख भएको छ । सर्वगामीनी वाहिनी नामक विशाल सिंजाली सेना जुम्ला, ढोरपाटन (रुद्रताल), म्याग्दी, गोरखा र नुवाकोट हुँदै काठमाण्डौ उपत्याका उत्रिएको ईतिहासमा उल्लेख रहेको छ । राजा रिपु मल्लले कपिलवस्तु आक्रमण गरेर गोरुसिंगे, पत्थरकोट, सुपादेउराली, नुवाकोट, हिले, पुर्कोट, ईस्मा, विपेगौडा र ढोरपाटन हुँदै सिंजा फर्केको डा. राजाराम सुवेदीले आफ्नो “गुल्मीको ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरेका छन् । आजभोली अर्घाखाँचीमा पर्ने यी स्थानवोधक नामहरु त्यतिबेला यही रुपमा रहे नरहेको भने खोजको विषय हुन सक्छ तर गुल्मी भन्नाले अर्घाखाँचीको भूभाग पनि बुझिने भएकोले हालको अर्घाखाँची मध्यकालमा सिंजा राज्य अन्तर्गत रहेको स्पष्ट हुन्छ । वर्तमान नेपाली भाषाको उद्गम स्थल पनि हालको कर्णाली अंचल जुम्लाको सिंजा उपत्यका मानिएको छ ।
आजभोली पाल्पा जिल्लामा पर्ने बल्ढेङगढी राज्य त्यतिवेला फलेफुलेको सशक्त अवस्थामा थियो । यो राज्यका संस्थापक राजा बलिहांग थिए । उनले गुल्मीलाई पनि आफ्नो राज्यमा मिलाएको सन्दर्भ पाईन्छ । वि.सं. १४९० मा पाल्पा, १४९३ गुल्मी, १४९० अर्घा र १४९२ मा खाँची राज्यहरु स्थापित भएपछि बलिहांग राज्य एक्लो र कमजोर बनेको देखिन्छ । पछि गुल्मी, अर्घा, खाँची, पाल्पा, धुर्कोट लगायतका ७ वटा राज्यहरु मिलेर बलिहांग राज्यलाई ध्वस्त पारे । सो राज्यको भूभाग आपसमा बाँड्दा तराईको धेरै भाग खाँची र पहाडको धेरै भाग पाल्पा राज्यलाई परेको थियो । गुल्मीलाई त बल्ढेड्डगढीनै हात लागेको थियो ।
बलिहांग र उनका वंशजहरुका समयमा यो क्षेत्र मगरराज (मंगरात) अन्तर्गत रहको हुनु पर्छ । अहिले पनि बुढापुरानाहरुले अर्घाखाँची, गुल्मी र पाल्पालाई मगरात भन्ने गर्छन । १८ स्थानमा मगरहरुको राज्य रहेको थियो । यी राज्यहरुलाई १८ मगरात भनेको पनि पाईन्छ । जातीय आधारमा संघियतामा प्रवेश गर्दा आजभोलि चर्चामा आएको मगरात राज्यको आधार पनि यही हो । यो क्षेत्रका कतिपय स्थानवोधक नामहरु मगरभाषामा रहनुले पनि विगतमा मगरराज रहेको प्रमाणित हुन्छ । ढाकावाङ, दांगवांङ, मलवाङ,अर्लवाङ, झिवाङ, लिवाङ, गोठिवाङ, थेवार्ङ,पाथ्रवाङ, अर्लिवाङ, खवार्ङ, वुर्तिवङा, करेवाङ, खज्र्याङ , फुदवाङ, फज्र्याङ, आदि ।
नेपालको सामन्ती राजघरानमा कुनै राज्यसँग मित्रता बढाउनु पर्दा विवाहलाई माध्यम बनाउनु पर्ने चलन थियो । महासामन्त अंशु वर्माले छोरी भृकुटीको विवाह तिब्बतका राजा श्रङ्चङ गम्पो सँग गरिदिएका थिए । वहादुर शाहले पश्चिमको शक्तिशाली राज्य पाल्पासँग दोस्ती बढाउन राजा महादत्त सेनकी छोरी विद्यावती (नजरमैया) सँग वि.स. १८४२ माघ १० गते विवाह गरेका थिए । उनले सल्यानको सहयोगमा खाँची राज्यमाथि आक्रमण गरे । खाँचीका अन्तिम ठकुरी राजा भागेको किंमदन्ती रहेको छ । वि.सं. १८४३ मा गोरखा राज्यसँग एकिरण भए पछि अर्घा र खाँची राज्यको भूभाग गोरखा पाल्पा संझौता वमोजिम ईनाम स्वरुप पाल्पाले प्राप्त गर्यो । वि.सं. २००९ साल सम्म पनि अर्घाखाँची र गुल्मीको प्रशासन पाल्पाबाट संचालित हुने गथ्र्यो । राणाकालको ३५ जिल्ला मध्ये पाल्पा एउटा जिल्ला थियो । २००९ सालमा हालको अर्घाखाँची र गुल्मीमा पर्ने भूभागलाई ६ जिल्ला गुल्मी छोटीगौडा भनेर पाल्पाबाट अलग गराईयो । छोटीगौडा बाट बडा हाकिमले प्रशासन चलाउने गर्थे । गुल्मीका अपदस्थ राजा धैरेनी दरवारमा बसेर देवानी मुद्दाहरुको छिनोफानो गर्ने अधिकार उपभोग गर्दथे । २०१८ सालमा ७५ जिल्ला निर्माण हुँदा अर्घाखाँचीको सदरमुकाम तमघास नै रहयो । तत्कालीन श्री ५ को सरकारको श्रेस्ता प्रणालीमा तमसुक लेख्न सिक्दा सिकाउँदा ‘‘लिखितम धनी साहुका नाम गुल्मी जिल्ला अर्घा मौजे .....’भनेर शुरु गर्नु पथ्र्यो । गुल्मीका ९८ मौजा मध्ये अर्घामा १२ मौजा र खाँचीमा १० मौजा थिए । वि.सं. २०३० साल सम्म पनि तम्घास स्थित संयुक्त जिल्ला अदालतको संकेत पार्टी र पत्रहरुको शिरमा ’अर्घाखाँची तथा गुल्मी जिल्ला अदालत‘ लेखिएको हुने गर्दथ्यो ।
२०२४ सालमा अर्घाखाँचीको सदरमुकाम तम्घासबाट जिल्लाको दक्षिणी भाग ठाडमा रहन पुग्यो । तत्कालिन रा.पं.स. जीवनारायण वेल्वासेको पहलमा ठाडाले अल्पकालिन सदरमुकाम बन्ने सौभाग्य प्राप्त गरेको हो । २०२७ सालमा ठाडाबाट सदरमुकाम नरपानी सरेर २०३३ साल असोजमा हालको सन्धिखर्क आईपुगेको हो । यसरी अर्घा र खाँचीले सिंजा, वल्ढेगगढी, पाल्पा र गुल्मी मातहत रहदै राज्यको हैसियतबाट तल खस्केर जिल्लाको आकार ग्रहण गर्न पुगेको देखिन्छ ।
राजनीतिक जागरणको शुरुवात
अर्घाखाँचीमा २००७ साल भन्दा पहिले राजनीतिक जागरणको गोहो पत्ता लगाउन खिदिम, पोखराथोक तर्फ भ्रमण गर्नुपर्ने हुन्छ । जिल्लाको यो दक्षिण पूर्वी भेग पाल्पा तानसेनतर्फ नजिक रहेको छ । पोखराथोकको पूर्वी र माथिल्लो भागमा पाणिनी तपोभूमी अवस्थित छ । संस्कृत व्याकरणका मूर्धन्य व्यक्तित्व पाणिनी ऋषि विश्व विख्यात छन् । २३ सय वर्ष अघि उनले यहि स्थानमा तपर साधना गरेर व्याकरण रचना गरेका थिए । मानव मस्तिष्कमा शिक्षाको ज्योतिले प्रजातान्त्रिक जागरण उत्पन्न गराएको हो । खिदिम पोराथोक र पणेना सभ्यताका शिक्षारुपी किरणहरुको झुल्केका स्थानहरु हुन । आजको विज्ञान, प्रविधि र लोकतन्त्रको युगमा ज्ञानको भण्डार सबैको लागि खुला रहेको छ । व्यक्तिले आफ्नो क्षमता अनुसार ज्ञान ग्रहण गरेर पुनः प्रवाह गर्नुपर्ने हुन्छ । ज्ञान भनेको मानव मस्तिष्कमा हुने भौतिक जगतको प्रतिविम्व हो । ठोस भौतिक वातावरणले मानिको ज्ञान भण्डारमा प्रभाव पारेको हुन्छ । जिल्लामा राजनैतिक जागरणको शुरुवातको चर्चा गर्दा माथिका स्थान तर्फ लाग्नु पर्ने हुन्छ । जिल्लाको चेतना विकासमा ती स्थानका व्यक्ति र शैक्षिक संस्थाको भूमिका र महत्व रहेको छ ।
म खासगरी ३ थरी व्यक्तित्वहरुको बारेमा यहाँ चर्चा गर्ने अनुमती चाहन्छु । हिन्दु पुराणहरुमा ‘संसार देवताको अधीन छ, देवताहरु मन्त्रको अधीनमा छन्, त्यो मन्त्र व्राहमणको अधीनमा छ । त्यसैले वाहुन देवता हुन ।’ व्राहमणहरुको वाहुल्यता रहेको खिदिममा धर्म संस्कृति र पुराणहरुबाटै उदाहरण प्रस्तुत गरेर अत्याचारी शाषकको विरोध गर्नु सचेत मानिसको मानव धर्म हो भन्ने सन्देश प्रवाह भयो । आजको जस्तो सिधै ‘मूर्दावाद∕’ भन्दै नारा लगाउन सकिने अवस्था बनिसकेको थिएन । त्यस्तो अवस्थामा माहापण्डित दधिराम मरासिनीले वि.सं. १९६० मा आफ्नै निवासमा गुरुकुल पाठशाला खोले । ‘शिक्षा विनाको जीवन अर्थहिन हुने ’ सन्देश जनताको घर आँगन सम्म प्रवाह भयो । उनकै सतप्रयासले वि.सं. १९९४ मा हरिहर संस्कृत पाठशाला स्थापित भयो । यो पाठशाला काठमाण्डौ देखि पश्चिमको पहिलो संस्कृत महाविद्यालय थियो । १६ हजार विघा जमिनका मालिक हरिहर गौतम नेपालकै धनाढ्य व्यक्तिमा गनिन्थे । अहिलेको भाषामा उनि तत्कालिन नेपालका विनोद चौधरीनै थिए भन्दा फरक नपर्ला । हरिहर संस्कृत पाठशालालाई गभर्नमेन्ट संस्कृत कलेज काशीबाट सम्बन्धन प्राप्त भयो । यहाँबाट उत्पादित विद्यार्थीहरु परीक्षा र उच्च शिक्षाको निम्ति काशी पुग्दा राणा शासकहरुद्धारा देश निकाला गरिएका निर्वासित व्यक्तिहरु र भारतेली स्वतन्त्रता संग्रामका सेनानीहरुसँग उनीहरुको संपर्क हुन पुग्यो । उनीहरु बीचमा नेपालका राणाहरु र वर्षौदेखि भारतमा राज गर्दै आएका वेलायती उपनिवेशवादीहरु एउटै ड्यागका मुला हुन भन्ने समान धारणा बन्न पुग्यो । ‘जयतु संस्कृतम्’ अर्थात संस्कृतको जय होस् भन्दै आधुनिक उपयोगी विषयहरु पनि पढ्न पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका रानीपोखरी संस्कृत पाठशालाका विद्यार्थीहरुलाई राणाहरुले देश निकाला गरे । भनिन्छ जयतु संस्कृतम् शव्दावली उच्चारण गर्दा राणाहरुले जवाहरलालकी जय होस् भनेको सुन्थे अरे । निश्कासनमा पर्ने हरुमा हरिहर संस्कृत पाठशालका उत्पादन काशिनाथ गौतम, खुविराम आचार्य र गुल्मीका गोकर्णराज शास्त्री लगायत युवा प्रतिभाहरु थिए । खिदिमबाट खुलेका ज्ञानरुपी आँखाले काशी र काठमाण्डौसम्म देख्न सक्ने भए । वि.सं. १९९७ सालमा प्रजातन्त्र प्रेमी शुक्रराज शास्त्री लगायतका युवा वुद्धिजीविहरुलाई राणाहरुले हत्या गरेको घटनाले पनि विद्यार्थीहरु अत्याचारी शासनको विरुद्ध बढि आक्रोशित र आन्दोलित हुन पुगे । तत्कालीन गुल्मी अहिले अर्घातोष काउले भ्वाँग गाउँमा पंडित गोबिन्द प्रसाद मरासिनीले बि.स १९९० देखी आफ्नै निवासमा दलाने पाठशाला खोलेर गुरुकुल शिक्षा प्रदान गरेका थिए । व्याकरण, कर्मकाण्ड, गणित र अदालती बिद्याको पढाइ हुने गर्दथ्यो । सरकारी कार्यालयहरुमा बहिदार, बिचारी र डिट्ठा पदमा जागिर पाउन आवश्यक बिषयहरु पढाउने चलन थियो। त्यहाँका बिद्यार्थीहरु प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेको डा. टिकाराम पंन्थीले यसरी लेख्नुहुन्छ “ बि.स २००७ सालको जनक्रान्तीमा त्यस क्षेत्रका नेता काशीनाथ गौतमले खिदिम हरिहर पाठशालाका बिद्यार्थीहरुलाई आफ्नो साथमा घुमाउनु भएको थियो । उहाँले काउले भ्वाँगका बिद्यार्थीहरुलाई घुमाउन एक जना आफ्ना कार्यकर्तालाई खटाउनु भएको थियो । बि.स २००७ सालको क्रान्तीमा धानलेकाटे भन्ने गाउँका एक जना युवक काँशीनाथ गौतमको निर्देशनमा त्यहाँ आए, चार तारे झण्डा, घोषणा पत्र र नारा लेखिएका कागजात उनीसँग थिए । त्यहाँ हामी् लगभग ३० जना बिद्यार्थी थियौं । उनले हामी सबैलाई उठाए । इनक्लव जिन्दावाद, राणाशाही मुर्दावाद, तानाशाही मुर्दावाद आदी नारा लगाउँदै सम्पुर्ण अर्घातोष क्षेत्र, धैरेनी , खन आदि ठाउँमा ४ , ५ दिन हामी बिद्यार्थीअरुलाई घुमाए । ठाउँ ठाउँमा आमसभा गराए । चौरमा झण्डा गाड्थे, आफैले एक छिन भाषण गरेर उनी हिड्ने गर्थे । ”
काँशीनाथ गौतमले ठुलाखर्कमा पंडित दिव्यदेव लगायतका सप्ताह बाचक बिशिष्ठ पंडितहरुलाई एक एक एक सियो भए पनि गोरु नारेर जोत्न लगाएका थिए । (हाम्रो पुरुषार्थ, बर्ष २९, अंक २ , सम्पूर्णाङ्क बैसाख २०५९ )
अब म दोश्रो विश्व युद्ध लडेर नेपाल फर्केका फौजी अधिकृत र जवानहरुको भूमिका विषयमा केहि चर्चा गर्ने जमर्को गर्दछु । उनीहरुले विदेशका युद्ध मोर्चाहरुमा लड्दा प्रजातन्त्र र साम्यवादको वारेमा समेत केहि जानकारी लिएर स्वदेश फर्केका थिए । तत्कालिन स्वभियत संघका सर्वोच्च नेता जोसेभ स्तालिन, वेलायती प्रधानमन्त्री वीन्सटन चर्चिल, अमेरिकी राष्टपटी फ्रेन्क्लिन रुजवेल्ट जस्ता विश्वनेताहरुको प्रयासले यो सारा संसार हिटलरको वुटमुनि कुल्चिनबाट जोगिएको उनिहरुले सुनेका थिए ।
आजाद हिन्द फौजमा छदाँ सुवास चन्द वोसको मुखबाट प्रजातन्त्र र साम्रज्यवादका बारेमा प्रवचन सुनेर प्रभावित हुनु भएका हाल सन्धिखर्क ७ काफलटारी निवासी ९२ वर्षीय श्री डिलाराम भुसालबाट प्रप्त जानकारी यहाँ प्रस्तुत गर्न चाहन्छ । आजाद हिन्द फौज र सैनिक जीवन र मुद्दा मामिला छोडेर वि.सं. २००३ डिलाराम भुसाल अर्घाखाँची आउँदा रााणा शासन ढल्दै छ भन्ने प्रचार गर्नु भएछ । स्थानीय तालुकदारहरुले उहाँलाई सनक चढेको भन्दै श्री ३ राणाजीहरु ढले भने नेपालमा राज्यसत्ता कसले चलाउछ ? भन्ने प्रश्न गरेछन् । शक्तिका भक्त यी घोडाचडी रकमी तालुकदारहरुले प्रजातन्त्रको हावा र प्रकृया बुझ्ने विषयनै थिएन ।
त्यतिवेलै जयतु संस्कृतम आन्दोलनबाट जिल्ला फर्किएका खुविराम आचार्य भुमिगत रुपले राजनीतिक संगठन विस्तारमा क्रियाशिल थिए । उनीसँग डिलारामको अर्घा दरवारमा भेट हुँदा दुवै जना सक्रिय रुपले राजनीतिमा लाग्ने सहमती भएछ । यो कुराकानीमा धारापानी औवलका लुम बहादुर के.सी. पनि सँगै रहेछन् । उनी पनि वृटिश ईष्ट ईडिया कम्पनी सेनामा कार्यरत रहँदा जापानले युद्ध वन्दी बनाएर आजाद हिन्द फौजलाई हस्तान्तरण गरेकोले वर्माको रंगुन जेलमा डिलाराम सँगै जेल वसेका व्यक्ति थिए । वि.सं. २००५ सालमा ग्यास्टिकको औषधी गर्न तानसेन गएको समयमा डिलाराम भुसालको काशीनाथ गौतम सँग टक्सारको एउटा घरमा भेट हुन्छ । यो भेटघाटको मेसो अर्घाका पाठशाले पण्डितका छोरा रामजी पोखरेलका भाई टंक पोखरेलले मिलाईदिएका हुन्छन् । काशीनाथले तानसेनमा भुमिगत बसेर आफ्नो गाउँ खिदिम पोखराथोकतिर पनि राजनीतिक सम्पर्क बढाउदै लगेको हुन्छन् । डिलाराम भुसालले कुराकानीको क्रममा राजनीतिमा रुची र प्रजातन्त्रप्रति आस्था देखाएकोले गौतमजीले उनलाई नेपाली काँग्रेसको चौवन्नी सदस्यता लिन आग्रह गर्दछन् । भुसालजीले सदस्यता लिएको तर नविकरण गर्ने माध्यम फेला नपारेको बताउनुहुन्छ ।
वि.सं. २००६ सालको वैशाखमा हरिहर संस्कृत पाठशााला खिदिमको प्राङ्गणमा दशै घरको चउरमा काशीनाथ गौतमको नेतृत्वमा घनश्याम पौडेल गुरुको अध्यक्षतामा ४ तारे झण्डा फहराउँदै एउटा प्रजातान्त्रिक सभाको आयोजना हुन्छ । वक्ताहरुले निरंकुश राणा शासन र स्थानीय सत्ताधारी बिर्तावाल गौतमहरुको विरुद्ध एकैसाथ जोसिला विचारहरु व्यक्त गर्दछन् । राणाका पृष्ठपोषकहरुबाट सुचना पाएर तानसेनबाट आएको शाही सेनाले त्यस्ता राणा विरोधी गतिविधिहरुको तिव्र विरोध गर्दछ । कार्यक्रममा संलग्नहरुलाई पक्राउ गरेर यातना दिदै तम्घासतिर चलान गर्दछ ।
२००७ सालको पुष महिनामा डिलाराम भुसाललाई एउटा वेनामी पत्र आउँछ । पत्रमा तपाई सुत्ने बेलामा उठ्नुभयो, अहिले उठ्न्े बेलामा सुतिरहनु भएको छ ,भन्ने लेखिएको हुन्छ । कृष्णानगरको सिमा पारी बढनी वजारमा मुक्ति सेना गठन भएको र तुरुन्त त्यहाँ आउन भनि लेखिएको पत्र पाएर डिलाराम भुसाल त्यता लाग्नुहुन्छ । जनमुत्ति सेनाका कमाण्डर गोपाल शम्शेरसँग भेटघाट र कुराकानी हुन्छ ।उनले सिपाहीमा भरना भएर कामगदै जाने र पछि योग्यताको आधारमा पदोन्ति गरिने बताउँछन् ।आफु आजद हिन्द फौजमा कम्पनि कमाण्डर रहि सकेकोले त्यस भन्दा तल बस्न नसकने जानकारी गराउँदै डिलाराम भुसाल विदा हुनुभएछ ।
२००७साल चैत्रमा काशिनाथ गौतम अर्घा दरवारमा आउँदा ठुलो आमसभा आयोजना भयो ।डिलाराम भुसालले पनि मन्तव्य राख्नुभयो र उहाँकै अध्यक्षतामा पन्चायत गठन भयो । १२ वटा मौजामा गठित पन्चायतमा तालुकदारका परिवारजनलाई जिम्मेवारी नदिने सरकारी नीति थियो ।पछि मात्रिका कोइराला सरकारको पालामा पन्चायत विघटन भएको परिपत्र आयो ।
खिदिम पोखराथोकतिर काशिनाथ गौतमको नेतृत्वमा राजनीतिक गतिविधि सँचालन गदै विर्तावालाहरुका विरुद्धमा उठेका व्यक्(ितहरुमा घनश्याम पौडेल रोहिणी प्रसाद गौतमहरु थिए । यहिबाट शुरु भएको व्राहमणहरुले पनि हलो जोत्ने अभियान जिल्लाका वल्कोेट, चिदिका, ढिकुरा, वांङ्ला, नुवाकोट, खन, डिभर्नातिर पनि फैलियो । राष्ट्रव्यापी चर्चाको विषय बन्यो । दलित र गैर दलितहरुका अलग अलग पधेरा हुने परम्परा रहेको खिदिमका सुनाहरुले धर्मशाला र पँधेराबाट आफै पानी साहार्ने र भर्ने गर्न थाले । केहि समय पछि खिदिम कम्युनिष्ट विचारको पनि पूर्वी केन्द्र बन्यो । नेपालको वामपन्थी तथा प्रगतिशिल साहित्याकाशका उज्ज्वल नक्षत्र मोदनाथ प्रश्रितको उदय यहि क्षेत्रबाट भयो । २०२५, २६ साल तिर हेमन्त गौतम जस्ता होनहार युवा कम्युनिष्ट जन्मन पुगे । कविता पौडेलको अगुवाईमा हलो जोत्ने र घर छाउने अभियानको थालनी गरे । यी सबै कुराहरु वास्तविक मुक्तिका प्रारम्भिक पाईलाहरु थिए । साम्यवाद तर्फको अग्रगमन मान्न सकिन्छ । मानिसको अन्तर्राष्टिय जाती हुने तर्फको कदम भने हुन्छ ।
समर्पण
निरन्तर १३ वर्षको जेल जीवनमा दाल र सातुको थैलो तथा ठोकने रोटीको पोकाको कुम्लो बोकेर लौरो टेक्दै जेलको मुल गेटमा मलाई भेट्न पुग्ने दिवंगत श्रद्धेय आमा जीवकला रायमाझी र वर्ग शत्रुहरुलाई ठेगान लगाउन बनाइएका जेल नेल र हतगडीहरु जिउँदा मानिसले भोग्न र भिर्नु पर्छ भन्दै जनताका शत्रुहरु सामु कहिल्यै नझुक्नु भन्दै मलाई उत्साह थपिदिने तथा जेलबाट रिहाई हुन ९७ दिन वाँकी छँदै दिवंगत हुन भएका वुवा मकर बहादुर रायमाझीको पावन स्मृतिमा ........... ।
दुई शव्द
वि.सं. २०४३ साल जेष्ठ २३ गते जेलबाट रिहाई भएर असारको पहिलो साता अर्घाखाँची आईपुगे । लामो अन्तराल पछि वाहिरी दुनियाँमा आएकोले पार्टी काम र निजीकामको बीच सामानजस्य गराउनु आवश्यक थियो । तत्कालीन नेता कमरेडहरु विष्णु पौडेल, प्रदिप ज्ञवाली (सुबोध) र कोशल पोख्रेल (सतिश) हरुले मलाई पूर्णकालीन कार्यकर्ता बनेर पार्टी काममा लाग्न सल्लाह दिनुभयो । मेरो आफ्नै आन्तरिक कारणले त्यसो गर्न नसक्ने जानकारी गराउँदै शिक्षण पेशामा रहेर अंशकालीन कार्यकर्ताको रुपमा पार्टी काममा लाग्ने निर्णय गरें । पार्टीको स्कूल विभागमा रहेर प्रशिक्षण कार्यक्रम संचालन गर्दा २०३० साल कात्र्तिक २६ गतेको लुम्विनी व्यापी किसान र्याली र अंचल पार्टी कमिटीको निर्णय वमोजिम फागुन २८ मा सिद्धाराको वर्रेमा भएको सामन्त तथा सुदखोर विरोधी वर्रे संघर्षको बारेमा पार्टी कार्यकर्तामा सामान्य जानकारी पनि नरहेको पाएँ । लुम्विनीको कम्युनिष्ट आन्दोलनको ईतिहासमा महत्वपूर्ण स्थान ओगटेको घटनाको बारेमा न्युनतम् जानकारी पनि नहुनुले कार्यकर्ताहरु आफ्नै पर्टी ईतिहास प्रति अनविज्ञ र उदासिन रहेको संकेत गर्दछ ।
अर्कोतर्फ पार्टिको लुम्विनी अंचल कमिटीले ६ जिल्लाको राजनैतिक ईतिहास तयार गर्ने निर्णय गरयो । अर्घाखाँचीको सामग्री संकलन गर्न जिल्ला पार्टी कमिटीले मलाई जिम्मेवारी दिएकोले पनि यस कार्यमा म दत्तचित्त भएर लागँे । सामग्री संकलनको क्रममा जिल्लामा पर्टी स्थापना भएदेखि संगठनको काममा संलग्न रहदै आउनु भएका अग्रज सम्भावित स्रोत व्यक्तिहरुसँग सम्पर्क गर्दा दैनिकी लेख्ने चलन नभएको र धेरै पुरानो कुरा भएकोले सम्झना नरहेको वताउनु भयो । अधिकांशले आफुसँग भएका अध्ययन सामग्रीहरु द्वन्दकालमा नष्ट गरेको भन्नुभयो । तैपनि मैले २ वर्षसम्म खोज कार्यमै समय विताएँ भन्दा अत्यिुक्ति ठहर्ने छैन । कतिपय साथिहरुले विगत आन्दोलनहरुमा आफ्नै भूमिका बढिरहेको पनि वताउनुभयो । एकजनाको बारेमा बढि लेखिँदा अर्को साथीको भूमिका ओझेलमा पर्ने खतरा बढ्यो । न.ेक.पा. मसालका साथीहरुसँग पनि पुगे । विभिन्न कारणले विभाजित अवस्थामा रहेका भएपनि माउ कम्युनिष्ट पार्टी सबैको एउटै हो भन्ने मान्यता राखें । उहाँहरुबाट पनि केन्द्र स्तरका ठूला कुरा त प्रसस्त आए तर जिल्ला स्तरका संघर्ष र दमनका बारेमा शिलशिलेबार सामग्री तयार गर्न सकिन । उहाँहरुको पार्टी भूमिगत रहेकोले पनि यस्तो भएको हुन सक्छ । २०६७ सालमा अस्थायी शिक्षण पेशाबाट वाहिरीएकोले पनि मलाई काममा लागि पर्न अनुकुल भयो । अरु पेशा केहि नगर्ने भए बुवाले बुक लेख्नुहोस् भनेर छोरी श्रृजनाले मेलबर्नबाट धेरैपटक फोन गरेकीले पनि मलाई प्रेरणा प्राप्त भयो । जीवन संगिनी विजुला रायमाझी, छोरा विजय र कृषि पढ्दै गरेकी कान्छी छोरी कामनाले पनि सानो पुस्तिका तयार गर्न उत्साहित गराए । एकसरो सामग्री तयार भएपछि कम्प्युटर टाईप गरेर सहयोग गरिदिने भाई कृष्ण भुसाल, नारायण भुसाल, प्राविधिक सल्लाह दिने अनेरास्ववियु केन्द्रीय सदस्य लिल बहादुर वि.क. र पूर्व पार्टी जिल्ला कमिटी सदस्य हाल अंचल कानून विभाग सदस्य क. लक्ष्मण नेपाली तथा वुटवलमा मिहनत पूर्वक सेटिड्डको काम पूरा गरिदिने विद्यार्थी तथा पत्रकार भाई प्रेम पुनथोकी र हुम बहादुर वि.क. प्रति हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु ।
साथै पंचायति कालारात्रीमा लुम्विनीको पार्टी काम उकास्न र अर्घाखाँचीमा पार्टी संगठन विकास र विस्तार गर्न पार्टी केन्द्रबाट ईतिहासका विभिन्न कालखण्डहरुमा जिम्मेवारी लिएर आउनु भएका आदरणिय नेता कमरेडहरु ः क. जीवराज आश्रित (विदुर), क. के.पी. शर्मा वली, क. मोदनाथ प्रश्रित, क. विष्णु पौडेल, क. प्रदिप ज्ञवाली, क. शान्ता मानवी, क. वेदुराम भुसाल, क. नेत्र पन्थी, क. कौशल पोख्रेल (सतिश), क. झपेन्द्र जी.सी. (अमृत), क. देवी ज्ञवाली, क. पृथ्वी सुव्वा गुरुग लगायत सबै कमरेड प्रति हार्दिक अभार प्रकट गर्दछु । शुभकामनाको निम्ति पार्टी अध्यक्ष झलनाथ खनाल, प्रभावशाली नेता के.पी. शर्मा वली र पार्टी जिल्ला कमिटी अध्यक्ष क. चेतनारायण आचार्य र कार्यव्यवस्थाको वावजुत पाण्डुलिपी पढेर आवश्यक सुझाव लेखिदिने पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख तथा पोलिटव्यूरो सदस्य क. प्रदिप ज्ञवाली प्रति मैले आफूलाई आभारी छु ।
अन्त्यमा प्रस्तुत पुस्तिका अपुर्ण रहेको छ यसले ईतिहासका अनेक पात्रहरु प्रति न्याय गर्न सकेको छैन । महत्वपूर्ण तत्थ्य तत्यांक समेट्न सकेको पनि छैन । प्रकाशन पछि सत्य तथ्य वाहिर आउनलाई यसले उत्प्रेरको काम गर्ने छ भन्ने पूर्ण विश्वास लिएको छु । आखिर कसैले पूर्ण र यथार्थ ईतिहास लेख्ने नै छ । कमजोरीहरु औल्याईदिनु भएमा अवसर पाए दोश्रो संस्करणमा अवश्य परिमार्जन गर्ने छु ।
अस्तु विनित लेखक वुद्धि बहादुर रायमाझी
फोटो
नाम ः वुद्धि बहादुर रायमाझी
जन्म स्थान ः सन्धिखर्क ८, कुर, अर्घाखाँची
पिता ः मकर बहादुर रायमाझी
माता ः जीवकला रायमाझी
शिक्षा ः एम.एड. (अंग्रेजी टि.यु.)
रुची ः दर्शन, साहित्य, राजनीति र ईतिहास
लेखन ः पत्रिका तथा स्मारिकाहरुमा लेख निवन्धभ प्रकाशित
पुस्तक ः अर्घाखाँचीमा ने.क.पा. को स्थापना (तपाईको हातमा)
पुस्तक ः वर्रे संघर्षका भोगाईहरु (प्रकाशन उन्मुख)
संलग्नता ः २०२५ साल देखि लुम्विनीको राजनीतिमा र २०२९ सालमा पार्टी संगठित सदस्यता
जेल जीवन ः वर्रे संघर्षमा सहभागी भएर १३ वर्ष कारावास २०४८ सालदेखि २०६९ सालसम्म जि.क.मा विभिन्न पदमा
हाल पदिय दायित्व ः सदस्य, ने.क.पा. (एमाले) कन्द्रीय पार्टी स्कूल विभाग
समाज सेवा ः क २३ वर्षको निरन्तर अस्थायी शिक्षण अनुभव
ख. शिक्षक युनियन अर्घाखाँची पूर्व कोषध्यक्ष
ग. फेकोफन, पूर्व जिल्ला अध्यक्ष अर्घाखाँची
घ. जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय समिति उप सचिव तथा जिल्ला अध्यक्ष
शिक्षक युनियन
ने.क.पा. (मसाल) धार
राजतन्त्रले जनतामा पञ्चायती व्यवस्था लादेर दलीय नेताहरुलाई जेलमा थुनेको अवस्थामा ने.क.पा लाई एकिकृत र पुर्नव्यवस्थित बनाउने उद्धेश्यले पार्टीका संस्थापक नेता पुष्पलालले पार्टीको तेस्रो सम्मेलन आयोजना गर्ने तयारी गर्नुभयो । हाल ने.क.पा (मसाल)का महामन्त्री मोहन बिक्रम सिंह, मोहनमोहन अधिकारी र शम्भुराम श्रेष्ठहरु जेलमा थिए । सम्मेलनमा प्रस्तुत हुने मस्यौदा दस्तावेजहरु अध्ययन र छलफलको निम्ती भुमिगत रुपले जिल्लामा उपलब्ध भए । अर्घाखाँची, गुल्मी संयुक्त पार्टी जिल्ला कमिटीले पुष्पलालको नयाँ जनवादी कार्यक्रमलाई एकमतले पारित गरेर वनारस हेड क्वाटरमा पठायो । यही बैठकले अर्घाखाँची , गुल्मी जिल्ला पार्टी कमिटीलाई अलग अलग गर्ने निर्णय पनि गर्यो ।
बाघे ओडार भेला र दुई धारको बिकाश
सम्मेलनले पारित गरेका दस्तावेजहरु अध्ययनको निम्ति झिमरुक खोलाको किन
र तिघ्रा स्थित मेघराज आर्चायको घर नजिकको बाघे ओडारमा एउटा गोप्य कार्यक्रता भेला आयोजना भयो । सो भेलामा अर्घाखाँचीबाट केशरमणी पोख्रेल , खुबीराम आर्चाय र माधब ज्ञवालीले भाग लिनुभएको थियो । मोहन बिक्रमले जेलबाट पश्चिमका साथीहरु तत्कालका लागि तटस्थ रहन भनी लेखेको पत्रले गर्दा खुबीराम आर्चायहरु तटस्थनै रहनुभयो । पुष्पलाल तर्फ नलाग्ने र चौथो महाधिबेशनको तयारी गर्ने तथा स्वतन्त्र रुपले पार्टी जिल्ला कमिटी सञ्चालन गर्ने उहाँहरु बिच निर्णय भएको खुबीराम गुरुले गत बर्ष लेखक सँगको भेटमा बताउनुभयो । बास्तबमा पुष्पलाल सँग मोहन बिक्रम र उहाँको बिचार सँग सहमत साथीहरुको दुरी यहीँबाट बढ्न शुरु भएको हो ।
न्युक्लियस को असफलता
मोहन बिक्रम सिंह, मोहन मोहन अधिकारी र शम्भुराम श्रेष्ठहरु जेलबाट रिहाइ भए पछि मोहन बिक्रमको पहलमा बि.स २०२८ मंसिरमा न्युक्लियस नामक एउटा मञ्च गठन भएको थियो । भरत मोहन अधिकारी र कमल कोइराला समेत रहेको यो संस्थाको उद्धेश्य छरिएर रहेका कम्युनिष्ट समूहहरुलाई एकतावद्ध बनाउनु थियो । मोहनमोहन अधिकारी र शम्भुराम श्रेष्ठलाई पुष्पलाल सँग वार्ता गर्ने जिम्मा दिइएकोमा शम्भुराम श्रेष्ठले पुष्पलाल सँग पार्टीनै भंग गर्नुपर्ने प्रस्ताव राखेकोले न्युक्लियस आफ्नो उद्धेश्यमा असफल हुन पुगेको भनिन्छ । मोहन बिक्रमको भनाईमा राजावादीहरुले संबिधान सभाको निर्वाचनको मागको बिरोध गरेकोले आन्तरिक बिवाद बढेर न्युक्लियस भंग हुनपुगेको हो ।
अलग पार्टी बनाएर चौंथो महाधिवेशनको तयारी तर्फ लाग्ने मनसायले खुबीराम आर्चाय सचिब र अन्य सदस्यहरुमा कुलानन्द बञ्जाडे, रामचन्द्र पोख्रेल, गंगाधर घिमिरे, पिताम्बर रायमाझी, खिमानन्द पंन्थी, बिष्णु प्रदिप, दण्डपाणी मरासिनी , बिश्वनाथ पाठक रहेको समानान्तर पार्टी जिल्ला कमिटी गठन भयो । पुष्पलालको नेतृत्वमा सम्पन्न भएको तेस्रो सम्मेलनमो निर्णय स्विकार नगर्ने नीति तर्जुमा भयो । बामपन्थि राजनीतिक गतिबिधीको तत्कालीन एउटा केन्द्र जनज्वती हाई स्कुलका शिक्षक बिद्यार्थीहरुमा पार्टी बिभाजनको बढि प्रभाव परेको देखियो । बामपंथीहरु आपसमा बिभाजित भएर अदालती मुद्धा मामिलाहरु समेत हुन पुगे । पुष्पलाल पक्षधर एक मात्र शिक्षक फर्सुराम पराजुलीलाई पनि बिद्यालयबाट बाहिरिन पर्ने अवस्था आयो । चुत्रावेशी बजारमा मोहन बिक्रमको प्रभाव नरहेको भएपनि शिक्षकहरुमा उनको प्रभाव देखिएकोले बुद्धिजिवीहरुले मोहन बिक्रमका बिचारहरुलाई समर्थन गर्न पुगेको जस्तो देखियो ।
बि.स २०३१ साल भदौ ३० गते देखी असोज ०७ सम्म बनारसको सारनाथमा मोहन बिक्रम र निर्मल लामा लगायतका नेताहरुले आयोजना गरेको पार्टीको चौंथो महाधिवेशनमा अर्घाखाँचीबाट खुबीराम आर्चाय, पिताम्बर रायमाझी, गंगाधर घिमिरे र नरेन्द्र कुमार क्षेत्रीले महाधिवेशन प्रतिनिधीको रुपमा भाग लिनुभयो । खुबीराम आर्चाय केन्द्रिय कमिटी सदस्य र गंगाधर घिमिरे बैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो । महाधिवेशनबाट स्वदेश फर्कन नभ्याउदै गंगाधर घिमिरेको भारतको आसाममा निधन भयो । महाधिवेशनले नेपालमा सामन्तवादलाई परास्त गरेर देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकार गठनको बिवादास्पद नारा तय गर्यो । अनेरास्ववियुमा पनि बिभाजन आयो र पाँचौं र छैटौं बने । अर्घाखाँचीमा छैटौंको संगठन बिस्तार भयो । बर्रे संघर्षको कारण जिल्लामा पुष्पलाल समूहका कार्यकर्ताहरु बिचल्लिमा परेको समयमा चौंथो महाधिवेशन समूहले संगठन बिस्तार गर्न कृयाशिलता बढायो , खास गरी जिल्लाका पश्चिमी गाउँ पञ्च्यातहरुमा उनीहरुको संगठन मजवुत हुँदै गयो । पुष्पलालका कार्यकर्ताहरुले शुरु गरेका जाली फटाह र सुधखोर बिरोधी आन्दोन अघि बढाउने काम गरे । २०३६ सालको बिद्यार्थी आन्दोलनमा छैठौंका बिद्यार्थीहरु क्रियाशिल रहे । हालका एमाओवादी नेता टोप बहादुर रायमाझी र माओवादी नेतृ पम्फा भुसाल त्यती बेलैका उत्पादन हुन् । राजाबाट घोषण भएको जनमत संग्रहको समयमा भने चौंथो महाधिवेशनको नीति स्थिर रहनसकेन । यो समूहले पनि निर्दल र बहुदल एउटै ड्याङ्गका मूला हुन भन्न पुग्यो । जनमत संग्रहको प्रकृया बहिस्कार गर्ने उग्रवादी नीति अपनायो । बिभिन्न स्थानमा सुधारिएको पञ्चयातलाई बिभिन्न स्थानमा सुधारिएको पञ्चयातको पक्षमा मत माग्न पहेलो झण्डा बोकेर हिडेका पञ्चहरुलाई अन्य बहुदलवादीहरुको सहकार्यमा लखेट्ने काम पनि भयो । उनीहरुलाई कालो मोसो , जुत्ताको माला र जुठा टपरीको टोपी सहित सदरमुकाम फर्काउने काममा बिद्यार्थीहरु पनि सक्रिय रहे ।
टंक भुसालको हत्या
बि.स २०३६ साल जेठमा खुबीराम आर्चायको अगुवाइमा संन्धिखर्कमा बिशाल आमसभा आयोजना गरेर राजा बिरेन्द्रले घोषणा गरेको जनमत संग्रहलाई नाटक र धोका भन्दै आन्दोलन जारी राख्ने पार्टीको नीति सार्वजनिक गरियो । कथित जनमत संग्रहमा सुधारिएको पञ्चयातले बिजय प्राप्त गरेको सरकारी घोषणा पछि स्थानीय पञ्चयातको निर्वाचनको क्रममा २०३८ साल बैसाख २८ गते खुबीराम आचार्य, टंक प्रसाद भुसाल, गुणनिधी भुसाल, इश्वरी भुसाल र कमल भुसाललाई गिरफ्तार गरि स्थानीय प्रशासनले प्रहरी हिरासतमा पाशविक यातना दिने काम गर्यो । यातनाकै कारण मसालका कार्यक्रता तथा शिक्षक टंक प्रसाद भुसालको जेठ २ गते जि.प्र.का संन्धिखर्कमा मृत्यु भयो । हजारौं संख्याको जुझारु जुलुसले शहिद टंक भुसालको सब यात्रा सम्पन्न गर्यो । जनताले हत्यारो प्रहरी निरिक्षक नवराज बहादुर सिंहलाई हिरासतमा लिए । टंक भुसालको दाहसंस्कारको समयमा प्रमुख जिल्ला अधिकारीले गोहीका आँशु बहाउदै माफी माग्नुपर्ने स्थिति उत्पन्न भयो ।
इश्वरी बंजाडेको यातनाकै कारण हात भाचियो । खुबीराम आर्चाय बेहोस भई पाल्पा मिसन अस्पतालमा उपचारार्थ भर्णा भई तीन दिन पछि होसमा आउनुभयो ।
२०४० सालमा आयोजित चौंथो महाधिवेशन समूहको बिस्तारित बैठकमा पार्टीमा दुई धार देखापर्यो । मोहन बिक्रम र लामा समूह मध्ये अर्घाखाँचीमा निर्मल लामा पक्षमा कोही पनि लागेको देखिदैन । २०४१ सालमा भारतको अयोध्यामा आयोजित पार्टीको पाँचौं महाधिबेशनमा अर्घाखाँचीबाट कुलानन्द बंजाडे, पिताम्बर आर्चाय र शन्त बहादुर नेपाली प्रतिनिधीको रुपमा सहभागी हुने निर्णय भएको पिताम्बर आर्चायले लेखकलाई बताउनुभयो ।
मोहन बिक्रमलाई आचारण सम्बन्धि आरोप लगाएर दुई बर्षको निम्ति पार्टीबाट निस्काशन गरी मोहन बैद्य किरणलाई महासचिव बनाएको पाँचौं महाधिवेशन पछि अर्घाखाँचीमा पार्टी जिल्ला कमिटी पुर्नगठन भयो । कुलानन्द बंजाडे सचिब र सदस्यहरुमा पिताम्बर आर्चाय,खिमानन्द पंन्थी, रामचन्द्र पोख्रेल, दण्डपमणी मरासिनी (शास्त्री), पिताम्बर भुसाल (अर्घा) र सन्त बहादुर नेपाली रहनुभयो । २०४२ सालमा चित्र बहादुर के.सी, गोबिन्द सिंह थापा र राम सिंह श्रीसलाई पार्टीले अनुसाशनको कारवाही गर्यो । उहाँ माथि पार्टीका गोप्य निर्णयहरु कारवाहीमा परेका मोहन बिक्रम सिंहलाई लगेर सुनाउने गरेको भन्ने आरोप लाग्यो ।
मोहन बिक्रम सिंहले के.सी, थापा र श्रीस लगाएतका मन मिल्ने साथीहरुलाई समेटेर आफ्नो नेतृत्वमा ने.क.पा (मसाल) गठन गरेपछि अर्घाखाँचीमा पिताम्बरआर्चाय बाहेक सबै जिल्ला कमिटीका सदस्यहरु पातलो मसाल तर्फ नै लागे । पार्टीको मुखपत्र मसाल प्रकाशित भयो ।
ने.क.पा मोटो मशाल गठन
बि.स २०४६ सालमा पिताम्बर आर्चायले गोरखपुरमा ने.क.पा (मशाल) अर्घाखाँची गठन गरे । चौंथो महाधिबेशनले परिचित पार्टी ने.क.पा (मसाल) पातलो र ने.क.पा (मशाल) मोटोमा परिणत भए । पिताम्बर आर्चायका अनुसार रबि बन्जाडे सचिब र सदस्यहरुमा डिल्लीराज भट्टराई (मैदान) र चुरा बहादुर शाही समेतको तीन सदस्सिय जिल्ला कमिटी फेरी बन्यो ।
शोभाखर धनन्जयको रहस्यमय हत्या
सन्दर्भ अर्घाखाँचीको रहेकोले शोभाखर धनन्जयको रहस्यमय हत्या सम्बन्धमा केही उल्लेख गरिनु न्यायपुर्ण हुनेछ । उहाँ ने.क.पा –मशाल) मा प्रवेश गरेर हाँक साप्ताहिकको प्रमुख सम्पादक बने पछि उहाँ माथि सरकारी निगरानी बढ्न थाल्यो । २०४२ साल असार २ गते नारायणहिटी राजदरवारको गेटमा भएको बम काण्डको झुट्टा आरोपमा उहाँलाई पंचयाती सरकारले राजकाज मुद्धा लगायो । पार्टीले उहाँलाई केन्द्रिय संगठकको रुपमा पार्टी संगठन गर्न भारतको दिल्ली प्रवास पठायो । अखिल भारत नेपाली एकता समाजको सम्पर्कमा रहेर उहाँ पार्टी काममा लाग्नुभयो । नेपाली एकता मासिकको प्रधान सम्पादक बन्नुभयो । २०४३ सालको शुरुमा शोभाखर धनन्जय एक महिनाको लागि अर्घाखाँची आएर गोखुंगाका कमल घिमिरे र खाँचीकोट साना गाउँका चेतनारायण भुसाललाई पार्टी सम्पर्कमा ल्याएर प्रवास फर्कनुभयो ।
२०४३ हरितालिकाको दिन दिल्लीको बेलारोड मन्दिरमा लागेको मेलामा पत्रिका बेच्न जानुभएका सरोज शर्मा साँझ कार्यालय नफर्कनु भएकोले साथीहरुले खोजी गर्नथाले । दिल्ली प्रहरी अधिकृतको छोरालेखिचेको फोटोको आधारमा उहाँको सनाखत हुन सक्यो । लासको प्रकृति मुचुल्का हेरेर ने.क.पा –मसाल) ले उहाँको हत्या भएको ठहर गरेको छ । रहस्यमय तरिकाले जीवन गुमाउनु भएका सरोज शर्मालाई पार्टीले शहिद घोषणा गरेकोछ ।
२०४६ सालको जनआन्दोलनमा ने.क.पा –मसाल )
ने.क.पा (मसाल) महामन्त्री मोहन बिक्रम सिंहले पार्टीका हरेक सम्मेलन र अधिबेशनहरुमा संबिधानसभाको माग उठाउँदै आएको देखिन्छ । पार्टीलाई भुमीगत राखेर मोर्चा मार्फत बैधानिक आन्दोलन गर्न मसालको परम्परा नै बनेको छ । यसको निम्ती मसालले पार्टी प्रवक्ता चित्र बहादुर के.सीको अध्यक्षतामा २०४५ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चा गठन गरेको थियो । २०४६ सालको जनआन्दोलन ताका त ने.क.पा –मसाल)को नेतृत्वमा चार दलीय मोर्चा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितीको समेत गठन भएको थियो । यो समितिमा ने.क.पा –मसाल), ने.क.पा –मशाल) , कम्युनिष्ट लिग र सर्वहारावादी श्रमिक संगठन सामेल थिए । अर्घाखाँचीमा भने पातलो र मोटो मसाल मात्र क्रियाशिल रहेको जानकारी छ ।
संयुक्त वाममोर्चामा सामेल नभएका मसालहरु अर्घाखाँचीमा आफ्नै किसिमले क्रियाशिल रहे । चैत्र २४ को रत्नपार्कको बिशाल जुलुशलाई शहरी बिद्रोहको पूर्व सुचक मान्ने यो मोर्चाले त्रिपक्षिय सम्झौता बार्ताद्धारा आन्दोलन टुंगाएकोमा बिरोध जनायो। संबिधानसभा मार्फत संबिधान लेखिनुपर्ने माग राख्दै सम्झौतालाई आन्दोलन प्रति धोका भएको निश्कर्ष निकाल्यो ।०४७ सालको संबिधानलाई कालोसंबिधान मानेको मोर्चाले आन्दोलन जारी राख्ने प्रयास पनि नगरेको होइन ।
जिल्लामा जाली फटाहा बिरोधी उग्र कारवाही संचालन गर्यो । अर्घातोष चिदीपानीका डिठ्ठा नरेन्द्र बहादुर कुंवरले हडपेको सार्वजनिक जग्गा फिर्ता गरायो । आम र स्थानीय दुबै निर्वाचन बहिस्कार गरेको मसालले एमालले जित्न भन्दा त बरु काँग्रेसले नै जितेमा दमन गर्छ र सबै कम्युनिष्टहरु आफुसँग मिल्न आउँछन् अनि क्रान्ती हुनसक्छ भन्ने सोंच बनाउन पुग्यो ।
२०४८ सालमा पातलो मसालबाट विद्रोह गरेर टोप बहादुर रायमाझीहरु डा. बाबुराम भट्टराईले नेतृत्व गरेको संयुक्त जनमोर्चा (मोटो मसाल ) तर्फ गए । त्यत्ति बेला अर्घाखाँचीमा बसन्त बेल्वासे ( सिद्धारा ) का मोटो मशालका जिल्ला सचिव थिए ।
०४९ सालको स्थानीय निर्वाचनको समयमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला संधिखर्क भ्रमणमा आउँदा कांग्रेसीकरणको बिरोधमा राजमो र सजमो मिलेर बिरोध जुलुश सहित कालो झण्डा देखाउने कार्यक्रम आयोजना भयो । उनको भाषण समेत खल्बलिने अवस्था आएकोले आन्दोलनकारीहरु माथी अश्रु ग्यांस र लाठी एकै पटक बर्सदा प्रदिप ज्ञवाली र गुणनिधी भुसाल समेतका दर्जनौं नेताहरु घाइतेभए । भिडन्तको चाहना राख्नेमसालहरुले जुलुशको रुट बदलेको र कार्यक्रम लम्बाएकोले पनि दमन भएको हो । कम्युनिष्टहरु माथी दमन निम्ताउँछन् , उग्र काँग्रेसी कार्यक्रर्ताहरुले नै प्रहरीलाई ढुंगा हानेु जिस्काएको भन्ने पनि आरोप रहेको छ ।
२०५१ सालको मध्याबधी निर्वाचनमा अ.ने.रा जनमोर्चाले जिल्लाका दुबै निर्वाचन क्षेत्रमा स्वतन्त्र उमेदवार उठाएको थियो । नि.क्षे. नं १ मा डिलाराम आर्चाय र नि.क्षे.नं २ मा शारदा रानाको उमेदवारी परेकोथियो । २०५४ सालको स्थानीय निर्वाचनमा राजमो र ने.क.पा एमालेका बिजयी उमेदवारको नाम यस पुस्तिाकामा अगाडि नै उल्लेख गरिएको छ । २०५६ सालको निर्वाचनमा एमाले मसालका दुबै संयुक्त उमेदवार बिजय प्रापत गरेका थिए, संयोग भनौं , हाल उहाँहरु दुबै ए.ने.क.पा माओवादीमा पुग्नुभएको छ ।
एनेकपा माओवादी धार
जनयुद्धको पृष्ठभूमीबाट राजनीतिको शान्तिपुर्ण धारमा समाहित हुन पुगेको एनेकपा माओवादी अर्घाखाँचीमा तेस्रो राजनैतिक शक्तिको रुपमा रहेको छ । २०६४ को संबिधानसभा निर्वाचनमा जनतालाई आतंकित पार्दै, मतदान केन्द्रहरु कब्जा र धाँधलीका सबै हत्कण्डाहरुलाई प्रयोग गरेर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा विजय प्राप्त गर्न सकेको थियो । आफुलाई निकै शक्तिशाली र जनप्रिय ठान्ने एनेकपा माओवादी बास्तविक जनमत र प्रभावका हिसावले त्यस्तो रहेको छैन । यसका उग्रपंथी क्रियाकलापहरुमा केही कमी आएको भए पनि कार्यकर्ताहरु अझै सच्चिई सकेका छैनन् । उनीहरु राजनीतिक, बैचारिक र सांगठनिक गतिबिधीमा भन्दा पनि ठेक्का पट्टा, बिकाश निर्माण र सामाजिक संघ संस्थाहरुमा प्रवेश गरेर व्याक्तिगत लाभ उठाउने काममा संलग्न रहेको देखिन्छन् । कार्यकर्ताहरुमा सहनशिलता र धैर्यताको अभाव रहेको देखिन्छ । हालका दिनहरुमा एनेकपा माओवादी प्रतिको जनआकर्षण घट्दो रहेको छ । ्
जनयुद्धकालीन सांगठनीक संरचनाबाट बिस्तारै मुक्त हुँदै आएको यो पार्टीले गत बैसाखमा संन्धिखर्कमा आयोजित पार्टीको जिल्ला सम्मेलनबाट पहिलो पटक बहुपदिय आधारमा जिल्ला पार्टी नेतृत्व चयन गरेको छ । अब देखी एनेकपा माओवादी पार्टीमा अन्तर पार्टी लोकतन्त्रको अभ्यास हुने आशा गर्न सकिन्छ । सचिवको एकल आदेश र नेतृत्वको अन्त्य हुन पुगेको छ । लेलिनवादी संगठनात्मक सिद्धान्त अनुसार कमिटी परिचालित हुने कार्यकर्ताहरुले अनुमान गरेकाछन् । लामो समय लगाएर परिश्रमपुर्वक सहमतीको आधारमा चयन गरिएको चौध स्थान पछि पुर्ति गर्ने गरी हाललाई ३८ सदस्सीय जिल्ला नेतृत्व यस प्रकार रहेको सार्वजनिक भएको छ ः– अध्यक्ष ः चन्द्र बहादुर खड्का ‘उज्जवल’ , उपाध्यक्ष ः कमल खनाल, सचिब ः ठाकुर बि.क‘किशोर’ , सहसचिव ः भक्त बहादुर पुन ‘जलन’ र कोषाध्यक्षमा छमकुमारी थापा ‘चिनारी’रहनुभएको छ ।
एमाओवादी अर्घाखाँचीका योजनाकार मानिने चन्द्र बहादुर खड्का पार्टी केन्द्रिय कमिटीका सदस्य हुनुहुन्छ । उहाँ युद्धकालमा पार्टीजिल्ला सेक्रेटरी , जन सरकार प्रमुख र पार्टी शान्ति प्रकृयामा आएपछि जिल्ला ईन्चार्ज रहँदै आउनुभएको छ । एमाओवादीका केन्द्रिय सदस्य कमल खनाल, डिलाराम आचार्य सँगै ने.क.पा (मसाल ) परित्याग गरेर एमाओवादीमा प्रवेश गर्नुभएको हो ।
सम्मेलनले बैसाख १८ गते आयोजना हुने केन्द्रिय महाधिवेशनको निम्ति चयन गरेका १८ जना प्रतिनिधिहरुको नाम यस प्रकार रहेको छ ः १.सभासद् टोप बहादुर रायमाझी, २. केन्द्रिय सल्लाहकार राजु नेपाली, ३. केन्द्रिय सदस्यहरु, चन्द्र बहादुर खड्का, कमल खनाल र यमुना भुसाल, अन्य राष्ट्रिय प्रतिनिधिहरुमा गोबिन्द के.सी ‘प्रकाश’, ठाकुर कुमार बि.क‘किसन’, भक्त बहादुर पुन ‘जलन’, छमकुमारी थापा ‘चिनारी’, खुमानन्द घिमिरे ‘सुमन’ र धर्मराज भुसाल, तोज बहादुर रायमाझी, जाकिर हुसैंन, पदम क्षेत्री, युवराज भुसाल, राजेन्द्र भुसाल, बिष्णु गैरे, राजेन्द्र आचार्य ।
ने.क.पा– माओवादी धार
एनेकपा (माओवादी) पार्टी केन्द्रमा दुई लाइनको संघर्ष चर्कदै आए पछि २०६८ सालमा अर्घाखा“ची एमाओवादी पनि केन्द्रको अन्तर पार्टी संघर्षबाट प्रभावित हुनपुग्यो । बावुराम घिमिरे (क. भुवन ) र किसोर नामले पुकारिने रोल्पाका सोनु मगर, गोबिन्द क्षेत्री र इश्वरा के.सी (मैदान) पिताम्बर पोख्रेल, दुर्गा अधिकारी, कमल घिमिरे, प्रदिप शर्मा लगायत जिल्ला स्तरीय नेताहरुले पिताम्बर आर्चाय ( ठुल्दाई ) को नेतृत्वमा एमाओवादी पार्टी भित्रै समानान्तर पार्टी जिल्ला कमिटी खालको संयन्त्र निर्माण गर्छन । यो बिद्रोही समूहले बिचार भित्र बिचार, योजना भित्र योजनाको कार्यनीति अपनाएर पार्टी भित्र पार्टी गठन गर्ने प्रयासमा लाग्छन् ।
०६९ साल श्रावणमा नरपानी कमल घिमिरेको घरमा आयोजित १०० जना जति अगुवा कार्यकर्ताहरु उपस्थित रहेको भेलाले मातृ पार्टी एनेकपा (माओवादी) बाट पृथक हुने निर्णय गर्दछ । ६ महिना पछि मंसिरमा सम्पन्न जिल्ला सम्मेलनले बाबुराम घिमिरे(क.भुवन) सचिव रहेको ६५ सदस्सिय ने.क.पा –माओवादी अर्घाखा“ची जिल्ला कमिटी गठन गरेको छ ।
मोहन बैद्य ‘किरण’ समेतका केन्द्रिय नेताहरुले पुष्पकमल दाहाल र डा. बावुराम भट्टराई प्रति लगाएका आरोपहरु नै अर्घाखा“चीमा पनि पार्टी बिभाजनका आधार बनेको देखिन्छ । दाहाल र भट्टराईले जनयुद्ध प्रति गद्धारी गरेको ठुलो कष्ट सहेर गठन गरेको जनसेना बिघटन गराएको, जनयुद्धका सहिदको बलिदानको कदर गर्न नसकेको र क्रान्ति र कम्युनिष्ट पार्टीको नै बदनाम गराएको भन्ने आरोपहरु सार्वजनिक भएकैछन् । पार्टी बिभाजन हुनुभन्दा पहिले रिमका प्रतिनिधि नेपाल आएर महिना दिन सम्म बैद्यजीहरु स“ग सरसल्लाह गरेको बिवरण सँप्ताहि हा“क पत्रिकाले सार्वजनिक गरेको थियो । पत्रिकामा रिमले बैद्यहरुलाई बिभाजित नहुन र एमाओवादी पार्टी भित्र सच्चाक्रान्तिकारी माओवादी पार्टी गठन गर्न सुझाव दिएको सार्वजनिक भएको थियो ।
२०५२ सालमा शेर बहादुर देउवा प्रधानमन्त्री रहेको बेला ४० सुत्रिय माग प्रस्तुत गर्न प्र.म कार्यालय पुगेका माओवादी नेताहरु डा. बाबुराम भट्टराई प्र.म बनेको बेला नया“ पुराना गरि ७० बु“दा पुर्याएर पेश गर्न पुगे । बिप्पा सम्भौता र हवाइ मैदानहरु भारतीय कम्पनीहरुलाई ठेक्का दिने डा. बाबुराम भट्टराईको योजनालाई देश घातक ठहर गरेका माओवादी नेताहरु नया“ जनवादी क्रान्ति पुरा गर्ने प्रयासमा रहेको बुझिन्छ ।
२०७०को साउन तिर अर्घाखा“ची आएका माओवादी सचिव तथा युवा नेता नेत्र बिक्रम चन्द ‘बिप्लव’ले मंसिर ४ गते हुन गइरहेको संबिधानसभाको दास्रो निर्वाचनमा मत पेटिकामा मत नखसेर बम खस्ने उद्घोष गरेका थिए । कतिपय जिल्लाहरुमा निर्वाचन सामग्रीहरु जफत र जलाउने काम गरेपनि अर्भाखा“चीमा त्यस्तो गरेको देखिएन । उमेदवारी मनोनयनको समयमा आशंका उत्पन्न भएको होे । सक्रिय बहिस्कारको प्रयास गर्दै उमेदवारहरुलाई देशभक्त र दलालमा बिभाजन गरेका थिए ।
उग्रवादीशैली , पद्धतीबाट मुक्त हुन नसकेको ने.क.पा–माओवादीले ने.क.पा (एमाले) लाई संसोधनवादी र दक्षिणपंथी पार्टीको रुपमा व्याख्या गरेको छ । उसले मसाललाई आर्दशका कुरा गर्दै दक्षिणपंथीहरुलाई सघाउने पार्टीको रुपमा बुझ्ने गरेको छ । पार्टीको सांगठनिक संरचनामा मगरात राज्य अन्र्तगत रहेको अर्घाखा“चीका राज्य समिति सचिवालय सदस्य भोलानाथ बस्याल जिल्ला ईन्चार्ज रहेकाछन् । अर्घाखा“चीबाट भेषराज भुसाल पार्टी केन्द्रिय समितिमा रहनुभएको छ । राज्य समिति सदस्य बाबुराम घिमिरे पार्टी जिल्ला सचिब र प्रदिप शर्मा लगायतका नेताहरु सचिवालयमा रहेकाछन् ।
उसले गोलमेच सम्मेलन या सर्वपक्षिय राजनीतिक सम्मेलन बिना संबिधान निर्माण गरिए लागु हुन नदिने घोषणा गरेकोछ । पटक पटक एमाओवादी स“ग एकिकरणको हल्ला चले पनि भारतीय शासकको बिस्तारवादी नीतिको बिरोधी अर्घाखा“ची माओवादीले यथास्थितिमा एमाओवादी स“ग एकता हुने संभावना देखेको छैन । एकताको हल्ला कायरहरुले चलाउने गरेको तर एमाओवादी परिमार्जित रुपमा प्रस्तुत भएमा एकता असंभव पनि देखेको छैन ।
अर्घाखा“चीमा माओवादीहरुले निम्न जनसंगठन निर्माण गरेको बताएकाछन् ः–
१. अखिल नेपाल किसान संघ ः– डिल्लीराज भट्टराईको अध्यक्षतामा २५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति ।
२. अखिल नेपाल महिला संघ ः– इश्वरा के.सीको अध्यक्षतामा ३१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति ।
३. जनसेवक संघ ः– योगेन्द्र चौहानको अध्यक्षतामा ५१ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति
४. अनेरास्वबियु(क्रान्तिकारी) ः– प्रथम जिल्ला सम्मेलनले नरेन्द्र बंजाडेको अध्यक्षतामा ५१ सदस्सीय जिल्ला कमिटी गठन गरेको छ ।
५. दलित मुक्ति मोर्चा ः– भक्त बहादुर परियारको अध्यक्षतामा २५ सदस्सीय जिल्ला सम्मेलन आयोजक समिति ।
६. क्रान्तिकारी पत्रकार महासंघ ः– ११ सदस्सीय कमिटी गठन ।
७. उद्योग तथा व्यापार संघ ः– कृष्णहरि भुसालको अध्यक्षता १३ सदस्सीय समिति गठन ।
८. बुद्धिजीवि संगठन ः– माधव खनालको अध्यक्षतामा १७ सदस्सीय समिति गठन ।
९. अखिल नेपाल राष्ट्रिय शिक्षक संघ ः– नवराज पोख्रेलको अध्यक्षतामा १७ सदस्सीय समिति गठन ।
जिल्लाका ४२ गा.बि.स मध्ये अधिकांश पार्टीका स्थानीय कमिटीहरु निर्माण भएको दावी गर्ने अर्घाखा“ची माओवादीले चुनढुंगा उत्खनन बन्द गर्नुपर्ने माग राखेकोछ । जिल्ला संगठन र जनमतको हिसावले चौंथो स्थानमा रहेको ड्यास माओवादी बिचार, सिद्धान्त र पद्धतीको दृष्टिले एमाओवादीस“ग निकट रहेको देखिन्छ । उसले पार्टी बिभाजनको औचित्य पुष्टि गर्न सकेको देखिदैन । नत उसले आफुलाई एमाओवादीबाट आम जनताले बुझ्ने गरि फरक देखाउन सकेको छ । एमाले, का“ग्रेस बिभाजनको समयमा पनि लहर उत्पन्न भएर बिस्तारै सेलाएर पुन ः एकिकरण भए जस्तै एमाओवादी र माओवादीमा पनि त्यही स्थिति नआउला भन्न सकिन्न । का“ग्रेस र एमाले बिभाजित भएर पुनः एकिकरणको प्रकृया पार गरेर सशक्त बनेको नजिर सबैका अगाडि स्पष्ट रहेकैछ ।
परिशिष्ट – १
बर्रे संघर्षको समीक्षा
२०३० सालको फागुन महिनामा भएको बर्रे संघर्ष अर्घाखाँची जिल्लामा मात्र हैन राष्ट्रिय रुपमै चर्चित एउटा ठूलो घटना थियो । यो संघर्षको स्वरुप, यस पछि भएको तीव्र दमन र सम्बद्ध साथीहरुको लामो जेल जीवन , अनि यसको बारेमा उठेका बिभिन्न सकारात्मक , नकारात्मक टिप्पणीहरुले यसलाई एउटा बिवादास्पद घटना बनाइदिएकाछन् । प्रतिकृयावादीहरुले यो घटनालाई डकैती काण्डको रुपमा बदनाम गर्दै कम्युनिष्टहरु लुटेरा हुन्छन् भनेर कुप्रचार गरिरहेका छन् र जनतामा नकारात्मक प्रभाव फिँजाउने कोशिस गर्दैछन् ,भने यसले बिगतमा हाम्रो पार्टी पंक्ति भित्रै पनि कतिपय कमरेडहरु माझ आपसी अबिश्वासको पातलो तुंवालो पैदा गरेकोछ । त्यसैले यो घटनालाई तत्कालीन ऐतिहासिक सन्दर्भसँग गाँसेर समग्र मूल्यांकन गर्नु, जनता समक्ष समग्र तथ्यहरु खुलस्त पार्नु र यसबाट अनुभव तथा शिक्षाहरु ग्रहण गर्नु जरुरी बनेको छ । यही आवश्यकतालाई मध्येनजर राखेर यो मूल्यांकन दस्तावेज प्रस्तुत गरिंदैछ । यो दस्तावेज अर्घाखाँची जिल्ला संगठन कमिटीले आयोजना गरेको भेलामा बर्रे संघर्षका प्रमुख जिम्मेवार क.केशरमणी पोख्रेल लगायत एक्सन टिममा संलग्न देवराज भार, पिताम्बर भुसाल, वेदुराम भुसाल, हेमनाथ भुसाल, बुद्धि रायमाझी, नेत्र ढुंगाना , राम चन्द्र पौडेल र मीनराज पौडेल, तत्कालीन अञ्चल कमिटीका सदस्य र हाल सचिव क. सिद्धिनाथ ज्ञवाली, तत्कालीन जिल्ला सचिव र हाल अञ्चल कमिटी सदस्य क. नेत्र पंन्थी , उक्त संघर्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपले संलग्न र पछि प्रशासनिक दमनमा पर्नुहुने कमरेडहरु गुणनिधी भुसाल, सिद्धिप्रसाद ज्ञवाली, नारायण खनाल र डिल्लीराज भुसालका अलावा आयोजक कमिटीका अन्य कमरेडहरु सहभागी हुनुहुन्थ्यो ।
पृष्ठभूमी
जनताका जनवादी अधिकारहरु माथि बलात्कार गर्दै २०१७ सालमा राजा महेन्द्रले पंचायती तानाशाही लादेपछि नेपाली जनताको मुक्ति संघर्षले कठिन मोडतिर गुज्रिन पर्यो । सामाजिक न्याय , आर्थिक समानता र राजनीतिक स्वतन्त्रता प्राप्तिको जनताको संघर्ष बन्दूकका मोहरीले दबिने कुरै थिएन । वर्ग संघर्षलाई मथ्थर पार्न तानाशाही राजाले मुलुकी ऐन , भुमि सुधार, गाउँ फर्क , नयाँ शिक्षा जस्ता धोकापुर्ण जालहरु फ्याकेका थिए र राष्ट्रियताको चर्को फलाको फलाक्दै थिए । तर ती मध्ये कुनै पनि कुराले वर्ग संघर्षको आगोलाई निभाउन सकेन ।कथित भूमिसुधारको नाममा भएको मोहियानी बेदखल र करकापको बचत प्रथा बिरुद्ध उठेका किसानहरुलाई लुम्बिनी, अजगरा र परासीमा बर्बरतापूर्वक हत्या गरेर राजतन्त्रले आफ्नो खूनी अनुहार उदांगो पार्यो । त्यसैगरी पूर्वतिर बिभिन्न झोडाहरुमा सुकम्वासीहरुलाई हात्तीले कुल्चाउने , आगो लगाएर उठाउने र क्रुरतापूर्वक गोली बर्षाएर कोशीमा बगाइदिने जस्ता नग्न हत्याकाण्डहरु भए । यस्ता दमन र प्रतिरोधहरु तथा सुस्ता महेशपुर माथिको भारतीय अतिक्रमणको बिरोधमा उठेको देशभक्तिपूर्ण आन्दोलनले जनताको चेतनालाई उँचो पार्दै थियो । सुवर्ण समशेरको भक्तिपूर्ण सहयोगको नीति निरर्थक भएकोले नेपाली कांग्रेसका नेताहरुले पनि बिदेशबाट क्रान्तिका नाराहरु उछाल्ःदै थिए र ठाउँ, ठाउँमा सशस्त्र एक्सनहरु पनि हुँदै थिए । त्यतिबेला बिश्व कम्युनिष्ट आन्दोलन चीनियाँ सास्कृतिक क्रान्ति र भारतीय नक्सालबादी आन्दोलनका उग्र बामपंन्थी प्रभावहरुबाट प्रभावित भैरहेको थियो । नेपाली कम्युनिष्ट आन्दोलन पनि त्यसबाट अछुतो थिएन । झापा संघर्षले देश भरि हलचल पैदा गरिदिएको थियो । कम्युनिष्ट आन्दोलनको पुरानो नेतृत्वले क्रान्तिको नेतृत्व गर्न सक्दैन , त्यसैले युवा नेतृत्व नयाँ क्रान्तिकारी धार बोकेर अघि बढ्नुपर्छ भन्ने भावना बिकशित हुँदै थियो ।
यता तेस्रो महाधिबेशन पछि नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न गतिरोध र दिशाहिनतालाई तोड्ने उद्धेश्यले क. पुष्पलालको नेतृत्वमा तेस्रो सम्मेलन सम्पन्न भएको र त्यसले नयाँ जनवादी कार्यक्रमको आधारमा एउटा क्रियाशिल हिस्सालाई पुनर्गठित गरेको पनि ५ बर्ष भैसकेको थियो । उक्त पार्टीले बिशेषत ः लुम्बिनी अञ्चलमा संगठनको निकै तीव्र बिस्तार गरेको थियो । ‘पार्टीलाई किसानका बिच बसोबास गराऊँ’ भन्ने नारा अन्र्तगत हजारौं किसानहरु गोलबन्द गरिएको थियो र अरु जिल्लामा जस्तै अर्घाखाँचीमा पनि जाली तमसुक च्यात्ने, फटाहाहरुलाई कालो मोसो दल्ने, सन्धिसर्पन खुल्ला गराउने , घुस फिर्ता गराउने, जनअदालत खडा गरेर प्रतिकृयावादीहरुलाई सार्वजनिक कारवाही गराउने जस्ता किसान संघर्षहरु चर्कदै थिए । यसै शिलसिलामा २०३० साल कात्तिक २६ गते लुम्बिनी अञ्चलका सबै जिल्ला सदरमुकामहरुमा भएको वचत फिर्ता गराउने र अन्यायी करहरु खारेज गराउने मागहरुलाई लिएर गरिएका भव्य किसान प्रर्दशनहरुले आन्दोलनमा नयाँ गति थपिदिएका थिए । हुन त उक्त प्रर्दशन पछि गुल्मी लगायतका कतिपय जिल्लाहरुमा तीव्र प्रशासनिक दमनहरु चर्कियो , तर अर्घाखाँचीमा तत्काल त्यस्तो दमन नभएकोले पार्टी पंत्तिको मनोवल उँचो बनेको थियो र अब संघर्षलाई नयाँ उचाइमा उठाउन सशस्त्र संघर्षको ठोस तयारी गर्नुपर्छ भन्ने आग्रह बढ्दै गएको थियो ।
क.पुष्पलालबाट प्रस्तुत कार्यक्रम र नीतिहरुले एकातिर कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा गरिदिएको थियो भने अर्कातिर तिनमा निहित केही कमजोरीहरुले पार्टी भित्र कतिपय मतबिरोध पनि पैदा गरिदिएको थियो । २०२९ सालमा सम्पन्न चौंथो सम्मेलनले पनि ती मतबिरोधहरुलाई सुल्झ्याउन सकेन । ती मताबिरोधहरुलाई क.पुष्पलालले नेपाली काँग्रेसको गलत वर्ग बिश्लेषण गरेको, कम्युनिष्ट एकतालाई उपेक्षा गरेर नेपाली काँग्रेससँग एकताका लागि एकतर्फी प्रयास गरेको ,सशस्त्र संघर्षको ठोस तयारीका लागि कुनै योजना नबनाएको , भारत र रुसको बारेमा सही मूल्यंकन गर्न नसकेको जस्ता सवालहरु थिए । पार्टीको एक पंक्ति तत्कालीन स्थितिमा अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका उग्र बामपंन्थी चिन्तनहरुबाट समेत प्रभावित भैरहेको थियो ।
यही परिपे्रक्ष्यमा आफ्ना कतिपय मदभेदहरु सहित क. केशरमणि पोख्रेल देश भित्र पस्नुभयो । उहाँ सचिव रहनुभएको लुम्बिनी अञ्चल सेक्रेटरियट र क. पुष्पलाल बिच दुरीहरु बढ्न थालेका थिए र नेतृत्व पंत्तिमा अन्र्तबिरोधहरु चर्कदै गएका थिए । पार्टीलाई अझ बढि लडाकु र क्रान्तिकारी बनाउनुपर्छ भन्ने माग गरिरहेको पार्टी पंक्ति क. केशरमणिका कतिपय बिचारहरु र व्यवाहारहरुबाट बढि प्रभाबित भैरहेको थियो । ती सबै कुराहरुले बर्रे संघर्षको पृष्ठभूमीको काम गर्दै थिए ।
त्यतिबेला अर्घाखाँचीको सामाजिक राजनीतिक स्थिति
देशका अन्य भागमा जस्तै अर्घाखाँची जिल्लामा पनि जनता माथिको शोषण दमन निकै तीव्र बनिरहेको थियो । विभिन्न माध्ययमहरुबाट दलाल नोकरशाही र पूँजीवादी र साम्राज्यवादी शोषण उत्पिडन चर्किरहेको भए पनि सामन्ती शोषण नै प्रमुख रुपमा हावी थियो र सत्ताको आर्शिवाद प्राप्त गाउँले सामन्तहरुसँग किसानहरुको अन्तरबिरोध प्रमुख बनेको थियो । किसानहरु माथि अधिया, कुत , हली, गोठाला , बाँधा, सुधखोरी , जाली फट्याईं, लुट , खसोट आदी रुपमा शोषणहरु नागों रुपमा हुने गर्दथे । सामन्तहरु आम रुपमा पंच र राजाहरुको दलालको रुपमा कार्यरत थिए र प्रशासनले तिनीहरुको संरक्षण गथ्र्यो । त्यसैले राजा , व्यवस्था र प्रशासनसित पनि जनताको अन्तरबिरोध चर्किदै थियो ।
हुन त केन्द्रमा सारनाथ र दुध बिनायक (नेपाली काँग्रेस र ने.क.पा का केन्द्रिय कार्यालय ) माझ मात्र राम्रो सम्बन्ध थियो , तर जिल्लामा भने प्राय जसो काँग्रेसहरु उग्र रुपमा कम्युनिष्टको बिरोध गर्ने , गुण्डागर्दी गर्ने र प्रशासनको चाकडी चुक्ली गर्ने भएकोले यहाँ काँग्रेसहरुसँग अन्तरबिरोध पनि निकै तिखो थियो ।
त्यति बेला जिल्लामा पुष्पलाल समूह र केन्द्रिय न्युक्लियस ( मोहन बिक्रमं) समूह गरेर २ बटा कम्युनिष्ट समूह कार्यरत थिए । ती दुई समूह बीचको सम्बन्ध तनावपूर्ण थियो । एकआपसमा ‘गद्धार, संसोधनवादी, काँग्रेसको दलाल’ या ‘फुट परस्त, संसोधनवादी, महत्वाकांक्षी’ आदी आरोप प्रत्यारोप लगाइने गथ्र्यो र यदाकदा हातपात जस्ता अप्रिय घटनाहरु पनि घट्ने गर्थे ।
त्यतिबेला पुष्पलाल समूहको संगठनात्मक ढाँचा केन्द्र–अञ्चल–जिल्ला–एरिया–गाउँ र सेल गरेर ६ तटबाट निर्मित थियो ।पार्टीका बरिपरि अ.ने.क्रा.कि.संघ, अ.ने.क्रा.बि.संघ,क्रान्तिकारी महिला संघ, क्रान्तिकारी बुद्धिजिवी संघ जस्ता जनवर्गिय संगठनहरु कार्यरत थिए । पार्टीका प्रमुख नेताहरुमा केन्द्रमा क.पुष्पलाल,केशरमणि पोख्रेल, रोहित, हिक्मत सिंह, बलराम उपाध्याय, चित्र बहादुर गुरुङ्ग, एम.एस थापा,एकदेव ज्ञवाली,रुपलाल बिश्वकर्मा, नन्दमोहन भट्टराई, माधब ज्ञवाली, दुखीलाल चौधरी,तिर्थराज भगत आदि हुनुहुन्थ्यो । अञ्चल कमिटि सचिव केशरमणि र सदस्यहरुमा माधब ज्ञवाली, मोहन आर्चाय, सिद्धिनाथ ज्ञवाली, जीवराज आश्रित,देवी प्रसाद पाण्डे, तिर्थराज भगत आदि हुनुहुन्थ्यो र जिल्ला कमिटिमा सचिव नेत्र पंन्थी र सदस्यहरुमा देवराज भार, गुणनिधी भुसाल, हेमन्त गौतम र होमनाथ पंन्थी हुनुहुन्थ्यो ।
बर्रे घटनाको बिवरण
यही पृष्ठभूमीमा केशरमणि पोख्रेल, माधब ज्ञवाली र मोहनलाल आर्चाय रहेको अञ्चल सेक्रेटरियटले बर्रे संघर्षको निर्णय गरेको थियो । तर यसबारे अञ्चल कमिटिका अन्य कामरेडहरुलाई जानकारी दिइएको थिएन । जिल्ला कमिटिका सबै सदस्यहरुलाई पनि यस बारे सुचित गरिएको थिएन ।
अब सशस्त्र संघर्षको तयारी गर्नुपर्छ र यसको लागि हातहतियार जम्मा गर्न पार्टीमा बलियो आर्थिक कोष जम्मा गर्नुपर्छ, यस कामको लागि ‘मनी एक्सनहरु’ गर्नुपर्छ , यो सोचाइनै सो घटनाको प्रमुख उत्प्रेरक थियो । पार्टीलाई लडाकु धारमा अघि बढाउन चाहने पार्टी पंक्तिले यस्ता कामहरुलाई एउटा आवश्यकीय र क्रान्तिकारी कदम ठान्नु स्वावभिक थियो । त्यति बेला जिल्ला पार्टीले गाउँको बर्ग बिश्लेषण गर्ने क्रममा किसानहरु माथि चर्को थिचोमिचोगर्ने सामन्तहरु किटान गरेको थियो । त्यसैले स्थानीय किसानहरु माथि अनेकौं शोषण दमन गरिरहेका र पार्टीको पर्चा छरेको आरोपमा जिल्ला पार्टी सदस्य क. देवराज भारलाई गिरफ्तार गराएर गंभिर अपराध गरेका रबिलाल र निजका छोरा शोभाकर बेल्बासेकै घर बर्रेमा मनी एक्सन गर्ने योजना बनाइयो । सो संर्घषको प्रत्यक्ष नेतृत्व क.केशरमणि पोख्रेलले गर्नुभएको थियो र वहाँ लगायत कं. पिताम्बर भुसाल र देवराज भार बीच अधिकार सम्पन्न कामण्डिङ्ग टिम बनाइएको थियो । एक्सन कमिटीमा अन्य हेमनाथ भुसाल, बेदुराम भुसाल, बुद्धि रायमाझी, नेत्र ढुंगाना, रामचन्द्र पौडेल, भेषराज ढुंगाना, लिलामणि ढुंगाना, मीनराज पौडेल, प्रभाकृष्ण पौडेल, हुम प्रसाद आर्चाय, चोपलाल भुसाल र शशिधर आर्चाय हुनुहुन्थ्यो । हुनत एक्सनको लागि जिल्ला बाहिरबाट तालिम प्राप्त टिम आउँछ, यहाँबाट केही साथीहरु मात्र सहभागी भए पुग्छ भनेर नेतृत्वले भनेको थियो तर आखिरमा त्यस्तो कुनै टिम नआएकोले त्यति बेला सामान्य चेतना र जिम्मेवारी भएका नयाँ कं.हरुलाई हतार हतार सहभागी गराइयो ।
धन्चौर भल्डाँडाबाट हिँडेको एक्सन टिम १ दिन जंगल बास बसेर ०३० साल फागुन २८ का दिन राती ८ बजे बर्रे रबिलालको घरमा पुगेर छापा मार्यो । गाउँको बिहेको निम्तोमा जान ठिक्क परेका घरका सदस्यहरुलाई गिरफ्तार गरेर टोलीले तमसुक जलाउने , केही नगद र जिन्सी सामान जफत गर्ने काम गर्यो । ठीक त्यही बेला पिसाव फेर्ने क्रममा उम्किएकी घरकी एउटी बुहारीले गाउँमा गुहार मागेपछि केही गाउँले र जन्तीहरु आएर ढुंगा मुढा गर्न थाले । टोलीले हवाई फायर गरे पछि उनीहरु पछि हटे र टोली पनि आफ्नो मिसन आशिंक रुपमा पूरा गरेर सुरक्षित रुपमा फर्कियो ।
घटना पछिको स्थिति र दमन
कारवाही गोप्य र छापामार ढंगले गरिएको र नकाव प्रयोग गरेकाले तत्काल यसको यर्थाथ बाहिर खुलेन । एउटा रहस्यमय डकैती काण्डको रुपमा यो चर्चित भयो र रबिलाल, शोभाकरले प्रशासनमा पनि सोही किसिमको जाहेरी दिए । तर छिटै नै टोलीमा संलग्न भएको शत्रुएजेण्ट शशिधरले सबै पोल खोलिदियो । उसकै सहयोगमा ०३० साल चैत्र १६ गते क.केशरमणिलाई आश्रयदाता टेकराज खनाल र नारायण खनाल सँगै गिरफ्तार गरियो । त्यस पछि क्रमशः हेमनाथ भुसाल, बुद्धिबहादसर रायमाझी, गोबिन्द भुसाल, चिरञ्जिवी भुसाल, गौरी शंकर खनाल, तारा सुवेदी, दिलचन्द्र भण्डारी,बेदुराम भुसाल, भेषराज ढुंगाना, लिलामणि ढुंगाना,नेत्र ढुंगाना, रामचन्द्र पौडेल, भविश्वर पाण्डे, नेत्र बहादुर क्षेत्री, अमर प्रसाद अधिकारी, एक्सन टिमलाई आश्रय दिने भल्डाँडे मगर परिवार, दिल बहादुर , भबिलाल नेपाली, बिष्णु प्रसाद भुसाल लगायत (उक्त एक्सनसँग सम्बद्ध या असम्बद्ध पार्टी सर्मथक र कार्यकर्ताहरु) ७० जना जतिलाई गिरफ्तार गरियो । वारेण्ट भएर पछि गिरफ्तार हुनेमा गुणनिधी भुसाल, पिताम्बर भुसाल, मीनराज पौडेल, सिद्धि प्रसाद ज्ञवाली, काशीराम पाण्डे, दीपक खनाल, तारा सुवेदी आदि हुनुहुन्थ्यो । क. देवराज भार वारेण्ट भएर भुमिगत र निर्वासित हुनुभयो भने चोपलाल र हुम प्रसाद फरार हुनुभयो । त्यस पछि गाउँ गाउँमा चर्को दमन भयो । वारेण्ट, खानतलासी , धम्की आदि सामान्य घटना बन्न पुगे र जिल्ला आतंकले व्याप्त भयो । यसरी उक्त घटना पछि एकै चोटी जिल्लामा संगठन अस्तव्यस्त र तहसनहस बन्न पुग्यो ।
यातनाका बिभत्सताहरु
गिरफ्तार साथीहरुलाई भयंकर , क्रुर र बर्वर यातना दिइयो । खुट्टा र पिठ्यँुमा डण्डाले हान्ने, बन्दुकका कुन्दाले गोद्ने, उभिण्डो पारेर पैतलामा हिर्काउने, कैंचे लगाएर औंला थिचिदिने, गुप्ताङ्ग र औलामा आलपिन रोपिदिने, चुरोटका ठुटा कानमा निभाइदिने, कपाल चारपाटा मोडिदिने, टाउकोमा पिसाव फेरिदिने, थुकिदिने , थाना लिप्न, बर्ढान लगाउने, दाउरा चिर्ने, भारी बोक्ने, खन्ने, पानी ओसार्ने आदि काम लदाउने, साङ्लाले बाँधेर हिँडाउने, एउटै हत्कडीले दुइ जनालाई बाँधेर डोराउने, महिनौं सम्म नेल, हत्कडी लगाएर राख्ने, साँघुरो कोठामा दिशा पिसाव पनि फेर्न नदिएर थुन्ने, खाना खाने थालमा दिसा पिसाव गराउने, चौबिसै घण्टा ठेडुकामा राख्ने, हात पिठ्यँु पछाडि फर्काएर हत्कडी लगाइदिने , कानुनी छुट अनुसार भेटघाट, पत्राचार सिधा, अध्ययन, बत्ति आदि सुबिधा पनि नदिने जस्ता अत्यन्तै अमानवीय शारिरिक र मानसिक यातनाहरु दिइयो । युद्ध बन्दीलाई जस्तै र्दुव्यवहार गरियो । अदालतमा पनि हत्कडी लगाएर पुलिस घेरा भित्र बयान गराइयो र जेलमा जेलर ,चौकीदार, नाइकेहरुले अकथनीय अत्याचार गरे ।
बयान र जेल जीवन
गद्धार शशिधरले सबै पोल खोलिसकेको र उसलाई सामुन्ने मै उभ्याइएकोले इन्कारी बयान दिनुको कुनै अर्थ रहेन । केशरमणिलाई तत्कालीन लुम्बिनी अञ्चलाधिशले साबिती बयान दिएमा यो केशलाई राजकाजमा रुपान्तरित गरिदिन्छु भन्ने आश्वासन दिएको र अन्यथा तपाई मारिन सक्नुहुन्छ भनेर धम्काएकोले उहाँले साबिती बयान दिनुभयो । यस्तो स्थितिमा कतिपय साथीहरुको फरक मत रहेपनि सबैले साबिती बयान दिनुभयो । बयानमा यो डकैती नभएर राजनैतिक केस भनेर उल्लेख गरिएको थियो । घटनासँग सम्बद्ध साथीहरुलाई १ लाख १८ हजार ८५२ रुपैया बिगो सहित डाँका मुद्धा लगाइयो र गुणानिधी भुसाललाई बर्रे डकैती, खरखजाना, बिस्पोटक पदार्थ र मुर्ति चोरी जस्ता मुद्धा लगाइयो । अन्य साथीहरुले पनि अनेक मुद्धा झेल्नुपर्यो ।
तर बयानको क्रममा र पछि जेलमा केशरमणि पोख्रेलले कम्युनिष्ट अडान कायम राख्न सक्नुभएन । बयानमा पनि उहाँले आफुले श्री ५ महाराजधिराजको बिरोध नगरेको र आगामी दिनमा पनि कहिल्यै नगर्ने , आफुले पञ्चायतमा सामन्तको बाहुल्यता देखेर कम्युनिष्टमा लागेको तर अब भने पञ्चायतमा भाग लिएर पनि राष्ट्रियता जोगाउन सकिन्छ भन्ने बिश्वास बढेको कुरा बताउनुभयो । यो केसलाई राजनीतिक रुप नदिएपछि उहाँमा निराशा र बिचलन अझ बढ्यो र उहाँले जेलबाट मुक्त हुनको लागि पटक पटक राजाकोमा बिन्तीपत्र हाल्ने, पञ्च, दरवारिया र गाउँ फर्किएकाहरु सँग बिन्ती बिसाउने काम गर्नुभयो । यहाँ सम्म कि त्यो बेला चलिरहेको तीव्र दमन र आतंकको माझमा पनि पार्टीलाई बचाउन बाहिर कठिन र कठोर काम गरिरहेका कं.हरुलाई समेत उहाँले अहिले कुनै गतिबिधी नगर्न र पञ्चयातमा भाग लिन निर्देशन पठाउनुभयो । आफु नछुटुन्जेल केही हुन सक्दैन र बाहिरको गतिबिधीले आफुलाई रिहा हुन अफ्ठेरो पर्छ भन्ने उहाँको जिकिर थियो ।
यी सबै कारणले उहाँ २०३७ सालमा आम माफीमा परेर रिहा हुनुभयो । तर उहाँसँग एक्सनमा संलग्न क.हरु मध्ये नेत्र ढुंगाना र लिलामणिले १० बर्षको र क. हेमनाथ भुसाल, बुद्धि रायमाझी, बेदुराम भुसाल, भेषराज ढुंगाना, रामचन्द्र पौडेल र प्रभाकृष्ण पौडेलले फैसला अनुसार कैद भुक्तान गरेर पनि शान्ति सुरक्षा पुर्जी थापेर १२ बर्ष भन्दा लामो कठोर कारावासको जीवन बिताउनुपर्यो । तत्काल गिरफ्तारीबाट बच्नु भएका क.पिताम्बर भुसाल, मीनराज पौडेल, गुणानिधी भुसाल आदिले मुद्धा जित्नुभयो र क.देवराज भार र चोपलाल भुसालले भने पञ्चयातको अन्त्य पछि ०४७ आषाढमा मात्र सफाई पाउनुभयो ।
जेल बाहिरको स्थिति र प्रतिकृया
घटनाको बास्तबिकता बाहिर आएपछि प्रतिकृयावादीहरुले यसलाई हतियार बनाएर कम्युनिष्टलाई दमन र बदनाम गर्न कुनै कसर बाँकी राखेनन् । कम्युनिष्टहरु डाँका हुन् र आफ्नै आफन्ती कहाँ गएर पनि लुट्छन् भन्ने कुप्रचारहरुले जनतामा निकै नकारात्मक प्रभाव पर्यो । यस्तो स्थितिमा जेल बाहिर रहेको पार्टीको नेतृत्वले दमनको प्रतिरोध गर्यो र यो संघर्षको सामन्त बिरोधी चरित्र र सकारात्मक पक्षलाई प्रचारमा लैजान सकेन । ऊ किंकत्र्तव्यविमुढ र पलायन भयो । बरु मिलापत्र गरेर भएपनि छुटाउन दौडधुप भयो , तर आतंकलाई जित्न सकेन । यसले बन्दी क.हरुका घरपरिवारमा पनि ज्यादै पीडा, निराशा र आतंक जन्माइदियो । त्यो कठिन स्थितिमा बन्दी परिवारहरुले आवश्यक सरसहयोग र रेखदेख पाएनन् ।
आर्थिक पक्ष
यो संर्घषको दौरानमा करीब डेढ लाखका तमसुकहरु जलाइएका थिए (तर पछि शोभाकरहरुले आसामीहरुलाई धम्काएर तमसुक फेरि लेखाए ) यस बाहेक त्यहाँबाट प्राप्त नगद र जिन्सी निम्नानुसार छन् –
१ नेपाली रुपैंया १३,०००
२ पुराना चाँदीका सिक्का र पुराना गहना –अन्दाजी तीन सय तोला ) बिक्री गर्दा प्राप्त भएको २,३००
३ सुनका गहना ( ७ तोला बिक्री गर्दा प्राप्त भएको) ९,१००
४ भारतीय रुपैया सटही गर्दा १,३९०
जम्मा २५,७९०
यो रकमको फाँटवारी निम्नानुसार छ –
१ पार्टीले बिभिन्न ठाउँमा लिएको सापटी फिर्ता ३,०००
२ पार्टीलाई चाहिने आवश्यक सामग्री किन्न दिइएको १,०००
३ बिरामी क.को उपचारको लागि दिएको ३००
४ केशरमणि गिरफ्तार हुँदा जफत ७००
५ अञ्चल नेतृत्वले लगेको १,६४०
६ जिल्ला पार्टीको काममा खर्चेको १,०००
७ जेलका कमरेडहरुलाई पठाएको ४५०
८ ०३६ सालमा तत्कालिन माले समूहलाई दिएको ८,५००
९ हाल एमालेलाई प्राप्त ९,२००
जम्मा २५७९०
निष्कर्ष
१)यसघटनालाई तत्कालीन सन्दर्भसँग गाँसेर हेर्दा के स्पष्ट देखिन्छ भने यो घटना एउटा राजनैतिक घटना थियो , प्रतिकृयावादीहरुले प्रचार गरे जस्तो डकैती केश थिएन । यससँग सम्बद्ध कमरेडहरुलाई (०३८ साल तिरैबाट भए पनि ) राजबन्दी सरह मान्यता दिएर र ०४७ असारमा यसलाई आम माफी गरेर सरकारले समेत यसलाई स्विकारी सकेको छ ।
२) यो घटना त्यतिबेला चलिरहेका सामन्त बिरोधीसंघर्षहरुकै एउटा कडी थियो । यो सामन्तहरु बिरुद्ध परिलक्षित थियो । मात्र पैसा जम्मा गर्ने यसको उद्धेश्य थिएन । त्यसैले यो एउटा संघर्ष थियो, जसलाई बर्रे संघर्ष नामाकरण गर्न सकिन्छ ।
३) यो घटना अन्तराष्ट्रिय क.आ.का उग्र बामपंन्थी प्रभावहरुद्धारा पनि प्रभावित थियो र यस्तै खाले घटनाहरु देशका अन्यत्र भागमा पनि घटेका थिए ।
४) यसलाई त्यतिबेला पार्टी भित्र चलिरहेका अन्र्तपार्टी संघर्ष र विवादहरुसँग पनि गाँसेर हेर्नुपर्छ । अव सशस्त्र संघर्षै नगरी हुँदैन , तर नेतृत्वले यसो गर्न सकिरहेको छैन , त्यसैले हामीले तलबाट पहलहरु लिनुपर्छ र यस्ता कामहरुद्धारा केन्द्रलाई दवाव दिनुपर्छ भन्ने सोंचाई त्यतिबेला बिद्यमान थियो । यसमा संलग्न क.हरुले यसलाई सशस्त्र संघर्षको ठोस तयारीको एउटा कदमको रुपमा लिनुभएको थियो ।
५) तर भावना र मनसाय सही हुँदा हुँदै पनि यो संघर्ष एउटा असामायिक कदम थियो । खास गरि छिमेकी जिल्लाहरुमा त्यति बेला जुन तीव्र दमन चलिरहेको थियो । त्यसलाई हेर्दै यहाँ संगठनलाई सुदृढ पार्ने काममा लाग्नु पथ्र्यो । तर कात्तिक २६ को सफलता पछि बढि हौसिएर यो ढंगले काम गर्नाले पार्टीले निकै हानी नोक्सानदायी परिणाम व्यहोर्नुपर्यो ।
६) यो संघर्ष प्रति क.पुष्पलालको सहमती थिएन । राजनैतिक रुपमा यसको लागि क.केशरमणि पोखरेल र उहाँ सचिव रहनुभएको तत्कालीन अंञ्चल सेक्रेटरियट जिम्मेवार छ ।
७. संघर्षको दौरान , पार्टी हितमा र खास स्थितिमा यस्ता कामहरु हुनु नीतिगत रुपमा गलत नभए पनि हामीले संघर्षका बढि जन आधारित रुपलाई जोड दिनुपर्छ । आम जनताको सहभागितामा जाली तमसुक च्यात्ने, बाली कब्जा गरेर गरिब जनतामा बाँड्ने, सामन्तहरुलाई सार्वजनिक रुपमा कारवाही गर्ने जस्ता कामहरुले पार्टीलाई जनतामा प्रतिष्ठित गराउँछ । व्यवाहारले देखाएको छ –आम जनताको सक्रिय र सचेत सहभागिता बिना सशस्त्र संघर्षको तयारी, बिकाश र सफलता संभव छैन ।
उपलब्धि तथा सकारात्मक पक्षहरु
यो संघर्षबाट पार्टीलाई सीमित रुपमै भएपनि केही उपलब्धिहरु प्राप्त भएका छन् र यसका केही सकारात्मक पक्षहरु छन् , जसलाई निम्न अनुसार सुत्रवद्ध गर्न सकिन्छ ः
१. यो संघर्ष सामन्त बिरोधी एउटा कदम थियो र यसले संघर्षलाई लडाकु र क्रान्तिकारी रुप दिने प्रयास गरेको थियो ।
२. संघर्षमा सहभागिता , दमन र जेल जीवनले कार्यकर्ताहरुको एउटा सक्षम पंक्तिलाई खारेर निकालेको छ । एउटा घुस पैठिया गद्धार बाहेक अन्य सहभागीहरु अद्यापि कम्युष्टि पंक्तिमै रहनु र यसको मूल हिस्सा हाम्रो पार्टी भित्र कृयाशील हुनु यसको सबल पक्ष हो ।
३. यसबाट पार्टीलाई धेरथोर आर्थिक उपार्जन पनि भएकोछ ।
नकारात्मक पक्ष र कमजोरीहरु
१. जनतामा यसले नकारात्मक प्रभाव पार्यो । यसलाई समय मै चिर्न र यसको संघर्षशील सकारात्मक पक्षलाई जनता बीच स्पष्ट पार्न सकिएन । केन्द्रिय नेतृत्वले नकारात्मक धारणा राखिदिनाले पनि बढि नोक्सानी भयो ।
२. पार्टी भित्र घुसेको सत्रु एजेण्टलाई समयमै चिन्न नसक्नु र उसका कतिपय शंकास्पद व्यवहार बारे पार्टी पंक्तिबाट गंभिर कुरा उठ्दा पनि नेतृत्वले आवश्यक छानबिन र कारवाही नगर्नु यो संघर्षको दौरानमा रहेको एउटा गंभिर कमजोरी हो , जसले पार्टीलाई निकै नोस्कानी पुग्यो ।
३. यस्तो एक्सनमा सहभागी बन्ने साथीहरुलाई समयमै प्रशिक्षित र तम्तयार गर्न नसक्नु, अन्तिम बेला जो जो भेटिन्छ उसैलाई पठाउनु जस्ता गंभिर कमजोरीहरु रहे । ( हुनत त्यति बेला सामान्य चेतना स्तर र दायित्व ग्रहण गर्नुभएका क.हरुले पनि संघर्ष र दमनको दौरानमा आफुलाई योग्य साबित गर्नुभएको छ तर आन्दोलनमा यस्तो कामले कहिले काँही ठुलो नोक्सानी पुराउन सक्छ )
४. जेल भित्र नेतृत्वको क.ले आत्मसमर्पणवादी प्रवृत्ति देखाउनुभयो । त्यहाँ माताहातका क.हरु प्रति कतिपय गैर कमरेडली व्यवाहारहरु देखा परे । त्यसै गरी जेल बाहिरको पार्टी नेतृत्व निराश, अस्तव्यस्त र पलायना भयो । दमनलाई चिर्न, संगठनलाई पुर्नव्यवस्थित गर्न र बन्दीका परिवारलाई रेखदेख पुराउन सकेन ।
५. निकै लामो समयसम्म यसको समग्र मूल्यांकन गर्न नसक्नु पनि यसको कमजोर पक्ष हो ।
यसरी यो संघर्षबाट हामीलाई थोरै उपलब्धि प्राप्त भएकाछन् र कतिपय गंभिर नोक्सानीहरु हुन गएकाछन् । यसबाट हामीले गंभिर पाठ सिक्न जरुरी छ ।
क.लेनिन भन्नुहुन्छ –‘त्यो पार्टी महान हैन, जसले गल्ती नै गर्दैन (किनभने त्यस्तो पार्टी हुनै सक्दैन ) बरु त्यो पार्टी महान हो, जसले सके सम्म कम गल्ती गर्छ र गल्ती भैहालेमा त्यसको कारणको गंभिर खोजी गर्छ । त्यसबाट शिक्षा लिन्छ र भबिश्यमा त्यस्ता गल्तीहरु दोहोरिन नदिन गंभिर प्रयत्न गर्छ ।’ हाम्रो पार्टी इतिहासमा पनि कैयौं चोटी हामीबाट यस्ता गल्ती कमजोरीहरु भएकाछन् । हामीले तिनबाट गंभिर शिक्षा लिनु जरुरी छ । बर्रे संघर्ष तत्कालिन परिस्थितिको एउटा उपज थियो । हामीले आफूलाई जनताका अगाडि किताबका खुलापाना जस्तो राख्नुपर्छ । हाम्रा कमजोरीहरुको खुलस्त आत्मस्विकृतीले हामीलाई कमजोर होइन , अझ मजबुत बनाउनेछ । त्यसैले हामीले यो संघर्षको दँैरानमा भएका कमजोरीहरुलाई खुलस्त रुपले स्विकार्नुपर्छ र भोली कुन रुपमा संघर्षहरु उठाउने, संघर्षको तयारी कसरी गर्ने, हुन सक्ने दमनबाट कसरी जोगिने र दमन भैहालेमा कसरी चिरेर जाने तथा कसरी संघर्षलाई नया“ चरणमा उठाउने जस्ता शिक्षाहरु ग्रहण गर्नुपर्छ । एक आपसमा कमरेडली सौहार्दतालाई बृद्धि गर्नुपर्दछ र यो संघर्षको दौरानमा प्राप्त मनोवल र अनुभवलाई लिएर अहिले आइरहेका चुनौतीहरुको सामना गर्न दृढतापूर्वक अघि बढ्नुपर्छ ।